Shekhar KC
  • Male
  • Kathmandu
  • Nepal
Share on Facebook
Share

Gifts Received

Gift

Shekhar KC has not received any gifts yet

Give a Gift

 

Shekhar KC's Page

Profile Information

About me
I am a researcher by profession. I am a Masters degree graduate in Development Studies from Kathmandu University. Currently i am working as an Education Researcher in KOICA Nepal (Embassy of Korea).
Do you have a citizen journalism blog or website?
http://visitskc.wordpress.com
Do you agree with terms & condition for this website?
Yes

आखिर विवाह किन र कसका लागी ?

राजेश दाई ५० काट्दै गर्दा र विवाह सम्बन्धमा बाँधिने निश्चित भएपछि मलाई आफू २८ टेकेको झसंग भएँ । मतलब नेपाली चलनअनुसार अब विहेगर्न ढिला गर्नुहून्न भन्ने चौतर्पिm आवाज र दवाब खेप्ने उमेर सुरु भइसकेको छ । देशलाई नयाँ संविधान र बजेटको चटारो छ, मलाई विहेको । किन ? खै आज विवाह सम्बन्धि खुलेर कुरा गर्नमन लाग्यो ।  

नेपाली चलचित्रका “महानायक” राजेश हमललाई वैवाहिक जिवनको शुभकामना दिन मन लागो । मेरो विचारमा राजेश दाईले अन्तिममा विवाह अगाडी आत्मसमर्पण गर्नै पर्यो । सायद उनले जीवनमा गरेको सबैभन्दा ठूलो सम्झौता हुनुपर्छ, ५० बसन्त पार गरेपछि मात्रै उनलाई एउटा नारीसंग जीवन पर्यन्त सम्झौता गर्दै जीवनयापन गर्ने शाहस आयो । मात्र अहिले आएर उहाले सबै सामू व्यवसायिक व्यस्तता र मन मिल्ने साथी नपाएको गुनासाहरुलाई गुन्द्रीमूनी लुकाउनुभयो । हमालको विवाहसंगै दर्शकको कौतहुलता र हमालप्रति आकर्षित (इन्ट्ेस्टेड) महिलाहरुको दिवास्वप्नले सुरक्षित अवतरण पाएकोे महशुस भयो ।
सबैभन्दा पहिला त विवाह भन्ने शब्द नै मलाई त्यति सहज लाग्दैन । यसका अनेकौँ सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरु छन् । माहात्मा गान्धीले भनेझैं भारतीयहरु विवाहमा यति धरै तयारी र खर्च गर्छन कि विवाह सकेपश्चात दुलाहा र बेहुलीका परिवार लुटिएको महसुस गर्छन् । यो नेपाली परिवेशमा पनि हुबहु लागु हुन्छ । त्यसमाथि नेपाली समाजमा विवाह भनेपछि यति धेरै कर्मकाण्डहरु छन् कि सबैलाई पालना गर्दा गर्दा पागल भएको महशुस गरिन्छ । संस्कृति जोगाउने नाउँमा शहिद भइने डर पो लाग्छ त ।
