Dr. Surya B. Parajuli
  • Biratnagar
  • Nepal
Share on Facebook
Share

Dr. Surya B. Parajuli's Friends

  • Ramesh Shivashankar
  • Santosh Pokharel
  • Dr Anubha Singh
  • Sushil Gyawali

Dr. Surya B. Parajuli's Discussions

यौन दुर्ब्यबहार

Started Jul 21, 2012 0 Replies

© डा. सूर्य पराजुली ब्लास्ट दैनिकमा प्रकाशित मिती Saturday, 21 July, 2012 (स्तम्भकार) http://blast.com.np/archive/20120721083407.pdf…बाँकी

भाइरल ज्वरो

Started this discussion. Last reply by Dr. Surya B. Parajuli Jul 21, 2012. 2 Replies

पृष्ठभूमि एसएलसी परीक्षा पास गरेर कम्प्युटर इन्स्टीच्यूटमा कम्प्युटर सिक्दै गरेकी १६ वर्षे बहिनी राधिका अधिकारी मेरो उपचार केन्द्रमा आउनुभयो । उहाँलाई ज्वरो, रुघामर्गी लागिरहेको थियो । जीउ पूरै कटकट…बाँकी

 

Dr. Surya B. Parajuli's Page

Gifts Received

Gift

Dr. Surya B. Parajuli has not received any gifts yet

Give Dr. Surya B. Parajuli a Gift

Profile Information

About me
www.nmvs.org.np
Do you have a citizen journalism blog or website?
http://drsathi.blogspot.com
Do you agree with terms & condition for this website?
Yes

सर्पको डसाईबाट बच्ने उपायहरु

© डा.सूर्य पराजुली       

सर्प डसाई

पृष्ठभूमि

सर्प दंश नेपालको तराई क्षेत्रको एउटा रोक्न सकिने प्रमुख स्वास्थ्य समस्या हो । विश्वमा करिब ५५ लाख मानिसलाई प्रत्येक वर्ष सर्पले डस्ने गर्दछ । जसमध्ये ४ लाख जनाले डसेकोमा अंग गुमाउने अवस्था आउँदछ र २० हजारदेखि १ लाख २५ हजार जनासम्मको मृत्युहुने गरेको तथ्यांक भेटिन्छ । ३४५ जनाको प्रत्येक दिन मृत्यु भएको तथ्यांक छ । खासगरी उष्ण प्रदेशीय देशमा अन्न उत्पादन गर्ने किसानहरुको समस्या बनेको यो रोगलाई विश्व स्वास्थ्य संगठन ले सन् २००९ मा आएर मात्रै न्यागलेक्टेड ट्रोपिकल डिजिजको रुपमा स्थान दिएको पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष करिब २०,००० व्यक्तिलाई सर्पले डसेकोमा १००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यस्तै गरी प्रा.डा. सन्जीब शर्मा तथा उहाँको टिमले पूर्वी तराईको १० वटा अस्पतालमा गरेको अध्ययनले करिब ४०७८ जनालाई सर्पले डसेकोमा ३७९ जनालाई कडा प्रकारको विष लागेको देखिएको थियो । त्यसैगरी चितवन तथ नवलपरासीमा देवप्रसाद पाण्डे र डा. छविलाल थापाको अध्ययनले पनि सर्पको अत्याधिक डसाई रहेको देखाएको छ ।नेपालको तराईका २६ जिल्ला सर्पदंशमा अति प्रभावित जिल्ला हुन् ।सर्पदंशका घटना चैत्रदेखि कार्तिकसम्म बढी हुन्छन् । 

 सर्पको प्रकारहरु

नेपालमा पाइने करिब ७७ थरीका सर्पमध्ये गोमन, करेत, हरेउ, गनगुबाली, बाधे(भाइपर) लगायत २१ थरीका सर्प विषालु देखिन्छन् । तराई क्षेत्रमा गोमन र करेतको विगविगी पाइन्छ भने चुरे पहाड तथा त्यसको फेदीमा हरेउ सर्प बढी देखिन्छ । पहेलो र कालो पाटा भएको गनगुबाली असाध्यै विषालु सर्प हो तर हतपत नटोक्ने हुँदा यो विष रहित भन्ने जनधारणा एकदमै गलत छ । धामन,ढोडिया,हरहरे बर्षायाममा देखिने सर्पहरु अविषालु हुन।

