Featured Blog Posts – April 2012 Archive (36)

ब्लगिङ्ग र माइक्रोब्लगिङ्ग

आफ्नो विचार र अनुभब अरुसंग साट्न इन्टरनेट सजिलो माध्यम बनेको छ ! अनलाइन माध्यमबाट आफ्ना कुराहरु अरु समक्ष्य राख्नुलाई ब्लगिङ्ग भनिन्छ ! अंग्रेजी शब्द blog दुइटा शब्द web र log मिलेर बनेको हो ! ब्लग कुनै छुट्टै साइट पनि हुन् सक्छ वा साइटको एउटा अंग मात्र नि हुन् सक्छ ! ब्लगमा…

बाँकी

Added by Nilambar on April 30, 2012 at 2:30pm — 1 Comment

हामी भित्रका फरकफरक डाक्टरहरु

हामी हरेक भित्र विभिन्न प्रकारका गुण, अवगुणहरु रहेका हुन्छन्। डाक्टरहरु पनि मानिस नै हुन् र यी विभिन्न खालका बानी, गुणहरुबाट हामी पनि अछुतो रहन सक्दैनौ। यिनै कुराहरुलाई आधार मानेर र समेटेर यो व्यंग्यात्मक लेख लेखिएको छ।

यो पूर्णरुपमा काल्पनिक लेख हो, कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ। …

बाँकी

Added by Samir Lama on April 29, 2012 at 5:00pm — 1 Comment

स्थानियबासी जडिबुटि संकलनतिर गाँउ नै सुनसान

बाजुरा, १७, बाजुराको बिच्छ्या गाबिसबासी यतिबेला जडिबुटी संकलनमा व्यस्त रहेका छन् । आर्थिक उपार्जनको प्रमुख खेतीका रुपमा रहेको जडिबुटी संकलनको सिजन आएपछि उनीहरु स्थानीय लेकमा पाइने जडिबुटी संकलनमा व्यस्त भएका हुन् । जिल्ला कै विकट गाविसका रुपमा रहेको बिच्छ्याका स्थानीय बासीलाई बर्खे सिनमा पाइने जडिबुटी संकलनको चटारो बढेको स्थानीय धनमल थापाले बताएका छन् । सबै जडिबुटी संकलनमा ब्यस्त भएपछि गाँउ नै सुनसान बनेका छन् ।…

बाँकी

Added by Purna Bahadur Khadka on April 29, 2012 at 10:00am — 2 Comments

बचत गर्छन् श्रमिक बालबालिका

प्रस्ताव नम्बर १ माथि छलफल गर्दा २०६९ बैशाख १८ गते सम्पूर्ण खुत्रुकेको बचत उठाउने निर्णय गरियो । शुभकामना बाल क्लबकी सचिव अन्जली लामाले लेखेकी बैठकको निर्णय हो यो । हेटौंडा–१० नम्बर वडा क्षेत्रका श्रमिक बालबालिकाहरु क्लबमा आवद्ध भएर बचत गर्न थालेका छन् । बाल कल्याण समाज मकवानपुरले उनीहरुलाई क्लबको सूत्रमा…

बाँकी

Added by Bijaya Timalsina on April 28, 2012 at 9:30pm — No Comments

सिटामोलमा समेत लुट

काठमाडौं

अन्य औषधीको तुलनामा सस्तो मानिने सिटामोलमा समेत लुट भईरहेको छ भन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविकता हो । यो कुनै हिमाली र पहाडी दुर्गम वस्तीको कुरा नभएर राजधानीवासीले भोगीरहेको पीडा  हो ।प्रभावकारी अनुगमन र नियन्त्रण हुन नसक्दा अन्य औषधी जस्तै सिटामोलमा पनि चरम ठगी भईरहेको सरोकारवालाहरु वताउँछन । राजधानी जस्तो ठाँउमा समेत यस्तो ठगी मौलाईरहंदा पनि न प्रशासनको आँखा पुगेको छ न त अन्य अनुगमन निकायको नै । …

बाँकी

Added by Ramji Balami on April 27, 2012 at 3:30pm — No Comments

विजयकुमारलाई खुला पत्र

आदरणिय दाइ विजयकुमारज्यू,

नमस्कार !