अन्तर्वाता हेर्ने हो भने थाँहा हुन्छ, राजेश दाई आफ्नो व्यवसायिक व्यस्तता, मन मिल्ने साथीको पर्खाइमै टोलाउँदा टोलाउँदा अन्तिममा सामाजिक बाध्यता र आफ्नो ९ वर्षे गाढा प्रेमअगाडि झुक्नै परेको बताउँछन् । त्यसैले मलाई लाग्छ, विवाह रहर र प्रेमले भन्दा पनि सामाजिक दायित्व र वंश विस्तारको धारणाले निम्ताउने गर्छ । कतिपय मानिसहरु विवाह पश्चात स्वतन्त्र र खुशी गुमाउने डर फैलाउछन् तर मलाई लाग्छ, विवाह गर्ने निर्णय परिपक्कताको संकेत हो, जिम्मेवारीवोधको आभाष हो । यति बुझ्दा बुझ्दै पनि विवाहप्रति संकाहरुको समुन्द्र छ म भित्र ।
विवाह किन?
मानिस किन विवाह गर्छ? मेरो विचारमा एक्लै हुने डरले । म आफ्नो उदाहरण दिदै गर्दा कति म जस्ता युवायुवतीहरुको विचारसँग मेल खानेमा ढुक्क छु । जस्तै मेरा दिदी बहिनी अहिले विवाहा र जागिर पश्चात आआफ्नै घर द्धार जमाएर बसिसके, म भने काठमाण्डौको एउटा कुनामा एक्लै, अन्धकार (लोडसेडिङ)मा खुल्ला आँखाले कुशल भविष्यको सपना खोज्दै । यस्तो बेला मनमा प्रश्न उठ्छ, के विवाह गरेभने मेरो समस्याको समाधान हुन्छ त ? सायद हुन्छ होला पनि तर एउटा समस्याको अन्तयसंगै अर्को समस्याको सुरुवात हुनेमा पनि म निश्चित छु ।
अर्को उपाय भनेको बुवा आमालाई आफूसंग बस्न आग्रह गर्ने अनि विवाहलाई ३० वर्ष माथिसम्म लम्बाउने । तर परिवेश के रह्यो भने बुवा आमा त गाँउमै रमाउने गर्छन्, फेरी जीवनको उतराद्र्धमा उहाँहरु यो काठमाण्डौंको धुलो धुवाँ खान आउँने कुरै भएन, मैले घिसारेर ल्याउने कुरो पनि पापपूर्ण हुने भयो ? अन्ततः भाग्यले भनौं या कर्मले, आफन्तहरु ह्ुदाँ पनि मलाइै एक्लै बस्नुपर्ने बाध्यता छ, कतिकालागी यो रहर पनि हुनसक्छ । यस्तो अवस्था म जस्ता राजधानी बाहिर जिल्ला र गाविसबाट सुन्दर भविष्यको परिकल्पना सहित काठमाण्डौं छिर्ने हजारौं युवायुवतीको पनि हुनसक्छ । उमेर वितेको पत्तो नपाइने, विवाहको लागी दवाब आउने व्रmम नरोकिने अनि विवाह प्रति अनेक प्रश्न उठ्ने स्वाभाविकै भयो ।
माथिका कारण बाहेक सन्तान उत्पादन गर्न विवाह गर्नै पर्छ, यसमा मेरो पूर्ण मत छ । हामी पश्चिमी विकसित मुलकजतिको चरम उदारवादीपनि भैइसकेका छैनौं, त्यसैले विवाह गर्नै पर्छ अनी सन्तान उत्पादन गर्नै पर्छ, ढिला चाँडोको परिवेश अर्कै होला तर वंश अगाडी बढाउनै पर्छ, छोरा या छोरी हो, त्यसमा अर्कै बहस होला ।
कतिले त बाबुआमाको या दम्पक्ति दुवैको खुशीका लागी, र सामाजिक प्रतिष्ठा एवं अनेकौं कारणहरुले विवाह गर्छन् । यो व्यक्ति व्यक्तिमा फरक पर्छ, ठ्याक्कै भन्न सकिने अवस्था छैन ।
विवाह कसका लागी ?
राजेश दाईले मधु प्रतिको समर्पण उत्कर्षमा पुगेको र अब विवाहबाट टाढा नरहने बताउदै गर्दा मलाई लाग्यो यसबाट सबैभन्दा खुशी मधु भाउजु नै हुनुहुन्छ । राजेश दाई पहिला मधुको खुशीलाई स्थापन गर्दै त्यस खुशिभित्र आफ्नो खुशी खोजेको जस्तो भान भयो ।
