सबै बिचार र सिर्जना अटाउने तथा प्रतिक्रिया लिन समेत मिल्ने भएकोले मैले ब्लगिङ पनि सुरु गरेको हुँ : सोनिया थापा

स्थाई घर ज्याम्दी,काभ्रे भएकी सोनिया थापा ब्यवस्थापन स‌ंकायकी विद्यार्थि हुन् । पुराना सदाबहार गित सुन्न मनपराउने सोनिया ब्लग लेखनमा पनि सक्रिय छिन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै सोनिया थापालाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकनी :   

सोसियल मिडियामा आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ  ?

काया ।

ब्लगिङ किन र कसरी ब्लग सुरु गर्नुभयो  ?

मलाई एकदमै लेख्न मन लाग्थ्यो । ब्लगमा सबै बिचार र सिर्जना अटाउने तथा प्रतिक्रिया लिन समेत मिल्ने भएकोले मैले ब्लगिङ पनि सुरु गरेको हुँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ  ?

केको लागि भन्दा पनि मनमा जे फुर्छ ब्लगमा हालिन्छ ।

ब्लगिङका लागि विषयवस्तु कसरी छान्नुहुन्छ ?

आजसम्म लेख्न कै लागि भनेर सोचेको छैन ।

तपाईले http://www.kayajargon.blogspot.com/ बाहेक अरु पनि चलाउनुहुन्छ ?

यहि मात्र हो अर्को छैन ।

ब्लगिङ गर्न कत्तिको सजिलो छ त  ?

सुरुमा गाह्रो लाग्थ्यो अहिले त सजिलै लाग्छ ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनुहुन्छ  ?

पाठकले मनपराउनु भएको छ, खुशी लाग्छ ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन् ?

साहित्यिक कृतिहरु पढ्न रुचाउँछु ।

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ ?

केहि हदसम्म समाबेश भएका छन्, अझै प्रयासरत छु ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुहोस न ।

त्यस्तो खासै केही छैनन् ।

केहीले ब्लगिङलाई नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त  ?

घटनाहरु साथै परि-घटनाहरु समाबेश हुनुका साथै चेतना फैलाउन मद्दत गर्ने हुँदा नागरिक पत्रकारिता भन्दा फरक नपर्ला ।

अन्त्यमा,

धन्यवाद !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service