हजार शब्दमा भन्न नसकिने कुरा एउटा फोटोबाट ब्यक्त गर्न सकीन्छ: निश्चल चापागाईँ

निश्चल चापागाईँ फोटो पत्रकारितामा दख्खल राख्छन् । निश्चलले विगत २५ बर्ष देखी क्यासीनो ब्यवस्थापनको क्षेत्रमा पनि काम गर्दै आएका छन् । ब्लगिङका लागि खासै कुनै विषयवस्तु नरोज्ने निश्चल नयाँ नयाँ ठाउँ घुम्दा खिचेका फोटोहरुलाई आफ्नोब्लगमा राख्ने गर्छन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै निश्चल चापागाईँसँग कुराकानी गरेकाछाैं । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :

सोसल मिडियामा आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ ?

म आफुलाई फोटोद्धारा आफ्नो विचार राख्ने व्यक्ति भनेर चिनाउन चाहान्छु ।

ब्लगिङ नै किन अनि कसरी शुरु गर्नुभयो ब्लगिङ ?

आज भन्दा क़रीब १५ बर्ष पहीला पत्रकारितामा पुर्ण रुपमा आबद्ध हुन नसको र आफुले खिचेका तस्बिरहरु सबैसँग  सेयर गर्न मन लागेकाले ब्लगमा राख्न शुरु गरीयो। यहि क्रममा फोटो ब्लगिङ शुरु गरीयो ।

ब्लगबारे कँहा सुन्नुभयो या कसैले तपाईलाई ब्लगबारे बतायो ?

मेरो साथी दिनेश वाग्ले र मसँगै कान्तिपुरमा थियौ । उनैको ब्लग हेरेर मैले ब्लगको बारे थाहा पाएको थिए ।

तपाईले http://presphoto.blogspot.com/   बाहेक अरु पनि चलाउनुहुन्छ <

पहिले अर्कै ब्लग चलाउँथे तर अहिले चलाउँने चाहिँ यो नै हो ।

तपाई त फोटो ब्लगिङ , अनि भन्न खोजिएका कुराहरु फोटोले नै सबै ब्यक्त गर्न सकिन्छ त ?

भनिन्छ नि हजार शब्दमा भन्न नसकिने कुरा एउटा फोटोबाट ब्यक्त गर्न सकीन्छ। मलाई पनि यस्तै लाग्छ।

तपाईको फोटो ब्लग हेरेर पाठकले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?

राम्रा नराम्रा दुबै थरीका प्रतिक्रिया आउँछन।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन ?

मलाई घुम्न निकै मन पर्छ र प्राय मेरा ब्लगिङ यस्तै नयाँ ठामको बारेमा हुन्छ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

अहिले खासै केही सम्झना छैन।

केहीले ब्लगिङला नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

ब्लगिङलाई पुर्ण रुपमा नागरिक पत्रकारिता मान्छु म किनकी ब्लगिङ गर्दा कसैको पनी कुनै किसिमको दबाब हुन्न। हामी आफै ले फुर्सदको समयमा आफुलाई लागेको विषयमा आफ्नो बिचार ब्यक्त गर्न सक्छौ आफुले खीचेका तस्बिरहरु राख्न सक्छौ।

अन्त्यमा,

धन्यवाद !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service