पत्रकार र प्रहरी मात्र यस्ता व्यक्ति हुन सक्छन् जस्ले समाजका कुरिती विरूद्ध लडन आफ्ना बाबुसम्मलाई नंगाउनु पर्छ भन्ने सामान्य कुरा मैले पत्रकारिता पढेर जानेको हुँ। तर समयक्रमसँगै मेरा यी मान्यताहरू बारम्बार बलात्कार भएको पाएको छु, त्यो पनि संरक्षणको जिम्मा लिएर बसेकाहरूबाट। मैले यहाँ तपाईंलाई व्यक्तिगत रूपमा लान्छना लगाउन यो पत्र लेख्दै छैन तर मेरो चिन्ता प्रवृत्तिको हो। तपाईंले पत्रिकामा लेख्ने प्रेरणादायी लेखहरू, अन्तर्वार्ता लिने शैली र…

बाँकी

Added by Ananta Koirala on April 27, 2012 at 11:42am — 1 Comment

फेयरफ्याक्सका मित्रकहाँ पाहुना लाग्दा…

धेरैको 'सपनाभूमि'' मानिएको अमेरिका एकहदसम्म मेरो पनि 'सपनाभूमि' नै थियो । जिन्दगीको लामो कालखण्ड बितिसक्दा पनि त्यतातिर जाने कुनै योजना बनाएको थिइनँ । पछिल्लो घडीमा त त्यो योजना झन् पूरापूर अलपत्र नै थियो । तर कसो कसो अमेरिका जाने साइत जुर्यो । धेरैको 'सपनाभूमि' बनेको अमेरिकामा अनपेक्षित रुपमा पाइला टेक्ने भइयो । अमेरिकी राजदूतावासको चाँजोपाँजोमा एक अध्ययन भ्रमण त्यसतर्फ जाने भएँ । ओहाइयो विश्वविद्यालयअन्तर्गत रहेको 'इडब्लू स्कूल अफ जर्नलिज्म' मा पत्रकारिता र आमसंचारबारे अध्ययन गर्न २०६८ साल…

बाँकी

Added by Yam Bahadur Dura on April 27, 2012 at 8:30am — 1 Comment

भनाईलाई गराईमा परिणत गर्ने की ?

पढ्न पाउनु सबैको नैसर्गिक अधिकार हो । पढ्न पाउने अधिकारलाई कसैले पनि रोक्नु हुदैन । पढाईलाई अनिवार्य वा अत्यावश्यक आवश्यकताको रुपमा लिनु पर्दछ । जीवनको एउटा अभिन्न अंग वा भनौ अभिन्न पाटो शिक्षा हो । शिक्षा विना मानिसको जीवन अन्धकार हुन्छ । तर यहि आधारभुत र अत्यावश्यक मानिएको शिक्षा पाउनबाट कति बालबालिकाहरु वञ्चित छन् । पढ्ने रहर मनभरी सजाएका कति बालबालिकाहरु आफ्नो रहर, ईच्छा, चाहनाहरुलाई कसैको घरमा, ईटा कारखानामा थन्काउन बाध्य छन् । उनीहरु चाहेर पनि आफ्ना रहर, चाहनाहरु पुरा गर्न पाईरहेका…

बाँकी

Added by sabita Acharya on April 26, 2012 at 12:30pm — 1 Comment

ऋण नपाउँदा उपचार अभावमा सुत्केरी महिलाको ज्यान गयो

बाजुराको कुल्देबमाण्डौ २ दुगडीवाडामा ऋण नपाउदा मंगलबार एक सुत्केरी महिलाको अकालमै ज्यान गएको छ । ज्यान जानेमा ३५ बर्षिय बसु मिजार रहेकी छन् ।

उनलाई तिन दिन पहिला सुत्केरी ब्यथा लागेपनी आर्थिक अभावका कारण उपचार हुन नसक्दा ज्यान गएको उनका श्रीमान गोपी मिजारले बताएका छन् ।     सूत्केरी ब्यथा लाग्ने बित्तिकै गाबिसमा रहेको टाँटे स्वास्थ्य चौकीमा सुत्केरी गर्न लगेको थियो । यौनीमा बच्चा हात आएपछि उनको अबस्था जटिल भन्दै स्वास्थ्य कर्मीले उनलाई धनगढी रिफर गरेको थियो । गोपी मिजारको आर्थिक…

बाँकी

Added by Tek Raj Bhandari on April 25, 2012 at 5:00pm — 2 Comments

खुलेआम दलालहरु

आज बिहान, कार्यालय आउँदै गर्दा, पुरानो बसपार्कबाट भद्रकाली आउने मुलबाटोको छेउमा देखिएको दलालहरुको बिगबिगीले ‘मेरो रिपोर्ट’ मा पहिलो पोस्ट लेख्न एउटा बिषय प्रदान गर्यो। मैले देखिरहँदा, दलालहरु अदृश्य थिए, तर बिगबिगी छर्लंग थियो। राजधानीको अत्यन्त ब्यस्त स्थानहरु मध्येको एक, त्यो क्षेत्रमा तपाइंले…

