अहिले थुप्रै युवा लेखकहरुले अन्याय विरुद्धमा लेखेका छन्-कञ्चन खरेल

कञ्चन खरेल युवा अधिकारकर्मीका साथै स्वतन्त्र शोधकर्ता पनि हुन् । उनका प्रमुख शोध क्षेत्रहरु सामुदायिक दृढता, यूवा विकास, राजनैतिक अर्थशास्त्र तथा मानव अधिकारहरु हुन । यसका साथै कञ्चन संयूक्त राष्ट्र युवा सल्लाहाकार प्यानलको प्यानालिष्ट, संयुक्त राज्य अमेरिका युवा परिषदको भुतपूर्व सदस्य, युवा नेतृत्व संगठन-युवाको महासचिव पनि हुन् । बिकास अध्ययनमा स्नातकोत्तर गरेका कञ्चनले आफूलाई सोसल मिडिया मार्फत अपडेटमा राख्नुका साथै ब्लगिङ पनि गर्छन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै कञ्चन खरेललाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :  

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

म आफुलाई ब्लगर भन्दा पनि सर्जक भन्न रुचाउछु । मैले ब्लग केही बर्ष अघि मात्र शुरु गरेको हुँ । अहिले मैले विचार डबली पनि चलाई रहेको छु, जहाँ युवा लेखकहरुलाई आफ्ना बिचार राख्ने अवसर दिइनुका साथै सामाजिक सञ्जाल मार्फत चिनाउने काम पनि गरिन्छ ।

तपाँइको ब्लग http://www.kharelkanchan.blogspot.com मात्रै कि अरु पनि छन्?

यो बाहेक अरु कुनै ब्लग छैन । यद्यपी विचार डबली भने चलाइरहेको छु ।

आफ्नो ब्लगमा कस्ता कुराहरु राख्न बढी रुचाउनुहुन्छ?

युवाको अधिकारका विषय यस्तै गरिबी सम्बन्धी लेख अनि सामाज र बिकासका कुरा राख्न रुचाउछु, राख्दै आएको पनि छु ।

ब्लगिङ गर्न कहिले देखि थाल्नुभयो?

मैले सन् २०१२ देखि ब्लग लेख्न शुरु गरेको हो । समाज परिर्वतन भईरहेको छ । शान्ति, प्रगति तथा सम्वृद्दिका लागि कसैको विचार तथा सोचले मानिसको विचारलाई एउटा आकार दिन तथा त्यसतर्फ मानिसलाई उन्मुख गराउन सकिन्छ कि भन्ने सोचेर मैले ब्लग लेख्न शुरु गरेको हुँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ?

मैले थाहा पाएका बुझेका सुचना तथा सकारात्क सोच/विचार बाँड्नका लागि ब्लगिङ गर्छु ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन्?

युवा अधिकार, राजनितीमा युवाको सहभागिता र बिकास सम्बन्धि बिषय नै मेरा प्रथमिकताका विषय हुन् ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तर ब्लग गरिरहन या ब्लगलाइ समय दिन त  गाह्रो छ नि हैन?

ब्लगलाई निरन्तरता दिनलाई त समय ब्यवस्थापन र धैर्यता नै चाहिन्छ । यदि यस्तो गर्न नसकिए ब्लगलाई निरन्तरता दिन गाह्रो हुन्छ ।

 ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही के हो?

मलाई अध्ययन, भ्रमण अनि नयाँ नयाँ मानिससँग भेट्न मन पर्छ ।

तपाई सोसल मिडियामा पनि उत्तिकै हुनुहुन्छ । नेपालमा सोसल मिडियाको प्रयोग कस्तो  भइरहेको पाउनुभएको छ?

विशेष गरी युवाहरुले सामाजिक सञ्जाल मनोरञ्जनका लागि मात्र प्रयोग त गर्छन् तर उत्पादनशिल कामको लागि भने खासै सोच्दैनन् । यो परिर्वतन हुनु जरुरी छ । 

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ, सदुपयोग या दुरुपयोग?

मेरो विचारमा धेरै नेपाली युवाहरुका लागि अझै पनि यो नौलो बिषय नै हो । ब्लग अझै पनि नेपाली युवाहरु माझ लोकप्रिय हुन सकेको छैन । यसको कारण नेपाली शिक्षा प्रणली हो, जहाँ आधुनिक समयका प्रविधि तथा अनलाइन मिडिया र यसका उपकरण तथा प्रयोगबारे  बुझाँइदैन, पढाँइदैन ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?

म नियमित रुपमा सुरथ गिरीको http://www.surathgiri.com/ ब्लग पढ्ने गर्छु ।

आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

हो, यसको आवश्यकता छ । मानिसका चरित्र हत्या गर्न खोज्ने प्रकारका ब्लग समेत कहिलेकाँहि पढ्न पाइन्छ । यस्ता कुरालाई बन्द गर्न तथा ब्लगलाई ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिताको जरुरी छ ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालनाभएको पाउनुभएको छ?

केही हद सम्म पालना भएको छ । अपेक्षाकृत नै छ ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइदिनहोस न !

म आकर्षक शिर्षक भएका ब्लग पोष्ट नै पढ्न रुचाउछु । भद्दा खालका लेखाइ मलाइ मन पर्दैन ।

तपाई सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?

फेसबुकले मेरो ब्लग पढ्ने पाठकको संख्या बढाउन मद्दत गरेको छ । मैले मेरो ब्लगको फेसबुक पेज नै बनाएको जसले पाठकलाई मेरो ब्लगसम्म पुग्न सजिलो भएको छ ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ?

अहिले थुप्रै युवा लेखकहरुले अन्याय विरुद्धमा लेखेका छन, जसले समाजको अन्तरदृष्टि परिर्वतन गर्न मद्दत गर्छ ।

ब्लगिङलाइ कहिँकतै बैकल्पिक मिडिया अर्थात ब्यक्तिको निजी मिडियाका रुपमा पनि भन्ने गरेको पाइन्छ तर पनि यो अँझै काठमाण्डौ केन्द्रित मात्र भइरहेको छ र मोफसलमा ब्लगरहरु एकदमै कम छन भन्ने पनि गरिन्छ नि ! किन होला?

पहिलो कुरा इन्टरनेटको पहुँच नै कम छ । दोस्रो, हाम्रो शिक्ष प्रणालीले ब्लगको बारे सिकाउँदैन र तेस्रो कुरा पढ्ने तथा लेख्ने संस्कृतिको पुर्णरुपमा विकास भइसकेको छैन ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

यसमा मेरो पूर्ण सहमत छ । राज्यका अन्य निकायले हाम्रा राय तथा विचार अस्विकार गरिए पनि ब्लगले हाम्रा दृष्टिकोण राख्न मद्दत गर्छ ।

अन्त्यमा,
मेरो रिपोर्टलाई धेरै धेरै धन्यवाद । कृपया ब्लग र ब्लगरलाई प्रर्वद्धन गर्ने कार्य साह्रै नै स्रहानिय छ यसलाई निरन्तरता दिनु होला । यस्तो राम्रो कामको लागि बधाई तथा शुभकामना । 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Udaya GM on June 26, 2014 at 1:54pm
Badhai chha Kanchan Ji lai

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service