March 2013 Blog Posts (93)

“फरिया ल्याईदेछन्” गीतको खोजी !

'भाकामा गाँसेर परम्परा, मनको दुखेसो खोल्दछ-विदेशिएका खसमको माया, यो गीतले बोल्दछ' 

केहि वर्ष अगाडी म र मेरो साथी नविन सिक्किम घुम्न गएका थियौं । हामी सिक्किमे मित्र दिपेन्द्रको पाहुना मान्न त्यता पुगेका थियौं अनि घुमघाम त एउटा मुख्य उद्देश्य थियो नै । दिनभरि घुम्यो अनि रात परेपछि घरमा सबै संगै बसि खाना खाईन्थ्यो । अरु सबै सुत्न गएपछि अनि हामी तीन मित्रको सुरुहुन्थ्यो सुरसुधा । के गर्ने घरको अनुशासन बनाईराख्नै पर्‍यो । जाडो महिना थियो, सिक्किमको प्रख्यात 'हनी-बी' अनि…

बाँकी

Added by Bikash Kumar Koirala on March 31, 2013 at 10:00am — 2 Comments

छाउपडी कुपथ्राको अन्त्य संगै जातीय विभिदको पनि अन्त्य गर्नुपर्ने पूर्व गृह मन्त्री रावलको भनाई ।।

पूर्ण बहादुर खड्का, अछाम चैत्र १७

नेकपा एमालेका नेता तथा पूर्व गृह मन्त्री भिम रावलले अछाम जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरीसके पश्चात पानीको व्यवस्था गर्नुपर्ने र जिल्लामा रहेका छाउपडी कुपथ्राको अन्त्य संगै जातीय विभिदको पनि अन्त्य गर्नुपर्ने बताउनु भएको छ । अछाम जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा सम्बन्धी अन्तक्रीया कार्यक्रम आज काठ्माण्डौमा प्रमुख अथितिको आसनबाट बोल्दै यो सब गर्नका लागी जिल्लास्थित सम्पुर्ण राजनितीकदल, सरकारी तथा गैरसरकारी संघसस्थाका प्रतिनीधी, पत्रकार,…

बाँकी

Added by Purna Bahadur Khadka on March 30, 2013 at 8:05pm — No Comments

तस्विर कथा : धनकुटा बिहिबारे हाटको सेरोफेरो

सामान्यतया: सातामा एकपटक वा एउटा बार पारेर तराई तथा पहाडी क्षेत्रमा लाग्ने बजारलाई हाट भनिन्छ । नुन, तेल, मेथी, जिरा, मरिच बेसार देखी लत्ताकपडा भाँडाकुँडासम्मको किनबेचमात्र होइन्, घरेलु उत्पादनहरु कुखुरा, अण्डा, तरकारी, फलफुल, अन्न, गेडागुडी, सागपात बजार पुर्याएर बेच्ने र त्यसको पैसोले अन्य सरदमको जोहो गर्ने पुलको काम समेत हाम्रा गाउँघरमा लाग्ने हाटबजारले गरिरहेको छ । यतिमात्र होइन, साताको एकदिनभएपनि घुमफिर…

बाँकी

Added by pawan neupane on March 29, 2013 at 4:30pm — 1 Comment

सानाहरुको जमर्को र पशु अधिकार

चैत्र ६ गतेका दिन कसैले दुई हप्ता पनि नपुगेका ५ बटा कुकुरका बच्चाहरु एउटा स्यानो कार्टुनमा खाँदेर हनुमन्ते खोलाको छेउमा छोडेछन् । ति मध्ये ४ तितरबितर भएपछि बाँकि रएको एकको विचल्ली देख्न नसकि स्कूलबाट फर्किर्दै गरेकि गरिमाले घर लग्ने निर्णय गरिन र ल्याईन पनि । चाडैं भोकलाग्नु र कुँईकिरहनु त त्यो बच्चाको धर्मनै भो । एकरात मात्र त्यो बच्चालाई राख्दा थाहा भो आमाको महत्व र भोगाई । रातको ११, २ र ४ बजे गरेर तिनपटक कुँईकुँई गरेर घरमा सबैलाई जगाउने र क्रमशः दुध खाने अनि फेरि सुत्ने । अनि सोंचे कति…

