Featured Blog Posts – April 2013 Archive (30)

विद्युतका जिर्ण पोल विद्युतीय धराप बन्दै

बैतडीको सदरमुकाम तथा जिल्लाका ग्रामिण क्षेत्रमा विद्युतका पोल खिया तथा कुहिएर ढल्ने अवस्थामा पुग्दा पनि विद्युत कार्यालयले नयाँ पोल नराख्दा पोल ढल्ने अवस्थामा पुगेका छन् । विद्युत कार्यालयले बजेट अभावमा फेर्ने पैसा नभएको वताउदै खिया लागेका फलामे पोल तथा पुराना कुहीएका काठका पोल फेर्न नसक्दा विद्युतिय पोल नै धरापमा परेका छन् ।

दैनिक हजारौंको संख्यामा सर्वसाधारण ओहर दोहर हुने सदरमुकामका शाहिलेक गोठलापानी गडी बजारमा रहेका पोलमा खिया लागेर ढल्ने अवस्थामा पुगेका छन् भने ग्रामिण भेगमा रहेका…

बाँकी

Added by रोशन भण्डारी on April 30, 2013 at 8:00am — No Comments

मेडिकल सिटीमा उपचारको खडेरी

शीर्षक पढेर तपाईँ अचम्ममा पर्नु भयोहोला, होइन त? हो, शीर्षक जस्तै यहाँको काम पनि अचम्मकै छ । तर यो नयाँ कुरा भने होइन, तपाईँ हामी सबैजनाले भोग्दै आएको पिडाको प्रतिनिधि घटना मात्र हो यो, जे म लेख्न जाँदैछु । यी र यस्ता घटना धेरै ठाउँमा घट्ने गरेका छन् ।

नेपालको ७६ औँ जिल्लाको रुपमा परिचित तथा नेपालको प्रस्तावित बैकल्पिक राजधानी चितवनको हो । अझै चितवनको भरतपुर नगरपालिका त मेडिकल सिटीको रुपमा विकशित शहर पनि हो । यसलाई मेडिकल सिटीको नामले चिनाइनुपर्छ भन्दै यदाकदा हिँडेको हामीले…

बाँकी

Added by आनन्द पोखरेल on April 29, 2013 at 6:00am — No Comments

स्वास्थ्य संस्थामा आवश्यक औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचार प्रभावकारी नभएको गुनासो

गर्मी यामसंगै झाडापखाला लगायतका रोगहरु फैलिने भएकोले त्यसको रोकथामको लागि विशेष सतकर्ता अपनाईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । झाडापखालाजन्य रोगबाट अझै पनि थुप्रै व्यक्ति प्रभावित भईरहेकोले त्यसको राकथामको लागि सर्तकता अपनाएर अघि बढ्ने जिल्ला स्वास्थ्य कार्यालय अछामका निमित्त प्रमुख झपट ढुंगानाले बताउनु भयो । रेडियो रामारोशनको शनिबारको बहसमुलक कार्यक्रम सुदूर सवालमा बोल्दै निमित्त प्रमुख ढुंगानाले जिल्ला तहमा पनि तत्काल कार्य समुह (र्‍यापिड रेस्पोन्स टिम) गठन गरिएको र गाउँ तहमा पनि…

बाँकी

Added by Purna Bahadur Khadka on April 28, 2013 at 1:00pm — No Comments

अस्पताल बसाइ अनि गाउँघरको सम्झना

घर छोड्दा आमाले भन्नु भएको थियो, ‘स्वास्थ्यको ख्याल राख्नु । बाहिर गएपछि आफ्नो भन्ने कोही हुन्न । विरामी पर्दा तातो पानी खुवाउने सम्म कोही भेटिन्न । त्यसैले सबैभन्दा बढि महत्व स्वास्थ्यलाई दिनु ।’ त्यसैले आएको दिन देखि कतै बिरामी परिएला कि भन्ने साह्रै डर लागी रहन्थ्यो । यहाँ सबैका लागि स्वास्थ्य विमा अनिवार्य गराइएकोले मैले पनि स्वास्थ्य विमा गराएको थिएँ । विमाले उपचार खर्च व्यहोर्ने भएकाले खर्चको भने उति डर थिएन तर चिसो मौसमका कारण विरामी परिने साह्रै…
बाँकी

