April 2015 Blog Posts (16)

भक्तपुरमा युवाहरूले भुकम्प पिडीतहरूको खाना जुटाए

कृपया साथीहरू तपाँर्इहरूका पनि यस्ता भए खबर पाउँ न । 

यसले थप अरू साथीहरूलार्इ पनि सानै भए पनि केही गरौँ भन्ने हुन्छ कि ?

बाढी पहिरो भएको भए एक ठाउँलार्इ समस्या पर्दा अर्को सहयोगी नेपाली मनले हाम फालेर सहयोग गर्न जान्थ्यो । तर आज सारा नेपालीहरू समस्या र शंकटमा छौँ । जति काशीस गरे पनि मानविय स्वभाव हो, पहिले आफु जोगीनु पर्यो, बाच्नु त पर्यो नी ।।
देशमा यस्तै विपत परेका बेला हामीले संगठीत भएर केही गर्ने कोशीस…

बाँकी

Added by santosh pandey on April 28, 2015 at 3:26pm — No Comments

सामुदायिक सञ्चारकर्मीको पुर्नताजगी तालिम सुरु... .

साझेदारी बिकास परियोजना अन्र्तगत इक्वाईल एक्सेसले तयार पार्ने रेडियो कार्यक्रम नयाँ नेपाल , साथीसंग मनकाकुरा कार्यक्रमका सामुदायिक सञ्चारकर्मीहरुलाई ३ दिने पुर्नताजगी तालिम दिन सुरुगरिएको छ ।

साझेदारी बिकास परियोजना अन्र्तगत इक्वाईल एक्सेसले मिडियाको कामगर्दै आएको छ । दाङको घोराहीमा बुधबार देखीसुरु भएको तालिममा कञ्चनपुर , कैलाली , बाकेँ , बर्दिया , दाङ र सुर्खेतका सामुदायिक सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

सो तालिमका प्रशिक्षक प्रकाश लामिछाने , जिबन तिमलसेना , लक्ष्मी…

बाँकी

Added by Bimal Dhami on April 23, 2015 at 6:00pm — No Comments

मेरो सफलताको गोरेटो.....

नमस्कार ! म बिमल धामी

मैले सामुदायिक साझेदारी बिकास परियोजना अन्तर्गत सामुदायिक सञ्चारकर्मीको रुपमा काम गर्दा समुदायका अगुवाहरु सित समाजका समस्या बारे खुलेर बहस , अन्तरकृयागर्ने परिबर्तनका साथै थप जिम्मेवारी पाएको महसुस गरेको छु । यसले जिवनमा पिछडीएका समाजका लागी अर्थात राज्यको पहुच नपुगेका बस्तीहरुमा राज्यको पहुच पुर्याउन केहिगर्नुपर्छ भन्ने ममा भित्रिरुपबाटै परिबर्तन आएको छ । हिजोका दिनमा एउटा गाउँको युवासमाजसेबी थिए जिल्लाका मिडियाहरुलाई गाउँको समस्या बारेमा जानकारी गराउदै आएको थिए…

बाँकी

Added by Bimal Dhami on April 23, 2015 at 6:00pm — No Comments

मेरो सफलता

माानिसलाई आफ्नो व्यक्तित्व विकास,आफ्नो पहिचान बनाउनका लागी एउटा अवसरको आवश्यकता पर्दो रहेछ । यस्तै आवश्यकता को खोजीमा थिए म संयोगवश मलाई साझेदारी विकास परियोजनाले यो सुअवसर प्रदान गर्यो म यस साझेदारी विकास परियोजनाका मुल्य र मान्यता भित्र रहेर निरन्तर काम गर्दै जादा मालाई थुप्रै सफलताहरु प्राप्त हुँदै गए । मैले सानै देखि रेडियो सुन्ने गर्थे र रेडियोमा कसरी बोल्ने भन्ने कौतुहलता थियो रेडियो कार्यक्रम कसरी बन्छ, रेडियोमा कसरी बोल्ने भन्ने जस्ता थुप्रै कुराहरु थाहा…

बाँकी

Added by कविन्द्र विरही परियार on April 23, 2015 at 5:30pm — No Comments

छन्दबादी र दधि स्मृतिले मनाए छन्द दिवस २०७२ साथमा दर्जनौ साहित्यकार सम्मानित

नव वर्ष २०७२ सालको सुरुवात संगै छन्द दिवसको अवसर पारी दर्जनौं साहित्यिक स्रष्टाहरुलाई छन्दवादी समाज नेपाल र दधि स्मृति साहित्य समाज कपिलवस्तुले यहि बैशाख ८ गते सम्मान गरेको छ । छन्द महोत्सब राष्ट्रिय स्रष्टा सम्मान आदिकवि भानुभक्त आचार्य सप्तऋषिहरुको मूर्ति अनावरण, कृति बिमोचन तथा छन्द विज्ञान अवधारण पत्र लोकार्पण नाम दिइएको कार्यक्रम कपिलवस्तु जिल्ला बाणगंगा न.पा.१४ कपिल आरोग्य धाम चौवाहमा सम्पन्न भयो ।…

