February 2013 Blog Posts (76)

सेती अञ्चलको शान्ति सुरक्षालाई मजवुत पार्ने एक वर्षीय योजना सार्वजनिक ।।

चन्द्रा बुढा अछाम,१७ फागुन ।।

सेती अञ्चल प्रहरी कार्यालय कैलालीले पाँच वटा जिल्लामा शान्ति सुरक्षालाई मजवुत पार्ने बुधबार एक वर्षीय योजना सार्वजनिक गरेको छ । सेती अञ्चल प्रहरी कार्यालयका प्रमुख लव विस्टले पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा शान्ति सुरक्षालाई मजवुत पार्ने पाँच वटा योजानलाई मुख्य प्राथमिकता दिएको जानकारी दिनुभयो । अञ्चल प्रहरी कार्यालयले प्रहरी आचरण व्यवहार सुधार्न र व्यवसायीकरण गर्ने जनतामा सहज प्रहरीको सेवाको प्रत्याभुती गराउने, सडक तथा सवारी व्यवस्थापन गरी सवारी…

बाँकी

Added by Chandra Budha on February 28, 2013 at 8:57am — No Comments

अछाम तथा सुदूर पश्चिमबाट युवा जनशक्ति भारत जाने क्रम रोक्नु पर्छ ।।



जीवन नेपाल,अछाम,१६ फागुन ।  

अछाम तथा सुदूर पश्चिमबाट अधिकांश युवा जनशक्ति भारत जाने र यसबाट विभिन्न समस्या तथा चुनौति आईरहेका भन्दै यसको न्यूनिकरणका लागि सबै पक्ष संवेदनशिल हुनुपर्ने आज मंगलसैनमा आयोजित सार्वजनिक सुनुवाईका सहभागिहरुल बताएका छन् । स्वदेशमै रोजगारीका अवसर सिर्जना गरेर युवा शक्ति बिदेश जानबाट रोक्नुपर्ने र उनहिरुको सीप तथा श्रमलाई स्वदेशमै उपयोग गर्नुुपर्नेमा सहभागिको जोड थियो ।



सुदूरपचिमबाट भारतमा मजदुरी गर्न जानेको अवस्था र चुनौति विषयक रेडियो सगरमाथाको…

बाँकी

Added by Jivan Nepal on February 27, 2013 at 8:29pm — No Comments

सुदुरपश्चिममा आयोडिनयुक्त नुनको बिक्री बढ्यो ।।

चन्द्रा बुढा ,अछाम १६ फागुन ।।

सुदुरपश्चिममा आयोडिनयुक्त प्याकेटको नुन बिक्रि बढ्दै गएको छ ।आयोडिनयुक्त नुनको प्रयोग गर्नेहरुमा जनचेतना अभिवृद्धि हुदै गएपछि नुन बिक्री बढ्दै गएको हो । सुदूरपश्चिममा गत वर्ष भन्दा यस वर्ष आयोडिन युक्त प्याकेटको नुन बिक्रिमा साढे आठ प्रतिशतले वृद्धि भएको साल्ट ट्रेडिङ अञ्चल कार्यालय धनगढीले जनाएको छ । गतवर्ष सुदूरपश्चिममा ५४ हजार ६ सय ७० क्विन्टल प्याकेटको नुन बिक्रि भएकोमा यस वर्षको छ महिनामा २६ हजार ५४ क्विन्टल प्याकेटको नुन बिक्रि भएको साल्ट ट्रेडिङ अञ्चल… बाँकी

Added by Chandra Budha on February 27, 2013 at 12:29pm — No Comments

कथा 'म' पात्रको

मेरो कथा, साँच्चै अनौठो लाग्छ, आफैलाई फर्केर हेर्दा । कस्ती म, कस्ती भएँ । के सोचेको थिएँ के भएँ । मेरो जिवनमा त्यती धेरै उथलपुथल होला भन्ने कहिलै सोचेकी थिइन । सबै जनासँग हास्ने, बोल्ने, रमाइलो गर्ने म, त्यो एक घटनाले मेरो त्यो चञ्चलतामा ग्रहण लाग्यो तर पनि बाँच्न र लड्न छोडिन मैले ।



