असामाजिक बन्दै सामाजिक सञ्जाल

असोज ३ गते गणतन्त्र नेपालको पहिलो संविधान आयो । संविधानसँगै दशकलामो पट्यारलाग्दो संक्रमणकाल पनि सकियो । नयाँ संविधानले आशाका प्रशस्तै तरंगहरु ल्यायो । सँगसँगै कल्पना बाहिरको संकट नी नयाँ संविधानकै उपहार भएर आयो ।

संविधानले ल्याएको संकटलाई सार्वभौम राष्ट्र र नागरिकले आत्मनिर्भरको अवसर भन्दै मनको गहिराईबाट निस्केका भावना र सुस्केराका दोहोरी गाइरहँदा हाम्रो समाज नजाँनिदो किसिमले ध्रुबीकृत भएको त हैन भन्ने बहसमा केन्द्रित छ यो आलेख ।

अहिले जे हुदैछ वा हुन्छ भनिदैछ घटनाक्रमहरु हेर्दा लाग्छ हाम्रो समाज आगामी दिनमा तीब्र ध्रुबीकरणको दिशातीर बढ्दैछ । कसरी ? गणतान्त्रिक नेपालको नयाँ संविधान बन्ने लगभग सुनिश्चित भएयता आजसम्मका घटनाक्रमहरुप्रति आम नागरिकको अभिव्यक्तिका केही उदाहरणहरुले मेरो माथिको भनाईलाई पुष्टि गर्न सहयोग गरेका छन् ।

मात्रिका पौडेल एकजना स्थापित पत्रकार हुन् । देशमा हालैका घटनाक्रमप्रति उनी कतिसम्म आक्रोशित रहेछन् त? ट्वीटरमा उनको यस्तो अभिव्यक्तिले पुष्टि गर्छ । ट्वीटर एउटा शक्तिशाली सामाजिक सञ्जाल हो । जनमत निर्माणमा यसको योगदान नेपालमा पनि अतुलनीय हुदैछ ।

आफ्ना विचारहरु ब्यक्त गर्न सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । विशेषतः सामाजिक सञ्जालका माध्यममा पनि फेसबुक र ट्वीटरको प्रयोग गरेर आफ्ना कुरा राख्ने जमात दिन प्रतिदिन बढी नै रहेको छ । बहसलाई माथिको ट्वीट अभिव्यक्तिमा प्रयोग भएको भाषामा केन्द्रित गरौ । मात्रिका पत्रकारितासँगै सामाजिक सञ्जालमा पनि सक्रिय छन् । हालसालैका कुनैपनि घटनाको नजिक पुग्न नसक्ने आम पाठकले पौडेलको ट्वीट्को आशय बुझ्न कठिनै छ ।

नयाँ संविधान बनेपछी नेपाल भारत सम्बन्ध चिसिएको छ । भारतले हामीमाथी लगाएको अघोषित नाकाबन्दी संकट बनेको छ । संकटबाट उन्मुक्तिको खोजीसँगै नेपालमा भारतीय कदमको तिब्र बिरोध भैरहेको छ । नेपाली केवल टेलिभिजन सञ्चालकहरु पनि गत सोमबारदेखि भारतबाट प्रसारण हुने हिन्दीभाषाका अधिकांश च्यानलहरु बन्द गरेर बिरोधमा उत्रिएकाछन् ।

अचानक टेलिभिजन च्यानल बन्द गर्नु नागरिकको संबैधानिक हक बिपरित हो भन्दै सञ्चार मन्त्रालयले हठात त्यसो गर्नुपर्ने कारणबारे सम्बन्धित पक्षसँग जानकारी मागेपछि सरकार र सञ्चारमन्त्रिप्रति सामाजिक सञ्जाल ट्वीटरमा पोखिएका बिचारकै भिडमा भेटिएको हो पत्रकार मात्रिका पौडेलको उपरोक्त अभिव्यक्ति । सामाजिक सञ्जालमा प्रयोग हुने भाषा र नजाँनिदो किसिमले त्यसले फैलाउने बिद्वेषमाथिको यो छलफलमा पौडेलको ट्वीट समेटिनु संयोगमात्र हो । कुरो कसले किन यस्तो लेख्यो भन्ने भन्दा पनि सामाजिक सञ्जालजस्तो आम नागरिकको पहुँच रहेको शक्तिशाली माध्यममा लेखिने भाषा त्यस्तै हुनुपर्ने हो त ? अर्को एउटा उदाहरण हेरौँ,