 सर्पको डसाईबाट बच्ने उपायहरु

ज्यूँदो सर्प देखेमा त्यसलाई बिना औजार नचलाउने वा नाङ्गो हातले नसमाउने,यदि समात्नै परेमा पूर्ण सावधानीका साथ सर्प समाउने सामाग्रीको प्रयोग गर्ने ।

विषालु सर्पका बच्चामा पनि मानिसलाई मार्न सक्ने पर्याप्त विषको मात्रा हुन्छ ।  त्यसैले बच्चा सर्प त हो नि भनेर हेलचेक्रयाईँ नगर्ने ।

कुनै–कुनै सर्पहरुले मरेको जस्तो नक्कल गर्ने हुँदा त्यसलाई पहिले लठ्ठीले चलाएर मरेको या बाँचेको

 यकिन गरी   मरेको भएमा मात्र हातमा लिई अध्ययन गर्ने ।

सर्पहरु धेरै हुने वा सर्पले टोक्ने घटना बढी हुने स्थान तथा समयमा हिडडुल गर्दा घुँडासम्म आउने छाला वा रबरको बुट तथा बाक्लो पाइन्ट लगाउने ।

रुख वा जमिनमा भएका प्वालहरुमा जथाभावी हाटखुट्टा नपसाउने ।

आफ्नो घर र खेल्ने चौरको वरिपरी रहेका झाडी, ढुंगा, फोहोर हटाउने ।

राम्रोसँग हेरेर मात्र जुत्ता लगाउने ।

ढुंगा, मुढा तथा काठहरु उचाल्दा सावधान रहने किनकी सर्पले डस्न सक्छ ।

अध्यारोमा हिडडुल गर्दा, घार वा गोठमा चाङ पारेर राखेका दाउरा घरभित्र लैजादा जहिलेपनि उज्यालो हुने गरी  टर्चलाइट, बत्ती, लालटीन आदिको प्रयोग गर्ने, सधैं हिडिरहेको ठाउँ त हो नि भनेर हेलचेक्रयाइँ नगर्ने ।एक अध्ययन अनुसार ७२–७६ प्रतिशत विषालु सर्पका डसाईका घटनाहरु रातको समयमा पाइएको छ ।

सर्पको आहार भ्यागुता, मुसा, छेपारा र चरा आदि भएकोले तिनीहरुलाई घरभित्र पस्न र बस्न नदिने ।

सकेसम्म जमिनमा नसुत्ने । काठको चाङ्ग, गुफा तथा सिमसार नजिक जमिनमा नसुत्ने, हिँडडुल गर्नुपरे सावधानी अपनाउने किनभने यस्ता ठाउँमा सर्प बस्न मन पराउँदछन् ।

तराई वा गर्मी ठाउँतिर खाटमाथि सुतेको बखतमा पनि सर्पले डसेका घटनाहरु छन्, त्यसकारण खाटलाई भित्ता वा झ्यालमा नछुवाईँ राख्ने, राम्रो सँग झुल लगाएर सुत्न सकिन्छ ।  सर्पहरु, सजिलैसँग पस्न नसक्ने खालका घर बनाउने ।

कहीँ जाँदा टेन्टमा बस्नु परेमा टेन्टको ढोका राम्रोसँग बन्द गर्ने । सुत्नु अगाडि टेन्ट भित्र सर्प पसे–नपसेको राम्रोसँग हेर्ने ।

सर्पको डसाईमा गरिने प्राथमिक उपचार र प्रतिविष ९ब्क्ख्० पाइने नजिकको स्वास्थ्य संस्था बारे जानकारी राख्ने

रुखमा वा एकान्त बाटोमा सर्पहरु आराम गरिरहेका हुनसक्ने भएकोले रुख चढ्दा वा त्यस्ता खाले

