Sundar Shireesh
  • Male
  • Chautara
  • Nepal
Share on Facebook
Share

Gifts Received

Gift

Sundar Shireesh has not received any gifts yet

Give a Gift

 

Sundar Shireesh's Page

Profile Information

About me
Journalist & Writer
Do you agree with terms & condition for this website?
Yes

३८ बृद्धबृद्धालाई सम्मान


सुन्दर शिरीष

चैतारा । १ फागुन

२८५३ औं ज्या (चरा वर्ग) ल्होछारको अवसरमा ३८ बृद्धबृद्धालाई सम्मान गरिएको छ ।
सिन्धुपाल्चोकको सदरमुकामबाट करिब १० किलोमिटर पूर्व रहेको बतासे– ९ स्थित खालेमा ल्होछारको उपलक्ष्यमा भएको साँस्कृतिक कार्यक्रममा त्यहाँ रहेका ३८ बृद्धबृद्धालाई बिहीबार सम्मान गरिएको हो ।
उनीहरुलाई पूर्व सांसद् सुभाष कर्मचार्यले दोसल्ला तथा ढाकाको टोपी लगाईदिई सम्मान गरेका थिए । उनले सो कार्यक्रममा युवाहरुले आफ्नो संस्कृतिको जगेर्ना गर्न जुट्नुपर्ने औल्याए । ‘हामी

ले हाम्रो संस्कृतिको जर्गेना गर्नु पर्छ’ ल्होछारको शुभकामना दिँदै पूर्व सांसद् कर्मचार्यले भने– ‘त्यसको लागि युवाहरु एक भई लाग्न जरुरी छ ।’
आपूmलाई सम्मान गरेकोमा निक्कै खुसी हुँदै बतासे– ९ खालेकी ८४ वर्षिय कान्छी लमिनीले भनिन्– ‘हामीजस्ता बुढाबुढीलाई सम्मान गरेर राम्रो काम गरेका छन् ।’ बृ

द्धबृद्धालाई समाजले हौसला र मायाँ गर्नुपर्ने उनले बताईन् ।
खाले युवा क्लबको आयोजनामा भएको साँस्कृतिक कार्यक्रममा गायक आस्मान लोप्चनले गीत मार्फत आफ्नो प्रस्तुती दिएका थिए । आफ्नो तीनवटा गीतमार्फत ता

माङ सेलो गायनमा पक्कड जमाएका लोप्चनले छोटै अबधिमा सांगितिक क्षेत्रमा पहिचान जमाईसकेका छन् । उनले मञ्चबाट गीत गाउँदै गर्दा खालेका स्थानीय निक्कै खुसी देखिन्थे भने सँगसँगै स्थानीय डम्पूm बजाएर नाचेका थिए । पछिल्लो चरणमा सांगितिक क्षेत्रमा उनी निक्कै व्यस्त कलाकार हुन् । लोप्चनसँगै सुविना लोप्चन र केसाङ स्याङ्बोले पनि आफ्नो प्रस्तुति दिएका थिए ।
‘हामीले हाम्रो संस्कृतिलाई जोगाउन विविध कार्यक्रम गर्दै आईरहेका छौं’, क्लबका अध्यक्ष क्षेत्रबहादुर तामाङले भने– ‘सामाजिक कामको साथसाथै संस्कृतिको जगेर्ना गर्नु पर्छ भनेर हामी निरन्तर लागिरहेको छौं ।’ अबका दिनहरुमा पनि यस्तो कार्यक्रमहरु निरन्तर गरिरहने उनले बताए । दुई वर्ष अघि स्थापना भएको खाले युवा क्लबले अघिल्लो साल पनि ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम गरेको थियो ।
कार्यक्रममा नेकपा एमाले सिन्धुपाल्चोकका प्रचार विभाग प्रमुख यज्ञ सापकोटा, विभिन्न राजनैतिक दलका प्रतिनिधि, बुद्धिजीवि, स्थानीय समाजसेवी, लामा, बोम्बो, गान्वा, चोहोलगाएतको उपस्थिति थियो ।