प्रशान्त झा दिल्लीमा बसेर पत्रकारिता गर्छन् । नेपाल त्यो पनि खासगरी मधेशमा भैरहेका पछिल्ला गतिबिधिप्रति उनको बिशेष चासो छ । ६ दिन अगाडि उनको ट्वीटमा प्रयोग भएको भाषालाई लिएर सामाजिक सञ्जालमा उनको निकै बिरोध भयो । कैलाली घटना भएको ३२ दिनपछी टिकापुर पुगेका प्रधानमन्त्रीलाई लक्षित गर्दै लेखिएको माथिको ट्वीटमा प्रयोग भएको भाषालाई कुन श्रेणीमा राख्ने? झाकै ट्वीटलाई आधार मानेर सामाजिक सञ्जालमा प्रयोग हुने भाषा संवेदनशीलता सम्बन्धि यो अर्को उदाहरण हेरौ त :

यी केही उदाहरणहरुमा पत्रकारमात्र समेटिनु संयोगमात्रै हो । संविधान बन्ने निश्चित भएदेखि अहिलेसम्म सामाजिक सञ्जाल बिशेषगरी ट्वीटरको समिक्षा गर्दा के पाईन्छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरु स्पष्टरुपमा बिभिन्न कित्तामा उभिएकाछन् । भदौ ७ गते कैलालीको टिकापुरमा भएका घटना र त्यसपछि मधेशमा भएका घटनाहरुलाई लिएर सामाजिक सञ्जालमा व्यक्त केही प्रतिनिधि बिचारहरु जसले सद्भाव हैन घृणा फैलाउन मलजल गरेको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा एकछिन बरालियो भने जात, बर्ग, भुगोल, भाषा र धर्मप्रति घृणा फैलाउन मलजल गर्ने ट्वीटको बर्षा नै भेटिन्छ । मानिसको स्वाभाविक प्रकृति हो, कुनै कुरा आफुले भने अनुसारको नहुदाँ आक्रोश हुनु र त्यसलाई पोख्ने ठाँउ खोज्नु । र अहिले सामाजिक सञ्जालले आफ्ना विचार पोख्न राम्रै स्थान दिएको छ । तर सो स्थानको प्रयोग कसरी गर्ने भन्ने जिम्मा प्रयोगकर्ता कै हुन्छ ।

त्यसैले सामाजिक सञ्जाललाई असामाजिक नबनाऔ भन्दै गरिएका ट्वीटहरु पनि प्रशस्तै भेटिन्छन्

सामाजिक सञ्जाललाई कहिल्यै असामाजिक नबनाउँ भन्ने शान्ता चौधरी हुन् वा सरस्वती सुब्बा नै सामाजिक सञ्जालको भाषा मर्यादित हुनैपर्छ । यसलाई घृणा फैलाउने काममा प्रयोग नगरौ ।

विचार नमिल्ने वित्तिकै विरोध गरी हाल्न पर्ने अनि विरोधका लागी ब्यक्तिगत लाल्छाना र घृणा फैलाउनु नै पर्ने जस्तो गरी सामाजिक सञ्जालमा विचार दौडेका देखिन्छन् । यसले गर्दा संयमता अपनाउनु पर्ने यस्तो विषम परिस्थितीमा झनै हामी असंयम भईरहे झैँ देखिन्छ ।

घृणा, द्धेषका बाबजुद शान्ता चौधरी, सरस्वती सुब्बा, इन्द्रध्वज क्षेत्री, बुद्धि कार्की ललगायत केहीले भने सकारात्मक सन्देश प्रवाह गरि नै रहेका छन् । 

समाजिक सञ्जाल प्रयोग गर्न हामी स्वतन्त्र छौँ । हामी आफ्ना विचार राख्न स्वतन्त्र छौँ । यो अधिकार हामीलाई हाम्रो राज्यले दिएको हो । अधिकार प्रयोग गर्दा अरुलाई असर पार्नु भने हुँदैन । देशको परिस्थितीलाई मनन गर्दै सकारात्मक हुनु र सकारात्मक कुरा प्रवाह गर्नु हामी सबै जिम्मेवार नागरिकको दायित्व पनि हो ।

एमुना चापागाईँ

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service