  बाटोमा हिडँदा होसियार रहने ।

एक्लै हिँड्दा सर्पले डस्योे भने प्राथमिक उपचार गर्न समेत असजिलो हुने भएकोले सर्पहरु धेरै पाइने स्थानहरुमा सकभर एक्लै नहिड्ने । सर्पले डसिहाल्यो भने छिटो सर्पलाई होसियारी साथ शरीरबाट अलग पार्ने, किनकी यसक्रममा सर्पले पुन डस्न सक्छ, फलस्वरुप शरीरमा विषको मात्रा र असर बढी हुन्छ ।

गोमन, करेत लगायतका विषालु सर्पहरु पनि कुनै बेला पानीमा बस्दछन् । त्यसैले पौड्दा, माछा मार्दा वा अन्य काम गर्दा सावधान हुने । माछा मार्दा जालमा या बल्छीमा परेका सर्पहरुलाई हातले नसमात्ने ।

आफ्नो क्षेत्रमा पाइने अविषालु र विषालु सर्पहरुका बारेमा पूर्ण जानकारी लिई राख्ने । सो सम्बन्धी गाइड बुक वा चेकलिष्टको अध्ययन गर्ने ।

नेपालमा विषालु र अविषालु सर्पहरु तराईदेखि उच्च हिमाली भेग(करिब ४८०० मिटर उचाई) सम्म पाइने हुँदा ती क्षेत्रहरुमा सर्पको डसाईबाट बच्ने उपायहरु अवलम्बन गर्न विर्सनु हुँदैन ।

झुल लगाएर सुत्ने गर्नाले सुतेको बेला हुने सर्पदंश विशेष गरी करेतको डसाईबाट बच्न सकिन्छ ।

सर्पको डसाईका लक्षण तथा चिन्हहरु

क)सुख्खा डसाई (विष प्रवेश नगर्दा)वा अविषालु सर्पको डसाइका लक्षण तथा चिन्हहरु

सर्पको टोकाईमा अत्यन्तै डराउँदा हृदयघात भई मर्न सक्ने,

श्वासप्रश्वासको गति बढ्ने ,

हातखुट्टा झम्झाउने ,

मुटुको धड्कन कम हुँदै जाने,

रिङ्गटा लाग्ने,

छटपटी बढ्ने,

अचेत हुने ।

ख) डसेको भाग तथा त्यस बरपरका लक्षण तथा चिन्हहरु

डसेको भाग सुन्निने,

डसेको ठाउँमा विषदन्तको चिन्ह देखिने(भाइपरको डसाईमा प्रष्ट हुन्छ भने गोमन र करेतको डसाईमा देखिन वा नदेखिन सक्छ),

डसेको भाग दुख्ने,घाउ तथा रगत बग्ने ,

नीलडाम हुने वा फोका उठ्ने ,

लिम्फ ग्रन्थी सुन्निने ,

डसेको घाउमा संक्रमण हुने तथा घाउ पाक्ने ,

अंग नै कुहिने मुख्यतया भाइपर र गोमनमा देखिन्छ ।

ग) प्रारम्भिक अवस्थाका लक्षण तथा चिन्हहरु

असाध्य डराउने तथा चिन्तित हुने,

घाँटी दुख्ने,

स्वर बदलिने,

पेट पोल्ने र धमिलो देखिने ,

वाकवाकी लाग्ने,

बान्ता हुने,

सिथिल तथा कमजोर हुने,

पेट दुख्ने,

सम्पूर्ण शरीर दुख्ने,

रिंगटा लाग्ने,

न्यून रक्तचाप तथा बेहोस् हुने,

विशेष गरी भाइपर डसाईमा,

अत्याधिक रुपमा घाउबाट रगत बग्ने तथ पुराना घाउबाट समेत रगत बग्न थाल्छ ,

गोमन र करेतको डसाईमा स्नायू प्रणाली सम्बन्धी लक्षण बढी देखिन्छन् ,जसमा विरामीको स्वाद लिने र सुँध्ने शक्तिमा ह्रास आउने, बान्ता हुने, आँखाको ढकनी भारी हुने तथा चलाउन नसक्ने,स्वरमा परिवर्तन आउने अनुहारको पक्षाघात हुने, निल्न गाह्रो हुने हुन्छ ।

