January 2015 Blog Posts (28)

वेश्यावृत्ति रहर कि बाध्यता ??

समाज परिवर्तनसँगै सामाजिक तथा ब्यवहारिक सन्दर्भहरु परिबर्तन भइरहेका हुन्छन,साथै मान्छेका असिमीत चाहनाहरु पनि बढिरहेका हुन्छन १ हरेक दिन बढ्दो महँगी र नयाँ सामाजिक सम्बन्धहरु कायम राख्न तथा दैनिक ब्यबहारहरु चलाइराख्न पनि मानिसलार्इ सधैं आर्थिक समस्या सृजना भर्इरहेका हुन्छन। बढ्दो प्रतिष्प्रर्धा बेरोजगारी समस्या अनि देशको राजनैतिक अवस्थाले गर्दा बसार्इसरार्इमा भएको उल्लेख्य फेरबदलले गर्दा जनसंख्याको चाप बढ्नु पनि आजको समाजको मुख्य चुनौती हुन गएको छ । आधुनिकिकरणमा…

बाँकी

Added by Basanta Subedi on January 31, 2015 at 11:00pm — No Comments

गजल

किन्ने बेच्ने प्रेम पनि,धोकेबाजको काम रैछ

संसारकै सर्वश्रेष्ठ, अरु होइन दाम रैछ ।

महङ्गीले आकाश छँदा, भाउ मेरो घटाएछौं

मायालुकै शब्द-पत्र, मेरो मात्र खाम रैछ ।

चिल्ला वचन खचि॔एर, तृष्णा आफ्नो मेट्नेलाई

जहाँ जता भएपनि, त्यहि देवधाम रैछ ।

घर-अड्डा जताततै, गुणगान गाउने पुरुषहरु

उपहार दिँदा श्रीमतिलाई, खुट्टाको नै डाम रैछ ।

'दिवाकर' ले एक्लै चिच्याई, के पो गर्न सक्ने हो र!

भ्रष्ट-पतित हुनेको नै, धेरै ठूलो नाम…

बाँकी

Added by Deewakar Subedi on January 29, 2015 at 5:00pm — No Comments

साँच्चै हामी कहाँ छौँ !

डडेल्धुराबाट डोटी आइपुगेका थियौँ र सिलगढीमा रहेका एफएम-रेडियोका साथीहरुसंग बिहान एकछिन भेटघाट गर्न भनेर त्यसतर्फ जाँदैथियौँ । सिलगढी बजारको साँघुरो गल्ली हुँदै जाँदा शैलेश्वरी मन्दिर नजिकै एकजना महिला भेटिइन् । सायद तल बजार झर्दै थिइन् क्यार ! काखमा सानो नानी पनि देखेँ । त्यो पनि माछा मार्ने जालले छोपिएको अवस्थामा ।

तस्विरमा रहेको यो दृष्य देखेर तपाई अचम्ममा नपर्नुहोला । यो बालकको सुरक्षा कवच रहेछ उनीहरुको बुझाइमा । तर मेरो मनमा चलिरहेको…

बाँकी

Added by Kp anmol on January 29, 2015 at 3:00pm — No Comments

राईझुमा तिमी गाउँ फर्क

राईझुमा,

आदिम इतिहास बोकेर उर्लिरहेको

म कर्णाली !

मुटुभरी फुलेको मायाको मखमली रंग संगालेर

मटेरा छुँदै उडेको

बादलको सेतो थुँगामा

स्मृतीका अनगिन्ती छालहरु उन्दै

तिमीलाई पत्र कोरिरहेको छु ।



घण्टाघरको छाँयामा लुकेको शहरमा 

अस्तित्वको तिलाञ्जली दिँदै

सपना बेचिरहेकी राईझुमा,

तिम्रो त्यो गह्रौं शहर भन्दा

धेरै माईल टाढा

तिमीले छाडेका पदचापहरु संगाल्दै

जुम्लाको उडान भर्दै छु ।

तिमीले त बिर्सियौ होला

शहरको…

बाँकी

Added by Sundar Shireesh on January 29, 2015 at 12:30pm — No Comments

बढ्दो घरेलु हिंसा : कार्यन्ययन भएन कानुन

‘श्रीमानको पिटाईबाट मेरो नौ महिनाको बच्चा खेर गयो । मलाई घरमा पनि बस्न दिएका छैनन् । प्रहरी प्रशासनले मेरो पीडामा चासो दिँदैन । मैले कहाँबाट न्याय पाउने?’ यो प्रश्न हो बाह्रविसे-९ की अनिता श्रेष्ठको । श्रीमानले दोस्रो विवाह गरेपछि आफुले थुप्रै हिंसा खेप्नुपरेको उनले सुनाईन् । ‘मलाई श्रीमानले, घरपरिवारले मानसिक र शारिरिक यातना दिने गरेका छन्', उनले भनिन्-‘श्रीमानले रक्सी पिएर मलाई पिट्थे ।’ उनी एक दशकदेखि घरेलु हिंसा सहँदै आएकी छिन् ।

श्रीमान र परिवारको हिंसा सहन नसकि उनले दुई…

बाँकी

Added by Sundar Shireesh on January 29, 2015 at 12:30pm — No Comments

प्रशव पीडाको चित्कार....

