Featured Blog Posts – January 2014 Archive (12)

अछामको चाफामाण्डौँ गाविसको तिन नम्बर वडा भयो-'छाउपडी गोठमुक्त वडा'

अछामको चाफामाण्डौँ गाविसको वडा नम्बर तिनलाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । छाउपडी गोठमुक्त अभियान अन्तर्गत वडाका छाउ हुने महिला तथा किशोरीहरु सुरक्षित साथ घरमै बस्न थालेपछि वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो । महिला स्वंसेविका देउकला रावलको अध्यक्षतामा हिजो भएको घोषणा कार्यक्रमका प्रमुख अतिथि निवर्तमान गाविस अध्यक्ष चक्रबहादुर रावल रहनु भएको थियो भने बिशिष्ट अतिथि छाउपडि गोठमुक्त अभियानका अध्यक्ष दले भुल रहनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका पदम देवकोटा, एमालेका…

बाँकी

Added by Purna Bahadur Khadka on January 27, 2014 at 9:30pm — No Comments

खै त हामीलाई विकास?

सकिँदो मंसीरको कठ्याङ्ग्रिँदो बिहानी । हिजैदेखि हुस्सु लाग्न सुरु गरेको छ । बिहानको १० बजिसक्दा बल्ल 'आज दिउसो घाम लाग्छ होला' भन्ने अनुमान गर्न सकिन्छ । पुर्वी कैलालीको नारायणपुर गाविस वडा नम्बर सात सिम्रेनी टोलका करिब १६ जना महिलाहरु एकहुल भएर गाउँको एउटा घरमा जम्मा हुन्छन् । हुलमा एकदुईजना पुरुष पनि छन् । उमेर समुह हेर्दा उनीहरु १८ देखि ३५ भित्रका हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ ।…

बाँकी

Added by Prakash Lamichhane on January 23, 2014 at 12:00pm — No Comments

गरिब, असहाय र एकल महिलामाथि गरिने सामाजिक बिभेदको उपज 'बोक्सी'

समाज वा कानुनबाट न्याय पाएपनि बोक्सी भनी एक पटक कसैले आरोप लगाईसकेपछि आफु र आफ्नो परिवारप्रति समाजले गर्ने हेला दृष्टिका कारण आरोपित र आरोपितका परिवारले कहिलेकाहि ज्यान समेत दिएर त्यसको मुल्य चुकाउनुपर्ने बाध्यता आईपर्छ । बोक्सीको आरोपमा पटक पटक शारीरिक यातनाको शिकार भएकी बारा जिल्ला लक्ष्मीपुर कोतवालीकी ३५ वर्षिया भुखलीदेवी सहनीको यो भनाइले महिलाप्रति गरिने विभेद र हिंसाले तराईका कतिपय महिलाहरु अहिले पनि समाजमा अपहेलित जीवन बिताउनुपर्ने बाध्यता रहेको तितो यथार्थलाई चित्रित गर्दछ…

बाँकी

Added by Mayamitu Neupane on January 23, 2014 at 11:30am — No Comments

आमा

आमा यो दुई अक्षरले बनेको शब्दमा कति माधुर्यता लुकेको छ स्नेहको सागर लुकेको छ । ममताको आँचल लुकेको छ । भन्दा कतिपय मान्छेलाई फरक नपर्ला तर भोग्दा र अनुभव गर्दा धेरै फरक छ यो आमा शब्दमा र धेरै सौन्दर्यता छ । पुर्विय सभ्यताको आदिकाल देखि मान्छेले आमालाई जननी, माता, वात्सल्यकी खानी, ममताकी प्रतिमूर्ति आदि अदि नामले बिभूषित गर्दै आएको छ, यो आमाको स्नेहलाई । सायद यो संसारमा यस्ता मान्छे कमै होलान् जसले आमाको ममतालाई नबुझेका होलान् । बुझ्नेले यसलाई राम्रै मानेका छन् र प्रेम बाँडेका छन् ।…

बाँकी

Added by Kamal Paudyal on January 19, 2014 at 12:00pm — No Comments

सिस्नोले पोलेर माया साटासाट गर्ने चलन !