घ) गम्भीर अवस्थामा देखिने लक्षण तथा चिन्हहरु 

वाकवाक–बान्ता बढ्दै जाने,

रक्तचाप ज्यादै न्यून हुने,

अचेत हुने र फोक्सोमा पानी जम्ने ,

गोमन र करेतको डसाईमा स्नायू प्रणाली सम्बन्धी लक्षणहरु बढी देखिन्छन् ,

¥याल धेरै पैदा हुने ,

आँखाको ढकनी तलझर्ने,

घाँटीका मांशपेशीको पक्षाघातले गर्दा,

घाँटी भाँचिएको जस्तो हुने र मुटुको धड्कन बढ्ने हुन्छ ,

श्वास–प्रश्वास प्रणाली तथा अन्य प्रणालीको मांशपेशीमा पक्षाघात हुने,

रक्तचाप ज्यादै न्यून भई विरामी अचेत भई मर्ने ।

 भाइपरको टोकाईमा देखिने लक्षण तथा चिन्हहरु 

गिजा, आँखा, नाकबाट निरन्तर रक्तश्राव हुन्छ ,

खकार, दिसा, पिसाबमा रगत देखिने ,छालामा रक्तश्राव भई निलडाम देखिने ,

मस्तिष्कका विभिन्न भागमा रक्तश्राव देखिने ।

 

सर्पको डसाइपछि के नगर्ने

घाउलाई ब्लेडले चिर्ने र धेरै रगत बगाउने गर्दा घाउ संक्रमित हुने मात्र नभई अत्याधिक रक्तश्रावले विरामीको मृत्यु हुन सक्छ ,

घाउबाट मुखले विष चुस्ने काम कहिल्यै नगर्ने ,

धामी झाँक्रीको झारफुक तर्फ नलाग्ने ,

घाउ बरपर डोरीले कस्सिने गरी बाँधे अंग नै मर्न सक्छ ,

डाक्टरले नभनेसम्म केही खानु वा पिउनुहुँदैन ,

कुनै शारीरिक हलचल हुने काम नगर्ने ,

रक्सी सेवन नगर्ने,

प्रतिविष औषधि सुरु नगरेसम्म ब्याण्डेज नखोल्ने,

विद्युतीय झड्का दिने,

बरफको प्रयोग गर्ने काम गरी ढिलाई नगर्ने ,

घाउलाई अनावश्यकरुपमा नचलाउने ।

 

सर्पको डसाईको प्राथमिक उपचार

तपाई हाम्रो वरपर प्रशस्त मात्रामा सर्पले डसेका घटनाहरु छन् । कति घटनाहरु तपाइ आफैले भोगेका छन् भने कतिको तपाई स्वयम् प्रत्यक्षदर्शी हुनुहुन्छ । सर्प डसाईका कारण धेरै मानिसहरुको अकालमा मृत्यु भइरहेको तथ्याङ्क हामी सँग छ । अविषालु सर्पले टोक्दा टोक्दै पनि  अति आत्तिएर समेत मानिसको मृत्यु हुने गरेको पाइन्छ । कतिपय चाही सर्पको डसाई पश्चात अध्याधिक मात्रामा डोरीले लामो समयसम्म बाँध्दा हात वा खुट्टा नै काटेर फ्याल्नु पर्ने हुन्छ । यहाँ यी दुई प्रसंगको एउटै उद्देश्य के हो भने सर्प डसाइको गलत प्राथमिक उपचार पद्धतिको कारण धेरै मानिसको अकालमा मृत्यु हुने र अङ्ग नै काटेर फ्याल्नु पर्ने अवस्था छ ।

अब हामी एक २० वर्षै महिलालाई साँझ ६ बजे सर्पले टोकेको कल्पना गरौं । अब के गर्ने त ? यसो गर्नुहोस् सर्वप्रथम पीडितलाई हामीले सान्त्वना दिनु पर्दछ । कहिल्यै पनि तँ मर्छेस भन्ने जस्ता कुरा पोहर पल्लो गाउँको त ठहरै भएको, रुने, कराउने आत्तिने अत्याउने गर्नु  हुँदैन । जति सक्दो चाँडो मोटरसाइकलको प्रयोग गरी नजिकैको सर्पदंश उपचार केन्द्र लान सवै तयार हुनुपर्दछ । त्यसैले सर्पदंश उपचार केन्द्रको ठेगाना र फोन न. आजै राख्नुहोस् । सम्भव भएसम्म अस्पताल वा सर्पदंश उपचार केन्द्रमा फोन सम्पर्क गरी विरामी ल्याउँदै गरेको जानकारी दिनु बुद्धिमानी हुन्छ । वास्तवमा यसो गर्दा उपचार प्रकृयामा एकदमै सजिलो हुन्छ ।