धेरै वर्षको संघर्ष पश्चात म त्यो घरमा भित्रीन सफल भएकी थिए । त्यो घर पाउन मैले कति लडार्इ लडें, कति युद्ध गरे, कति सडकमा रात दिन बिताए त्यो सम्झिदा अहिले एकादेशको कथा पो हो की भन्ने लाग्न थालेको छ । त्यो घर मात्रै पाउनु मेरो चाहना थिएन । एउटी दुलहीलार्इ घरमा भित्रीसकेपछि उसबाट परिवारले धेरै आश भरोसा राखे जस्तै मबाट पनि परिवारले त्यो आश निकै ठुलो राखेका छन । म दुलही भएर त्यो घरमा भित्रीसकेपछि मैले मेरो कर्तब्य बिर्सिएकी छैन । मैले परिवारमा सुख शान्ति हुने काम…

बाँकी

Added by Kp anmol on January 28, 2015 at 12:30pm — No Comments

‘मखमली’ मा चरिमाया

मानव बेचबिखन विरुद्ध सक्रिय रुपमा काम गर्दै आएकी सिन्धुपुत्री चरीमाया तामाङको जिवनीलाई आधार बनाएर चलचित्र मखमली बन्ने भएको छ । चरीमाया गरिब परिवारमा जन्मिएकी थिइन् । सानै उमेरमा बाबु बितेपछि उनलाई जीवन चलाउन पनि मुस्किल पर्यो । किशोरी अवस्थामा गाउँमा दाजुभाउजूसँगै बस्दै आएकी उनी दलालको फकार्इफुलाईमा परी मुम्बईमा बेचिइन् । बेहोसी अवस्थामा कतिबेला सिन्धुपाल्चोकको गाउँबाट मुम्बईको कोठीमा उनी पुगीन् उनले पत्तै पार्इनन् । त्यसबेला उनी १६ बर्षकी  थिइन् । झण्डै दुई बर्ष  उनले मुम्ईमा नारकीय जीवन…

बाँकी

Added by Sundar Shireesh on January 28, 2015 at 12:30pm — No Comments

‘झोलामा खोला’ बोक्ने ३४ कम्पनीको अनुमतिपत्र खारेज



सरकारले उत्पादन सर्वेक्षण अनुमतिपत्रको प्रतीक्षामा रहेका जिल्लाका विभिन्न ३४ जलविद्युत् आयोजनाको निवेदन खारेज गरेको छ ।

विद्युत् विकास विभागका अनुसार यसरी खारेजीमा परेका आयोजनाहरुमा १०० देखि १ हजार किलोबाट क्षमताका विभिन्न जलविद्युत आयोजनाहरु भएको जनाएको छ । २३ पुस २०७१ मा भएको विभागिय निर्णय अनुसार सो…

बाँकी

Added by Sundar Shireesh on January 28, 2015 at 12:00pm — No Comments

खुल्दुली

माघ महिना छ।  चिसो निकै चुलिएको छ। बिहान-बेलुकिको तिखो जाडोमा हाम्रो देशका 'राजनितीवूड'का महानायकहरुले एक सरो कपडा नभएकालाई एउटा ओढ्ने दिन नसकेता पनि ७५ रै जिल्ला थर्कने गरी रेडियोमा मरिचले भन्दा बढी गर्मी गर्ने  घटनाक्रमको समाचार दियी नै राखेका छन्।हलिवूड','बलिवूड' …

बाँकी

Added by Raj Pudasaini on January 25, 2015 at 11:30pm — No Comments

सार्बजनिक सुनुवार्इलाई मर्यादित बनाऔं

लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकका नागरिकहरु स्वतन्त्र तवरले आफ्ना अभिव्यक्तिहरु अभिव्यक्त गर्न चाहन्छन् । यसरी आफ्ना अभिव्यत्तिहरु नागरिकले बिभिन्न तवरले राख्न सक्दछन् । कसैले गरेको राम्रो कार्यको खुलेर प्रशंसा गर्न सक्दछन् भने गलत कामका बिरुद्ध कन्दनी कसेर बिरोध पनि गर्न सक्दछन् । लोकतान्त्रिक व्यवस्था भएका मुलकका नागरिकहरुको अधिकार पनि हो आफुलाई लागेका कुराहरुमा खुलेर बोल्न पाउनु । पछिल्लो समयमा यो अधिकार जनताले प्रयोग गरेको पाईन्छ । लामो समय देखि तानाशाही प्रबृतिको रुपमा जरो गाडेर…