तर पनि सामान्य नेपालीको विवाह गर्दा सबैभन्दा खुशी को हुन्छ ? यसो सोच्दा, बाबुआमा, श्रीमान श्रीमती, नातेदार, फुच्चाफुच्ची केटाकेटी, व्यापारी सबै खुशी हुन्छन् । बाबु आमालाई सन्तानको विवाह पश्चात ठूलो जिम्मेवारी निर्वाह गरेको अर्थात् जन्माए देखिको भारी बिसाएको जस्तो राहत महशुस हुन्छ, त्यसैले होला विवाह गर्ने सबैभन्दा पहिले दवाब बाबुआमाबाटै आउने गर्छ । त्यो बाबुआमाको नैसर्गिक स्वार्थ हो, त्यसको सम्मान हामीले गर्नेपर्छ ।
त्यसपछि सयौंमा रहेका नजिक टाढा घरभित्र बाहिर (उस्तै परे देशभित्र बाहिरपनि) नातेदारहरुको लागी त उत्सव नै हो । विवाहित महिलाहरुको लागि त महिनौंदेखि दराजमा थन्काइराखेका गरगहना, सारी र श्रृंगारका सामानहरु प्रयोगमा ल्याउन् सबैभन्दा परफेक्ट क्षण हुनेगर्छ । बुढापाखाहरु विवाहमा जम्मा हुने, आफ्ना सन्तानका प्रगतिबारे रबाफ फैलाउने, सानाहरुसंग ढोग र सम्मान पाएको महशुस गर्ने सर्वोत्तम क्षण हो । आजभोली सुगर, प्रेसरको विरामी बढेकाले खानाप्रति खासै चासो बढेका पाइँदैन तर देखावटीको लागी भएपनि लाखौं खर्च गरेर चौरासी व्यञ्जन तयार गरिछाड्ने विकृतिबाट कमै बञ्चित छन् ।  
नवविवाहित दमपक्तिको लागी के बाँकी रह्यो त ? खर्चको विल जो फेरी कमाइएला भन्ने कमै आश रहन्छ । अब लोटरी पर्यो भने त के भन्नु ?  
विवाहको खर्चले मान्छे मर्छ
राजेश दाईले तामझाम नगरेर सामान्यरुममा मधु भाउजुलाई भित्राउने कुरा गर्दा खुशी लाग्यो ।  हैन भने विवाहको खर्चले सबैलाई मार्छ । खासै भन्नुपर्दा हामी जस्ता गाँउबाट शहर छिरेका युवायुवतीहरु त गाउँमै गएर विवाह गर्दा सही देख्छु तर काठमाण्डौंमै कुनै पार्टि प्यालेसलाई विवाहको झमेला हस्तान्तरण गर्दैमा पनि खासै खर्च बचाउने हिसाबले उपयुक्त हुने भने देख्दिनँ ।
त्यो किनभने गाउँमा पनि सबै नातेदार बोलाउँदा प्रति व्यक्ति खर्च कम भएपनि नातेदारको संख्या बढी हुने हुनेगर्छ, भने अर्कोतिर काठमाण्डौंमा पार्टिप्यालेसमा आउँने नातेदारको संख्या कम भएपनि प्रति व्यक्ति खर्च बढी हुने भएकोले खासै बद्धिमानी निर्णय भएको ठान्दैन । महगीँले गाँउ र शहर जताकतै आफ्नै हिसाबले छोपेको अवस्थामा खर्च बचाउने उपाय साँघुरिदै छ ।
मानौं मैले गाँउमै विवाहा गर्ने निर्णय गरेँ । कमसेकम ३ सय जना आउलान् प्रति व्यक्ति ४ सयको हिसाबले खर्च भयो भनेपनि एक डेढ लाख खानामा मात्रै भ्याउँछ । काठमाण्डौंमा गरे भनेपनि मानौं दुई सय नातेदार आउलान् र प्रति व्यक्ति ६ सयको हिसाबले खर्च भयो भने जम्मा खर्च हुन्छ एकलाख बीस हजार । सुन, लुगा, टिकाटुली र अन्य अव्रmम बव्रmम खर्चलाई जोड्ने हो भने न्युनतम १२ देखि १८ लाख जम्बो खर्चको चंगुलबाट भाग्न मिल्ने स्थिति छैन ।