विरामीलाई कुनै खानेकुरा खान नदिई, जस्तो कपडा लगाएको छ त्यस्तैमा उपचारकेन्द्र तर्फ दौडाउनु पर्दछ । विरामीले लगाएको गरगहना औठी, बाला, घडी आदि फुकालिदिने, कस्सिएको लुगा लगाएको छ भने पनि फुकालेर खुकुलो पारी दिनु पर्दछ । बिरामी जति हलचल गर्दछ त्यति नै मांशपेशी खुम्चिँदा विषको फैलाबट बढ्ने हुनाले सकेसम्म नहल्लाई  उपचार केन्द्रमा ल्याउनु पर्दछ । विरामी कुदेर या हिडेर आउनु कदापी हुँदैन । विश्व स्वास्थ्य संगठनले प्रमाणित गरे अनुसार प्रेसर इमोविलाईजेसन पद्धति उपयुक्त मानिन्छ ।प्रेसर इमोविलाईजेसन भनेको टोकेको ठाउँ वरपर सामान्य चाप दिने र टोकेको अङ्ग नहल्लाउने प्राथमिक उपचार विधि हो ।

हात र खुट्टामा टोकेमा

स्लिंग र स्पिलिन्टको मद्दतले टोकेको भागलाई अचल बनाउनु पर्दछ जसले गर्दा विषको प्रसार घटाउन सकिन्छ । यस पद्धतिमा तन्किने खाले कपडा वा क्रेप बेण्डेजको प्रयोग उपयुक्त भए पनि सो नभएमा पटुका, सल, साडीका टुक्रा आदिको प्रयोग गर्न सकिन्छ हात र खुट्टा मर्कदा लगाउने ब्याण्डेज जस्तै गरी कान्छी औला छिराउन मिल्ने गरी ब्याण्डेज लगाउनु पर्दछ । हात खुट्टामा ब्याण्डेज लगाउँदा औलाबाट माथितिर लगाउनु पर्छ । हातमा स्लिंग  र खुट्टामा स्प्लिन्टको प्रयोग गर्नु पर्दछ ।                                                                                               

शरीरमा टोकेको खण्डमा

लोकल कम्प्रेसन प्याडको प्रयोग गर्नु पर्दछ । प्याडलाई सर्पले टोकेको ठाउँ माथि राख्ने र कटनको व्याण्डेजले हल्का चाप दिने गरी बाँध्ने गरिन्छ । टोकेको भाग तथा शरीरलाई भरसक हल्लाउनु हुँदैन ।

नोटः कृपया यी प्राथमिक उपचार पद्धति अपनाएमा धेरै हदसम्म सर्प डसाइका असरहरु तथा मृत्युहरुलाई कम गराउन सकिन्छ । धामी झाक्री लगायत विष झार्ने मन्त्र आदिको भर परेर आफू र आफ्नो परिवारलाई टुहुरो नबनाउनुहोस् । विभिन्न ठाउँमा विष झारेर मान्छे बाँच्यो भन्ने पनि सुनिन्छ तर सत्य के हो भने उसलाई विषालु सर्पले टोके पनि शरीरमा विष प्रवेश नगरेकाले ऊ बाँचेको हो ।

 प्रतिबिष प्रयोग

प्रतिविष सुईको प्रयोग एकमात्र अन्तिम उपचार पद्धति हो । तर सुई कहिले र कति मात्रामा, कसरी दिने कुरामा एकदम सचेत हुनुपर्दछ । नेपालमा भारतमा बनेको प्रतिविष सुई प्रयोग गरिन्छ जसले चार प्रकारका सर्प डसाईमा काम गर्दछ । ती हुन्ः