बाँकी

Added by Bikash Kumar Koirala on March 29, 2013 at 11:30am — 3 Comments

दिशामुक्त जिल्ला घोषणा गर्नका लागी सरसफाई अभियान अन्ति चरणमा ।।

अछाम जिल्लालाई यहि चैत्र महिना भित्रै खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नका लागी सरसफाई अभियान अन्ति चरणमा पुगेको छ । अछाम जिल्लाका ७५ वटा गाविस खुल्ला दिशामुक्त घोषणा भएपछि जिल्लालाई चैत्र महिना भित्रै खुल्ला दिशामुक्त घोषणा गरिने जिल्ला खानेपानी सरफाई तथा स्वच्छता समन्वय समिती अछामले जनाएको छ । खुल्ला दिशामुक्त भईसकेपछिको अवस्थाको बारेमा जानकारी लिन अनुगगमनका लागी जिल्लाका १३ वटै ईलाकामा अनुगमन टोली खटिने भएका छन । जिल्ला स्थित सबै सरोकारवाला सहितको टोली बनाई प्रत्येक ईलाका ६÷६ जना गरी ८०…

बाँकी

Added by Purna Bahadur Khadka on March 28, 2013 at 8:17am — No Comments

अछामको सोकट गाविसमा एकीकृत घुम्ती शिविर आज सम्पन्न, आज अन्तिम दिन ७ सय बढीले सेवा लिए ।।

पूर्ण बहादुर खड्का, अछाम चैत्र १३

ग्रामिण क्षेत्रका जनतालाई सरकारी कार्यालयबाट प्रदान गरीने सेवाहरु सहजै तरीकाले गाउँठाउँमै प्रदान गर्ने अभियान अन्तर्गत अछाम जिल्लाको सोकट गाविसमा आज एकीकृत घुम्ती सेवा शिविर सकिएको छ  । ३ दिन देखि संचालित घुम्ती शिविरमा आज ७ सय ६३ ले सेवा लिएका छन । आज ३४७ जनाले नेपाली नागरीकताको प्रमाणपत्र, १७३ जनाले स्वास्थ्य सेवा, ११ जनाले अपाङगता परिचय पत्र, ४७ घरपरिवारले पशुसम्बन्धि सेवा, १ सय ५१ परिवारले कृषि विउविजन तथा सेवा लिएका छन । शिविरमा मालपोत सम्बन्धि काम…

बाँकी

Added by Purna Bahadur Khadka on March 28, 2013 at 8:17am — No Comments

२७ थान अबैध हतियार बुझाईए !

अबैध रुपमा राखिएका हतियार प्रहरीलाई बुझाउनको लागि गरिएको सूचना पछि अछाम जिल्लामा अहिलेसम्म जम्मा २७ थान भरुवा बन्दुक प्रहरीमा बुझाईएका छन् । नेपाल सरकार गृह मन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालय अछामले जारी गरेको सूचना पछि जिल्लाका बिभिन्न  ठाउबाट हतियार  बुझाईएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ ।

जस अन्तर्गत ढुंगाचाल्ना गाबिसबाट १४ थान, ढकारीबाट १० थान, तुमाखादबाट २ र बैजनाथ गाविसबाट १ थान गरी जम्मा २७ थान भरुवा बन्दुक बुझाईएको प्रहरी नायब उपरिक्षक श्याम प्रसाद पौडेलले…

बाँकी

Added by Purna Bahadur Khadka on March 28, 2013 at 8:00am — 1 Comment

'कसरी भन्ने बुढा कण्डम लगाउ?'

महिलाहरु सेतीदेवी मन्दिर परिसरमा भेला हुने तरखर गर्दै थिए आकाश गडगडाउन थाल्यो । एकैछिन अगाडिसम्म झलमल्ल घाम लागेको थियो । गाउँ नजिकैको पहाडमाथि मडारिइरहेको कुहिरो कालोबादलमा बद्लीयो । झल्याक झुलुक, गड्याङ गुडुङ अनि एकैछिनमा पानी दर्कियो । छलफलका जुटदै गरेका महिलाहरु बिस्कुन उठाउन, गाइबस्तु स्याहार्न र घरका झ्यालढोका बन्द गरेर मन्दिर परिसरमा भेला भए । असिना फाट्टफुट्ट मन्दिरको छतमा बर्सिर्दै गर्दा सामान्यभन्दा ठुलो स्वरमा समुहकी सहजकर्ता शान्ति सिग्देलले कुरा शुरु गरिन्…