मूख्य प्रश्न हो, कहाँ बाट ल्याउने त्यत्रो पैसा ? एउटा सामान्य मध्यम वर्गीय परीवारले विवाहको लागी मात्र भनेर त्यो बचत गर्ने औंलामा गनिने बाहेक कोहि हुँदैनन् । अन्तिममा कि त घर जग्गा धितोमा राख्ने, हैन भने भएको जग्गा पिडालुको भाउमा बेच्ने । अर्को भनेको आफन्त बाट चर्को व्याजमा रिन लिने । सन्तानको विवाह गर्दा त बाबुआमा भावनात्मकरुपमा कोमल हुन्छन्, त्यसैले जति नै खर्च भइराखेको भएपनि सन्तानको सुखद भविष्य, राम्रो घर बसाउने आशमा प्रतिबद्ध दखिन्छन् । सन्तानहरुको अनुहार हेरेर विवाह पश्चात् रीन तिरीसक्ने सम्भावनालाई वास्तविक्ता भएको जस्तोगरी मुसुमुसु हास्छन् । जे होला विवाह सकिएपछि हेरौंला भनेर त्यो रिन र चर्को ब्याजको भारलाई विर्सन्छन् ।
अचम्म लाग्छ, नेपालीको आम्दानीको स्रोत कम र आय नगन्य भएपनि खर्च भने आकासीदै गएको छ, यसलाई राक्ने कोइ माइकाकाल देखिदैन । यो घडीमा राजेश दाईले आफ्नो विवाह कम खर्चमा गरेर प्रेरणाको स्रोत बन्दै सबै विवाह योग्य युवायुवती र खास गरेर तिनका बाबुआमालाई एउटा राहतको बाटो देखाउनुपर्छ ।
के विवाह सम्झौता नै हो ?
राजेश दाईले विवाह पूर्ण सम्झौता नै हो भन्नुभएको छ । यो व्यक्तिगत रहर भन्दा पनि बढी सामाजिक बाध्यता हो रे । यसमा म पूर्ण सहमत छु । एउटा विवाह योग्य नारी र पूरुषबीच, गाउँ या शहरका हुन्, गरिब या धनी, सबैबीच अनेक मतभेद हुनेगर्छन् । जीवन, समाज, आफन्त, संस्कार र परम्परा, जीवन शैली सबैकुरामा मतमतान्तर हुनु स्वाभाविकै हो किनभने सबै आफ्नै पारिवारिक वातावरण र स्रोतसाधनमा हुर्किएका हुन्छन्, त्यही अनुसारको सपना र उदेश्य लिएर उनीहरु अगाडी बढ्छन् । फेरी दुवैको केही गर्ने चाहना, त्यो चाहनालाई हासिल गर्न अप्न्याइने बाटाहरु, उपायहरुः यी सबैमा धेरै मतभेद हुन्छन् । सुरुमा नभएपनि परिस्थितिले ल्याइदिन्छ ।
त्यही पनि विवाह गरेपछि ती मतभेदहरु सहमति र सम्झौतामा परिणत हुन्छन् । तनाब, जिम्मेवारी, आर्थिक सामाजिक आवश्यक्ता र मागहरुबीच रुमल्लिदै यी दम्पक्ति ती सबै पहाड र ब्रेकरहरुलाई हाँस्दै, रुँदै पार गर्छन्, बढो राहतको अनुभूति हुनेगर्दो हो, एक्लो नभएर दोहोरो प्रयास र भावनामा उम्रने सन्तुष्टि र आनन्दको फल रसिलो हुदाँ हो । आहा, कति महत्वपूर्ण रहेछ सम्झौता गर्नु जीवनमा, एक्लोबाट विवाहित हुनुमा ।