१) गोमन

२) सामान्य करेत

३) रसेल्स भाइपर

४) स–स्केल्ड भाइपर

विशेष लक्षणहरु रहेसम्म प्रतिविष ब्क्ख् दिइन्छ र पूर्ण लक्षण हटेपछि २४ घण्टासम्म अस्पतालमा राखिन्छ ।

 

सर्प डसाई खानपानमा रहेको गलत धारणाहरु

पवित्राकुमारी घिमिरे (नाम परिवर्तन) वर्ष २९ महिलालाई उहाँ रहनु भएको स्थान इलामको सिद्धिथुम्कामा गत असार ३१, २०६८ मा रातको ९ बजे शौचालय जाने क्रममा कालो छिर्के सर्पले टोक्न पुग्यो । इलाममा खासै विषालु सर्प पाइदैन भन्ने सोचेर उहाँ त्यतिकै बस्नुभयो तर  रातको १ बजे उहाँलाई पेट पोल्न थाल्यो, आँखा धमिलो हुन थाल्यो, आँखाको  माथिल्लो ढकनी झर्नथाले पछि आफन्तहरु विषालु सर्पको टोकाई रहेछ भनेर आत्तिदै करिब ७ घण्टा पैदल बोकेर मोटरबाटो सम्म ल्याउने काम भयो र करिब १ घण्टा मोटर यात्राबाट उहाँलाई चारआली को  सर्पदंश उपचार केन्द्र ल्याइयो । बिहानको नौ बजिसकेको थियो उहाँलाई सर्पले डसेको पनि १२ घण्टा कटिसकेको थियो । चिकित्सक तथा प्राविधिकको टोलीले आकस्मिक रुपमा जाँचेर औषधि सूरु गरे । उपचारको क्रममा उहाँलाई माउन्टेन करेटले टोकेको पत्ता लाग्यो जसको उपचार अत्यन्त कठिन छ । करिब  २ दिन सम्मको अथक प्रयासबाट उहाँले नयाँ जीवन प्राप्त गर्नुभयो । उपचार केन्द्रमा गरिने आवश्यक प्रकृया पूरा गरिसकेपछि उहाँलाई कहिले  आउने लगायत, उहाँ  साहाकारी तथा दुब्लो पातलो भएकोले घर गएर दुध लगायत फलफूल प्रशस्त सेवन गर्न सल्लाह दिइयो । उहाँले सवै कुरा पालन गर्ने भन्दै घर जानुभयो । करिब १ हप्ता पछि उहाँ पुनः केन्द्रमा आउँदा अत्यन्त कमजोर देखिनु हुन्थ्यो, निराश देखिनु हुन्थ्यो तथा रक्तचाप कम थियो । वास्तवमा यो सर्पको डसाई पश्चातको असर थिएन यो त केवल उहाँले दुध लगायत दाल, फलफूल खान नपाउनुको उपज थियो । घर पुगेपछि हामीले दिएको सल्लाहलाई स्वीकार नगरी घरका सदस्य तथा छिमेकीको कुरा सुनेर उहाँले झन्डै आफूलाई मृत्युको मुखमा पु¥याउनु भयो । टिमाई भूटानी शरणार्थी शिविरकी ७५ वर्षीया धनमाया तामाङ्ग (नाम परिवर्तन) लाई गत साउन २७ गते शुक्रवार सर्पले डस्यो । तत्कालै उहाँलाई चारआली सर्पदंश उपचार केनद्रमा लगियो । एक रातको उपचारपछि उहाँलाई सर्पले डस्नु अगाडि जे खाना खानुहुन्थ्यो त्यही खान चिकित्सकले सल्लाह दिनुभयो तर ३ दिनपछि उहाँलाई भेट्दा उहाँ कमजोर हुनुहुन्थ्यो । आफन्तले यी बृद्ध आमालाई दुध, फलफूल, दाल लगायत खानेकुरा खान बन्देज लगाए छन् त्यसैले उहाँ  थकित देखिनुहुन्थ्यो । समाजमा रहेको अन्धविश्वास  के रहेछ भने सर्पले दुध खाने हुनाले सर्पले डसेको मानिसलाई दुध खुवाउनु हुँदैन रे ? चिकित्सकले दिइएको सल्लाह ठाडै अस्वीकार गरियो, किन ? किनकी समाजमा रहेको कुरीति र अन्धविश्वास एकैचोटी हटाउनु त्यति सजिलो छैन । यी त केही प्रतिनिधि उदाहरणमात्र हुन् ।

 

खानपान सम्वन्धका केही जिज्ञासाहरुको समाधान

१.सर्पले दुध पिउँछ र चुस्दछ ?

