Featured Blog Posts – February 2012 Archive (36)

कहाँ छौँ तिमी ?

मैले त सोचेको पनि थिईन तिमी मलाई यसरी चटक्क छोडेर जान्छौँ भनेर । खै मैले विश्वास पनि कसरी गर्न सक्छु । तिम्लाई मैले कत्रो भरोसा गरेकी थिए.... । थाहै नदिइ घरमा कोही नभएको बेला मलाई एक्लै पारेर तिमीले जाने निधो गरिसकेको रहेछौँ । बेलुका साढे आठ बजेतिर विस्तारामा पल्टेर दिदीसँग फोनमा कुरा गर्दै थिए । म विरामी भएको र…

बाँकी

Added by sabita Acharya on February 29, 2012 at 2:30pm — 5 Comments

काँडैकाँडामा बित्यो भीम बिरागको जीवन

गायक मधु क्षेत्रीको स्वरमा रेकर्ड भएको चर्चित गीत फूलैफूल मात्र पनि होइन रै’छ जीवन, काँडाबीच फुल्ने फूल रै’छ जीवन बोलको गीतका सर्जक भीम बिराग सोमबार बिहानदेखि यो संसारमा रहेनन् । गीतकार, संगीतकार, गायक र पत्रकार समेत रहेका बिरागले सिर्जना गरेको उल्लेखित गीत जस्तै बन्यो उनको जीवन पनि ।

१९९१ साल…

बाँकी

Added by Shiva Kumar Kashi on February 27, 2012 at 9:30pm — 1 Comment

सिस्नोको पौष्टिकता नबुझदा खेर जादै

बाजुराका अधिकांश क्षेत्रमा सिस्नो पाइने भएपनि यसको पौष्टिकताको महत्व नवुझ्दा खेर गएको छ । सिस्नोमा भिटामिन, खनिज, लवण, प्रोटिन लगाएतका पोषण धेरै पाइने भएपनि बाजुराका कृर्षकलाई यसको जानकारी नहुदा खेतबारीको छेउमा पाइने सिस्नो खेर गएको छ । खाद्यान्न नभएका बेला सिस्नोको साग पकाएर परिवार पाल्ने बाजुराका गरिव किसानहरु यसको…

बाँकी

Added by Purna Bahadur Khadka on February 27, 2012 at 6:00pm — No Comments

कालोबजारी गरेकोमा हिमाल ग्याँसलाई मुद्दा

 काभ्रेका सबै ग्याँस उद्योगहरु ‘राम भरोसामा’ चलेका

बनेपा, फागनु १० । उद्योगबाटै महँगो मूल्यमा ग्याँस बेचेर कालोबजारी गरेको अभियोगमा काभ्रे, भैंसेपाटीस्थित ‘हिमाल’ ग्याँसको उत्पादक गौरीशंकर ग्याँस उद्योगलाई सरकारले मुद्दा चलाउने भएको छ ।…

बाँकी

Added by MadhuSudhan Guragain on February 23, 2012 at 8:00am — No Comments

जय सम्भो आस्था अलि कम भो !

हिन्दुहरुका आराध्य देव भगवान शिवको विशेष आराधना हुने महान पर्व शिवरात्री भरखरै हामी सबैले मनायौँ । भगवान शिव जसले समुद्र मन्थनका क्रममा अमृत सँगै निस्किएको कालकुट विष पान गरेर आफ्नो गलामा राखी समस्त जगतलाई विषको दुष्प्रभावबाट जोगाएका थिए, तिनै भगवान शिवको आराधना हुने विशेष दिनका रुपमा शिवरात्रीलाई लिने गरिन्छ ।

शिवको यो गाथा कमैले सम्झेका छन् । अरुको कल्याणका लागि आफूलाई जोखिममा राख्ने अनि भक्तहरुको पुकारमा छिट्टै खुशी हुने देवताका रुपमा पुराणहरुमा शिवको चर्चा गरिएको…