सम्झौताका उदाहरणहरु पाउन मोटा किताब र अन्तरवार्ता नै लिनुपर्छ भन्ने छैन । मानौं श्रीमतिले विवाह अगाडि आफ्नो घरमा पढ्न पाइनन् तर विवाह पश्चात् पछि पढ्ने इच्छा प्रकट गरेको खण्डमा श्रीमानले पढाउँदा एक किसिमको सम्झौता गर्नुैपर्छ । त्यो क्षेणिकको लागी श्रीमानलाई नाक खुम्चाउने निर्णय भएपनि जीवनको उतराद्र्धमा दम्पक्तिलाई कति सन्तुष्टि र आनन्द मिल्छ, त्यसको हिसाब किताब हुँदैन जस्तो लाग्छ । त्यसैगरी श्रीमतीलाई सन्तान एक वर्ष ढिला पाउने इच्छा भएको तर श्रीमानको परिवारको दबावमा उनले आफ्नो ईच्छासँग सम्झौता गर्दै, आफ्नो योजना विपरित सन्तान पाउँदा क्षेणिकरुपमा लैगिंक भेदभावको विचारले मन डढाएपनि दिगो हिसाबमा यसले नराम्रो परिणाम ल्याउँदैन जस्तो लाग्छ । सन्तान त भगवानका वरदान हुन् यी कसरी दुखका स्रोत हुन सक्थे र ?
सामान्यरुपमा हेर्दा पनि हरेक परिवर्तन र आवाश्यक्ता, हेरेक निर्णय र सम्बन्ध खाली सम्झौतामै अड्डिएको भान हुन्छ । चाहेर पनि नचाहेर पनि सम्झौता गर्नुमै अधिक्तम भलो देखिन्छ । आफ्नै जिद लिएर बस्ने हो, चरम महिलाबादी वा परम्परागत पूरुषे हेपाहा व्यवहार गर्ने, समय अनुसार लैंगक संवेदनशील व्यवहार नअप्नाउने हो भने विवाहले दिगो मार्ग पाउला जस्तो लाग्दैन ।
त्यतिमात्र कहाँ हो र , काठमाण्डौंमा घर भएको वा विदेशमा ग्रीनकार्ड भएको युवा या युवतीको मात्र विवाहको सम्भावना चाँडो र उच्च हुनेगरेको कुसँस्कारमाथि अबका विवाह योग्य नारीपूरुषहरुले खुकुरी प्रहार गर्नुपर्ने देखिन्छ । खास गरेर शहरका नारीहरु र उनका बाुबुआमाले ग्रीनकार्डसँग सम्झौता गर्दै माग्न आउने केटाको चरित्र, आनीबानी, लाइनमा लागेको नलागेको हेर्न बहुत आवश्यक देखिन्छ । विवाहमा सबैले सम्झौत गर्नुपर्ने आवश्यक देखिन्छ, कोहि अछुत नरहनुपर्ने पाउँछु ।
सम्झैतामै दुवैको सामूहिक सम्झौताले खुशी र सन्तुष्टिको बास गर्छ जस्तो लाग्छ । श्रीमानको खुशीले श्रीमतीको मुहारमा चमक र श्रीमतीको खुशीले श्रीमानको मनमा चमक, आहा बडो भाग्यमानि हुन्छन् विवाहित दम्पक्ति, ठ्याक्कै भगवानले जोडेको सम्बन्ध, शिव र पार्वतीको जस्तै । यसो सम्झँदा मेरो मनमा ती जोडीको डाहाले मन पग्लिरहेको महशुस गरिराछु ।
तर ग्यारेन्टी के छ ?
तर यो त कलियुग हो । बैश्विकरणको युग हो, फेसबुक र युट्युबको जमाना । सिद्धान्त र विचारको प्रवाहा प्रकाशको गतिमा हुनेगर्छ, त्यही गतिमा हाम्रो मन र मस्तिष्कलाई प्रभाव पार्ने गर्छ, हाम्रो व्यक्तिगत जिवनलाई व्यक्तगत बनाइराख्न बडो चुनौतिपूर्ण छ, आफ्नो असिम ईच्छा र आकंछालाई सधैभरीका लागी समालिराख्न बडो हम्मे पर्छ । यो अस्थिर समाज र हाम्रो अस्थिर मनमाथि लगाम राख्ने माइकालाल कोहि छैन । राजेश दाईको व्यक्तिगत जिवनलाई पनि रेखाको थापा जस्तै सुरुमा मसालादार समाचार पछि मनमुटावमा परीणत नगर्देलान भन्न सकिदैन ।