बाँकी

Added by Subash Chandra Sapkota on April 25, 2012 at 3:00pm — 7 Comments

लुम्बिनीमा हराएको बुद्ध

वर्षै पिच्छे आउने बुद्ध जयन्ति फेरी आउदैछ । देश विदेशका गुम्वाहरु फेरी सिगारीने छ । बुद्धको जन्मथलो लुम्बिनीको नाम फेरी एकपटक सबैले गुनगुनाउने छ । २५५६ औ बुद्ध जयन्ती हाम्रो लगि विशेष हुनु स्वभाविक नै हो । हाम्रै मुलुकमा जन्मेको ठिटो घर परिवार, माया मोह देखि विरक्तिएर शान्ति खोज्दै लामो तपश्या गरे पश्चात…

बाँकी

Added by sudhir bhadra on April 25, 2012 at 10:00am — 1 Comment

लोडसेडिङ कारण एकतिहाई मात्रै उत्पादन

हेटौंडा

लोडसेडिङ कारण उद्योगले एकतिहाई मात्र उत्पादन गरेको गुनासो उद्योगीहरुले गरेका छन् । औद्योगिक क्षेत्रलाई छुट्टै फिडर बनाई नेपाल बिद्युत प्राधिकरणले दैनिक १३ घन्टा बिद्युत दिएपनि दैनिक एक सिफ्ट मात्र उद्योग चलाउन मिल्ने उद्योगीहरुको भनाई छ । हेटौंडा औद्योगिक क्षेत्रमा अहिले बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म लगातार बिद्युत हुन्छ ।

दैनिक १३ घन्टा बिद्युत भएपनि उद्योगहरु बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म एक सिफ्ट मात्रै खुल्ने उद्योग संघ हेटौंडाका अध्यक्ष ऋषिराम घिमिरेले बताए ।…

बाँकी

Added by Bijaya Timalsina on April 25, 2012 at 9:00am — No Comments

सगरमाथाको देश

नेपालमा भैन्जेल् मलाई लाग्थ्यो हाम्रो देश नेपाललाई नचिन्ने मान्छे को होला र संसारमा। यहाँ आएर पो थाहा भो, नचिन्ने मान्छे मात्र हैन, नेपाल मात्र भनेर चिन्ने मान्छे कम नै हुँदा रहेछन् । यो मेरो एकपटक मात्र हैन धेरै पटकको अनुभब हो । आज नि त्यस्तै घटना घट्यो र मलाई यो ब्लग लेख्न मन लाग्यो।

नयाँ ठाउँ , नयाँ काम,…

बाँकी

Added by Dr Anubha Singh on April 24, 2012 at 5:30pm — 4 Comments

पुस्तौनी जरा खोज्दै बर्माको छेउछाउ

सामुद्रिक यात्राको उत्सुकता

साँझ साढे ७ बजेतिर धानमण्डी भन्ने ठाउँबाट गाडी चढेका हामीलाई ढाकाबाट बाहिर निस्कने नाका जात्रावाडी पुग्नै झण्डै ३ घण्टा लाग्यो । यो यात्रामा ढाकामा बसेर पढ्दै गरेकी तुलसी नेपालकी ठुली छोरी रोहिणी पनि जोडिन आइपुगेकी थिइन् । त्यसपछि भने गाडी १०० किमि प्रतिघण्टाको दरले कुद्न थाल्यो । मलाई भने भोली बिहानै समुद्रमा जहाज चढ्न पाइने र टापुमा पुगिने कल्पनाले कुत्कुत्याइरहेको थियो ।

रातभरि केही नदेखिए पनि बिहान उज्यालो भएपछि…

बाँकी

Added by Indra Dhoj Kshetri on April 24, 2012 at 11:00am — 10 Comments

भाइको हत्याराको खोजीमा द्वन्द्वपीडित अधिकारी

नारायणगढ । आफ्नो गृहजिल्लाका कार्यकर्तालाई महिनामा एक पटक गृहजिल्लै पुगेर भेट्ने प्रतिबद्धता गरेका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीका रुपमा देशको बागडोर समालिरहेका बेला तिनै भट्टराईको गृहजिल्ला गोरखाका एक जना भने न्यायको खोजीमा चितवनका सरकारी कार्यालय तथा न्यायालयहरुमा भौतारी रहेका छन्…

बाँकी

Added by अल्टर कान्छो’ on April 24, 2012 at 9:30am — No Comments

फेनफेन आइ हमार गाउँ भादा ! (हाम्रो गाउँ भादा फेरिफेरि आउनु !)