मेरो उसँग प्रेम सम्बन्ध थियो, हामी एक अर्कालाई एकदमै माया गथ्र्यौ, हामी बीचको नाता यति प्रगाढ थियो की हामीले एक अर्का मै आफुलाई पूर्ण रुपमा समर्पण गरिसकेका थियौँ । हुन त उ अलि अलि शङ्कालु स्वभावको…

बाँकी

Added by Kala Dahal on February 27, 2013 at 11:00am — 2 Comments

सेती–महाकालीमा पर्यटन पत्रकार संघको शाखा बिस्तार ।।

सुदूरपश्चिमका विभिन्न पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको प्रबद्र्धन गर्ने उद्धेश्यले टेक बहादुर चन्दको अध्यक्षतामा ९ सदस्यिय सेती–महाकाली स्तरिय पर्यटन पत्रकार संघको क्षेत्रिय शाखा विस्तार गरिएको छ । संघको गत माघ १० गतेका दिन समिती गठन गरिएको भए पनि विधिवत प्रक्रिया पूरा गरि आम सञ्चार माध्यममार्फत आज सार्वजनिक गरिएको संघका सचिव चक्र कुँवरले जानकारी दिनुभयो । जसको उपाध्यक्षमा नवराज खनाल, कोषाध्यक्षमा विरेन्द्र चन्द, सदस्यहरुमा राजमती कुँवर, रमेश सेटी, रेश्मा कुँवर, शेर बहादुर ओली र…

बाँकी

Added by Tek Raj Bhandari on February 26, 2013 at 1:09pm — No Comments

अछामको २० गाविसमा ५ सय ७७ बालबालिकाहरु एचआईभी एड्स संक्रमित ।।

चन्द्रा बुढा अछाम,१४ फागुन

अछामको २० गाविसमा ५ सय ७७  बालबालिकाहरु एचआईभी एड्स संक्रमित रहेको एक तथ्याङले देखाएको छ । गंगोत्री ग्रामिण विकास मञ्च अन्तर्गत कार्यक्रम का कार्यक्रम संयोजक योगेन्द्र ओलीले दिएको जानकारी अनुसार अछामको २० गाविसमा मात्रै ५ सय ७७ बालबालिकाहरु एचआईभी एड्स प्रभावित भएका हुन् । जसमा २४ बालबालिका एचआईभी एड्स पोजेटीभ रहेकोबटाइएको छ । संस्थाले ५०  जना एचआईभी एड्स संक्रमित बालबालिकाको परिवारलाई सहयोग गारिएको ओलीले जानकारी दिनुभयो । त्यस्तै ३ सय ३० जना संक्रमित र…

बाँकी

Added by Chandra Budha on February 25, 2013 at 6:23pm — No Comments

माघमा बनाईसक्नुपर्ने ढल निर्माण कार्य अधुरै, बैशाख मसान्त भित्रै गरी सक्ने प्रतिवद्धता ।।

गत माघ महिनामै निर्माण गरीसक्नुपर्ने अछाम सदरमुकाम मंगलसैन बजार क्षेत्रको ढल निर्माण कार्य अझै अधुरो नै रहेको छ । निर्धारीत समयभन्दा १ महिना बित्नै लाग्दासमेत ढल तथा नाली निर्माण कार्य सकिन त परै जाओस् काम आधा पनि भएको छैन । मंगलसैन बजार क्षेत्रको १ सय ३२ घनमिटर क्षेत्र निर्माण गरीसक्नु पर्नेमा हाल सम्म करीब ६० घनमिटर मात्र निर्माण कार्य सकिएको निर्माणमा संलग्न निर्माण व्यवसायी राजेन्द्र कुँवरले बताउनु भयो । निर्माण अवधि पुरा भैसक्दा पनि निर्माण कार्य नसकिएको र मापदण्ड अनुसार गुणस्तरी…

बाँकी

Added by Tek Raj Bhandari on February 25, 2013 at 3:39pm — No Comments

सुदूरपश्चिम पर्यटन पत्रकार समाज गठन ।।

सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरुको पहिचान तथा प्रबद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिम पर्यटन पत्रकार समाज गठन गरिएको छ । समाजको अध्यक्षमा दीर्घराज उपाध्याय रहनुभएको छ । नौ सदस्यीय समाजको उपाध्यक्षमा टेकेन्द्र देउवा महासचिवमा शिवराज भट्ट र कोषाध्यक्षमा दीपक उपाध्याय रहनुभएको छ । त्यस्तै सदस्यमा कैलालीबाट हिक्मत रावल , कञ्चनपुरबाट बच्चु बिक, डडेल्धुराबाट लाल ऐरी, बझाङबाट जनक खड्का र बैतडीबाट लोकेश साँउद रहनुभएको छ । सुदूरपश्चिमका बिभिन्न जिल्लामा रही पर्यटनका क्षेत्रमा कलम चलाउदै आएका अन्य…