बाँकी

Added by Binaya Shekhar on March 26, 2013 at 9:30pm — No Comments

खानेपानीको समस्या

 चैत्र १२ गते ।।

मार्तडी ५ गडखेतमा खानेपानीको अभावले गर्दा स्थानीय बासी खोलाको पानी खान बाध्य भएका छन् । करिव एक सय २५ घरधुरी भएको गडखेत गाउमा विगत ३ बर्ष देखि बुढीगंगा खोलाको पानी खान बाध्य भएका हुन । साफेबगर मार्तडी खण्डको सडक निर्माणका क्रमका भेरालमाण्डौ खोलाबाट ल्याएको खानेपानीको पहिरोले बगाए पछि उक्त गाउमा खाने पानीको समस्या भएको स्थानीय रामबहादुर ऐडीले बताउनु भएको छ । सडक निमार्णका क्रममा खानेपानीको पाइप ल्याएको क्षेत्र पहिरोले बगाए पछि सम्वन्धीत निकाय संग बारम्बार आग्रह गरिए पनि…

बाँकी

Added by Purna Bahadur Khadka on March 25, 2013 at 8:20pm — No Comments

लौ है बिद्यार्थिका माग पुरा गर ।।

नेपाल बिद्यार्थि संघ पञ्चदेवल ईकाई समितीले क्याम्पस प्रशाशनलाई माग पत्र बुझायको छ । बिद्यार्थि संघका पदाधीकारीको एक टोलीले ५ बुदे मागपत्र बुझाएको ईकाई सभापति बलाराम बिश्टले जानकारी दिनुभयो मागपत्रमा २ जना अग्रेजि बिषयका प्राध्यापक चैत्र १७ गते भित्रै नियूक्ती गर्नुपर्ने, क्याम्पसको आर्थिक कारण देखाई बिद्यार्थिको परिक्षा सेन्टर परिबर्तन गर्न नहुने, बिद्यार्थिको भर्ना शुल्कमा सहुलीयत हुनुपर्ने लगायतका माग ५ बुदे माग पत्र क्याम्पस प्रशाशनलाई बुझाइएको बताईएको छ । यदि माग पुरा नभए कडा आन्दोलन…

बाँकी

Added by Purna Bahadur Khadka on March 25, 2013 at 8:20pm — No Comments

एक बालीकाद्धारा आत्महत्या ।।

अछाम चैत्र १२ गते ।।
अछामको ढकारी गाबिसमा एक बालीकाले आत्महत्या गरेकि छन् । वडा नम्बर ७ निवासी टिकाराम जैशिकाी छोरी १३ बषर््ािय लक्षु कुुमारी जैशिले आत्महत्या गरेकि हुन । घर नजिकैको जग्.लमा सल्लाको रुखमा झुण्डीयर आत्म हत्या गरेको ईलाका प्रहरी कार्यलय कमलबजारका प्रमुख उदब सि भाटले जानकारी दिनुभयो । उहाका अनुसार मानसिक सन्तुलन राम्रो नभएकाले आत्महत्या गरेको हुन सक्ने अनुमान गरीएको छ । अहिले पोस्र्टमार्टमको लागी जिल्लाअस्पताल मंगलसेनमा ल्यार्एएको बताईएको छ ।

Added by Chandra Budha on March 25, 2013 at 8:17pm — No Comments

अछामको सोकट गाविसमा एकीकृत घुम्ती शिविर सञ्चालन, पहिलो दिन ९ सय बढीले सोवा लिए ।।

ग्रामिण क्षेत्रका जनतालाई सरकारी कार्यालयबाट प्रदान गरीने सेवाहरु सहजै तरीकाले गाउँठाउँमै प्रदान गर्ने अभियान अन्तर्गत अछाम जिल्लाको सोकट गाविसमा एकीकृत घुम्ती सेवा शिविर संचालन गरीएको छ । शिविरको पहिलो दिन आज ३ सय ४१ जनालाई नेपाली नागरीकताको प्रमाणपत्र सहित ९ सय ३ जनालाई सेवा प्रदान गरीएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले बताउनुभएको रेडियो रामारोशन एफ.एम. अछामले जनाएको छ । जनतालाई सहज सेवा उपलब्ध गराउन शुरु गरीएको शिविर अन्तर्गत सोकट गाविसका वडा नम्बर ९ मा संचालन भएको शिविरमा २…

