Featured Blog Posts – February 2014 Archive (8)

भागबन्डाको राजनीति, जातिबाद र मन्त्रालय बाँडफाँड

बिहान कलेज जाने बेलामा कान्तिपुर एफएमको समाचार सुन्दै गाडी हाँक्दै थिए । हिजो नियुक्त भएका मन्त्रीहरुको कुरो आयो । दलित, जनजाती, मधेसी, महिलाको सहभागिता कोटा अनुसार हुन सकेन रे । कांग्रेसबाट देउवा पक्षले दिएको नामहरु चाँही समावेशी भयो, संस्थापन पक्षको चाँही भागबन्डाको राजनीतिले गर्दा मिल्न सकेन रे । एमालेमा पनि पार्टीलाई सहयोग गर्नेलाई मौका दिने भन्दै सभाषद पनि नभएकालाई समेत मन्त्री बनाईएछ । जसले गर्दा बिस्तारित मन्त्रीमण्डलमा बाहुनको संख्या बढी, क्षेत्री कम र महिला साह्रै कम र अरु बर्गपनि…

बाँकी

Added by Bigyan Lohani on February 26, 2014 at 12:30pm — No Comments

सपनाहरु बाँचेको दिन (भू-मध्यसागरसम्मको यात्रा-भाग ४)

क्षितिजमा लाली पोतिएको थियो । म आँखाले भ्याउञ्जेल सागरका लहरहरु र त्यसको पल्लो छेउमा लागेको बादलको पर्खाल चिर्दै माथि उक्लँदै गरेको घाम हेरिरहेको थएँ । बादलका कारण सिनेमामा देखाए जस्तै पानीबाट निक्लँदो घाम हेर्ने मेरो चाह पुरा नभएपनि म त्यहाँ जीवनले दिएको अनेपेक्षित मौकामा रमाउन खोज्दै थिएँ । कुनै दिन यसरी सागर किनारामा सूर्योदयको प्रतीक्षा गर्दै बसौँला भन्ने सोचेकै थिएन । बाच्नु मात्रै पर्दो रहेछ, जीवनमा नियतीले लुकाएर राखेको…
बाँकी

Added by Raman Paneru on February 24, 2014 at 1:30pm — No Comments

परदेशको पैसा

कुरा २०२२ सालको हो, बा हिन्दुस्तान र पाकिस्तानको युद्ध ताका देउकी भन्ने स्थानमा थिए । त्यो बेला उनी एउटा डिस्पेन्सरीमा काम गर्थे । चुहिने छानो भएको घर अनि ६ महिना पनि मज्जाले खान नपुग्ने अन्न उब्जने खेतबारी मात्र देखेका बालाई डिस्पेन्सरीको कमाई राम्रो नै थियो । उनले दुख गरेर २, ४ पैसा भएपनि जोगाएका थिए । केहि पैसा जोगाएपछी उनलाई घरमा खान बस्न राम्ररी नसकेका आमा र भाईहरुको याद आउन थाल्यो । अब बाले घर फर्कने बिचार गरे । केहि दिन नबित्दै बा नेपाल फर्कने भए । अगिल्लो  चोटी  पसिना बगाएर कमाएर…

बाँकी

Added by Raj Pudasaini on February 22, 2014 at 11:30am — No Comments

माया-प्रेमका गीतमा विद्यार्थीहरुलाई ननचाउन शिक्षा कार्यालय दाङको निर्देशन

जिल्ला शिक्षा कार्यालय दाङले जिल्लाका सबै विद्यालयहरुलाई भड्किला गीतसंगीतमा आफ्ना विद्यार्थीहरुलाई ननचाउन निर्देशन दिएको छ । भड्किला र मायाप्रीतिका गीतसंगीतले बालबालिकाहरुलाई सकारात्मकभन्दा नकारात्मक बाटोतर्फ लैजाने भन्दै यस्तो निर्देशन दिइएको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।

