February 2016 Blog Posts (5)

छाउ हुँदा आटीमा बस्नुपर्छ

छाउपडी कुप्रथा अछाम लगायत सुदूरपश्चिममा अहिले पनि छ । छाउ भएपछी सात दिन घरभन्दा अलग्गै बनाएको सानो छाप्रोमा बस्नु पर्छ । घरका कसैलाई छुन हुदैँन । अनी घरमा पालेका गाई गोरु भैंसिलाई पनि छुन हुदैँन । यदि गाई भैंसिलाई छोई हाल्यो भने पनि मरिहाल्छन भन्ने मान्यता अहिले ब्याप्त छ ।

मेरो घर अछाम जिल्लाको शोडशादेबि गाविस वडा नम्बर ८ नवाघर हो । यस्तो चलन अनुसार म पनि अहिलेसम्म नै चलेको छु । म अछाम जिल्लाको छिमेकी जिल्लामा रहेको रेडियो निंगलासैनीमा काम गरीरहेकी छु । र अहिले पनी घरमा भेटघाटको लागी…

बाँकी

Added by indrasara khadka on February 20, 2016 at 10:30am — 1 Comment

डियर सरकार काठमान्डौमा १ नम्बरमा बसेर #Petrol हाल्ने मेरो ईच्छा पुरा गरिदेउ

हिजो अफिसमा अबेर सम्म मिटिङ थियो, घर पुग्दा ७:३० बजिसकेको थियो । रामु भाईले खाना पकाईसकेको रहेछ, कोठा नछिरि किचनमा पसे, भात खाँए । कोठा भित्र यसो छिरेको लाईन रहेनछ, थपक्क ब्याग टेबलमा राँखे, एकछिन पछि कपडा चेन्ज गरौँला भनेर खाटमा पल्टीएँ । राती झल्यास्स बिउँझे, यसो घडी हेरेको २ बजेको रहेछ । टिभि खोले बुन्डेसलिगा र सिरी ए का म्याचहरु भईरहेका रहेछन । एकछिन हेरेँ एकाएक आज शनिबारका कामहरुको याद आयो ओहो बाईक सम्झेँ #Petrol छैन, रिजर्भमा कुदेको २ दिन भईसक्यो । लौजा कपडा पनि हिजैको लगाएकै रहेछु ।…

बाँकी

Added by santosh pandey on February 20, 2016 at 6:30am — No Comments

बाढी पिडित विद्यार्थीकाे बिजोग: खुला आकाश मुनि शिक्षा

खोलाको किनार । किनारा मै केही चौडा ठाउँ । त्यसकै माथिल्लाेपट्टी भित्ताको आडमा केही झुप्राहरु । यी झुप्राहरुको अगाडिपट्टीको एउटा दृश्य । जहाँ शिक्षाको याचना गरिएको छ । अघिल्लो वर्षको साउन २८ र २९ गते सुर्खेतमा बाढि पहिरो जाँदा एक सय २५ जनाको मृत्यु भयो । हजारौं विस्ताथापितहरु अहिले पनि त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका छन् । उनीहरुले अहिले आधारभूत आवश्यकता पनि पुरा गर्न सकेका छैनन । आफन्तहरु र सबै सम्पत्तीसमेत गुमाएर पीडित बनेकाहरु अहिले सरकारसँग गुनासो गरिरहेका छन् ।…

बाँकी

Added by Khem Raj wali (awichhinna) on February 17, 2016 at 4:00pm — 1 Comment

हावाको बिजुली र हावादारी गफ

लोडसेडिङले आक्रान्त अवस्थामा रहेको देशका हामी नागरिकलाई गत माघ १५ गते शुक्रबारको सचिवस्तरीय सम्झौताले नेपालमा भारतबाट थप विद्युत् आयात हुने भनेपछि केही खुसी छाएको थियो । अर्थ मन्त्रीले नै त्यतिबेला उर्जा संकटकालबारे केही चर्चा गरे र सुनाए वर्षको एक हजार मेघाबाट विद्युत् उत्पादन गर्दै जाने । विगतमा पनि यस्ता संझौता एवम् उद्घोषहरु नभएका होइनन् र हरेक वर्ष लोसेडिङ बढ्न छोडेको पनि छैन। सरकारको विद्युत् आयातको सम्झौता र अर्थमन्त्रीको विद्युत् उत्पादनको कुरा लगतै सोही साता विद्यत् प्राधिकरणले…

बाँकी

Added by Tika Raj Panta on February 3, 2016 at 11:30am — No Comments

बैठक

शानदार होटल भित्र 
पशु अधिकारवादीहरूको
एक भब्य मिटिङ हुदैँछ 
 
वेटरले अर्डर लिन्छ,
कसैले चिकन,मटन कसैले
बफ आइटमको अर्डर गर्छन्
 
बिचैमै एक जना भद्र…
बाँकी

Added by Ramkrishna poudel on February 2, 2016 at 12:00pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service