February 2012 Blog Posts (271)

लेखकीय चुनौती बनेको अघोषित सेन्सरसीप

ट्युसन कक्षामा कक्षा सातको अनिवार्य नेपाली किताबको पाठ सत्रः समाचार पत्र पढाउँदै थिए । समाचारपत्रले निभाउनुपर्ने आदर्श भूमिकाका बारेमा राम्रै कुराहरु लेखिएका थिए । पाठको प्रश्नउत्तरमा पनि समाचारपत्रले कस्तो भूमिका निभाउनु पर्छ भन्ने आशयका प्रश्नहरु राखिएका थिए । त्यसको उत्तरमा विद्यार्थीलाई, ‘समाचारपत्रले…

बाँकी

Added by Raman Paneru on February 29, 2012 at 11:30pm — No Comments

मालपोत कार्यालयको शौचालय दुर्गन्धित

हेटौंडा

जग्गा सम्बन्धी सम्पूर्ण कामहरु गर्नका लागि गाँउदेखि शहरसम्म आउने सेवाग्रहीहरु मालपोत कार्यालय मकवानपुर हेटौंडामा आएपछि काम त आफ्नो सक्छन् तर, शौचालय लाग्यो भने अन्यत्रै धाउनु पर्ने भएको छ । हो, मालपोत कार्यालयमा शौचालय नभएर सेवाग्राहीहरु शौचालयका लागी अन्यत्र धाएका होईनन् । उनीहरु मालपोतको शौचालय सम्झने बितिकै तर्सने गरेका छन् । मालपोत कार्यालयमा पुग्ने गरेका अधिकांश सेवाग्राहीहरुको गुनासो नै एउटै थियो ‘दुर्गन्धित शौचालय’ । मालपोत कार्यालयमा रहेका महिला र पुरुषको शौचालय…

बाँकी

Added by Anil Parajuli on February 29, 2012 at 11:30pm — No Comments

प्रहरीको सक्रियतामा व्यापारी अपहरण मुक्त

हेटौंडा बसपार्कबाट मंगलवार अपहरणमा परेका काभ्रे घर भई पोखराका कपडा तथा फलपफुल व्यवसायी निमा लामालाई बुधवार प्रहरीले छुटाउन सफल भएको छ ।

हेटौंडाको ५ नम्बर वडामा रहेको एक होटलमा अपरहरण गरी राखिरहेको अवस्थामा सिविल डे«समा इन्सपेक्टर भरतमोहन अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई अपहरणकारीको पञ्जाबाट छुटाउन सफल भएको हो । प्रहरीले अपहरणमा संलग्न भएको भन्दैं हेटौंडा–५ सानोपोखराका हेमन्त थापा, सिन्धुली कल्पवृक्ष गाविस ६ निवासी ३६ बर्षिय प्रेम लामा र ३२ बर्षिय सुन्दर लामालाई पक्राउ…

बाँकी

Added by Anil Parajuli on February 29, 2012 at 11:30pm — No Comments

देश अकिञ्चनको,स्वर्ग भ्रष्टाचारीको

भ्रष्टाचारले डुङ्डुङ्ति गन्हाउनु पनि राजनीतिको लागि पोषक मसला हुँदोरहेछ भन्ने ज्ञान केही बर्ष अघिसम्म बबुरा नेपालीलाइ थाहा थिएन। सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्न पाएको थिएन यो मधेश राजनीति विरुद्ध हो भनि जयप्रकाश आनन्दले अर्थ्याए। पञ्चायतकालको एउटा घटना आजसम्म धेरैले विर्सन सकेका छैनन्। ‘बुढा’ थरका एकजना सुर्खेतबाट रापंस भएका थिए। ब्यापारीसँग मिलेर ब्याङ्ककबाट ठूलै परिमाणको सुन ओसारेका रहेछन्। त्रिभुवन एयरपोर्टमा पक्डिए।