Added by Raman Paneru on April 27, 2013 at 5:00am — 4 Comments

नयाँ बर्ष सँगैका मेरा आशाहरु

हजारौ झुट बिच एउटा सत्य छ: तेही सत्यलाई आत्मसाथ गर्दै बिउँझिने गर्छु म एक "आम नेपाली" बनी । न त मेरो कुनै दल छ न कुनै संस्था, न मसँग कुनै राजनीतिक बल र समर्थक नै छन । न मेरो पुलिस सँग चिनजान छ, न गुण्डाहरुसँगको मित्रता । न मसँग उच्च पदको जागिर नै छ न शिरमाथि तिनको आशिर्बाद नै । न मसँग चिल्ला गाडी छन, न ठुला-ठुला होटेल जाने श्रोत नै । न मेरो बिदेशमा आफ्ना मान्छे छन, न देशमा ठुला-ठुला बङ्गला नै । न मसँग मर्दापर्दा कोही साथ दिने हातहरु छन, न मेरो वास्तविक हक…

बाँकी

Added by Surendra Kumar Bohara on April 22, 2013 at 12:30pm — No Comments

बर्डफ्लु संक्रमित सबै कुखुरा नष्ट : जोखिमयुक्त खोरको अनुगमन तीव्र

पछिल्लो पटक बर्डफ्लुको संक्रमण देखा परेपछि चितवनमा करिब ५५ हजार कुखुरा नष्ट गरिएको छ ।  भरतपुर–९ बसन्त चोकमा लक्ष्मी राणाको फर्ममा रहेका करिब ५२ हजार कुखुरा पछिल्लोपटक नष्ट गरिएको हो । 

वर्डफ्लुका कारण कुखुराहरु मरेको प्रमाणित भएपछि जिल्ला पशु सेवा कार्यालय, राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाको प्राविधिक टोलीले शुक्रबार अबेर रातिदेखि कुखुरा मार्न थालेको हो । पहिलो दिन टोलीले राणाको फर्मका ११ हजार २९९ कुखुरा नष्ट गरेको थियो । त्यस्तै सोही दिन मंगलपुर–७…
बाँकी

Added by अल्टर कान्छो’ on April 22, 2013 at 10:00am — No Comments

बुढेसकालमा पौढकक्षा मार्फत अक्षर सिक्दै आमाहरु

बाह्रबिस-५ जुवापानी बस्ने ६४ बर्षिय तिर्थदेवि सिंह उमेर ढल्कँदै लाग्दा अक्षर चिन्न थालेकी छन् । दिनभरी घरको काम गरेर बेलुकी उहाँ अक्षर चिन्न थालेकी हुन् । समयमै पढन नपाए पनि यो उमेरमा अक्षर सिक्न लागेको उहाँले बताउनुभयो । आफुहरुले बृद्धभत्ता बुझ्ने समयमा पनि लेख्न नजानेर औँठा छाप लगाउनुपर्ने भएकाले पनि आफुले नाम लेख्नका लागि अक्षर चिन्न थालेको उहाँको भनाई छ । उहाँ जस्तै उमेर ढल्कँदै गर्दा धेरै महिला अक्षर चिन्न थालेकी छन् । उमेरले ६० बर्ष पार गरेकी नामसरा देवि सिंह पनि गाउँमा संचालन भएको…

बाँकी

Added by Chandra Budha on April 21, 2013 at 12:30pm — No Comments

मिस तामाङ २०१३ लाङटाङ क्षेत्र संरक्षण दूत बनिन्

मिस तामाङ-२०१३ को ताज पहिरिन सफल लाक्पा वाङ्मो तामाङ लाङटाङ क्षेत्रको लागि संरक्षण दूत बनेकि छिन् । बिसौं विश्व वन्यजन्तु सप्ताहको अवसरमा आयोजित लाङटाङ पर्यटन तथा संरक्षण उत्सव २०७० को क्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र लाङटाङ राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बेदकुमार ढकालले तामाङलाइ संरक्षण दूत घोषणा गरेका हुन् । उनी रसुवा जिल्ला स्याफ्रु गाविस वडा नं ५ ठूलो भार्खुमा जन्मिएकी हुन् ।…

बाँकी

Added by प्रेम पौडेल (मरूभूमिको यात्री) on April 17, 2013 at 3:30pm — No Comments

साझाको पहिलो यात्रा...........