माघ महिनाको शुरुवात संगै रुकुममा सिस्नो खेलेर माघी मनाउने कार्य शुरु भएको छ । माघ १ गते साँझ कृत्रिम बेहुली बनाएर नदीमा लगेपछि सिस्नो खेल्ने काम सुरु हुन्छ । विशेषगरी युवायुवतीहरु एकले अर्कोलाई सिस्नोले पोलेर माया साटासाट गर्ने चलन रहेको छ । जिल्लाको साँख, पिपल, पोखरा, बाफीकोट, मग्गा लगाएतका गाउँहरुमा यो सँस्कार विगत देखि चलिआएको छ ।

सिस्नोले खुट्टामा जति पनि हिर्काए हुन्छ, सिस्नोले जति पोल्यो त्यति पिरती झाँगिदै जाने विश्वास रहेको छ । संक्रान्तिदेखि माघ महिनाभर रुकुमका गाउँ वस्तीमा…

बाँकी

Added by Jivan Nepal on January 16, 2014 at 3:00pm — No Comments

Status of Food Security in Nepal

Most people are familiar with the terms "national security" or "home security," but relatively few are familiar with the term "food security." These terms convey a sense of an absence of or lowered risk; a home is less likely to be burglarized, a nation's state secrets are less likely to fall into the hands of unfriendly nations. Food security has similar connotations in relation to food. According to the 1996 World Food Summit, food security exists "when every person has physical and…

बाँकी

Added by santosh pandey on January 15, 2014 at 7:23pm — No Comments

LUXURY TRAVELING

Having traveled by flight almost all the time for the past few years, I really find tough to travel by road these days. 

Especially during my ‘home travel’ a whole night or whole day journey by road is a nightmare.  
The first thing is there are no luxurious and properly managed buses to my home. 
The problem starts from the bus-park; almost all the time I had to quarrel to get my seat as different ticket agents sell same seat to two-to-three…
बाँकी

Added by Ishwar Rauniyar on January 10, 2014 at 1:00pm — No Comments

महिलाको मात्र प्रयासले महिला हिंसा अन्त्य हुँदैन

२०७० साल जेष्ठ महिनाको ११ गते बिहानको झिसमिसेसँगै साइरन भएको प्रहरीको पिकअप गाडी जिल्ला प्रहरी कार्यालय बाराको गेटबाट निस्केर एकाएक उत्तर तर्फ हुँईकियो । बारा जिल्लाका प्रहरी उपरिक्षक(एसपी) चढने उक्त गाडी यसरी तेज गतिकासाथ उत्तर तर्फ लागेको देखेपछि सदरमुकाम कलैयाको मुख्य चोकमा बिहानको चियागफ गर्दै बसेका राजनैतिक दलका नेतादेखि व्यापारी र सर्वसाधारणहरुको मनमा अनेक कौतुहल जाग्यो । ति मध्ये अधिकांशको मनमा एउटै शंका थियो कि सदरमुकाम कलैयादेखि उत्तर पर्ने महेन्द्र राजमार्गमा कुनै सवारी दुर्घटना…

बाँकी

Added by Mayamitu Neupane on January 8, 2014 at 9:30am — No Comments

'प्रचण्ड जिम्मेवार बन'