बाँकी

Added by Namaskar Shah on January 24, 2015 at 11:00pm — No Comments

कर्णालीको सडक ‘मृत्यु रेखा’

कर्णालीबासीको आशा थियो । सरकारको प्रयास थियो, कर्णालीमा सडक पुर्याउने । तर विभिन्न चुनौतिहरु थिए । ती चुनौतीका पहाडहरु पन्छ्याउन त्यति सजिलो थिएन । कर्णालीबासीको आशा र त्यहाँको सम्भावनालाई ध्यानमा राख्दै सरकारले वि.स.२०५९ मा नेपाली सेनालाई कर्णालीका केही अप्ठेरा पहरामा सडक निर्माणको जिम्मा दियो । सेनालाई जिम्मा दिइएको कालिकोट खण्ड सबैभन्दा ठूलो चुनौति थियो । सेनाले कालिकोट क्षेत्रको सडक निर्माण कार्य करिब चार वर्षमै पूरा गर्यो ।

जसोतसो वि.स.२०६४ सालमा जुम्लासम्म गाडि…
बाँकी

Added by Khem Raj wali (awichhinna) on January 24, 2015 at 7:30am — No Comments

राजनीतिक ध्रुविकरण

नेपालमा ०६२/६३ को जनआन्दोलन पूर्व शान्ति प्रक्रियाको शुरुवातसँगै शुरु भएको सहमति र सहकार्यको राजनीतिको क्रम दिशाहीन हुँदै गइरहेको पछिल्ला घट्नाक्रमहरुले देखाइरहेको अवस्थामा देशको राजनीति तिव्र रुपमा ध्रविकृत हुन थालेको छ । संविधानसभा भित्र भएको सोमबारको घट्नाले देशमा राजनीतिक ध्रुविकरण सहित थप संकट पैदा गरेको छ । संविधान जारी गर्ने उद्देश्यले प्रक्रिया अगाडी बढाउन सोमबार बसेको संविधानसभा वैठकमा एमाओवादी र मधेश केन्द्रित दलका सभासदहरुले एमाले नेताहरुमाथि गरेको आक्रमण…

बाँकी

Added by Basant Sharma on January 21, 2015 at 2:00pm — No Comments

शिक्षित बेकामे दाजु दिदीहरुको भर परेर हुदैंन

अामा ! ए अामा !! सुन्नुभएन? ए अामा ! सायद अामाकाे उमेर बढ्दै गएसगैं कान कम सुन्न थाल्नुभयाे हाेला । कि त सधैं गनगन गर्ने म लठेब्रो, अनपढ छाेराेकाे कुरा के सुन्ने भनेर अामाले वास्ता गर्नु भएन हाेला। तर म मनमा गुम्सिएर बसेकाे अनि वर्षौदेखि मैले जे भाेग्दै अाए, जे देख्दै अाए त्याे कुरा अामालाई भन्छु भनेर अामाकाे छेउ पुगे ।

अामाकाे अनुहारमा न पहिलाकाे जस्ताे चमक थियाे न कुनै उत्साह उमंग थियाे। मैले अामालाई साेधे - अामा ! के भयेा ? सन्चाे भएन? मेराे बोलि प्रष्ट नभए पनि…

बाँकी

Added by Nilam Poudel (Rakshya) on January 21, 2015 at 1:30pm — No Comments

Nepal yet a pride

Supposedly an underdeveloped country with enormous population surviving consistently below poverty line, having 70% population dependent on agriculture for livelihood and providing 37% of GDP.A landlocked country hardwired with ordeal economy and escalating constitutional tussle by each passing day has yet flared itself by fortune to gain some attraction and attention having been fallen  onto the lap of nature. Fortunately tourism becomes the major source of earning earmarking every other…

बाँकी

Added by prativa rathi on January 21, 2015 at 11:30am — No Comments

समयमै संविधान निर्माणका लागि प्रेस चौतारी अछामको खबरदारी सभा

प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामको आयोजनामा समयमै संविधान निर्माणका लागि खबरदारी सभा गरीएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय सर्कलर अनुसार तोकिएको समयमै संविधान निर्माणका लागि दबाबमुलक खबरदारी सभा गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका अध्यक्ष टेकराज भण्डारीको नेतृत्वमा गएको जिल्ला स्थित संचारकर्मीहरुले जिल्ला प्रशाशन कार्यालय अगाडी धर्ना दिएका हुन् । धर्नापछि भएको कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका अञ्चल सदस्य राजेन्द्र कुँवरले सबै राजनीतिक दलमा सद्धबुद्धि आई संविधान…