पछिल्ला दिनहरुमा मैले साझा बस साझा बस भनेको खुब सुन्ने मौका पाएँ । साझा बसले नै नेपालको सम्पुर्ण यातायात ब्यवस्था धानेझैँ गरी होहल्ला मच्चियो पछिल्ला दिनहरुमामा यो राजधानी शहरका सबै मिडियाहरुमा । हुन त काठकाण्डौमा बस्नेहरुलाइ नेपालमा काठमाण्डौ बाहेक अन्त पनि ठाउँ छन भन्ने त्यत्ति हेक्का हुँदोरहेनछ र हो कि? तै, जे भएपनि यो साझाबस भन्ने चिज कस्तो रहेछ, कैले चढ्न पाइएला भन्ने कौतुहल मनमा रहिरह्यो भलै दशैँका बेलामा घर जाँदा वाक्दै जानुपर्दा र त्यही हालतमा काठमाण्डु…

बाँकी

Added by Prakash Lamichhane on April 16, 2013 at 5:28pm — No Comments

भट्टराई सरकारद्वारा ५ महिनाको भ्रमणमा ५ करोड स्वाहा

चालु आर्थिक वर्षको पुष महिनासम्ममा मन्त्रिपरिषदले भ्रमणका नाममा ५ करोड १२ लाख १ हजार १ सय ९७ रुपैंयाँ खर्च गरेको छ । गत पुषको २३ गतेसम्म मन्त्रिपरिषदका सदस्य तथा मन्त्रिपरिषदसँग सम्बन्धित व्यक्तिहरुले गरेको खर्चलाई मात्रै यसमा समावेश गरिएको छ । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइट डब्लु डब्लु डब्लु डट ओपीएमसीएम डट जीओभी डट एनपीमा राखिएको मन्त्रिपरिषदको भ्रमण खर्च विवरण अनुसार अहिलेसम्मको भ्रमण खर्च गत आर्थिक वर्षको तुलनामा एक करोड ६०…
बाँकी

Added by Binod Sharma on April 15, 2013 at 4:30pm — No Comments

सुदुरपश्चिममा सिस्नोपानी छर्केर बिशु तथा नयाँबर्ष मनाईयो

सदुरपश्चिममा नयाँबर्ष तथा बिशुपर्व यसपाली पनि सिस्नोपानी छर्केर मनाईयो । सुदुरपश्चिमका अछाम, बाजुरा, डोटी, बझाङ् लगायतका पहाडी जिल्लामा सिस्नोपानी छर्केर बिशु पर्व मनाउने चलन छ । बर्षौदेखि मनाउदै आइएको यो पर्वलाई नववर्षको पहिलो दिनमा मनाउने गरिन्छ । यस पर्वलाई सुदुरपश्चिमका पहाडी जिल्लामा मूख्य पर्वका रुपमा मनाउने गर्छन् ।

नोकरीका लागि बिदेश र जिल्ला वाहिर गएका पनि यो समयमा घरमा आउने गर्छन् । घर आगनमा जम्मा भई एक अर्कामा सिस्नोपानी छर्केर, रमाइलो गरेर धुमधामका साथ यो पर्व मनाउने…

बाँकी

Added by Purna Bahadur Khadka on April 14, 2013 at 7:00am — No Comments

धराप बन्दैछ पोखरा सभागृह

उपमहानगरले धान्न नसकेपछि निजी क्षेत्रलाई दिने तयारी

चैतको दोस्रो साता नेपाल पत्रकार महासंघको साधारणसभामा भाग लिन आएका मुलुकका विभिन्न स्थानका पत्रकारले पोखरा सभागृहको अवस्था देखेर उदेक माने । ‘सम्पन्न’ सहर पोखरामा सबै कुरा ब्यवस्थित होला भन्ठानेका उनीहरुले सभागृहका जीर्ण कुर्सी, अस्तब्यस्त सौचालय, बिग्रेको घडी अनि फुंग रंग उडेका भित्ता देखेपछि भनेका थिए, पोखरामा पनि यस्तो सभागृह । हो, दिनहुँ जस्तो कार्यक्रम भइरहने पोखरा सभागृह उचित संरक्षणको अभावमा अहिले जीर्ण बन्दै…

बाँकी

Added by Bharat Koirala on April 13, 2013 at 5:00pm — No Comments

प्रचण्डले भने: कति कुरा फेर्नुहुन्छ हँ !

