April 2012 Blog Posts (272)

मजदुर एकता अमर होस्



भोलि  १२३ औं अन्तराष्ट्रिय  मजदुर दिवस  अर्थात  मे १ मजदुर वर्गले बलिदानीपूर्ण संघर्षबाट अधिकार स्थापित गरको ऐतिहासिक दिन हो ।मई दिवसका दिन मजदुरहरुको हक अधिकारको सुनिश्चित भएको दिन भएकाले मजदुर दिवस पनि भन्ने गरिन्छ। अमेरिकामा औद्योगिक क्रान्ति भएपछि ठूल्ठूला उद्योग धन्दा र कलकारखाना स्थापित भए। कलकारखानामा…

बाँकी

Added by Gopal Siwa on April 30, 2012 at 9:30pm — No Comments

अखण्ड सुदुरपश्चिमका लागि अछामको साँफेबगरमा र्याली

अछाम बैशाख, १८,अखण्ड सुदुपश्चिमको माग गर्दै भैरहेको आन्दोलनको समर्थनमा अछाममा पनि आन्दोलन हुन थालेका छन् । राज्यको पुर्नसंरचना अन्तर्गत संघीय नेपालमा हालका सुदुरपश्चिमका ९ वटै जिल्लालाई एकै बनाईनु पर्ने मागमा ऐक्यवद्धता जनाउँदै आज सोमवार जिल्लाको प्रमुख व्यापारी केन्द्र साँफेबगरमा र्याली निकालिएको छ ।

अखण्ड सुदुर पश्चिम जिन्दावाद, देश टुक्राउन पाईँदैन जस्ता नारा लगाउँदै साँफु हाटबजारबाट निकालिएको र्याली एयरपोर्ट बजारमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै नेपाली…

बाँकी

Added by Tek Raj Bhandari on April 30, 2012 at 7:00pm — No Comments

नक्कली निवेदन बनाई उजुरी दिने ढुंगाना फरार, आपसमा लडाउन खोजेको अन्यको ठहर ।।

मंगलसैन गाविस वडा नम्बर ६ निवासी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष खगेन्द्रप्रसाद ढुंगानाले विभिन्न व्यक्तिको नाममा किर्ते गरी अख्तियारमा उजुरी हालेको थाहा भएपछि हाल उनी फरार रहेका छन् । जिल्लाका विभिन्न १६ जनाको नामबाट नक्कली हस्ताक्षर गरी उनले अख्तियारमा उजुरी हालेको खुलासा भएपछि उनी फरार रहेका प्रहरीले जनाएको छ । ढुंगानाले १६ जनाको नक्कली हस्ताक्षर गरी अख्तियारमा विभिन्न ५ वटा उजुरी हालेका थिए । उनले आफैले लेखेर जिल्लाका व्यापारी, निर्माण व्यवसायि, राजनीतिकर्मी, शिक्षक , पत्रकार लगायतको…

बाँकी

Added by Tek Raj Bhandari on April 30, 2012 at 6:32pm — No Comments

कुष्ठ रोगका कारण अपाङ्खता भएका व्यक्तिहरुका लागि मानवअधिकार सम्वन्धि गोष्ठी सम्पन्न ।।

जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको आयोजनामा कुष्ठ रोगका कारण अपाङ्खता भएका व्यक्तिहरुका लागी मानवअधिकार सम्वन्धि गोष्ठी आज सदरमुकाममा सम्पन्न भएको छ । कुष्ठ रोगबाट प्रभावित व्यक्ति हरुले समाजमा अपहेलित हुन नपरोस र उनिहरुको अधिकार सुनिश्चित होस् भन्ने अभिप्रायले गोष्ठीको आयोजना गरीएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । हालसम्म जाजरकोटमा १० जना कुष्ठ रोगका विरामिहरुले उपचार गरेको जिल्ला स्वास्थ्य कार्यालयको तत्थाङ्कमा उल्लेख गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थाङ्क अनुसार…