बाँकी

Added by Tek Raj Bhandari on January 16, 2015 at 7:30pm — No Comments

मानवशास्त्र,भौतिकवाद र समाज विकास

मानव सभ्यताको विकासको क्रममा लोग्ने मानिसलाई मात्रै मानवशास्त्रका विषयवस्तुका रुपमा प्रयोग गरेको पाइन्छ, तर ८० को दशक पछि त्यो विस्थापित हुँदै मानव भन्नाले पुरुष र महिला दुबैको हकमा लागु हुन थाल्यो ।

मानवशास्त्र पुरै मानव जीवन र जगतलाई बुझ्ने गरी परिभाषित हुनु पर्ने मान्यता अघि बढ्दै जाँदा त्यसका दृष्टिकोणमा समेत परिमार्जन हुँदै आएको देखिन्छ । जसलाई समग्रवादले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।

कुनै…

बाँकी

Added by Basant Sharma on January 16, 2015 at 1:00pm — No Comments

प्रवासी नमस्ते नेपाल हातेमालामा बानिँया निर्वाचित

प्रवासी नेपालीहरुको नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको सम्पन्न दोस्रो साधारण सभाबाट दुई बर्षीय कार्यकालको लागि रामशरण बानियाको अध्यक्ष्यता निर्वाचित भए । २३ सदस्सीय कार्यसमितिमा ८ सदस्य बैकल्पिक सर्वसम्मत निर्बाचित भए । जसमा अध्यक्ष्य बानिया इजरायल, प्रथम उपाध्यक्ष्य हिमलाल शर्मा कतार, दितीय उपाध्यक्ष्य राजकुमारी श्रेष्ठ इजरायल, महासचिब दिपक बजगाई दुबई, सचिव रामजी शर्मा साउदी अरब, कोषाध्यक्ष विश्वराम दुलाल ट्रकी छन् । सदस्यहरुमा बाबुराम सिग्देल, दुबई, निशान उप्रेती ,कतार, रमेश दर्नाल,…

बाँकी

Added by Tekendra Bashyal on January 13, 2015 at 6:30pm — No Comments

नेता सडाउने उत्प्रेरक हुन पत्रकार !

पढेका बिद्वान पो हुन्थे, खै के खालको पढ़ाई हो यहाँ ,

पढेर बनेका मुर्ख को, हाली मुहाली भो जहाँ।

खानलाइ राखेको चामलमा चिलासा र चामल सरोबरी भएको ड्रम जस्तै भएको छ अहिले हाम्रो देश।  नेता सड़ीए भन्ने को त जमात नै छ , तर पत्रकार कुहिसकेका छनक चाहि कमैले पाएका छन।  आसातीत हरेक क्ष्येत्रमा ढुसी परेको छ अहिले।  पत्रकारितामा सर्जनशीलता बिलकुल हराउन थालिसक्यो, नेताको पछौटे भएर नेताले जे-जे भन्छ त्यही त्यही सार्यो अनि फ्ल्यास न्यूज, ब्रेकिंग न्यूज , हेडलाइन बनाएर प्रसारित गर्यो। के…

बाँकी

Added by Biswas Babu Pokharel on January 10, 2015 at 6:04pm — No Comments

द्वन्द्वले देखाएको शान्तिको बाटो

"फर्कि आउ शान्ति तिमि लालिगुराँस भन्छन

     फर्कि आउ शान्ति भन्दै डाँफे–मुनाल रुन्छन !"

यो गीत त्यसै रचिएको होइन । हालसालै नेपालमा गीतमा प्रस्तुत गरिएजस्तै यथार्थता नहोला तर अहिले पनि अनुभूतिसहितको शान्ति स्थापना हुन नसकेको सत्य हो ।

समय र परिवर्तित नेपाली राजनीतिसँगै नेपालमा अनेक प्रकारका दूर्घटनाहरु भए । बुद्धको…

बाँकी

Added by Khem Raj wali (awichhinna) on January 9, 2015 at 9:30am — No Comments

मानव अधिकार महाभेला २०१४ को रमाइलो !

मानव अधिकार दिवस हरेक वर्ष मनाईन्छ, भव्यताका साथ मनाइन्छ । सन् १९४८ डिसेम्बर १० तारिखका दिन संयुक्त राष्ट्र संघको महासभाबाट मानव अधिकारको विश्वव्यापी घोषणापत्र (Universal Declaration on Human Rights-UDHR) जारी गरिएको दिनको सम्झनामा हामी सबैले डिसेम्बर १० लाई मानवअधिकार दिवसको रुपमा मनाउन थालेँऊ । मानव अधिकारको कुरा हुँदा अमेरिकी राष्ट्रपति…

बाँकी

Added by Sanjog Thakuri on January 8, 2015 at 1:00pm — No Comments

Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

1999

1970

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service