एकीकृत नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छिटो बोली फेर्ने नेतामा चिनिन्छन् । एक ठाउँका भाषणमा बोलेको कुरा अर्को भाषण आफैले काटेका कयौं उदाहरण छन् । गतसाता पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नै कार्यक्रकर्ता र सुरक्षार्मीलाई भने, 'तपाईंहरु कति छिनछिनमा कुरा बदल्नुहुन्छ हँ !' 

आफै कुरा बदल्ने प्रचण्डले यसो भनिरहँदा पोखरेली पत्रकार पनि निकै खुलेर हाँसे । बागलुङका कार्यकर्ता प्रशिक्षणमा भाग लिएर बुधबार राति नै पोखरा आएका प्रचण्डसंग…

बाँकी

Added by Bharat Koirala on April 12, 2013 at 5:00pm — No Comments

सामाजिक संजाल vs असामाजिक ब्यवहार

सन्दर्भ : 'विश्व ब्लगर्स दिवस-मे २'

केही दिनअघि फेसवुकको भित्तामा सूचना तथा संचार मन्त्रालयको नामबाट लेखिएको एउटा सरकारी बिज्ञप्ति पोष्ट भयो र विस्तारै विस्तारै त्यसले विभिन्न सामाजिक संजालहरु नै भर्यो । सूचना  मन्त्रालयको लेटरहेडमा छापसहित सूचना तथा संचारमन्त्री माधव पौडेलले हस्ताक्षर गरेको एउटा सूचना थियो त्यसमा । सूचनाको आशय फेसवुकको माध्यमवाट राजनितिक नेताहरुलाई असभ्य भाषाशैली…

बाँकी

Added by pawan neupane on April 12, 2013 at 4:30pm — 1 Comment

वरिष्ठ पत्रकार भैरव रिसाल भन्छन् "फेरियो पत्रकारिता उस्तै छन् पत्रकार "

मलाई प्रधानमन्त्री टंकप्रसाद आचार्यबाट बोलावट आएको रहेछ । म बेतोडले उनलाई भेट्न दौडिएँ । पुगेको मात्र के थिएँ, उनी त हप्काउन पो थाले, ‘यस्तो नि हुन्छ खबर ?’ उनका हातमा ‘हालखबर दैनिक’ थियो । त्यहीँ लेखिएको एउटा समाचारप्रति उनको आपत्ति रहेछ, जुन मैले नै लेखेको थिएँ । २०१३ सालका ती दिन म हालखबर दैनिकमा रिपोर्टिङ गर्थें । अघिल्लो दिन शनिबार । म साइकल चढेर समाचारको खोजीमा हुइँकिइरहेको थिएँ । अफिसले नै दिएको साइकल । डुल्दाडुल्दै डिल्लीबजारतिर पुगेँ । चारखाल अड्डाको चोकमा खसी काटेर मासु भाग…

बाँकी

Added by pratima silwal on April 12, 2013 at 11:30am — No Comments

विप्लवहरुको सम्पत्तिमा कसले झण्डा गाड्ने ?

सातामा राजनीतिक रुपमा गतिला समाचारले सहर तताउन सकेन । निर्वाचनलाई केन्द्रविन्दु बनाइएका फुस्रा खबरहरु सार्वजनिक भए र केहीहदसम्म एकीकृत नेकपा माओवादीले सरकारसँग असन्तुष्टि जनाएको खबर आयो । तर, यी खबरहरुभन्दापनि ध्यानकेन्द्रित गर्ने खबरचाँही मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको बर्दियामा रहेको जग्गामा नेकपा–माओवादीले आफ्नो झण्डा गाडेको नै थियो । जंगलपनि नजाने तर आन्दोलन जारी राख्ने घोषणा गरेको नेकपा–माओवादीले किन कव्जाको रणनीतिलाई अपनायो ? शान्ति प्रकृयामार्फत सहरकेन्द्रित राजनीतिमा फर्किएर…