बाँकी

Added by Purna Bahadur Khadka on April 30, 2012 at 6:08pm — No Comments

दैलेखमा पहिलो पटक फुटबल प्रतियोगिता हुँदै

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर दैलेखमा पहिलो पटक मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगिताको आयोजक डिप्लोमा ईन्जिनिएर एशोसिएसन नेपाल जिल्ला शाखा दैलेखले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । “स्वस्थ जीवन र अनुशासनका लागि खेल” भन्ने नाराका साथ सुरु हुने प्रतियोगिताले जिल्लामा फुटवलको विकासमा टेवा पु¥याउने उद्देश्य आयोजक राखेको छ । प्रतियोगिताका लागि स्थानिय नारायण क्याम्पसको मैदानलाई व्यवस्थित बनाइएको छ । भोलि दिउँसोदेखि हुने प्रतियोगितामा जिल्लामा कार्यरत…

बाँकी

Added by Purna Bahadur Khadka on April 30, 2012 at 6:00pm — No Comments

छोराले गरे बाबुको हत्या ।

दैलेखको नारायण नगरपालिका वडा नम्बर ९ साडु निवासी हिरासिंङ रेश्मी मगरले ६३ वर्षिय आफ्नै बाबु गङ्गबहादुर रेश्मी मगरको हत्या गरेका छन् । सामान्य भनाभन हुँदा मदिरा सेवन गरेका हिरासिंङले एक्कासी बाबुको टाउकोमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । बाबुको हत्या गर्ने ४० वर्षका हिरासिंङ रेश्मी मगरको केही वर्ष यता बेला बेलामा मानसिक अवस्था

असामान्य हुने गरेको स्थानियले बताएका छन् । हत्यामा संलग्नलाई स्थानिय बासिन्दाको सहयोगमा राति नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखले…

बाँकी

Added by Purna Bahadur Khadka on April 30, 2012 at 5:37pm — No Comments

सुदूर पश्चिम बन्दको चौथो दिन पनि आमहड्ताल जारी

१५ बैशाखबाट सुरु भएको अनिश्चितकालीन सुदूरपश्चिम बन्दको आज चौथो दिन पनि आम हड्ताल जारी रहेको छ । आम हड्तालका कारण प्रायः सबै बजार पसल ठप्प रहे भने कुनै पनि सवारीका साधन समेत चल्न सकेका छैनन् । डोटी जिल्लामा पनि आज बिहानैबाट नागरिक समाजको अगुवाइमा सदरमुखकाम सिलगढी, दिपायलमा नारा जुलुससहित बजार परिक्रमा गरी सबैलाई सुदूरपश्चिम आन्दोलनमा सहभागी रहन समेत आह्वान गरिएको छ । दिपायल शिलगढी नगरपालिकाको जिरो प्वाइन्टबाट सुरु भएको नारा जुलुससहितको ¥याली जिल्ला प्रशासन कार्यालय अगाडि आई कोणसभामा परिणत…

बाँकी

Added by Purna Bahadur Khadka on April 30, 2012 at 5:30pm — No Comments

नतुहियोस् उपभोक्ता ऐन

बजारमा चरम रुपमा वस्तु र सेवा बजारमा दण्डहीनता बढेपछि सरकारले उपभोक्ता अदातलको अवधारणा अगाडि सारेको हो । हाल यो प्रक्रियामै रहेपनि यसले निकट भविष्यमै सार्थकता पाउदैछ । त्यसो त असोचनीय रुपमा भइरहेको कालोबजारीया, मिसावटखोरयुक्त खाद्य उत्पादन, नाफाखोरी व्यावसाय आदि सबैलाई लगाम लगाउने उदेश्यले अगाडि सारिएको यो कदम सह्रानिय भए पनि यसको सार्थक कार्यान्वयनको पाटो कतिसम्म प्रभावकारी र हितकारी हुन सक्छ त्यो भने हेर्नै बाँकी छ । हाल नेपालमा पनि उपभोक्ता विरुद्ध हुने कसुरलाई व्यावस्थापन गर्ने र वस्तु…