बाँकी

Added by Raman Paneru on February 22, 2012 at 1:30pm — 2 Comments

गुप्तालाई सजायः मधेशी र पहाडेको सवाल हैन

स्वयं पुर्वमन्त्री जय प्रकाश गुप्ता र अन्य केही सिमित व्यक्तिबाहेक सर्बोच्च अदालतको हिजोको फैसलाबाट दुःखी हुने मानिस छदैछैन भन्दा हुन्छ । गुप्तालाई फैसला सुनाउने बित्तिकै सामाजिक सञ्जाल र मोवाइल मार्फत आदानप्रदान गरिएका सूचना तथा सन्देशहरुबाट पनि सहजै अनुमान लाउन सकिन्छ यो फैसलाले देशभरी खुशीयाली छाएको छ । ग्याँस, तेल नपाएको पिडा सहेका दुःखी शहरीयाहरुको अनुहार एकाएक हाँसो पोतिएको छ । मंहगीले आजित समाजले महंगीले सिर्जना गरेको अन्य समस्या एकैछिनका लागि भएपनि भुलेको छ । परम्परागत मिडियाका…

बाँकी

Added by Binaya Shekhar on February 22, 2012 at 1:00am — 7 Comments

सञ्चारमन्त्री गुप्तालाई भ्रष्टचारमा डेढ बर्ष कैद, ८४ लाख बिगो र त्यति नै जरिवाना (फैसलाको पुर्णपाठसहित)

भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले सूचना तथा सञ्चारमन्त्री जयप्रकाश गुप्तालाई डेढ वर्ष कैदको फैसला गरेको छ । साथै स्रोत नखुलेको सम्पत्ति देखिन आएको ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ बराबरको बिगो र त्यति नै जरिवाना सर्वोच्चले तोकेको छ ।

न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले फागुन ९ गते म‌ंगलबार उक्त फैसला गरेको हो । फैसला सुन्न दिनभर सर्वोच्च अदालतमै रहेका गुप्ताले फैसला लगत्तै अदालतमै प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । भ्रष्टाचारको मुद्दामा बहालवाला मन्त्री  जेल…

बाँकी

Added by Indra Dhoj Kshetri on February 21, 2012 at 7:00pm — 1 Comment

रुकुम यात्रा । यात्रा संस्मरण–भाग २

खलंगा पुगेपछि हामीहरु बासबस्ने होटलको खोजीमा लाग्यौँ । बाटोमा हिँड्दा एकजना स्थानिय मित्र भेटिएका थिए । उनैको शिफारिसमा शिशिर होटल भन्ने होटल त्यहाँको सबैभन्दा सुविधासम्पन्न होटल हो रे भन्ने थाहा हो । उनी भन्दैथिए “शिशिर होटल त रुकुमको फाईब स्टारै हो नि सर ।” उनि थप्दै थिए “सारा यान्जीओ आईयान्जीओका मान्छे तिँ बस्छन । तपैँहरु पनि त्यैँ बसे हुन्छ ।” उनको कुरालाई शिरोधारण गरेर त्यँही बास बस्ने निधो गरियो ।…

बाँकी

Added by Prakash Lamichhane on February 21, 2012 at 5:00pm — 3 Comments

History of Gentleman Game

Cricket is always successful to entertain its supporters. And, its craze and popularity are increasing day by day. But have we ever discuss or try to know about its discovery?

The origins of cricket are very vague, and many theories have been put forward suggesting its origins. Extensive studies and research have been conducted to trace its history and they have come out with different versions. However it is commonly accepted that the game originated from a very old leisure activity…

बाँकी

Added by Santosh Shah on February 20, 2012 at 4:00pm — No Comments

चिनिएको सगरमाथा र नचिनिएको नेपाल

संसारमा धेरैलाई नेपाल  नाम गरेको देश पनि छ र भन्ने लाग्दो रहेछ ।आज यस लेख लेखिरहदा आफुले अमेरिका आए पछि धेरै मुलुकका मानिससंगको भेट हुदाका अनुभव समेट्ने प्रयास गर्दैछु। संसारको नक्सामा चीन र भारत जस्ता बिशाल भूगोलको अगाड़ी यो सानो देशलाई सायद धेरैले ख्याल नगरेकोले पनि हुन सक्छ।यो सुन्दा मलाई दुख पनि लाग्यो ,यस्तो सबै कुराले सम्पन्न देश अमेरिकाको मान्छेलाई…