रापंस भन्ने थाहा पाउनासाथ भन्सार विभागका महानिर्देशक…

बाँकी

Added by Ananda Ram Paudel on February 29, 2012 at 9:00pm — No Comments

माओवादीका ठुला नेतासंगै चुनाव लड्न तयार ः कांग्रेस नेता थापा

फागुन १७ अछाम,नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सभाषद युवा नेता गगन थापाले संविधान बनाई  शान्ति प्रक्रिया टुंग्याउने बेला एकीकृत माआृवादीले बिद्रोहको कुरा गर्नु उचित नभएको बताउनु भएको छ ।

शान्ति प्रक्रिया पूरा गरी संविधान जनतालाई दिने बेला बिद्रोहको कुरा गर्नु ‘भीरमा रहेको गाईलाई रामराम भन्न सकिने तर काँध थाप्न नसकिने’ भन्दै उहाँले माओवादीलाई बिद्रोहमा जान चुनौति दिनु भयो । नेपाली कांग्रेस अछामको आयोजनामा आज साँफेबगरमा भएको आम सभामा बोल्दै उहाँले माओवादीले जनवादी संविधानको नाममा,…

बाँकी

Added by Purna Bahadur Khadka on February 29, 2012 at 8:00pm — No Comments

अपहरणमा परेका व्यापारीको उद्दार

हेटौंडा,  १७ फागुन,हेटौंडा बसपार्कबाट मंगलबार दिउँसो ११ बजे अपहरणमा परेका एक व्यापारीको बुधबार उद्दार गरिएको छ । अपहरणमा संलग्न तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडाका भैरवरोडस्थित भैरव होटलबाट प्रहरीले पोखराका व्यापारी निमा लामाको उद्दार गरेको हो । पोखरामा कपडा पसल सञ्चालन गर्ने लामा हेटौंडा आफन्तको घर आएको बखत मंगलबार अपहरणमा परेका थिए । 

अपहरणकारीले मागेको दुईलाख रुपियाँ बुझाउने गएका आफन्तसँगै पुगेको प्रहरीले हेटौंडा हुप्रचौरबाट दुई जना अपहरणकारीलाई पक्राउ गरेको…

बाँकी

Added by Bijaya Timalsina on February 29, 2012 at 6:30pm — No Comments

अब साता तिन दिन कृषि बजार

बाकेको कोहलपुरमा रहेको कृषि बजारमा सातामा ३ दिन मेला लाग्ने भएको छ । बजार सन्चालन समितीको निर्णय अनुसार आइतबार शुक्रबार र मगलबार बजार लाग्ने भएको छ । बजारमा स्थानिय उपभोगताहरुको मागलाई ध्यानमा राखेर सातामा तिन दिन बजार सन्चालन गर्ने निणय गरिएको कृषि बजार सन्चालन समितिका अध्यक्ष छबिलाल भटटराइले जानकारी दिनु भयो ।

बजारमा दैनिक उपभोग्या सामान खरिद गर्न उपभोगताहरुको निकै भिड लाग्ने गर्दछ । बजारको दिनमा ६ क्वीटल तरकारी र फलफुल बिक्रि हुने गर्दछ भने अन्य दिन १ क्वीटल खरिद बिक्रि हुने गरेको…

बाँकी

Added by Humhari Bhattarai on February 29, 2012 at 4:13pm — No Comments

कहाँ छौँ तिमी ?

मैले त सोचेको पनि थिईन तिमी मलाई यसरी चटक्क छोडेर जान्छौँ भनेर । खै मैले विश्वास पनि कसरी गर्न सक्छु । तिम्लाई मैले कत्रो भरोसा गरेकी थिए.... । थाहै नदिइ घरमा कोही नभएको बेला मलाई एक्लै पारेर तिमीले जाने निधो गरिसकेको रहेछौँ । बेलुका साढे आठ बजेतिर विस्तारामा पल्टेर दिदीसँग फोनमा कुरा गर्दै थिए । म विरामी भएको र…