धेरै मानिस सर्पले दुध पिउने विश्वास राखी, सर्पलाई चिडियाखाना हेर्न जाँदा या नागपञ्चमीको दिन भाँडोमा दुध राखी दिन्छन् यता धामनसर्पले गाई, भैसी र सुत्केरीको दुध चुसेर खाने विश्वास गरिन्छ । धेरै तिर्खाएको सर्पले भाँडोमा राखिएको दुध चाट्न सक्छ तर यो सर्पको प्राकृतिक आहार होइन । जहाँसम्म गाई,भैसीको खुट्टामा बेरिएर फाँचोको दुध चुस्ने कुरा छ, कुनै पनि सर्पमा चुस्ने गुण नभएको र मुखमा लामा तिखा दाँत भएको हुनाले यो सम्भव छैन । त्यसैले यो एकदम गलत जनधारणा हो । सर्पले डसेकोमा उपचार पश्चात विरामीले दुध पिउन सक्दछन् । दुध पिउँदा अझ विरामीको घाउ झन् छिटो निको हुन्छ किनकी यसमा प्रशस्त पौष्टिक पदार्थ रहन्छ ।

 

२.रक्सी खाएको वा खाने गरेको मानिसलाई सर्पले टोकेको छ भने विष लाग्दैन, के यो सत्य हो ?

यो असत्य हो, किनकी सर्पको विषलाई रक्सीसँग तुलना गर्न मिल्दैन  । रक्सीले केन्द्रीय स्नायु प्रणालीमा असर गर्छ । तर यसले हाम्रो इन्द्रियहरुलाई काम गर्नै नसक्ने गरी शिथिल बनाउँदैन तर सर्पको विषले सिधै स्नायु प्रणालीमा असर पारेर हाम्रा इन्द्रियहरुलाई शिथिल पार्दै काम गर्न नसक्ने पारेर मान्छेको मृत्यु हुन्छ । त्यसैले रक्सी खाएको वा लागेको वेलामा विषालु सर्पले टोक्यो भने विषको लक्षणसँग झुक्किन सक्ने सम्भावना हुन्छ । विष नलाग्ने भन्ने त प्रश्न नै हुदैन ।

 

३.सर्पले टोकेको व्यक्तिलाई खुर्सानी खुवाइन्छ । किन ?

के यसको कुनै उपयोगिता छ ? त्यसको कुनै उपयोगिता छैन । खुर्सानी खुवाउनुको कारण त्यो मान्छेले पिरो भएको थाहा पाउँछ कि पाउँदैन भनेर हो । किनभने एक खाले विषालु करेतसर्पले हाम्रो स्नायु प्रणालीमा असर गरेपछि स्वाद थाह  नपाउने बेहोसीको अवस्था श्रृजना गर्दछ । स्वाद थाह नपाउने भनेको एकदम अन्तिम अवस्थामा मात्र हुन्छ । त्यसैले खोर्सानी खुवाउने जस्ता कार्य गरी एकछिन पनि समयलाई खेर फाल्नु हुँदैन ।

 

४.सर्पले डसेपछि बिरामीले पानी पिउन मागेमा दिन हुन्छ कि हुँदैन ?

सर्पले डसेपछि श्वासप्रश्वास प्रणालीमा पक्षघात गर्दै लैजान्छ । यदि पानी या खाना खाइयो भने उल्टी हुँदा उक्त खाना वा पानी विरामीको फोक्सोमा छिर्न सक्दछ । जसले गर्दा विरामीको तत्काल मृत्युभएको ताजा एउटा उदाहरण हामी सँग छ ।

 

५.सर्पले डसेको मान्छेको जुठो खायो भने अर्को व्यक्तिलाई सर्छ कि सर्दैन ?