बाँकी

Added by Prabin Baniya on April 30, 2012 at 4:18pm — No Comments

नतुहियोस् उपभोक्ता ऐन नतुहियोस् उपभोक्ता ऐन

नेपाली बजारमा चरम रुपमा वस्तु र सेवा बजारमा दण्डहीनता बढेपछि सरकारले उपभोक्ता अदातलको अवधारणा अगाडि सारेको हो । हाल यो प्रक्रियामै रहेपनि यसले निकट भविष्यमै सार्थकता पाउदैछ । त्यसो त असोचनीय रुपमा भइरहेको कालोबजारीया, मिसावटखोरयुक्त खाद्य उत्पादन, नाफाखोरी व्यावसाय आदि सबैलाई लगाम लगाउने उदेश्यले अगाडि सारिएको यो कदम सह्रानिय भए पनि यसको सार्थक कार्यान्वयनको पाटो कतिसम्म प्रभावकारी र हितकारी हुन सक्छ त्यो भने हेर्नै बाँकी छ । हाल नेपालमा पनि उपभोक्ता विरुद्ध हुने कसुरलाई व्यावस्थापन गर्ने र…

बाँकी

Added by Prabin Baniya on April 30, 2012 at 3:30pm — No Comments

ब्लगिङ्ग र माइक्रोब्लगिङ्ग

आफ्नो विचार र अनुभब अरुसंग साट्न इन्टरनेट सजिलो माध्यम बनेको छ ! अनलाइन माध्यमबाट आफ्ना कुराहरु अरु समक्ष्य राख्नुलाई ब्लगिङ्ग भनिन्छ ! अंग्रेजी शब्द blog दुइटा शब्द web र log मिलेर बनेको हो ! ब्लग कुनै छुट्टै साइट पनि हुन् सक्छ वा साइटको एउटा अंग मात्र नि हुन् सक्छ ! ब्लगमा…

बाँकी

Added by Nilambar on April 30, 2012 at 2:30pm — 1 Comment

अखण्ड सुदुरपश्चिमको माग गर्दै माओबादी प्रस्ताब बिरुद्ध अनिश्चितकालिन गरिएको सुदुुरपश्चिम बन्दको चौेथो दिन कैलालीको जनजीबन झनै कष्टकर बन्दै

अखण्ड सुदुरपश्चिमको माग गर्दै माओबादी प्रस्ताब बिरुद्ध अनिश्चितकालिन गरिएको सुदुुरपश्चिम बन्दको चौेथो दिन सोमबार कैलालीको जनजीबन झनै कष्टकर बन्दै गएको छ । आज बिहानै देखी आन्दोलनकारीले कैलालीमा प्रर्दशन सुरु गरेका छन । बिगत ४ दिन देखी त्यसक्षेत्रका  यातयात ,बजार, कलकारखाना शिक्षण संस्था, सरकारी कार्यालय समेत पुर्णरुपमा ठप्प रहेका छन । बन्दलाई थप ससक्त बनाउन बन्दकर्ताहरुले  हिजो रातभरी सडकमा बसेर धर्ना दिदै अत्तरिया चौराहमा खाना पकाएर खाएका छन । संयुक्त लोकतान्त्रीक परिबेश, सुदुरपश्चिम जागरण…

बाँकी

Added by Purna Bahadur Khadka on April 30, 2012 at 10:56am — No Comments

स्याउका विरुवामा मुसा आतंक ।।

जाजरकोटको उत्तरी गाविस रोकायगाउँमा रहेको एक कृषक समूहको ३ सय ५० वटा स्याउँका विरुवा मुसाले सखाप पारेको छ । गाविसको वडा नम्बर १ मा रहेको सामाखोली फलफूल तथा तरकारी खेती कृषक समूहको सहकारी बगैँचामा लगाईएको ५ सय ६५ विरुवामध्ये ३ सय ५० विरुमामा मुसाले क्षति पु¥याएको हो । मुसा आतंकबाट किसानहरु चिन्तित बनेका छन् । उक्त स्याउका विरुवाहरु ३ वर्ष अगाडि जिल्ला कृषि विकास कार्यालय जारजकोटबाट ढुवानी अनुदानमा खरिद गरी लगिएको रोकायगाउँ गाविसका लेखा तथा प्रशासन सहकाय वीर बहादुर रोकायले जानकारी दिनुभयो ।

