February 2015 Blog Posts (23)

के आशा गर्ने ?

जब सहि सूचना दिनु पर्ने पत्रकारहरुनैं सहि सूचना दिनबाट पन्छिन्छन् र अधुरो सूचना दिन्छन् भने पाठकले उनीहरुबाट के आशा गर्ने ?

Added by Namaskar Shah on February 28, 2015 at 12:49am — No Comments

बाढीपहिरोले क्षती भएका सडकमा १० करोड बजेट

जिल्लाका बाढीपहिरोबाट क्षती भएका सडकहरुको पुननिर्माण तथा मर्मतका लागि दश करोड बजेट विनियोजन भएको छ । जिल्ला विकास समिति, सुर्खेतले जिल्लाका उक सय १० वटा सडकहरुमा बाढीपहिरोले क्षती पुर्‍याएको भनी बजेट उक्त बजेट विनियोजन गरेको हो । जिल्लाका जम्मा ५२ वटा सडकहरुमा बाढीपहिरोले क्षती पुर्‍याएपनि थप ५८ वटा सडकमा पनि बजेट विनियोजन गरिएको छ । सुरुमा बाढीपहिरोबाट क्षती पुगेका भनिएका ५२ वटा सडकको लागि पाँच करोड ६८ लाख बजेट मात्रै विनियोजन गरिएको छ । यी सडकहरुको अनुमानित क्षती सात करोड ५८ लाख ५० हजार…

बाँकी

Added by Khem Raj wali (awichhinna) on February 27, 2015 at 7:30am — No Comments

फर्कि आऊ ......

तिमिलाई सामान्य लाग्ने महलहरु 

मेरो लागि अलौकिक हुन

किनभने,

तिमिले जस्तै महलहरु मैले देखेको छैन

र, 

ती महलहरु देख्न म देश छोड्न सक्दिन

बिडम्बना !

मेरो देशमा त्यस्ता महलहरु छैनन्

मैले

अब एउटा प्रण…

बाँकी

Added by Khem Raj wali (awichhinna) on February 27, 2015 at 7:26am — No Comments

हात मिलाउन छोडौं, नमस्कार गरौं, स्वाइन फ्लुबाट बचौं

नमस्कार गर्नु नेपालीको अभिवादन गर्ने उत्कृष्ट तरिका हो । अर्थात नमस्कार गर्नु सम्मान पनि हो । तर साथी-साथीहरुबीच, समकक्षीहरुबीच, नमस्कारसँग हात मिलाउने प्रचलन निकै प्यारो भइसकेको छ । अहिले त हात मिलाउनुलाई माया साट्ने तरिकाका रुपमा लिइएको छ । अब भने सचेत हुनेबेला आएको छ । धेरैसँग सम्पर्कमा आउँदा तपार्इलाई पनि स्वाइन फ्लु हुनसक्छ । छिमेकी मुलुक भारतमा भयावह अवस्थामा फैलिएको यो रोग नेपालका विभिन्न ठाउँमा पनि देखिएको छ । भारतबाट सुर्खेत…

बाँकी

Added by Khem Raj wali (awichhinna) on February 27, 2015 at 7:00am — No Comments

बाल अधिकार संरक्षणका लागि सरोकारवालाहरुको सक्रियता आवश्यक

समुदायका बालबालिका तथा किशोरीहरुको संरक्षण र बाल अधिकार हननका घटनाहरुलाई सामाजिक मुद्दाको रुपमा विकासित गरि न्युनिकरणका लागि समुदायका सबै सरोकारवालाहरु सक्रिय रुपमा लाग्नु पर्ने कुरामा सामाजका अगुवाहरुले जोड दिएका छन् । बाालिकाहरुको दुव्र्यवहारको घटनालाई गम्भीर रुपमा लिनु पर्ने साथै यसको न्युनिकरणका लागि सचेतना तथा कानुनमा रहेको व्यवस्थालाई कार्यान्यवनमा कडाई गर्नु पर्नेमा बताइएकोछ ।

बाँकेको चिसापानीमा बालबालिकासँग प्रत्येक्ष सरोकारा राख्ने स्थानिय सरोकारवालाहरुसँग फागुन गते आयोजित…

बाँकी

Added by uma thapamagar on February 25, 2015 at 5:30pm — No Comments

अपर कर्णालीको पीडिएमाथी प्रभावित जिल्लामा छलफल, स्थानीयलाई लाभांस बढाउन माग

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडिए) बारे स्थानीय स्थानीय स्तरमा सत्ता पक्षदलका नेता तथा कार्यकर्ताहरु पक्षमा र  विपक्षी दलका नेता कार्यकर्ताहरु विपक्षमा प्रस्तुत भएका छन् । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडिए) बारे विशेषता र जिम्मेवारी विषयमा लगानी बोर्डले सोमबार सुर्खेत सदरमुकाम  वीरेन्द्रनगरमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी सभासद् र कार्यकर्ता पक्ष र विपक्षमा प्रस्तुत भएका हुन् ।