बाँकी

Added by Bishwa Chautari on February 20, 2012 at 12:30am — 1 Comment

सुन्दरताको तिमी उदहारण हौ ! (तिमी नारी किन यति हठी ? –१६)

बाटामा हिंडीरहेको थिएँ । पहिले उनी सामान्य चालमा आइरहेकी थिइन् । मेरो नजिक पुग्ने वित्तिकै उनको पदचाल नै फेरियो । सामान्य अवस्थामा हिँडीरहेकी ती युवती केही भिन्न पाराले हिंड्न थालिन् । उनको मुहारमा नजर दौडाएँ । उनले नथाहापाए जस्तो गरी हिंड्न थालिन् । विस्तारै शीर देखि पाउ सम्म टटोलेँ । उनी…

बाँकी

Added by Raman Paneru on February 17, 2012 at 12:00am — No Comments

यी शुभ सङ्केत हुन्

‘पाप सधैं धुरीबाट कराउँछ’ भन्थे बुढापाकाहरु साँचो रहेछ । आखिर त्यस्तै भयो यहाँ पनि । बहुचर्चित सुडान घोटलाका दोषीहरुलाई निकै पर्खाइ र चासोका माझबाट गत सोमबार मात्रै विशेष अदालतको फैसलाले यही उखानलाई चरितार्थ गरिदिएको छ । विशेषको उक्त फैसला बाहिर आएपछि धेरैले त्यसलाई विशेषको ‘साहसिक निर्णय’ भनेका छन् । कतिले त्यस फैसलालाई कानूनी राज्य स्थापनाको शुभ सङ्केत भनेका छन् । जे भए पनि पद र शक्तिको आडमा मनपरि गर्नेहरुलाई थर्कमान मात्रै तुल्याएको छैन कि धेरैले यो फैसलाबाट जिब्रो टोकेका छन् । उच्च पद र…

बाँकी

Added by Prabin Baniya on February 16, 2012 at 9:00pm — 2 Comments

भक्तपुर देउजा गाउँका स्नातकहरुको लोभलाग्दो सहकार्य

पशु विज्ञानमा स्नातक शिव याम्दी (२८) ले केही वर्ष एउटा डच परियोजना अन्तर्गत उदयपुरमा कार्यक्रम संयोजक र चितवनमा फार्म म्यानेजरको काम गरे। अन्तर्राष्ट्रिय गैससको यो कमाउ जागिर छोडेर स्वतन्त्र कृषि कर्म शुरु गर्नका लागि सबभन्दा पहिला त उनलाई बाबुआमालाई नै मनाउन गाह्रो भयो। त्यसपछि आफन्त र छरछिमेकहरूले लौ यो त डुब्ने भयो भन्न थाले। तर, ज्ञानलाई विदेशमा हैन, आफ्नै देशमा; त्यो पनि गाउँमै…

बाँकी

Added by Devi sapkota on February 16, 2012 at 3:30pm — 6 Comments

सौराहा जंगल सफारी

मान्छे स्वभावैले स्वतन्त्र प्रेमी प्राणी । अति व्यस्त यो जीवनमा कहिले काहिँ यो दैनिकीबाट छुटकारा पाएर कतै घुम्ने मौका पाइयो भने ठुलै उपलब्धी हासिल गरियो जस्तै भान हुन्छ । मेरो व्यक्तिगत विचारको कुरा गर्ने हो भने मलाई पनि नयाँ ठाउँमा घुम्ने, नयाँ भेषभुषा भएका तथा परम्परा र संस्कृति अंगालेका जीवनशैली बुझ्न तथा विभिन्न…

बाँकी

Added by Gayatri Bhatta on February 16, 2012 at 3:00pm — 11 Comments

रुकुम यात्रा । यात्रा संस्मरण–भाग १

पत्रकारहरु माथि भएका भौतिक आक्रमण र हमलाका घटनाहरु समेटेर रेडियो डकुमेन्ट्री बनाउने अनि ति कार्यक्रमहरुलाई मैले संचालन गर्दैआएको एउटा रेडियो कार्यक्रमबाट प्रसारण गर्ने भनेर कार्यालयबाट सहकर्मी संचारकर्मी पवन न्यौपाने र म एक हप्ते भ्रमणका लागि माघ ६ गते रुकुम जाने निधो भयो । अफिसियल चाँजोपाँजो मिलाउने काम पवनबाटै भएकोले म…