बाँकी

Added by Tek Raj Bhandari on February 25, 2013 at 7:42am — No Comments

कैलालीमा ४६ वटा परिक्षा केन्द्र तोकिए ।।

चैत्र १ गतेबाट सुरु हुने एसएलसी परिक्षाका लागि कैलालीमा ४६ वटा परिक्षा केन्द्र तोकिएका छन । धनगढी नगरपालिकामा ८ वटा परिक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय कैलालीले जनाएको छ । यस वर्ष कैलालीबाट नियमित तर्फ १४ हजार ५ सय ८५ र एक्जाम्टेड तर्फ ३ हजार ७ सय १२ जना विद्यार्थीले परिक्षा दिने विद्यालय निरिक्षक अकवर चन्दले बताउनुभयो । उहाँले परिक्षा केन्द्र थप गर्नका लागि विद्यालयहरुबाट कुनै जानकारी नआएकाले परिक्षा केन्द्र थप नगरिएको जानकारी दिनुभयो । गत वर्ष नियमित तर्फ १३ हजार ४ सय ४९ र…

बाँकी

Added by Tek Raj Bhandari on February 25, 2013 at 7:41am — No Comments

उच्च शिक्षाको विकासका लागि अभिभावकहरुद्वारा क्याम्पसलाई भूमिदान

राज्यबाट उपेक्षा गरिएको तथा नेता र राजनितिक दलहरुबाट केबल भोट बैंक बनाइको कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रका ५ जना स्थानिय बासिन्दाले आफ्नो ठाउँको क्याम्पसको विकासका लागि भन्दै जग्गा दान दिएका छन । कञ्चनपुरको दक्षिणी भेग बेल्डाँडी गाविस ८ मा रहेको रौलेश्वर बहुमुखी क्याम्पसलाई स्थानियहरुले संयुक्त रुपमा ७ कट्टा ४ घुर जग्गा दिएको रौलेश्वर बहुमुखी क्याम्पसले जनाएको छ । रौलेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केशव साउदले क्याम्पसको विकासका लागि भन्दै…

बाँकी

Added by mohan bist on February 24, 2013 at 9:00pm — No Comments

मंगलसैन बजारको ढल निर्माण कार्य बैशाख मसान्त भित्रै गरी सक्ने ।।

फागुन १३

मंगलसैन बजार क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेको नाली तथा ढल निर्माण कार्य आउँदो बैशाख मसान्त भित्रै निर्माण गरीसक्ने प्रतिवद्धता जनाईएको छ । गत मंसिर मसान्तमै निर्माण कार्य सक्ने योजना भएपनि निर्माण कार्य समयमै नसकिएकोमा अब बैशाख मसान्त भित्रै सक्ने निर्माणमा संलग्न राजेन्द्र कुँवरले बताउनुभयो । गत बैशाख महिनादेखि शुरु भएको नाली तथा ढल निर्माण कार्य बज्रगुरु कन्ट्रक्सन मार्फत काल भैरब निर्माण सेवाका निर्माण व्यवसायी राजेन्द्र कुवर र शिव थापाले गरीरहनु भएको छ । रेडियो…

बाँकी

Added by Tek Raj Bhandari on February 24, 2013 at 7:53pm — No Comments

शौचालय निर्माण अभियानमा बिद्यालय

बाजुराको बाह्रबिस गाबिसमा रहेका बिद्यालय शौचालय निर्माण अभियानमा लागेका छन् । गाबिसमा रहेका प्राबि, माबि र उच्च माबि बिद्यालयले अहिले यो अभियानमा लागि रहेका छन् । गाबिस रहेका त्रिशक्क्ति उच्च माबि, सिगाडा माबि, भगवती माबि, शारदा माबि, दुधिर प्राबि, गिरी खेल्ने प्राबि, शान्किोट प्राबि, त्रिपुरा सुन्दरी प्राबिले आफ्नो कार्य क्षेत्रमा रहेका गाँउहरुमा शौचालय निर्माण अभियान र सरसफाई समेत गरेको दुधिर प्राबिका शिक्षक प्रकाश नाथले बताउनु भएको छ ।