बाँकी

Added by Kamal Paudyal on April 22, 2015 at 6:05am — No Comments

एमाओवादी अध्यक्ष दाहालको 'रोल्पा-टि्रप'

प्रचण्डको 'बंकर' मोह

एमाओवादी अध्यक्ष पुष्कपकमल दाहालले 'रिफ्रेस' हुन कात्तिक २४ देखि ५ दिनसम्म गरेको रोल्पा भ्रमणको चर्चा एक साताभर खुबै प्रचारित भयो । सञ्चार माध्यमहरुमा सनसनी चर्चाको रुपमा यो विषयले स्थान पायो । कतिसम्म भने दाहालले रोजेको रोल्पा भ्रमणलाई राम्रो वा नराम्रो, ठीक वा बेठीक, सान्दर्भिक वा असान्दर्भिक भनेर विविध कोणबाट…
बाँकी

Added by Kashiram Dangi on April 21, 2015 at 2:30pm — No Comments

डा. केसी जाजरकोट प्रस्थान

चिकित्सा क्षेत्रमा ब्याप्त बेथिति बिरुध्द सत्याग्रह मार्फत जेहाद छेडेर सत्ताधारीहरुलाई हल्लाउन सफल चिकित्सक डा. गोविन्द केसी जाजरकोटमा फैलिएको महामारीको उपचार गर्न आज बैसाख ६ गते सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । स्वाईन फ्लुले महामारीको रुप लिएर २४ जनाको ज्यान गईसक्दा पनि राज्यका तर्फबाट उचित पहलकदमी नभईरहेको अवस्थामा डा. केसी आफ्नै पहलमा त्यसतर्फ प्रस्थान गरेका हुन् । आज बिहान काठमाण्डौबाट त्यसतर्फ प्रस्थान गरेका डा. केसीसंग नेपालगञ्जमा केहीबेर कुराकानी सहित उनीसंग केही तस्विरहरु क्लिक…

बाँकी

Added by Prakash Lamichhane on April 20, 2015 at 2:00pm — No Comments

हामीले नगरे कसले गर्ने

ब्राजीलमा सम्पन्न भएको विश्व फुटबलको महाकुम्भ, विश्वकप फुटबल २०१४ को फाईनल सम्पन्न भएको भोली पल्ट कोरीयामा बसोबास गर्दै आउनुभएका एक जना मित्रले विश्वकपका बेला खरिद गरिएका जर्सीहरुलाई, कपडा लागाउन दुख पाएकाहरुलाई बितरण गर्न पाए कति राम्रो हुन्थ्यो भन्ने आशायको फेसबुकमा स्टाटस लेख्नुभएछ । जुन कुराले हामी केही साथीभाईको मन छुयो । केही दिनको छलफल र सामाजीक संजाल मार्फत पाएको हौसलाको परिणम स्वरुप हामीले विश्वकपका जर्सी संकलन अभियान गएको साउन १० गते वसन्तपुरको डवलीबाट सुरु गर्यौ । जुन अभियान…

बाँकी

Added by santosh pandey on April 20, 2015 at 6:42am — No Comments

प्रबासबाट फर्कँदा

लामो समयपछि नेपाल फर्कँदा एक किसिमको अपेक्षाहरु हुँदो रहेछ । मनले एउटा छुट्टै कल्पनाको संसार बनाएको हुँदो रहेछ । वास्तविकता त्यो कल्पनासँग मेल नखाँदा एक किसिमको निराशाले ठाउँ पाउँदो रहेछ । एक मनले त भन्छ भएभरका निराशाहरु पोखाँै । तर फाइदा के ? निराशा लेखेर म पनि निराश हुन्छु, पढ्ने पनि निराश हुन्छन् । फेरी देशको परिवर्तनकामी पार्टीका अध्यक्ष कमरेडले ‘निराशा बाँडेर क्रान्ति हुँदैन ।’ भनेर भनेको सुनेदेखि उनको भनाइ प्रति एक किसिमको सम्मान प्रकट गर्न मन लाग्छ । हुन पनि निराशा बाँडेर परिवर्तन…

बाँकी

Added by Raman Paneru on April 17, 2015 at 4:42pm — No Comments

पटकपटक सोचिरहेछु– ‘राससमा बम हान्नुपर्छ’

आजको अघिल्लो दिन होस् या सयौं वर्ष पुरानो ‘इतिहास’  ‘इतिहास’ नै हो । इतिहासको घडीमा कुनै फेरबदल भइरहन्छ भन्ने मलाई लाग्दैन । तर जिन्दगी र इतिहास अलिक फरक कुरा रैछ । इतिहास आफैमा साक्षी छ । इतिहास कहिल्यै परिवर्तन हुँदैन तर मान्छेको जिन्दगी र सोचहरुलाई  पीडा र त्यसबाट उत्पादित आक्रोशहरुले निर्देशित गर्दाेरहेछ । हो…