बाँकी

Added by sabita Acharya on February 29, 2012 at 2:30pm — 5 Comments

तेस्रो लिंगीहरुको नृत्य प्रतिस्पर्धा हुने

हेटौंडामा तेस्रो लिंगीहरुको नृत्य प्रतियोगिता हुने भएको छ । समलिंगी र तेस्रो लिंगी तथा एचआईभीको क्षेत्रमा कार्यरत फ्रण्डस् हेटौंडा नामक संस्थाको आयोजनामा हुन लागेको प्रतियोगिताको नाम राष्ट्रिय तेस्रो लिंगी नृत्य तथा साँस्कृतिक एवम् मनोरन्जनात्मक कार्यक्रम राखिएको छ ।

    आगामी चैत्र ४ गते पल्पसा सभागृहमा हुने कार्यक्रममा देशभरका २० भन्दा बढी तेस्रो लिंगीहरुले सहभागी हुने आयोजक संस्थाका श्याम कार्कीले बताए । कार्यक्रममा समलिंगी र तेस्रो लिंगीहरुले आफूले भोग्नुपरेको समस्याबारे अनुभव…

बाँकी

Added by Bijaya Timalsina on February 29, 2012 at 12:52pm — No Comments

अछामका ५० हलियालाई परिचय पत्र वितरण

टेकराज भण्डारी, फागुन १७, अछाम

अछाम जिल्लाका हलियाहरुलाई मंगलवार एक कार्यक्रमका वीच मुक्त हलिया पुनस्र्थापना परिचय पत्र वितरण गरिएको छ । अछाम जिल्लाका ५० जना हलियालाई पहिलो चरणमा परिचय पत्र वितरण गरिएको हो । २५० जना जिल्लामा हलिया रहेको बताईएको छ । अरुलाई क्रमशः परिचयपत्र दिईने र पुनस्थापनाका लागि पहल गरिने बताईएको छ । परिचय पत्र वितरण गरिएकामा घर र जग्गा आफ्नो नाममा नभएको ३ जनालाई ‘क’ वर्ग रातो रंगको, घर भएका तर जग्गा नभएका २ जनालाई ‘ख’ वर्गको खैरो रंगको तथा घर जग्गा आफ्नो स्वामित्तवमा…

बाँकी

Added by Tek Raj Bhandari on February 29, 2012 at 10:00am — No Comments

मुक्त कम्लरीले राजधानीकेन्द्रित आन्दोलन गर्ने

सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै मुक्तकम्लरीले फेरि राजधानी केन्द्रित आन्दोलन गर्ने भएका छन् । मुक्तकम्लरीले आफूहरुले छात्रवृत्ति नपाएको भन्दै हिजो घोराहीमा पत्रकार सम्मेलन गरी आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । आफ्ना माग सरकारले सम्बोधन नगरेसम्म आन्दोलनलाई नरोक्ने चेतावनी मुक्तकम्लरी विकास मञ्चका अध्यक्ष मञ्जिता चौधरीले दिनुभयो ।

पटकपटक मन्त्रालय तथा विभागमा पुगेर आफ्ना मागबारे जानकारी गराए पनि सरकारले गम्भीरता नदेखाएको आरोप मञ्च दाङका कार्यक्रम प्रबन्धक फकला…

बाँकी

Added by Tek Raj Bhandari on February 29, 2012 at 10:00am — No Comments

ट्रयाक्टर दुर्घटनामा ६ घाईते, ४ लाई नेपालजञ्ज रिफर

 फागुन १७, अछाम,जिल्लाको सदरमुकाम मंगलसैनको बसपार्क नजिकै ट्रयाक्टर दुर्घटना हुँदा ६ जान घाईते भएका छन् । घाईते मध्ये ४ जनालाई जिल्ला अस्पताल मंगलसैनमा उपचार हुन नसक्दा थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

रिफर गरिनेमा बस्ती गाविस ४ का १६ वर्षका दिनेश धामी, बस्ती ३ का १० वर्षकी अनिता खनाल र सोही ठाउँका १७ वर्षका शेर बहादुर ठकुल्ला, मंगलसैन ८ का ३३ वर्षका ज्ञानेन्द्र विष्ट रहेका छन् । बस्ती ५ का १६ वर्षका रंग धामी र ३ का ३० वर्षका धन खनालको जिल्ला असपतालमै उपचार भैरहेको जिलला…