जिल्लाभरी नै शौचालय निर्माण अभियानको लहर…

बाँकी

Added by Jivan Nepal on February 24, 2013 at 6:30pm — No Comments

यथार्थ जीवनको वास्तविक कहानी

"आमा र समय "

जीवनका रहरहरु भिन्दा–भिन्दै, तर जहिले पनि रहरहरु रहरमा मात्र सिमीत बन्दा । किन मानव भए छु भन्ने प्रश्न आज छ भोली र निरन्तर, सबै को मनहरुमा किन ? समयको पावन्दि जहीले कठोर अनि बलवान पनि । समयले कसैलाई पर्खदैन । तर सबै जीवनले समय चिन्न सकिरहेको हुदैन रत आज पनि धेरै जीवनहरु समय बिनाको संसरामा रनभुल्ल भए छन् । कसैले समयनै छैन भन्दा मलाई अचम्म लाग्छ । छन त छ नी समय । समय जहिल्यै आफ्नै परिबेशमा हुन्छ तर मानव समय अनुसर चल्न नसक्नु नै…

बाँकी

Added by Jivan Nepal on February 24, 2013 at 6:30pm — No Comments

दुर्घटना न्युनीकरण्ँका लागि टाईम कार्ड लागु गर्ने तयारी।।



चन्द्रा बुढा , अछाम  १३ फाल्गुन ।

सुदूरपश्चिम Ôेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटना न्युनीकरण्ँका लागि टाईम कार्ड लागु गर्ने तयारी गरेको छ । अत्तरियामा बसेको सुरÔाअधिकारीहरुको बैठकले एक हप्ताभीत्रै छलफल गरी टाईम कार्ड लागु गर्ने तयारी गरेको हो । प्रहरीले भीमदत्त पन्त राजमार्ग र महेन्द्र राजमार्गमा जाने सवारी साधनलाई तोकिएको समयभन्दा छिटो पुगे कारवाही गर्ने तयारी गरेको हो । सुदूरपश्चिम Ôेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिÔक विरेन्द्रकुमार…

बाँकी

Added by Chandra Budha on February 24, 2013 at 6:29pm — No Comments

बिद्यालयको पुस्तकालयमा स्वास्थ्य चौकी संचालन

बाजुराको छतारा गाबिसमा रहेको छतारा स्वास्थ्य चौकीको आफ्नै भवन नहुदा त्रिभुबेनेश्वरी उच्च माबिको पुस्तकालयमा संचालन हुदै आएको छ । २०५० सालमा स्वास्थ्य चौकी स्थापना भएको भएपनि आफ्नै भवन र जग्गा नहुँदा बिद्यालयको पुस्तकालयमा संचालन हुदै आएको स्वास्थ्य चौकीका ईन्चार्ज हिक्मत बुढाले बताउनु भयो । केही बर्ष सम्म गाबिसको कार्यलयमा स्वास्थ्य चौकी संचालन भएको भएपनि द्धन्द कालमा माओवादीले गाबिस भवन भत्काएपछि बिगत ८ बर्ष देखी नै बिद्यालयको पुस्तकालयमा संचालन हुदै आएको छ । ‘अहिले संचालनमा रहेका स्वास्थ्य…

बाँकी

Added by Chandra Budha on February 24, 2013 at 6:00pm — No Comments

पन्चदेवल महोत्सको उदघाटन चित्रा लेखा यादवले गर्नु हुने ।।

पूर्ण बहादुर खड्का, अछाम फागुन १३

अछामको पञ्चदेवलमा सञ्चालन हुन लागेको पञ्चदेवल महोत्सवको उद्घाट नेपाली काग्रेसकी केन्द्रिय कोषाध्यक्ष एंव पुर्व उप सभामुख चित्रा लेखा यादवले गर्नु हुने भएको छ । महोत्सव स्यानीय उत्पादन ,साहित्य, संस्कृती र पर्यटन विकासका लागि भन्ने नाराका साथ फागुन १९ गते देखि २९ गते सम्म संञ्चालन हुने भएको छ । विनायक क्षेत्रको ऐतिहासीक स्थलहरुको प्रचार प्रशार,स्थानीय कला,सास्कृतिको प्रर्दशन तथा संरक्षण गर्ने महोत्सवको लक्ष्य रहेको छ । साथै आकर्षक पर्यटकीय क्षेत्रका रुपमा…