बाँकी

Added by Tek Raj Bhandari on March 25, 2013 at 7:54pm — No Comments

अछाममा यो वर्ष एसएलसी परीक्षा विगतका वर्षभन्दा निकै मर्यादित भएको भनाई ।।

यस वर्षको एसएलसी परीक्षा विगतकबा वर्षभन्दा निकै मयाृदित र व्यवस्थित तथा अनुशाशित ढंगले सम्पन्न भएको बताईएको छ । माध्यामिक शिक्षा उतीर्ण परीक्षा जिल्ला समन्वय समितिको एसएलसी परीषा सम्बन्धि अन्तक्र्रियात्मक समिक्षा बैठकमा यो कुरा बताईएको हो । परीक्षा समन्वय समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गिरीको अधयक्षतामा भएको बैठकमा विभिन्न परीक्षा केन्द्रका केन्द्रध्यक्ष तथा सरोकारवालाहरुले यो वर्ष चिट चोर्ने चाराउने, परीक्षा केन्द्र बाहिर अभिभावकको अनावश्यक भिड लाग्ने तथा अमर्यादित कार्य…

बाँकी

Added by Tek Raj Bhandari on March 25, 2013 at 7:05pm — No Comments

११ गाबिसको स्वास्थ्य सेवा प्रभाबितएक बर्ष देखी डाक्टर बिहिन, ल्याब सेवा पनि बन्द .

बाजुरा, १२ चैत

बाजुराको उत्तरी क्षेत्रका ११ गाबिसमा स्वास्थ्य सेवा दिदै आएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा स्वास्थ्यकर्मीको अभाबमा स्वास्थ्य सेवानै प्रभाबित भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा बिगत १ बर्ष देखी डाक्टर बिहिन बनेको छ । त्यस्तै ल्याब टेनिकल नारायण प्रसाद ढुङ्गाना दुई महिना पहिला सरुवा भए पछि ल्याब सेवा पनि पुर्ण रुपमा बन्द भएको जिल्ला स्वास्थ्य कार्यलयका निमित्त कार्यलय प्रमुख डा. जयप्रकाश झाले बताएका छन् । एकातिर…

बाँकी

Added by Chandra Budha on March 25, 2013 at 5:36pm — No Comments

ट्रेड युनियनहरुद्धारा आन्दोलनको घोषणा ।।

पूर्ण बहादुर खड्का, बाजुरा, ११ चैत

नेपाल कर्मचारी संग आवद्ध बाजुराका ट्रेड युनियनहरुले आन्दोलनको घोषणा गरेका छन । नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन, निजामती जिल्ला समिति लगायतका नेपाल मधेशी निजामति कर्मचारी मञ्च सम्वद्ध ट्रेड युनियनहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर आन्दोलनको घोषणा गरेका हुन । आन्दोलनको कार्यक्रम अनुसार उनीहरुले आज बिहान १० बजेदेखी ११ बजेसम्म एक घण्टा हातमा कालापट्टी बाधी काम गरेका छन् । , भ्ँोली २…

बाँकी

Added by Purna Bahadur Khadka on March 24, 2013 at 7:38pm — No Comments

यो आर्थिक बर्षमै ३ वटा गाबिस धुवा रहित गाबिस घोषणा हुने

पूर्ण बहादुर खड्का, बाजुरा, ११ चैत

बाजुरामा यस आर्थिक बर्षमा ३ वटा गाविस धुवा रहित गाबिस घोषणा हुने भएका छन् । जिल्लाका आटिचौर मनाकोट र जयबागेश्वरी गाबिस धुवा रहित गाबिस घोषणा हुने ग्रामिण सेवा केन्द्र डोटीले जनाएको छ । अहिले ति गाबिसहरुमा ग्रामिण सेवा केन्द्र डोटीले सुधारीएको चुलो सम्बन्धि सहजिकरण गरदै आएको छ । ति गाबिसहरुमा ६० प्रतिशत भन्दा बढि परीवारले चुलो निर्माण पछि प्रयोगमा ल्याईसकेको समेत जनाएको छ । नविकरणीय उर्जा सम्बन्धि एक दिने कार्यशाला गोष्ठिमा जानकारी गराएका थिए । साथै…