बाँकी

Added by Tek Raj Bhandari on February 29, 2012 at 10:00am — No Comments

नगरकोटको बाटो, एक घटना

आज साँझ कमलविनायकस्थित साथीको कोठा बाट फर्किदै थिएँ । सूर्यविनायक तिर जानुपर्ने भएको हुँदा कमलविनायक चोकबाट जगाती तिर मोडिएँ । अलि अगाडी बढेपछि बाइकको लस्कर देखियो । जमानाको भर छैन पक्कै केही दुर्घटना भएर जाम भएको हो जस्तो लाग्यो । तर भिड भएपनि बाइकहरू गुडिरहेकै थिए । अचम्म लाग्यो..अलि अगाडी पुगेँ । खासमा एउटा कारको पछाडी पछाडी जम्मै बाइकहरू विस्तारै हिँडिरहेका रहेछन् । त्यो कारलाइ ओभरटेक गरेर अगाडी जान पनि सकिन्थ्यो तर अगाडी जान कोही पनि इच्छुक देखिएनन् । कौतुहलता जाग्यो..आखिर के रहेछ…

बाँकी

Added by sabinsingh on February 29, 2012 at 8:00am — No Comments

डोटी महोत्सव आज पनि जारी

उद्योग वाणिज्य संघ डोटीको आयोजनामा “कृषि पर्यटन, संस्कृति, उद्योग र व्यापार सुन्दर समुन्नत डोटी बिकासको आधार” भन्ने मुल नाराका साथ सुरु भएको प्रथम डोटी महोत्सवमा आज पनि बिभिन्न प्रस्तुतीहरु देखाईने भएका छन । महोत्सवको पहिलो दिन हिँजो विभिन्न ठाँउको संस्कृती झल्किने झाँकीहरु फुलोटको होली, बागठाटाको भुवा, रातोलीको रनपुतला, उडीतोलाको गौरा लगायतका झाँकीहरु प्रर्दशन गरिनुका साथै विभिन्न कलाकारहरुले पनि कला प्रस्तुत गरिरहेका छन् । महोत्सव यहि फागुन २५ गते सम्म चल्ने छ ।

Added by Purna Bahadur Khadka on February 28, 2012 at 5:15pm — No Comments

सुदुरपश्चिमका १० जिल्ला जोड्न सबैभन्दा छोटो राजमार्ग निर्माणकोलागी सर्वदलीय टोली राजधानीमा

सुदुरपश्चिमको १० जिल्लालाई जोड्ने सबैभन्दा छोटो राजामार्ग सो क्षेत्रको प्रवेशद्धारको रुपमा रहेको लम्कीबाट बाडीचौरसम्मको ५१ किलोमिटर सडक निर्माणको लागी पहल गर्न त्यसक्षेत्रको एक सर्वदलिय टोली राजधानी आएको छ । लम्कीबाट रंगनाथ ढकालको संयोजकत्वमा आएको २७ सदस्यीय प्रतिनिधि मण्ड, त्यसक्षेत्रका सभासद र राजनीतिक दलका प्रतिनिधिहरुले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी हुम्ला, जुम्ला, मुगु, डोल्पा,  कालिकोट, बाजुरा, अछाम, दैलेख, सुर्खेत र कैलाली सहितका जिल्लालाई जोडने सो सडक निर्माण भए…

बाँकी

Added by Purna Bahadur Khadka on February 28, 2012 at 5:14pm — No Comments

पर्यटकीय क्षेत्रहरु ओझेलमा पर्दैछन्

संरक्षणको अभावमा बैतडीको च्वाँगगढ क्षेत्रको प्रख्यात सिगासधुरा ओझेलमा परेको छ । बैतडी सदरमुकामबाट एक दिनको दुरिमा रहेको सिगासधुराको संरक्षणका लागि स्थानिय निकायहरुले सम्बद्ध पक्षले आग्रह गरेका छन् । यातायातको साधनबाट वञ्चित सिगासधुराको विकास प्रवद्र्धनका लागी सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने स्थानीय शिक्षक बिर सिहं धामीले जोड दिनुभयो । चारैतिर हरियाली जंगलको बिचमा रहेको सिगासधुराको मन्दिर धार्मिक तथा पुरातात्विक महत्वको ठाँउ भएको शिक्षक धामीले बताउनुभयो । यस्तै पुराना ढुङगाका मुर्ति र…