विवाह गर्ने निर्णय गरिसकेको जोडिहरु माया र विश्वासका वाक्यंशहरु आफ्ना दैनिक वार्तामा हरेक दिन दोहोर्याउने गर्छन्, गर्नुपर्छ पनि । तर त्यो विश्वास र मायाको फूललाई बढ्दो महंगी र सामाजिक आर्थिक प्रतिस्पर्धाको कुसंस्कार निरंकुश साबित भइदिन्छ । बडो चुनौति पूर्ण छ, यो अस्वस्थ प्रतिस्पर्धाले जेल्लिएको समाजमा नवविवाहित जोडिलाई आफ्ना पूर्व वचन, विश्वास र कसमहरु कायम राखिराख्न । साधारणतया भर्खरै २८, २९ वर्ष टेक्दै गरेको हुन्छन विवाह गर्दै गरेको युवायुवतीहरु । आफ्ना खुट्टामा पूर्ण रुपले उभिसकेको कमै उदाहरण हुन्छन् यो वेरोजगारी र गरिबीले जकडिको नेपाली समाजमा । विवाह पश्चात काम र पढाइको शिलशिलामा जील्ला बाहिर जाने स्वाभाविक हुने गर्छ । अझ अहिले वैदेशिक रोजगारीको युगमा त बर्षौसम्म श्रीमान श्रीमती छुटिएर खाली नेट फोन र स्काइपको भरमा आफु सिंगल भएको विर्सनुपर्ने अवस्था छ । कति त सिंगल भइसकेको र कतिले दोस्रो पूरुष या नारी ल्याएको उदाहरण पाउन गारो छैन ।
माथिको स्थितिमाथि यसो सोचौं । यो स्थिति किन भाको हो त? के यिनिहरुमा एक अर्काप्रति प्रेम र विवाहको अग्निमा खाएको कसम झुठो थियो ? ती छुट्टिएका नवविवाहित जोडि विदेशीएर वा छुट्टिएर जील्ला बाहिर काम गर्ने रहर कहाँ थियो र ? तर अन्तिममा जैविक गुजारा गर्ने, दुई छाकको जोहो गर्ने व्रmममा दम्पक्तिकै पत्ता साफ भएको पाइन्छन् । अनि त प्रश्न उठिहाल्छ । के विवाह सबैभन्दा दिगो सम्बन्ध हो ? कसरी दुई दम्पक्ति जीवनभर विवाहपूर्व खाएको कसम र योजना अनुरुप संगै बस्ने ग्यारेन्टी रहन्छ ? यहाँनेर सम्झौता र दिगो सम्बन्ध अनि खुशी र सन्तुष्टिको बहस फिनलो भएको अनुभव हुन्छ ।
जे भने पनि
राजेश दाईको विहे पश्चात् उनको वैवाहिक जीवनमा आउने उतार चढावबारे अब नेपाली पित पत्रकारिता गर्ने केहि पत्रकार महाजनहरुले गिद्धे दृष्टि लगाइरहने छन् । मधु भाउजु र राजेश दाईको व्यक्तिगत जिवन र मुद्धाहरुलाई मसला बनाएर कतै समाचार छाप्पिएको देखेँभने व्यक्तिगतरुपमा म सारै दुखि हुनेछु । किन भने यत्रो सम्झौता र बाध्यताको पहाडलाई पार गर्दै गरेको निर्णयले खुशीको द्धार खोल्नको साटो दुखको बाढी ल्याउँदा मन नदुख्ने कुरै भएन, राजेश दाई र म जस्ता सामान्य प्रशंसकलाई पनि ।