यस अघि आयोजनाका पक्ष र विपक्षमा…

बाँकी

Added by Gobinda khatri on February 24, 2015 at 10:30am — No Comments

नेपालगन्ज, ८-फागुन

प्रेस समाचार युवा साझेदारीका लागि सामाजिक जवाफदेहिता परियोजना अन्तरगत तिन दिने सामाजिक जवाफदेहिता स्कुल आज देखि नेपालगन्जमा शुरु भएको छ ।

युवा सुचना केन्द्र जिल्ला खेलकुद विकास समिति बाँकेको सहयोग तथा बास केन्द्रिय कार्यालय नेपालगन्जको आयोजनामा सो स्कुल सञ्चालन भएको हो ।

स्कुलको उद्घाटन सत्रमा बोल्दै युवा सुचना केन्द्र जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष राज कुमार बिकले युवाहरुले मात्र समाजमा जवाफदेहिता स्थापना गर्न सक्ने भन्दै तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागु गर्न…

बाँकी

Added by uma thapamagar on February 20, 2015 at 5:03pm — No Comments

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिन आवश्यक-चौधरी

नेपालगन्ज ७ फागुन

विश्वको प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको हात्तिपाइले (फाइलेरिया) रोग नियन्त्रण गर्न प्रत्येक व्यक्तिले आ आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको जिल्ला जनस्वस्थ्य कार्यालय प्रमुख नरेन्द्र प्रसाद चौधरीले बताउनु भएको छ ।

राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक कार्यकर्ताहरु उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख चौधरीले रोग लागिसकेपछि उपचार असम्भव भएको हुदा रोग लाग्न नदिनका लागि समयमै सचेत भई औषधि सेवन गरि यस रोगबाट बच्न अनुरोध समेत गर्नु भयो । सन २०२० सम्ममा यस…

बाँकी

Added by uma thapamagar on February 20, 2015 at 1:11pm — No Comments

दार्इ ! एक फूँक मारने हो ?

                       एक हुल ठिटाहरु

                       म तिरै आउदै थिए,

                    भङ्भङ्त्ती धुवाँसंगै लठ्ठिएर

                 दाइ ! एक फूँक मार्ने हो ?

जुगाँको रेखि त बसेकै छैन

     चिउँडोमा पलाएका

      दुई चार झुस बर्टादैं भन्छन्,

        शिवरात्री हो, शिवरात्रीले गर्छ.....।।

                      कति सस्तै मिल्ने, क्या मज्जा...

                   टोल गल्ली, देवस्थल, जता पनि

                 खुद, बाबाले बुटी

 …

बाँकी

Added by Kp anmol on February 16, 2015 at 4:30pm — No Comments

A success story of Rural Lady

It has been such, if we observe the success of Puja in terms of education she was from so-called untouchable and minority community girl. She was sponsored child once too. She was curious in her childhood days to learn anything. RCDC time and again used to give different orientation to her and her child clubs.…

बाँकी

Added by puza Pariyar on February 15, 2015 at 3:30pm — No Comments

पर्खी बस्यौँ, आउला भनी

यसपली नेपालीहरुले माघ ८ को जति प्रतिक्षा सायद अरु कुनै मितिको पनि गरेका थिएनन् । देश विदेशमा भएका सबैले संविधान जारी गर्ने भनिएको उक्त मिती नजिकिनै लाग्दा अनेक आशा र भरोसाका साथ संचार माध्यमहरुमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेका थिए । स्वदेशमा हुनेले टेलिभिजनका पर्दामा त विदेशमा हुनेले स्वदेशमा भएका आफन्त अनि मित्रजनका फेसबुकका अभिव्यक्तिहरु, बिबिसीका समाचारहरु तथा विभिन्न संचार माध्यमका (फेसबुकमा) इन्टर्नेटमा प्रकाशित शीर्षकहरुबाट देश कता तिर लाग्ने हो भन्ने कुराको आँकलन गरिरहेका थिए…

बाँकी

Added by Raman Paneru on February 13, 2015 at 5:30am — No Comments

सुर्खेतमा ३० प्रतिशत किशोरी आमा

सुर्खेत, मटेला काँडाजोगाडाकी अमृता राना अहिले १७ बर्षकी भइन् । एक बर्षअघि खड्कबहादुरसंग विवाह गरेकी उनी १६ बर्षको छँदै गर्भवती बनिन् । किशोरावस्थामै गर्भवती बनेकी उनको मृत बच्चा जन्मिएपछि उनले पहिलो सन्तान नै गुमाउनु पर्‍यो । ‘आठ कक्षा पढ्दै विहे गरियो’ अमृताका श्रीमान खड्कबहादुरले भने,‘सानै उम्मेरमा भएकाले होला बच्चा हातमा रहेन् ।’

