Encouraging and supporting citizen journalism in Nepal
Started this discussion. Last reply by Sanju Paudel Mar 15, 2012. 1 Reply 3 Likes
रुद्रगोपाल डागीरुकुमखलंगा गा वि स वडा न ९ सिस्नेखोलाका महिलाहरु अहिले आफ्नै प्रयासबाट अङ्ग्रेजी सिक्न थालेका छन् । यु यस ए आई डि रुकुमले १० महिने साक्षरता कक्षा दिएपछि वाह्रखरी सम्म चिन्न सकेका…Continue
Rudra dangi has not received any gifts yet
जिपबाट जोखिमपुर्ण यात्रा
रुद्रगोपाल डांगी । रुकुमको सदरमुकाम खलंगाबाट रुकुमकोट जाने सडक खण्डमा यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन । सडक अग्लो ठाउबाट जताततै ओरालो बाटो भएका कारण ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने भएको हो ।
दैनिक रुपमा ८ वटा साना जिपहरु सन्चालनमा आएपनि मानिसहरुको आवात जावत बढी हुदा यस खण्डको यात्रा जोखिमपुर्ण रहेको यात्रुहरुले बताएका छन ।
जिपमा यात्रुहरुको चापका कारण महिला बालबालिका समेत छतको यात्रा गर्ने गर्दछन । छतमा सामान राखीएको र यात्रा पनि छतमा गर्दा ज्यान जोखिमा रहेको उनीहरु बताउछन ।
जर्मन प्राबिधिक सहयोग जिटिजेटद्धारा निर्माण गरेको सो सडक खण्ड ३८ किलोमिटर रहेको छ । चामल र दालबाट स्थानिय बासीन्दाले निमार्ण गरेको सो सडक खण्डमा अहिले सम्म दुर्घटनामा परी २२ जनाको मृत्यृ भैइसकेको छ भने ६५ भन्दा बढी घाइते भैइसकेका छन ।
बाटो साघुरो र कोल्टे भएका कारण जिप चलाउन समेत गाह्रो परेको जिप चालकले समेत बताएका छन ।
पुर्बी भेगमा यातायात पुगेपछि सर्बसाधारणहरु जिपको यात्रामा कठिनाई महसुस गरी र सिट नपाएका कारण टयाक्टरमा समेत यात्रा गर्ने गरेका छन ।
Posted on March 13, 2012 at 9:30am 0 Comments 0 Likes
जिल्लामा प्राथमिक तहमा अध्ययनरत आफ्ना विद्यार्थीहरुलाई माथिल्लो स्तरको शिक्षाको व्यवस्था नभएका कारण समस्या भएको छ । माथिल्लो तहको विद्यालय जिल्लामा नभएपछि उनीहरुले पढाई छाड्नुपर्ने वाध्यता छ ।
जिल्लामा भएका सुस्त श्रवण स्रोत कक्षा चारसम्म मात्र भएकोले चार देखी माथिका कक्षाहरु पढ्न अन्य जिल्लामा जानुपर्ने बाध्यता छ ।
शारीरिक रुपमा अशक्त, सुस्त र आर्थिक कमजोर भएका शिक्षाबाट बञ्चित निमावि सल्लेमा बहिरा तथा सुस्त श्रवण स्रोत कक्षा, निमावि डाँग्रीचौर सुस्त मनस्थिति स्रोत…
Posted on March 7, 2012 at 10:00am 0 Comments 1 Like
रुद्रगोपाल डाँगी रुकुम, जिल्ला स्थित क्रियासिल पत्रकारहरुको एक भेलाले पर्यटन पत्रकार समुह रुकुम गठन गरेको छ । जिल्लामा प्रशस्त मात्रामा पर्यटन पत्रकारीताका आधार रहदारहदै पनि प्रचारप्रसारको अभाबमा ओझेललमा परेका पर्यटकीय क्षेत्रहरुको बिकास सगै प्रचारप्रसारमा जोड दिने उदेश्यले पर्यटन पत्रकार समुह गठन गरियको हो ।
पर्यटन पत्रकार समुह रुकुमल आगामि दिनहरुमा जिल्ला पर्यटन बिकास समिति र पत्रकार महासंघ रुकुम संग सहकार्य गर्दै समुह अगाडि बढ्ने बताईएको छ । जन्तिधारा साप्ताहिकका महेश केसीको…
Posted on March 2, 2012 at 6:04pm 0 Comments 0 Likes
रुद्रगोपाल डांगी रुकुम / पत्रकार टिका बिष्ट माथि भएको भौतिक आक्रमणको छानबिनको माग गदै प्रहरीलाइ घटनाको हाल सम्मको अनुसन्धान सार्वजनिक गर्न रुकुमका पत्रकारहरुले माग गरेका छन ।
रुकुममा पत्रकार सुरक्षाको बिषयमा केन्दित रहेर इक्वेल एक्सेसले रुकुममा गरेको एक कार्यक्रममा सहभागि पत्रकार तथा अन्य सहभागिले घटना भएको तिन बर्ष बितिसक्दा पनि प्रहरी बाट हाल सम्म सार्वजनिक नगरिएकोमा आपत्ति जनाएका थिए ।
जिल्ला सदरमुकाम नजिकै दिनदहाडै घटेको घटनाको पनि हाल सम्म कुनै कुरा जानकारी नगराउनु…
ContinuePosted on March 2, 2012 at 8:00am 0 Comments 0 Likes
रुकुम जिल्लामा पछिल्लो समयमा जाँड रक्सी जुवातास रोक्न बिभिन्न समुह तथा क्लबहरु सक्रिय हुन थालेका छन् | ज्ञानी कोपिला वाल क्वल रुकुम मग्मा ३ को एक गाउँमा जुवातास खेल्ने व्यक्तिलाइ कारबाही गर्ने क्लबको रुपमा सक्रिय भएको छ । गाउँमा जुवातास खेल्दा वालवालिकामा नकारात्मक असर पर्ने भन्दै वालक्लवले जुवा तास खेल्नेलाइ कारबाही प्रकृया थाल्ने निर्णय गरेको हो ।
वालक्लवको वैठकले जुवा खेल्ने र खेलाउनेलाइ पहिलो पटक सम्झाउने र दोस्रो पटक कारबाही प्रकृया थाल्ने वताएको छ । कारबाही प्रकृयामा अवरोध गर्ने…
Continue© 2013 Created by Equal Access.