बाँकी

Added by Prakash Lamichhane on February 16, 2012 at 11:00am — 13 Comments

गुन्द्रुक र सुकुटी

लेख्ने आट नै हरायो भनौ या लेख्ने जागर नै भयन,तर पनि आज म लेख्ने साह्स बटुल्दैछु ।खोई कुरा कहा बाट सुरु गरौ,मनमा धेरै कुरा हरु बाहिर निस्कन ब्याकुल छन।

आठ महिना अघि अमेरिका प्रस्थान गर्दाका केही तरंगहरु खोतेलने प्रयास गर्दैछु ।लन्डन हीथ्रो एयरपोर्टमा कतार एयरको एयरबस आबतरण गरे पछि त्यहा…

बाँकी

Added by Bishwa Chautari on February 15, 2012 at 10:00pm — 1 Comment

एउटै वडा दुई गाविसमा!!

नेपालमा भएका सवै गाविसमा नौ वटा छन । तर दोलखामा एउटा यस्तो गाविस छ जसमा आठ ओटा मात्रै वडा छन । एउटा वडामा दोलखा र सिन्धुपाल्चोक जिल्ला आफ्नो दावि गरिरहेका छन । यसले गर्दा दोलखाले आफ्नो भनेको वडाका मानिसको नागरिकता सिन्धुपाल्चोक जिल्लाले दिएको छ । जग्गाको लालपुर्जा पनि उतैको छ । वडामा पुरै १ परिवारको मात्रै दोलखा जिल्लाको नागरिकता छ ।

यसले स्थानिय वासिन्दा मर्कामा परेको वताँउछन । यस जिल्लाको नागरिक भएर हुर्काएको जंगल आफ्नो नाममा दर्ता नै हूँदैन । अर्को जिल्लाकाले उपभोग गर्छन ।…

बाँकी

Added by Arjun Apawad on February 14, 2012 at 6:30pm — No Comments

किशोरीहरुको पहलमा नदी किनारका बस्तीमा शौचालय बन्दै

बाँकेको पश्चिमी सिमानामा रहेको मान नदिको किनारमा रहेको करेली भागा्रका २५ परिवारले गत बैशाख यता शौचालय बनाएका छन । अरु घरमा पनि शौचालय बनाउने तयारी गर्दैछन् । यस अघि उनीहरु खुल्ला रुपमा दिशा पिसाब गदै आएका थिए ।

स्थानिय किशोरीहरुको पहलमा यसरी घरघरमा शौचालय निर्माण हुन थालेको हो । किशोरीहरुलाई एकताबद्ध गराउन स्थानीय संस्था मानबअधिकार तथा बाल बिकास मन्च मास, र प्लान नेपालले साझेदारीमा टिटिहिरियामा सन्चालित सुनौलो भबिष्य छनौट कार्यक्रम अन्तर्गतको किशोरी केन्द्रको भुमिका महत्वपुर्ण रहेको छ…

बाँकी

Added by Humhari Bhattarai on February 14, 2012 at 3:30pm — No Comments

love letter

अनगिन्ती…

बाँकी

Added by अल्टर कान्छो’ on February 14, 2012 at 11:30am — 1 Comment

उड यु लाईक टू बी माई भ्यालेन्टाईन !!

दिवससै दिवस मनाउने क्रममा हरेक वर्ष फेब्रुअरी १४ को दिनमा आउने भ्यालेन्टाईन डे यस वर्ष पनि आईपुगेको छ, मायाको टुसा पलाउन लागेको जोडी र परिपक्व भईसकेकाहरुलाई यो दिन महत्वपूर्ण होला । अग्रेजी महिनालाई नै राष्ट्रिय महिना मान्नको लागि राष्ट्रले नै कसरत गरीरहेको बेला युवा पुस्ताले भ्यालेन्टाईनको तयारी गर्नुलाई कुनै नौलो मान्नु नपर्ला । २१ औ शताब्दी अनि त्यसमाथि पनि सुचना प्रविधिले यत्रो फड्को मारेका अवस्थामा हलिउड, बलिउडका…

बाँकी

Added by sudhir bhadra on February 14, 2012 at 9:00am — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service