पछिल्ला गतिविधी हेर्दा मात्रै हैन । प्रचण्ड शान्तिपूर्ण राजनीतिमा आएदेखि नै उनका व्यवहार हेर्दा उनलाई अल्जाईमर्सको समस्या छ कि भनि शंका गर्ने ठाँउ छ । समय बदलिन्छ र धेरैलाई बदल्छ पनि । २०६५ भदौतिर हरुवाहरुलाई राष्ट्रपति, प्रधानमन्त्रि जस्ता कुनै पद दिईन्न भन्दै कुम हल्लाँउदै हिँड्दै गर्दा आजको दिन उनको कल्पनामा पनि थिएन । विगत हेर्न नसक्नेहरुले भविष्य आकलन गर्न सक्दैनन् । भैदियो त्यस्तै ।…

बाँकी

Added by Arjun Apawad on January 8, 2014 at 9:30am — No Comments

७० वर्ष अगाडिको काठमाडौँ

बा काठमाडौँ उपत्यकाको उत्तरपट्टीको सबैभन्दा अग्लो डाडो यानी तारेभिरको लगभग टुप्पोमा छन् । रातिको १२ बजे तोपखानाबाट तोप हानेपछि घरबाट दाउरा लिनलाई जंगल हिडेका बा बिहानको सात बज्नै लाग्दा यहाँ आइपुगे । सुर्य उदाइसके । मौसम सफा छ । काठमाडौँ पुरै मज्जासित देखिन्छ ।

बा यसो हेर्छन । धरहराले पहिलो ध्यान आकर्षण गर्छ । सेतो रंगमा सजिएको धरहरा अटल भै ठडिएकोमा बालाई गौरव लाग्छ । त्यसपछि मानवनिर्मित कुनैपनि आकर्षणको…

बाँकी

Added by Raj Pudasaini on January 8, 2014 at 8:30am — No Comments

दाङका सामुदायिक बनद्वारा शिक्षा क्षेत्रमा बार्षिक लाखौँ रुपैयाँ लगानी

दाङका करिब ४ सय सामुदायिक बनहरुले सामुदायिक विद्यालयलाई सहयोग गर्दै आएका छन् । कुल ५ सय ४ सामुदायिक वन मध्ये ३ सय ७२ सामुदायिक बनले जिल्लाको शिक्षा क्षेत्रमा बार्षिक लाखौ रुपैयाँ लगानी गर्दै आएको सामुदायिक बन उपभोक्ता महासंघ दाङले जनाएको छ ।

सामुदायिक बन समुहहरुले बिद्यालयका शिक्षकहरुलाई तलव खुवाउने र भौतिक निर्माणमा समेत लगानी गरेका छन् । ३ सय ७२ सामुदायिक वनहरुले जिल्लाको शिक्षा क्षेत्रमा बार्षिक ३० लाख बढी बजेट लगानी गर्दै आएको बन महासंघका अध्यक्ष सोभाकर सापकोटाले जानकारी दिनुभयो…

बाँकी

Added by Jivan Nepal on January 2, 2014 at 2:00pm — No Comments

जुम्लामा १२ वटा विषयको स्थानीय पाठ्यक्रम तयार

शैक्षिक तालिम केन्द्र जुम्लाले प्राथमिक तहका लागि १२ वटा विषयको स्थानीय पाठ्यक्रम तयार पारेको छ । बालबालिकालाई प्राथमिक तहदेखि नैं रोजगारमुलक तथा आयआर्जनमा सघाउने खालको शिक्षा दिने उद्देश्यले पाठ्यक्रम तयार पारिएको हो । जुम्लाको प्रशस्त सम्भावना रहेको जडिबुटी, स्याउ तथा सीमि लगायतका बालीको उत्पादन तथा बजारीकरका बारेमा शिक्षा दिन लागिएको छ । विश्वकै अग्लो स्थानमा फल्ने काली मार्सी धान खेतीको संरक्षण, जडिबुटीको संकलन तथा संरक्षण र स्याउखेती र बजारिकरण सम्बन्धीको पाठ्यक्रम तयार…
बाँकी

Added by Binod Sharma on January 2, 2014 at 7:00am — No Comments

Featured Monthly Archives

2017

2016

2015

2014

2013

2012

2011

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service