तर आखिर जे भनेपनि हाम्रो स्थानीय समाज वा विश्व परिवेशमा विवाहप्रति जति संकास्पद, डरलाग्दो, नकारात्मक उदाहरण भेट्टिएपनि,  जति नै वेरोजगारी, अशिक्षित, गरिबी र युवामानसिक्तामा पाइने फस्टेस्सनको बादल मन्ड्राएपनि, आखिरमा ३० वर्ष पूग अपुग उमेरसम्म हामीले विवाह अगाडी सरेन्डर गर्नैपर्छ । सम्झौताको डोरी पकड्दै अन्धकार भविक्ष्यको डरलाई कुचल्दै हामी विवाह पश्चात एक अर्काको अन्धविश्वासमा सुनौलो भविष्यको गुनगान गाउनै पर्छ । कोहि भाग्न नसक्ने, कोहि अछुत रहन नमिल्ने यो विवाहसंग हामीले सम्झौता गर्नैपर्छ ।


लेखक परिचय
 
नामः शेखर के सी,
व्यवसायः शिक्षा अनुसन्धानकर्ता, कोरीया अन्तराष्ट्रिय दातृ संस्था, नयाँबाटो, ललितपूर
शिक्षाः सन २०१४ मा काठमाण्डौ विश्वविद्यालयबाट विकास अध्ययनमा स्नाकोत्तर

Shekhar KC's Blog

KOICA partnering with Kathmandu University for the Integrated Rural Development of Nepal

Posted on January 23, 2017 at 9:44am 0 Comments

 22 January, 2017

Dhulikhel, Kavre

Korea International Cooperation Agency and Kathmandu University Nepal signed the Record of Discussion (RoD) of the project “Integrated Rural Development of Nepal through Strengthening Research and Development Capacity of Kathmandu University”. The RoD was signed by the Mr. Sung Ho Choi, Vice President of KOICA and Prof. Dr. Ram Kantha Makaju Shrestha, Vice…

बाँकी

KOICA organizes a workshop for KOICA Volunteers Partner Organizations

Posted on October 21, 2016 at 3:31pm 0 Comments

 

21 October 2016

Kathmandu Nepal

The Korea International Cooperation Agency (KOICA) has organized a workshop on KOICA Volunteers Program (KOV) for its…

बाँकी

ICT Center at IOE Pulchowk Campus supported by the Government of the Republic of Korea

Posted on September 26, 2016 at 9:51am 0 Comments

Kathmandu, 26 September 2016 

The Right Honorable President Bidhya Devi Bhandari inaugurated the Information and Communication Technology (ICT) Center at the Institute of Engineering (IOE) Pulchowk Campus, TU on September 25, 2016. In the ceremony, South Korean Ambassador to Nepal His Excellency Choe, Yong-Jin was present from the Korean Government side. The…

बाँकी

MOU Signing Ceremony of the ‘Post-Disaster Health Service Recovery Program in Nuwakot’

Posted on September 14, 2016 at 3:00pm 0 Comments

The Government of Republic of Korea (GoK) and the Democratic Republic of Nepal (

GoN) on Wednesday (14 September 2016) signed a Memorandum of Understanding (MOU) to formalize their commitment to work together for the post-disaster reconstruction and recovery of the health services and facilities in Nuwakot districts of Nepal. The MOU was signed at Singhadurbar office by H.E. Choe, Yong-Jin, the Korean Ambassador to Nepal, and Dr Shanta…

बाँकी

Comment Wall

You need to be a member of MeroReport to add comments!

Join MeroReport

  • No comments yet!
 
 
 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service