Added by Purna Bahadur Khadka on April 30, 2012 at 10:51am — No Comments

माछा मार्न विषाक्त रसायनको दुरुपयोग

 बाजुरा, माछा मार्नका लागि बाजुराका नदीमा विषाक्त रसायनको प्रयोग गर्ने क्रम दिन प्रति दिन बढ्दै गएको छ । जिल्लाका बाह्रविसको इकडीगाड, कुल्देवमाण्डौंको बार्जुगाड र तोलीको का“सागाडमा स्थानीय बासिन्दाहरुले माछा मार्नका लागि बिषाक्त औषधी प्रयोग गरेर माछा मार्ने गरेको स्थानियले बताएका छन् ।

बिषाक्त औषधि प्रयोग पछि खोलामा रहेका माछा लगायत अन्य जलचरको समेत मर्ने गरेका छन् । गुदुखातीबाट बग्ने बार्जुगाड नदी इकडी गाडमा समेत यही तरिकाले स्थानीय बासिन्दाले यो औषधी प्रयोग गर्दा पानीमा रहेका…

बाँकी

Added by Purna Bahadur Khadka on April 30, 2012 at 10:30am — No Comments

दैलेखको हुड्के नाच लोप हुँदै

प्राचिनकालदेखि चल्दै आएको दैलेखको हुड्के नाच यतिबेला लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षणमा कसैको ध्यान नजानु र पछिल्लो पुस्ताको चासो पनि कम भएका कारण हुड्के नाच लोप हुन लागेको हो ।

नाचमा विषेश गरी गाउँ घरमा हुने विवाह, ब्रतबन्धलगायत चाड पर्वका अवसरमा ईतिहासका कथा र घट्नालाई  गितको माध्यामबाट भन्ने र नाच्ने गरिन्छ । दलित समुदाय अन्तरगत दमाई थरका पुरुषहरुले प्रस्तुत गर्ने यस नाचमा शिरमा ठुलो फेटा, सद्री, फरिया र सुरुवालको पहिरन लगाएर हुड्को बजाउदै नाच्ने गरिन्छ ।नाचमा आठदेखि दश…

बाँकी

Added by Purna Bahadur Khadka on April 30, 2012 at 10:30am — No Comments

विषालु सर्पको टोकाईबाट जाजरकोटमा एक बालिकाको ज्यान गयोे

विषालु सर्पको टोकाईबाट जाजरकोटमा एक बालिकाको ज्यान गएको छ । सर्पको टोकाईबाट जिल्लाको पुन्मा गाविस १ का गोरख चन्दका ९ वर्षकी छोरी कालिका चन्दको  ज्यान गएको हो ।

बालिका चन्दलाई गाउँमै रहेको मावली घरमा गएको बेला राति सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारको साटो घरमै वैद्यद्वारा झारफुक गर्ने क्रममा बालिकाको ज्यान गएको सरस्वती मावि पुन्माका शिक्षक बिजयप्रकाश चन्दले जानकारी दिनुभयो ।

Added by Purna Bahadur Khadka on April 30, 2012 at 10:30am — No Comments

बिद्यार्थी यार्चागुम्बु संकलन गर्न गएपछि बिद्यालय बन्द

उच्च हिमाली भेगमा पाइने बहुमुल्य जडिबुटी यार्चागुम्बु संकलनका लागि जिल्लाका बिभिन्न भेगमा रहेका विद्यालयबाट विद्यार्थीहरु त्यसतर्फ लागेपछि जिल्लाका पाँच दर्जन भन्दा बढि विद्यालय बन्द भएका छन् । विद्यार्थीहरु यार्सा टिप्न लेकतिर गएपछि  जिल्ला शिक्षा कार्यालयले गरेको विद्यालय भर्ना अभियान समेत प्रभावित हुने भएको छ । यस वर्ष हिउद याममा हिमाली भेगमा ढिलो सम्म हिउ परेकोले सदाझै यार्चागुम्बा टिप्नका लागि सर्बसाधारणहरु आधा महिना ढिलो  त्यसतर्फ लागेका हुन् । जिल्लाको लेकगाउँ, काडा, दहबगर, सुर्मा,…