बाँकी

Added by Purna Bahadur Khadka on February 28, 2012 at 5:00pm — No Comments

छैठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको टीकापुरमा

छैठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको टीकापुरमा जारी आइटीएफमा मंगलबार ९ स्वर्ण, ९ रजत र ८ कास्य गरी २६ पदकको छिनोफानो भएको छ । मध्यमाञ्चल ३ स्वर्ण र १ रजत जितेर अग्र स्थानमा छ । पश्मिाञ्चलले २ स्वर्ण, ३ रजत र १ कास्य जितेको छ । मध्यपश्चिमले २ स्वर्ण, २ रजत र २ कास्य जितेको छ । पूर्वाञ्चलले १ स्वर्ण, २ रजत र २ कास्य जितेको छ । एपीएफले १ स्वर्ण र १ कास्य जितेको छ भने पीएलएले १ रजत र २ कास्य जितेको छ । सुदूरपश्चिमले भने अघिल्लो दिन खेल विवादका कारण आजका खेलमा सहभागी भएको छैन् । मंगलबारका खेलमा…

बाँकी

Added by Purna Bahadur Khadka on February 28, 2012 at 1:45pm — No Comments

दैलेखको प्रसिद्ध तीर्थस्थल संकटमा

दैलेखको प्रसिद्ध तीर्थस्थल पादुका मन्दिर परिसरभित्र रहेको हरियाली जङ्गल नासिन थालेपछि मन्दिर नै संकटमा पर्न थालेको छ । जिल्लाका पाच तीर्थस्थल मध्यको एक पादुका मन्दिर परिसर भित्र जथाभावी रुखहरु काटिन थालेपछि मन्दिरको सौन्दर्यतासंगै पहिचान गुम्ने अवस्थामा पुगेको हो ।

रातको समयमा रुख कटान हुने र विभिन्न ठाउँमा निकासी हुने गरेको भए पनि यस तर्फ सम्बन्धित निकाय गम्भिर नदेखिएको स्थानियको गुनासो रहेको छ ।पादुका मन्दिरको दर्शन गरेमा मनोकामना पुरा हुने जन विश्वास रहेपनि मन्दिरको नाजुक अवस्था…

बाँकी

Added by Purna Bahadur Khadka on February 28, 2012 at 1:30pm — No Comments

"हेल्लो सरकार" महिमा !

हेलो सरकार,

तपाईंको महिमा गायन गर्न हजार जिब्रा भएका अजय सुमार्गीले त सकेनन्, मैले के सकौंला, तैपनी कोशीष गरीहेरुम् । जल्ले आफ्नै देशमा उत्पन्न भएको यस्तो मौलिक र ओर्जिनल कार्यक्रमको समर्थन गर्दैन, त्यो प्रतिगमनकारी, घोर् दक्षिणपन्थी र राष्ट्रबिरोधी हो भन्ने हाम्रो ठम्याइ छ ।

हुन त हामी नेपालीहरु सहन माहीर छौं, जे भए पनि कर्म या भगवानलाई सरक्क दोष हाल्यो अनी "यस्तै रेछ, के गर्ने?" भन्यो, सह्यो । हुँदा हुँदा अब यतिसम्म भयो कि देशमा के भैराखेको छ भनेर सामान्य चासो समेत…

बाँकी

Added by JawKnockRaazaa on February 28, 2012 at 12:36pm — 1 Comment

मलाइ मेरो रिपोर्टमा साइन अप गर्न पाउँदा खुशी लागेको छ

  1. मलाइ मेरो रिपोर्टमा साइन अप गर्न पाउँदा खुशी लागेको छ 

Added by Surendra Chaudhary on February 28, 2012 at 11:22am — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service