बाँकी

Added by Khem Raj wali (awichhinna) on April 16, 2015 at 9:30am — No Comments

बृहत् कवि गोष्ठी र स्रष्टा सम्मान हुने

नव वर्ष २०७२ सालको सुरुवात संगै छन्द दिवसको अवसर पारी दर्जनौं साहित्यिक स्रष्टाहरुलाई छन्दवादी समाज र दधि स्मृति साहित्य समाज कपिलवस्तुले सम्मान गर्ने भएको छ । वैशाख ७ र ८ गतेको समयमा कपिलवस्तुको कपिल आश्रममा हुने बृहत् कवि गोष्ठी तथा स्रष्टा सम्मान कार्यक्रममा विभिन्न साहित्यिक विधाका १४ शीर्षकमा सम्मान प्रदान हुने भएको छ । वैशाख ७ गते कपिल आश्रममा सप्तऋषिहरु सहित आदिकवि भानुभक्तको सालिक अनावरण ,छन्द विज्ञान घोषणा अतिथी स्वागत र कविता अन्ताक्षरी । वैशाख ८ गते स्रष्टा सम्मान रचना बाचन कृति…

बाँकी

Added by Kamal Paudyal on April 16, 2015 at 6:36am — No Comments

सार्वजनीक कार्यक्रमबाटै पत्रकारलाई यस्तो धम्की

चौतारा वहुमुखी क्याम्पसका अध्यक्ष कृष्णराज श्रेष्ठले सार्वजनीक कार्यक्रमबाटै पत्रकारलाई आफूले जे पनि गर्नसक्ने धम्की दिएका छन् ।



आज क्याम्पसले आयोजना गरेको नयाँवर्षको शुभकामना आदनप्रदान तथा खुला प्रतिभा प्रष्फूटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले पत्रकारलाई धम्की दिएका हुन् । तीन दिन अघि नेपालपाटी अनलाईनमा ‘चौतारा क्याम्पसको छात्रवृत्ति वितरणमा अनियमितता’ शिर्षकमा समाचार प्रकाशित भएपछि आक्रोशित बनेका श्रेष्ठले पत्रकार सुन्दर…

बाँकी

Added by Sundar Shireesh on April 15, 2015 at 11:27am — No Comments

बन्द डायरी

मिति २०७१ चैत २४ गते

बन्दका कारणले कलेज जान नपर्दाको एउटा आनन्द विहान अबेर सम्म सुत्न पाउनु तै पनि अर्को फाइदा पनि छ । आज कलेज जान नपर्ने हुँदा हिजो राती अलिकती सोमरसमा मेहफिल जमाइयो ।

विहान उठ्दा अबेर नौ बजेको थियो । खाना पकाएर खाइयो अनी सुरु भयो कोठाभित्र बन्दको सास्ती ।

गोजि चिसो थियो । मोवाईलमा व्यालेन्स नभएको घरमा फोन गरेर पैसा मगाउँ भने पनि रिचार्ज हाल्न पसल बन्द । हिजो सँगै सोमरसमा जमेको साथीको मोवाईलमा घर रहेको दाजुलाई फोन गरे ।

मः दाई यार पैसा छैन यसो पैसा पठाइ दे न… बाँकी

Added by अल्टर कान्छो’ on April 7, 2015 at 6:25pm — No Comments

सपनाको एकादेशमा

'मलाई जहाँसम्म थाहा छ कि टोलमा ऊनी नयाँ घरमा आएकी थिइन् |'  अग्ली कदकी अनी गोरी वर्णकी थिइन् ऊनी ! चस्मा लगाउने गर्थिन् | सुहाउने खालको ड्रेस-अप हुन्थियो |

उसको बारेमा कुनै जानकारी छैन मलाई |तर, ऊनी उच्च वर्गको परिवारमा हुर्केकी थिइन् | किनकी उनको त्यो लवाईले प्रष्ट थाहा हुन्थियो | यो मेरो बुझाईमात्र हो, अरु मलाई थाहा छैन |'

मेरो कलेज विदा थियो | एक महिनाको लागी भर्खरै बिए पहिलो वर्षको परीक्षा सकिएकोले | म दिनभर कोठामै हुन्थे | अल्छी लाग्दा दिन हुने भएको कारणले कोठा बाहिर…

बाँकी

Added by Nishan Rai on April 3, 2015 at 11:30am — No Comments

आशा

तिम्रो नजरमा

म एक अपराधी

अपराधको दण्ड दिने 

तिम्रो एक मात्र चाहना

प्रगाढ प्रेमको तृष्णा

प्रबल दिशाहीनको संकेत

कालको गति पल्टाउने सपना

जीवनमा मुख नहेर्ने प्रण…

बाँकी

Added by dineshkumar das on April 3, 2015 at 7:00am — No Comments

मर्न चाहन्छु

यो भिड यो कोलाहल, यो हतार संसार
अनी सवै स्वार्थी मान्छे !
लछार पछार गर्दै सबै
एकले अर्कालाई धकेल्दै 
छैन मानवता, छैन भावना यहाँ
मात्र कोलाहल मात्र स्वार्थ !
छैन स्वतन्त्रता, सबैमा बन्धन…
बाँकी

Added by Nishan Rai on April 1, 2015 at 11:00am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service