एकदिने होम स्टे सकिएपछिको विहानी प्रस्थानको तयारी हुँदै थियो । गाउँको चोखो आतिथ्यले विभोर भएको मनमा बसाइ लम्ब्याउने सुर भएपनि विविध कार्य व्यस्तताका कारण त्यसो हुन सक्ने स्थिति थिएन । त्यसैले विहानको नास्ता खाएर प्रस्थान गर्ने सुरमा सबै थिए । विहान सबेरै चिया र स्थानीय परिकारहरुको स्वाद लिँदै विदा हुने तरखरमा थियौं ।…

बाँकी

Added by Raman Paneru on April 23, 2012 at 4:30pm — 6 Comments

साक्षरता अभियान प्रभाबकारी हुन सकेन

बाजुरा, ११ बैशाख,सरकारले निरक्षरता घटाउने उद्देश्यअनुरूप सञ्चालित साक्षरता अभियान बाजुरा जिल्लामा प्रभाबकारी हुन सकेको छैन् । जिल्लामा मंसिर महिनाबाट साक्षरता कक्षा सञ्चालन गरेका भएपनि अधिकांश साक्षर कक्षा सञ्चालन हुन सकेका छैनन् ।

साक्षरता कक्षा सञ्चालन गर्ने स्वयमंसेबकले कामै नगरेर कागजी प्रक्रिया मिलाएर रकम निकालेर खाने गरको पाईएको छ । साक्षरता कक्षा बितरण गर्ने समयमा पहुँचका आधारमा बितरण गरेको भएतापनि अहिले भने कक्षा सञ्चालननै नभएको शिक्षक युनियन बाजुराका सचिब तुला थापा बताए ।…

बाँकी

Added by Purna Bahadur Khadka on April 23, 2012 at 12:30pm — No Comments

व्यवसायिकता भर्सेस् अलपत्रकारिता

आफ्नो चासो र आफ्नो शिक्षा दुवै मिल्ने भए’सि नेपाली पत्रकारिता सधैँ छनौटमा पर्छ केही लेख्नु पर्दा। पोष्टपो सम्पादक त तर खरदारको काम नि गरिन्छ पुस्तकालयमा। दिनदिनै प्रकाशित हुने नेपाली पत्रिकाहरू दर्ता गर्दा धेरै कुरा फाइदा छ, पत्रिका पढन पाइन्छ। त्यसैले त विरक्तिन्छु म। खै अरू चाहिँ के गर्छन् यति धेरै पत्रिका सित्तैमा पढ्न पाउँदा म चाहिँ रून्छु। रुन्छु किनकि पत्रकारिता नगर्दा पनि यो पेशा मेरो मनको एकदमै नजिक छ।

मैले पढेको पत्रकारिता र मैले देखेको पत्रकारितामा आकाश जमिनको फरक देखिन्छ।…

बाँकी

Added by Ananta Koirala on April 20, 2012 at 6:00pm — 5 Comments

रुञ्चेपिञ्चे प्रशासन

वैशाख ३ गते आइतबारका दिन १५ जनालाइ एसएसपीमा बढुवा भएको फुली लगाइदिंदा नेपाल प्रहरीका आइजिपी रवीन्द्रप्रताप शाहको अनुहार ओइलाएको र मलीन थियो। फुली लगाइसकेपछि उनले जुन विलौना पोखे त्यो झन् टीठलाग्दो थियो। “जति कोशीस गरेपनि यो प्रहरी सङ्गठन सुध्रने छनक देखिन। मैले हार खाएँ,मेरो केही केही लागेन,म हैरान भैसकें।” यो उहाँको रोइलो थियो। प्रहरी सङ्गठनलाइ ध्वस्त पारेको भनेर इतिहासले उहाँको निधारमा लगाएको कलङ्कको दाग अव आँसुले धोएर मेटिने छैन। प्रहरी सङ्गठनमा ५ थान मात्र एसएसपी पद रिक्त थियो, तर…

बाँकी

Added by Ananda Ram Paudel on April 19, 2012 at 11:00pm — 1 Comment

दार्जिलिङ्गका नेपालीभाषी

असरल्ल जिपहरुको बिचमा कुन्नी के खोज्या जस्तो हेरीरहेका छन यहाँका नेपालीहरु । जिप रोकिन्छ फेरी दौडन्छ , फेरी अर्को आउछ अनी फेरी रोकिदै जादै गर्दछ दिनभरी यो क्रम जारी रहेको छ । काँन्तीक्षय भएको जस्तो ति अनुहारमा फिस्स क्षणिक मुखाले हाँसो अनी पुनः उहि मुन्द्रामा । हाम्रा तिरका मानिसहरुले जस्तो पल्याकपुलुक्क जस्तो पनि गर्न नजानेर हो कि वा के हो ?ठुलै बज्रपात परेको जस्तो मलिन अनि मौन अनुहार के कति आग्रह वा दुखेसो छन होला ति मनमा बुझन कठिनाई पर्ने अबस्था । यहाँको श्री ५ को सट्टामा नेपाल परिबर्तन…

बाँकी

Added by Umesh Sigdel on April 19, 2012 at 6:11pm — 4 Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service