प्रसुती व्यथा शुरुभएपछि अमृतालाई स्ट्रेचरमा बोकेरै स्वास्थ्य चौकी मटेलाको बर्थिङ सेन्टरमा पुर्‍याइएको थियो । बेलैमा स्वास्थ्य चौकी पुर्‍याएको भएपनि आमाको…

बाँकी

Added by Gobinda khatri on February 9, 2015 at 5:30pm — No Comments

बाल्यकालका प्रेम लहर

सबैजना प्रणय दिवसको कुरा गर्दैछन् । कसैले प्रस्ताव कसरी राख्ने, कसरी आफ्नो मनको कुरा भन्ने भनेर सोच्दै र योजना बनाउदै छन् त कसैले आफ्नीरआफ्नो मायालुलाई के उपहार दिने, आफ्नो प्रेम सम्बन्धलाई अझ मजबुद बनाउने भनेर सोच्दैछन् । सबैलाई प्रणय दिवसको चटारो भए पनि मलाई भने यो दिवसले कहिले पनि छोएन र सायद छुदैंन पनि होला । तर प्रणय दिवसकै समयमा मलाई भने बाल्यकालका केही प्रेम प्रसंगहरु कोट्याउन मन लाग्यो । जुन प्रेम प्रसंगमा म अप्रत्यक्ष रुपमा संलग्न थिए ।

आठ कक्षाको जिल्ला स्तरीय परिक्षामा पास…

बाँकी

Added by sabita Acharya on February 9, 2015 at 12:00pm — No Comments

हे युवा जय युवा

युवाले फेर्न सक्छन देशको मुहार सामाजिक बिकाशको लागी युवाहरुले अंहम

भूमिका निभाउन सक्छन युबाहरु देश बिकाश र सामाजिक रुपान्तरणका सिपाही हुन । सिंगो देशको बिकाश देखि लिएर सामाजिक रुपान्तरणमा उनीहरुको जोश,जाँगर र केहि गरिखाने भावनाले ओतपोत हुन्छ। युबा भित्रको उर्जा शक्तिलाई राष्टले भरपुर रुपमा प्रोत्साहित गर्नु पर्छ ।जसबाट देश र जनताले परिवर्तन र बिकाश का जटिल नियम हरुलाई प्रयोग कोसाथै नयाँ आविष्कार रुपबाट देख्न सकुन ।सामाजिक बिकाशको लागी आमजनमानसहरु पनि सरिक बनाउनमा युबा पंगति हरु बाट सहज…

बाँकी

Added by Naresh Gc on February 7, 2015 at 8:30am — No Comments

रोल्पाली जनताको मन जित्नु नै ठुलो कुरो हो

सूचना र मनोरञ्जनको सहज माध्यम स्थानीय रेडियोको पहुँच सञ्चारमाध्यममध्ये सबैभन्दा बढी छ । प्रजातन्त्र पुनस्र्थापनापछि निजी क्षेत्रमा एफएम रेडियो खुल्ने क्रम बढेसँगै यसका श्रोता पनि ह्वात्तै बढे । खासगरी रहरैरहरमा खोलिएका एफएममा कुशल व्यवस्थापन अभावका कारण समस्या छ । आम्दानीको स्रोत एकदमै सीमित भएकाले आर्थिक अभाव झेलिरहेका छन् । तर पनि रोल्पामा फेरि रेडियो संचालनमा आउन लागेको कुरा सुन्दा खु:सी लागेको पनि छ । तथा धेरै कुराहरू पनि मनमा खेलेका छन । रोल्पाको पहिलो रेडियो स्टेसन रेडियो रोल्पा…

बाँकी

Added by Naresh Gc on February 7, 2015 at 8:00am — No Comments

सुदुरपश्चिम र पुर्वाञ्चलको छाउपडी कुप्रथाको फरक आफु गएको ठाँउ र अनुभव

सुदुरपश्चिम नाम मात्र हैन हेर्दा नै साँच्चीकैको सुन्दरपश्चिम हो । कतिपयलाई यो पनि लाग्न सक्छ कि किन सुन्दरपश्चिम भनिरहनुपर्छ ररु हुन त आपm्नो गाँउ ठाँउ कसलाई पो सुन्दर भन्न मन नलाग्ला र १मैले यो भन्न खोजेको हैन कि सुदुरपश्चिीम मात्र सुन्दर हो पुर्वाञ्चल सुन्दर छैन । यस्तो कदापी पनि हैन पुर्वाञ्चल पनि उत्तिकै सफा र रमाईलो पनि छ तर रहनसहन ,सँस्कृती,चालचलन ,रितीरिवाज सबै फरक छ सुदुरपश्चिम र पूर्वाच्लमो। हुन त नेपालमा भएका ५ वटै बिकास क्षेत्रमा रहनसहन,चालचलन,रितीरिवाज फरक नभएको हैन तर म…