बाँकी

Added by Purna Bahadur Khadka on April 29, 2012 at 5:46pm — No Comments

मोबाईलले गर्दा दैलेखमा बालविबाह बढ्दो छ ।



हरेक किसोर किसोरीको हात हातमा देखिन मोबाईलले दैलेखमा बालबिबाह बढाएको देखिएको छ । दैलेखमा पछिल्लो समयमा किसोर किसोरीबीच मोबाईलको दुरुपयोग हुदा कम उमेरमा विबाह बन्धनमा बाधिनेको संख्या बढेको छ । किसोर किसोरीहरु लहैलहैमा लागेर र नभेटेरै मोबाईलमा कुरा गर्ने अनि बिबाहको बन्धनमा बाधिने गरेका छन । १९ वर्ष भन्दा मुनि विबाह गर्नु कानुनी र स्वास्थयको हिसावले अबैधानिक मानिने भएपनि यो क्रम बढिरहेको महिला शसत्तिकरण मञ्चकी पुर्व अध्यक्ष डिल कुमारी चन्दले बताउँनुभयो । बालबिबाहको संख्या बढि रहेपनि…

बाँकी

Added by Purna Bahadur Khadka on April 29, 2012 at 5:45pm — No Comments

नयाँ संविधान अपांगमैत्री बन्नुपर्ने माग ।।



नयाँ बन्ने संविधान अपांगमैत्री हुनुपर्ने बैतडीका अपांगता भएका व्यक्तिहरुले माग गरेका छन् । जिल्ला अपांग महासंघ जिल्ला च्यापटर बैतडीले आज एक र्यालीको आयोजना गर्दै नयाँ संविधानमा आफ्ना हकहरु ग्यारेन्टी हुनुपर्ने माग गरेको हो । भौतिक संरचनाहरु अपांग मैत्री हुनुपर्ने अपांगता भएका व्यक्तिहरुको माग रहेको छ । सामाजिक सम्मान सहित आफूहरुका अधिकार ग्यारेन्टीका लागि सरकारले उचित कदम चाल्नुपर्ने उनीहरुको माग छ । नयाँ बन्ने संविधानमा आफ्ना अधिकार ग्यारेन्टी गर्न दबाब दिने उद्देश्यले र्यालीको आयोजना…

बाँकी

Added by Purna Bahadur Khadka on April 29, 2012 at 5:45pm — No Comments

अज्ञात रोगका कारण ८ बाख्रा मरे, २ सय भन्दा बढी बिरामी ।।



अछाम बैशाख १७

अछाम जिल्लाको ठाँटी गाविसमा बाख्रामा अज्ञात रोग देखा परेको छ । गाविसमा अज्ञात रोगका कारण ८ वटा बाख्रा मरेका छन भने दुई सय भन्दा बढी बाख्रा बिरामी परेका छन । शुक्रबार यता गाविसमा अज्ञात रोग फैलिएपछि गाविसका दिपक शाह, सुवा देवि शाह, नर बहादुर शाह र टेक बहादुर शाहका बाख्रा मरेका हुन । बाख्रामा पेट सुनिने, मुखबाट ¥याल निकाल्ने लगायतका लक्षण देखिने गरेका उपचारमा संलग्न पशु सहजकर्ता रविन्द्र नेपालीले बताउनु भएको छ । बाख्रामा लक्षण देखिएको १÷२ घण्टा भित्रै मर्ने गरेका स्थानिय…

बाँकी

Added by Purna Bahadur Khadka on April 29, 2012 at 5:41pm — No Comments

जाजरकोटमा यातायात चले पनि ट्राफिक नियम थाहा नहुदा समस्या

जिल्लामा यातायात सेवा संचालन भए पनि सर्बधारणहरुलाई ट्राफिक नियम थाहा नहुदा समस्या भएको छ । सडकमा यातायातका साधन चलेको बेला कसरी सडक पार गनर्,े कुन साइडबाट गर्ने कस्तो हरण र कुन रंगको लाइट बलेको बेला के गर्ने भन्ने बिषयमा सर्बसाधारणहरुलाई जानकारी नहुदा समस्या भएको हो ।

सडकमा बिस्तारै सवारी चाप बढे पनि यसको ब्यबस्थापन तर्फ सम्बन्धित निकायको ध्यान जान नसकेको उद्योग बानिज्य संघका अध्यक्ष कमानबहादुर खड्का बताउनु हुन्छ । 

साँघुरो सडक बढ्दो सवारी चापलाई ध्यानमा राखि ट्राफिक…

बाँकी

Added by Purna Bahadur Khadka on April 29, 2012 at 5:30pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service