बाँकी

Added by Purna Bahadur Khadka on February 24, 2013 at 2:19pm — No Comments

गन्तव्य रामारोशनको बारेमा टिकापुरमा पत्रकार सम्मेलन गरीयो ।।

अछाम जिल्लाको प्रचुर पर्यटकीय सम्भावना रहेर पनि ओझरमा रहेको रामारोशन क्षेत्रमा गरीने गन्तव्य रामारोशन कायृक्रमको बारेमा आज टिकापुरमा पत्रकार सम्मेलन गरीएको छ । टिकापुर उद्योग बाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा गन्तव्य कार्यक्रमको बारेमा जानकारी दिँदै अछाम उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र प्रसाद ढुंगानाले दीर्घकालिन रुपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गन्तव्य कार्यक्रमको आयोजना गरीएको बताउनु भयो । बास बस्नको अप्ठेरो हुने भन्ने पत्रकारको जिज्ञासामा उहाँले रामारोशन क्षेत्रको भ्रमण…

बाँकी

Added by Tek Raj Bhandari on February 23, 2013 at 7:59pm — No Comments

अछामका अधिकांश गाविस सचिव अझै पनि गाउँमा नजाने गरेको खुलासा

अछाम जिल्लाका अधिकांश गाविस सचिव अझै पनि गाउँमा नजाने गरेको पाईएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव पशुपति खरेलको नेतृत्वमा अछाममा आएको एक टोलीले गरेको अध्ययन अनुसार गाविस सचिव गाउँ नजाने गरेको पाईएको बताईएको छ । मन्त्रालयमार्फत स्थानीय निकायमा हुने विभिन्न कार्यको बारेमा बुझि विभाग हुँदै मन्त्रालयमा प्रतिवेदन पेश गर्ने उद्देश्यका साथ मन्त्रालयको ३ सदस्यीय टोली अछाममा आएको छ ।

जिल्ला विकास समितिको कार्यलयमा जिल्ला स्थित संचारकर्मीसंगको भेटमा उपसचिव तथा अनुगमन…

बाँकी

Added by Tek Raj Bhandari on February 23, 2013 at 7:30pm — No Comments

आफ्नै गन्थनहरु

करीब ३ बर्ष अघी पहिलो ट्विट् " nothing..... " लेखेर सुरुवात गरेको ट्विटर् यात्रामा आजसम्म करीब ३ हजार ट्वीट्स् पुग्न आटेछ । यो ३ बर्षमा ट्विटरमा धेरै कुराहरु लेखियो । कहिले आफु भित्र उकुशमुकुश भएका भावनाहरु त कहिले देशको परिस्थितीलाई गरिएको ब्यंग १४० शब्दका समेट्ने प्रयास गरियो । कती त ट्विटरकै भाषामा "हावा छेक्न"लाई मात्र भएनी लेखियो। ति मध्य केही ट्वीट्स् यहाँ संग्रह गर्ने जमर्को गरेको छु ।





·      …

बाँकी

Added by Trilochan Bhattarai on February 23, 2013 at 5:00pm — No Comments

ऋण काढेर शौचालय

जिल्ला भरी नै सरसफाइ अभियानको लहर चलेपछि बाह्रबिस ५ तल्लो जुवापानीका बिष्न बहादुर सिंह र पदम बहादुर सिंहले सामुदायिक संस्थाको ऋण निकालेर शौचालय निर्माण गरेका छन् । ‘छाक टार्न धौ धौ पर्ने ति परिवारले गाँउमै स्थापना भएको मालिका सामुदायिक संस्था बाट २ हजारका दरले ऋण निकालेको सामुदायिक संस्थाका अध्यक्ष तेज बहादुर सिहंले बताएका छन्’ । 

“खानलाई त आपत नै पर्छ, चर्पी बनाउनका लागि झन ग्राहो बिषय बन्दै आएको थियो । गाँउमा सबैले चर्पी बनाएपछि बाध्य भएर संस्था बाट ऋण झिकेर शौचालय निर्माण गरेको बिष्न…

बाँकी

Added by Prakash Singh on February 23, 2013 at 12:38pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service