बाँकी

Added by indrasara khadka on February 6, 2015 at 4:30pm — No Comments

गुगलमा राम दार्इको छोरो

अनलाइन पत्रपत्रिका पढेर म अफिसमा बसिरहेको थिएँ । आजभोलि प्रेसमा छापिएर पत्रिका बजारमा नआइपुग्दै अनलाइन मै सबैै खबर थाहा पाउन सकिने सजिलो प्रविधि छ । त्यसदिन पनि म त्यो दिनका चर्चायोग्य समाचार पढ्दै बसेको थिएँ । अफिसको ढोका खोलेर रामचन्द्र दार्इ भित्र आउनुभयो । ‘के गर्दै हुनुहुन्छ भार्इ रु’ राम दार्इ बोल्न शुरु गर्नुभो । ‘यसो पत्रपत्रिका पढ्दै बसेको छु दार्इ । आजका समाचार के–के छन् भनेर हेर्दैछु ।’ राम दार्इलाई मेरो जवाफ सधैं झैं थियो ।

एकैछिनमा हामी दुवै कम्प्युटरतिर आँखा गाडेर बस्यौं…

बाँकी

Added by Kashiram Dangi on February 4, 2015 at 4:00pm — No Comments

कविताको चिराग बाले कवि चाङ चिरागले

‘प्रेम बहादुर 

तिम्रो पेट बाँडिएको देख्दा

म पनि प्रेमको सागरमा डुबुँजस्तो लाग्छ

चुम्यौ तिमीले ढुङ्गाको टुक्रालाई

तिम्रो चुम्बनको प्रेम देख्दा

साँच्चै तिमी प्रेमबहादुर हौ

र हृदयले तिमीलाई चुमूँ लाग्छ ।’
रोल्पाली कवि चाङ चिरागले उनको एकल कविता…
बाँकी

Added by Kashiram Dangi on February 4, 2015 at 4:00pm — No Comments

१५ दिन पछिको जीवनको खोजीमा सिंघे भ्लोन

हेटौडा उपमहानगरपालिका-२७ वडा बासामाडी शेरशेरका १४ वर्षिय बालक सिंघे भ्लोन चार महिनादेखि टाउको दुख्ने व्यथाले थलिएका छन् । उनी परिवारको नवौं सन्तान मध्येको माहिला छोरा हुन् ।उनी पछिका तीन सन्तान छन् । बसामाडीबाट ४ घण्टा उकालो लागेपछि उनको गाँउ पुगिन्छ । १० वर्षको उमेरमा काठमाण्डौमा गलैंचा बुन्न पुगेका सिंघे शरिर थलिएपछि गाँउ फर्केका हुन । उनको टाउको एकदम दुख्ने, दुखाई सहन नसकेर घोप्टो परेर आमाको काखामा रोएर बस्ने उनको दैनिकी छ । दुखेको बेला बान्ता पनि आउने गर्छ । टाउको दुख्ने व्यथाले धेरै…

बाँकी

Added by sudhir bhadra on February 2, 2015 at 1:00pm — No Comments

अख्तियारद्वारा जिल्लाका चार जलविद्युत् आयोजना रद्द गर्न निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लाइसेन्स रद्द गर्न निर्देशन दिएको जिल्लाको चार जलविद्युत् आयोजनाको लाइसेन्स ब्युँताउन ऊर्जा मन्त्रालयले मन्त्रीपरिषद्ले प्रस्ताव दर्ता गरेको छ ।

अख्तियारले दुई फरक समयमा विज्ञप्ती प्रकाशित गर्दैै ती आयोजनाहरुले कानुनअनुसार काम नगरेको भन्दै लाइसेन्सको म्याद थपिरहन नपर्ने भनेको थियो । तर, ऊर्जा मन्त्रालयले दिएको जानकारी अनुसार सिन्धुपाल्चोकका चार आयोजनाका लाइसेन्स ब्युँताउन मन्त्रीपरिषद्मा प्रस्ताव लगिएको छ । प्रस्ताव मंगलबार लगिएको हो ।

कुनैको…

बाँकी

Added by Sundar Shireesh on February 2, 2015 at 10:30am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service