बाँकी

Added by Binod Dhakal (D.Binod) on April 11, 2013 at 1:00pm — 3 Comments

इतिहासको उत्खनन्

ग्याब्रियल गार्सिया मार्खेजले '२० औं शताब्दीका महानतम् कवि' ठहर्याएका चिलीका विश्वविख्यात कवि पाब्लो नेरुदाको शवको केही दिन अघिमात्रै अवशेष उत्खनन गरियो, मृत्युको चालिस वर्षपछि । सन् १९७३ मा तानाशाह अगस्टो पिनोसेले सैनिक ‘कू’ गरी सत्ता हत्याउनु र साहित्यतर्फको नोबेल पुरस्कार जित्ने वामपन्थी कवि नेरूदा अनि समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेको मृत्यु संगसंगै हुनु संयोग मात्र होइन भन्दै मृत्यु (वा हत्या !) बारे थप अनुसन्धान गर्न शव उत्खनन गरिएको थियो।  मरेको २ महिनासम्म पनि शवयात्रा गर्न…

बाँकी

Added by Subhas Lamichhane on April 10, 2013 at 11:30am — 2 Comments

कामकाजी परिवारमा सहयोगी श्रीमान

आज "मर्निङग वाक" नजाने? बाट सुरु हुने दैनिकी छ उनीहरुको । श्रीमान र श्रीमती दुबै सामान्य जागिरे छन त्यसैले पनि दुवैको दैनिकी चटारो र हतारिलो छ । घर बाहिर श्रीमती बढी ब्यस्त हुने भएकोले घरभित्रको जिम्मेवारी श्रीमानले लिएको छ । त्यसैले पनि आफुलाई पायक परेको ठाउमा नै कोठा खोजेर बसेका छन । श्रीमती बिहानैदेखि तालिममा सामेल हुन्छिन भने श्रीमानको चाँही साँढे नौ बजे कार्यालय पुग्नुपर्छ । आजसम्म जति चटारो भएपनी कार्यालय जाँदा समय मै पुग्छन दुबैजना ।…
बाँकी

Added by Jiwan Sharma on April 10, 2013 at 10:30am — 4 Comments

खुल्ला दिसामुक्त गाउँ घोषणा अभियान र निशाको सगरमाथा यात्रा

गतसाता एउटा पत्रिकामा सुर्खेत लेखिएको देखेपछि समाचारमा ध्यान गइहाल्यो किनकी गृहजिल्लाको समाचारले कस्को पो ध्यान नतान्ला र ! समाचार के रहेछ भनेर पल्टाएर हेरेँ । ओहो ! सुखद समाचार पो रहेछ : '५० गाविस रहेको सुर्खेत जिल्लामा खुल्ला दिसा मुक्त गाविसको संख्या १९ पुगेको छ । सुर्खेत जिल्लालाई सन् २०१५ सम्म खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरिसक्ने लक्ष्यस्वरुप खुल्ला दिसा मुक्त गराउने अभियान चलिरहेको छ । सन् २०१७ सम्म मुलुकलाई नै खुल्ला दिसा मुक्त बनाउने राष्ट्रिय लक्ष्य बनाइएको छ…

बाँकी

Added by Prakash Lamichhane on April 9, 2013 at 11:00am — 6 Comments

गुमेको महत्वपूर्ण भूमिका र अवसरको खोजीमा नयाँ एकलव्य बन्ने चाहना

निक्कै बेरसम्म घण्टी बजिराखेपछि यु.बि.रेले खाएका आँखालाई सघाउन चश्माको खोजी भयो, तर यताउता सम्भाव्य स्थलमा छामछुम गर्दा फेला नपरेपछि कसको फोन हो नठम्याइकनै कर्कश स्वरलाई थान्को लगाउन मोवाइल उठाउनै पर्‍यो । केही समयदेखि जीवनसंगिनी विमला विष्टको जिम्माको पुञ्ज बचत तथा ऋण सहकारी संस्थाको घर्किसकेको लेखापरीक्षण गराउने पट्याइलाग्दो कामको पूर्वतयारीका लागि मन लागी नलागी सहयोगमा लागिरहेको अवस्थामा आएको मोवाइलको घण्टीले बिथोलिएर केही उद्वेलित हुन पुगेको मनःस्थितिलाई साम्य पार्न पनि उठाउनै पर्ने भएको…

बाँकी

Added by Tika Raj Panta on April 9, 2013 at 10:30am — 1 Comment

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service