माघ २४ गते सामुदायिकतर्फका मावि र उच्च माविका प्रधानाध्यापकहरुसंग र माघ २७ गते जिल्लाका संस्थागत विद्यालयका प्रिन्सिपलहरुसंग जिल्लास्तरीय बैठक बसी यस्तो निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी जीतबहादुर…

बाँकी

Added by Jivan Nepal on February 12, 2014 at 8:00am — No Comments

परदेशमा स्वदेशी (भू-मध्यसागरसम्मको यात्रा-भाग ३)

“ट्यो ट केटी पाएपछि म ट्यस्टै हो । जट्टि टाइम पनि बिटाइडिन्छु ।”
“अँ अनि भोक पनि लाग्दैन होला ।”
“अब खाने नि । यस्लाई पनि लगेर जाने ।” साथमा हिँडिरहेकीलाई चिउँडाले इसारा गर्दै उसले भन्यो । मैले अलि रिसाए जस्तो गरि हेरेँ । फेरि हासेँ ङिच्च दाँत देखाएर ।
उसमा बेग्लै उमंग थियो । खुशी थियो, हाँस्दै थियो ।…
बाँकी

Added by Raman Paneru on February 12, 2014 at 4:00am — No Comments

छाउपडी गोठमुक्त घोषणा अभियान, घोषणा मात्र होईन कार्यन्वयनमा जोडदिनुपर्‍यो ।

पछिल्लो समयमा अछाम जिल्लामा छाउपडी गोठमुक्त घोषणा अभियान तिव्र रुपमा अगाडि बढिरहेको छ । अछामको चफामाण्डौ गाविसका नौवटै वडाहरु छाउपडी गोठमुक्त घोषणा गरिएका छन । गाविसमा चलेको छाउपडी गोठमुक्त अभियान अन्तर्गत शनिबार अन्तिम वडाको रुपमा वडा नम्बर ६ लाई छाउपडी गोठमुक्त घोषणा गरिएपछि गाविसका सबै वडाहरु छाउपडी गोठमुक्त घोषणा भएका छन् ।

गाविसका महिनावारी हुने उमेर समूहका सबै महिला तथा किशोरीहरु सुरक्षित तरिकाले बस्न थालेपछि गाविसका सबै वडालाई छाउपडी मुक्त घोषणा गरिएको स्थानीय वासिन्दाको भनाई छ…

बाँकी

Added by Chandra Budha on February 11, 2014 at 7:30pm — 2 Comments

GMO free Nepal !

The Supreme Court of Nepal issued an interim order to the government to prohibit imports of genetically modified (GM) seeds on January 08. Then after Genetically-modified foods (GM foods) have made a big splash in the news lately. The concerns about GM foods today are; Are GM foods safe to eat? What are the environmental risks of introducing GM foods in developing countries? Are GM foods unnatural? How are GM foods regulated and what is the government's role in this process?…



बाँकी

Added by santosh pandey on February 10, 2014 at 1:30pm — 2 Comments

धर्मको नाममा जातीय भेदभाब र छुवाछुत संगै बोकेर हिड्नेहरुको मति फिरोस्

धर्म र समाज एक-अर्कासँग निरपेक्ष हुने कुरा हो । बहुसंख्याक जातीय रुपमा पछाडी पारिएका दलित, उत्पीडित जसले हिन्दु धर्मप्रति आस्था राख्छन तिनीहरुले हिन्दु धर्म भित्रको बर्णश्रमले हामीलाई उत्पीडित बनाउने प्रमुख कारण हो भनेर जेसुकै नाम, उपनाममा एक्यबद्ध हुदा आवाज उठाउदा गैर उत्पीडित, गैर दलित, जातीय रुपमा अगाडी भएकाहरुले जुँगाको लडाईं बनाउनुपर्ने विषय हुँदै होइन। मूल कुरा त  हिन्दु धर्म भित्रको बर्णश्रमको हो जुन आजको आधुनिक समाजमा हजारौ बर्ष अघिको जातीय भेदभाब र छुवाछुत जस्ता परम्परालाई कायम…

बाँकी

Added by Gopal siwa on February 3, 2014 at 10:30pm — 2 Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service