सर्दैन ।

 

६.यदि बिहान दिनदिनै ६–७ वटा निमको पत्ता चपायो भने ६–७ महिना पछि त्यो व्यक्तिमा यस्तो प्रतिरक्षा शक्ति विकास हुन्छ कि जसलाई कुनै सर्पले डस्यो भने  आफै मर्छ ।  के यो सही हो ?

यो प्रमाणित भएको छैन, यसमा कुनै सत्यता छैन ।

 

७.गड्यौला पिसेर खुवाउनाले सर्पले डसेको विरामी सन्चो हुन्छ भन्ने धारणा एकदम गलत हुन् ।

 

८.मह खुवाउने, डसेको ठाउँमा लगाउने, बालुवा र सस्र्यू मन्तरेर हान्ने कुराहरु पुर्णत अन्धविश्वास हुन् ।

 

उपचारपछिका खानपानका गलत धारणा

सर्पदंश उपचार केन्द्रमा पूर्ण उपचार गरिसकेपछि जव डिस्चार्ज गरी घर पठाइन्छ तब बिरामीले आफूलाई सर्पले डस्नु अगाडि जस्तो खाना खानुहुन्थ्यो त्यस्तै खाना निसन्देह खान सक्नुहुनेछ । तर धेरै बिरामीहरु दुध, आलु, दाल लगायतका खाना खाइदिनु हुन्न । किन भन्ने प्रश्नमा उहाँको जवाफ यस्तो भेटिन्छ । सर्पले दुध खाने हुनाले, सर्पको डसेपछि ६ महिनासम्म दुध खानु हुँदैन, आलु दाल खाँदा घाउ पाक्दछ आदि, यस्ता अवधारणाहरु, सोचाईहरु एकदमै गलत हुन् । यिनीहरुमा कुनै सत्यता छैन । तपाई मज्जाले खान सक्नुहुनेछ ।

 

सारांश

समग्रमा कुरा गर्दा हाम्रो समाज धेरै विकसित भइसकेको छ तर समाजका शिक्षित, प्रतिष्ठित व्यक्तिहरुमा यस्ता गलत धारणाहरुले जरो गाडेको दुःखद अवस्था बिद्यमान छ । समाज हाँक्ने अगुवाहरु समेत गलत धारणाहरुबाट ग्रसित भेटिन्छन् अनि कसरी हाम्रो समाज र हामी विकसित हुन सक्दछौ ।तराईमा बढ्दो गर्मी तथा बर्षादसँगै अब सर्पको विगविगी बढ्दो छ । तसर्थ, सम्पूर्ण कुराहरु अध्ययन गरेर,आजैबाट तपाई हामी सवै मिलेर अकाल मृत्युबाट आफूपनि बच्नुहोस् र अरुलाई पनि बचाउनु होस् भन्दै हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद

Dr. Surya B. Parajuli's Photos

Loading…
  • Add Photos
  • View All

Dr. Surya B. Parajuli's Blog

एपेन्डीसाइटिस (Appendicitis)

Posted on February 8, 2013 at 5:32pm 0 Comments

© डा. सूर्य पराजुली

 www.drsathi.blogspot.com

पृष्ठभूमि…

बाँकी

कण्डम यात्रा

Posted on September 2, 2012 at 2:30pm 0 Comments

कण्डमको इतिहास

कण्डम परिवार नियोजनको एक प्रचलित तथा सरल उपाय सबैलाई थाहा भएकै हो ।यसले यौन तथा एड्स रोग लाग्नबाट बचाउँदछ । आज हामी कण्डम बारे केही कुरा गर्दछौ । इसापूर्व १३५० मा इजिप्ट भन्ने देशमा पुरुषहरुले आफ्नो लिङ्ग सजाउने गर्दथे । सन १५६४ मा इटाली देशमा शरीर शैल्यबिज्ञ  फेलो पिग्सका अनुसार बुनेको कपडाको कण्डम प्रयोग हुन्थ्यो । १८ औ शताब्दीमा आएर कण्डमको अन्तराष्ट्रिय नामाकरण गरिएको, जुन कण्डम आन्द्रा मुख्यतय भेडाको आन्द्राबाट बनेको थियो ।  विभिन्न धार्मिक संघ,…

बाँकी

Comment Wall

You need to be a member of MeroReport to add comments!

Join MeroReport

  • No comments yet!
 
 
 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service