Sundar Shireesh's Photos

Loading…
  • Add Photos
  • View All

Sundar Shireesh's Blog

अज्ञात रोगबाट ३ को मृत्यु, सयौं विरामी

Posted on July 14, 2015 at 11:30am 0 Comments

सिन्धुपाल्चोकको बतासे– १ स्थित भोटेफूल्पिङमा अज्ञात रोगका कारण ३ को मृत्यु भएको छ भने सयौंको संख्यामा बिरामी भएका छन्  । भोटेफूल्पिङमा मात्रै दुईसय भन्दा बढि स्थानिय  अज्ञात रोगका कारण विरामी भएको स्थानीयले बताएका छन् ।  दुई साता अघिदेखि गाउँभरी फैलिएको यो रोगले अहिले स्थानीय त्रसित छन् ।

सुरुमा वाकवाक लाग्ने, उच्च मात्रामा ज्वारो आउनेजस्ता लक्षण देखिएको बिरामीहरुको भनाई छ । रोगले महामारीको रुप लिएका कारण केहि स्थानीयहरु गाउँनै छोडेर अन्यत्र गएको बतासेका स्थानीय मिलन तामाङले जानकारी…

बाँकी

गायनमा उदाउँदै आस्मान

Posted on July 12, 2015 at 9:30am 0 Comments

सिन्धुपाल्चोकको बतासे– ८ भुवागाउँमा बीस वर्ष अघि जन्मिएका आस्मान लोप्चन कला क्षेत्रमा जम्दै गरेका युवा हुन् । नृत्य क्षेत्रबाट भर्खरै कला क्षेत्रमा प्रवेश गरेका उनको पहिलो एल्वम ‘आस्याङ्की छोरी’ बजारमा आईसकेको छ । त्यसो त उनी सञ्चारकर्मी समेत हुन् । रेडियो सिन्धुमा प्रतिभाको चौतारी सञ्चालन गरेर चर्चामा आएका लोप्चन जिल्लाकै पहिलो तामाङ भाषाका समाचारवाचक समेत हुन् । उनै लोप्चनसँग कलासँग सम्बन्धित रहेर सुन्दर शिरीषले गरेको कुराकानी…

बाँकी

भग्नावशेषसँगै मिल्काइयो महत्वपूर्ण कागजात

Posted on July 12, 2015 at 8:30am 0 Comments

भग्नावशेष पन्छाउँदा सरकारी कार्यालयका महत्वपूर्ण कागजातसमेत मिल्काइएको पाइएको छ । १२ बैशाखको पहिलो भूकम्पबाटै जिल्लाका धेरैजसो सरकारी कार्यालय क्षतिग्रस्त भएका थिए । जिल्ला विकास समिति, जनस्वास्थ्य, कृषि विकास, कारागार, प्रशासन र मालपोतको पुरानो भवन, भूसंरक्षण र सदरमुकाम बाहिर रहेका कतिपय सरकारी कार्यालयको कागजपत्र भग्नावशेषसँगै फोहरको डंगुरमा फालिएको हो ।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सदरमुकामस्थित भत्किएका सरकारी कार्यालयको…

बाँकी

सिन्धुपाल्चोकको दुर्गम भेगका बालबालिका शिक्षाबाट बञ्चित

Posted on July 12, 2015 at 8:30am 0 Comments

भूकम्पले क्षतिग्रस्त बनेका सिन्धुपाल्चोकको दुर्गम भेगका विद्यालय अझैं सञ्चालन हुन सकेका छैनन् । जसका कारण तीन हजार बालबालिका शिक्षाबाट बञ्चित भएका छन् । पहिरोमा परेका र जमिन धाजा फाटेर विद्यालय जाने बाटो बन्द भएका दुई दर्जन विद्यालय भूकम्पपछि पूर्णरुपमा बन्द भएका हुन् । मानसरोबर बोर्डिङ स्कुल तातोपानी र ब्लेस इङ्लिस् स्कुल फुल्पिङ्कट्टी भूकम्पपछि बन्द रहेका नीजि क्षेत्रका विद्यालय हुन् । दुई बोर्डिङमा अध्ययन गर्ने तीन सय विद्यार्थीमध्ये आधाजसो राजधानी गएर विभिन्न विद्यालयमा भर्ना भएका छन् ।…

बाँकी

Comment Wall

You need to be a member of MeroReport to add comments!

Join MeroReport

  • No comments yet!
 
 
 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service