बाँकी

Added by Purna Bahadur Khadka on March 24, 2013 at 7:37pm — No Comments

२६ सय बालबालिका बिद्यालय बाहिर

बाजुरामा २६ सय बालबालिका बिद्यालय भन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालय बाजुराले जनाएको छ । जिल्ला शिक्षा कार्यालय बाजुराले गरेको एक कार्यक्रममा जिल्लामा ५ बर्ष देखी १६ बर्षको उमेरका २६ सय ७७ बालवालिका बिद्यालय भन्दा बाहिर रहेका जिल्ला शिक्षा कार्यालय बाजुराका कृष्ण कुँवरले बताउनुभयो । जिल्लाका ५ बर्ष देखी १६ बर्षका २३ हजार ६ सय १६ मध्ये २६ सय ७७ जना बिद्यालयमा नआउने गरेको बताईएको छ ।

जिल्लाका बाह्रबिस, जुकोट, कैलाशमाण्डौ, साप्पाटा गाविसमा सबै भन्दा बढि वालबालिका बिद्यालय बाहिर…

बाँकी

Added by Purna Bahadur Khadka on March 24, 2013 at 7:30pm — No Comments

चेपाङको पोङ

गएको मङ्सिर महिनामा निरुमाया चेपाङ र जङ्गलाल चेपाङले प्रेमविवाह गरे । बिहेको चार महिना बित्दा पनि निरुको माइतीले पोङ लिएर आउन निम्तो दिएका छैनन् । उनको माइतीमा अझै निरु र जङ्गलालको बिहेले आधिकारिकता पाएको छैन । पोङ चेपाङ समुदायमा विवाहपछि छोरी–ज्वाइ“ले आधिकारिकता पाउन लैजाने रक्सी, मासु (सितन), रोटीलगायत परिकार हुन् । अझ सगुनमा चमेराको मासु भयो भने उपल्लो स्तरको मानिन्छ । चेपाङ समुदायले पोङलाई सगुनको रूपमा लिने गर्छन् ।

निरुमायाको माइती चितवनको लोथर गाउ“ विकास समितिमा…

बाँकी

Added by pratima silwal on March 23, 2013 at 8:44pm — No Comments

अछाममा ३ थान अबैध हतियार बुझाईए ।।

अबैध रुपमा राखिएका हतियार प्रहरीलाई बुझाउनको लागि गरीएको सूचना पश्चात अछाम जिल्लामा ३ थान भरुवा बन्दुक बुझाईएका छन् । नेपाल सरकार गृह मन्त्रालय मार्फत जिल्ला प्रशाशन कार्यालय अछामले जारी गरेको सूचना पश्चात ३ थान भरुवा बन्दुक बुझाईएको अछामका प्रहरी नायब उपरिक्षक श्याम प्रसाद पौडेलले बताउनु भयो । अछाम जिल्लाको बैजनाथ गाविस र ढुंगाचाल्ना गाविसबाट हतियार बुझाईएको छ । बैजनाथ गाविसबाट एक थान र ढुंगाचाल्ना गाविसबाट २ थान हतियार बुझाईएको उहाँले बताउनु भयो । हतियार बुझाउनेलाई सधन्यवाद विदा गरीउको…

बाँकी

Added by Tek Raj Bhandari on March 23, 2013 at 5:21pm — No Comments

धनगढीमा सडक छेउछाउका फुटपात पसलहरु हटाईए ।।

बजारलाई व्यवस्थित र सुन्दर बनाउने उदेश्यले धनगढी नगरपालिकाले सडकमा रहेका फुटपात पसलहरु हटाउने कार्यलाई अगाडी बढाएको छ । सडकमा रहेका फुटपात पसलहरुले गर्दा सडक दुर्घटना बढ्दै गएको, यातायातका साधनमा समस्या देखिएको र आवतजावतमा समस्या भएको भन्दै धनगढी नगरपालिका, जिल्ला प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले फुटपात पसलहरुलाई हटाएको हो । नगरपालिकाले पहिलो चरणमा सडकको छेउछाउमा रहेका फुटपात पसलहरु मात्रै हटाउने जनाएको छ । धनगढी नगरपालिकाको कार्यालय अगाडी रहेका फुटपात पसल, एलएनचोक हु“दै क्याम्पस…

बाँकी

Added by Tek Raj Bhandari on March 23, 2013 at 3:24pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service