मेरोरिपोर्टमा ब्लगिङ गर्दा ध्यान दिनुपर्ने कुरा

  • यदि समाचार पोष्ट गर्दै हुनुहुन्छ भने 'news' ट्याग गर्न नबिर्सनुहोला ।
  • समाचारलाई सकेसम्म मानवीय रुचिका विषय जस्तै कुनै छोटो कुराकानी, चुट्किला वा घटनाबाट शुरु गर्नुभयो भने तपाईंको पोष्ट धेरै जनाले पढ्ने सम्भावना रहन्छ ।
  • शीर्षकहरु छोटा र आकर्षक बनाउनुस् । कुनै पनि कुरालाइृ शीर्षकमा नदोहोर्याउनुस् । शीर्षक लेख्दा के यो कुरा शीर्षकमै नलेखी नहुने महत्वपुर्ण कुरा हो ? भनेर एकचोटि घोत्लिनुस् ।
  • अनुच्छेदहरु २ वा ३ लाइनका मात्र बनाउनुस् । लामा अनुच्छेदले लेखलाइृ भद्दा देखाउँछ र पाठकमा पढ्ने इच्छा शक्ति पनि रहँदैन ।
  • आफ्ना् कुरालाई सकेसम्म छोटोमा राख्नुस् ।
  • आफ्ना पाठक बढाइराख्न अरुका ब्लगपोष्टहरु पनि पढेर प्रतिक्रिया दिने गर्नुस् । तपाईंले अरुको पोष्टमा जति प्रतिक्रिया दिनुहुन्छ, त्यति नै तपाईंको पोष्टले पनि प्रतिक्रिया र पाठक पाउने सम्भावना रहन्छ ।
  • पाठकहरुसित नियमित अन्तरक्रियामा रहनुस् र उनीहरुले दिएका प्रतिक्रियालाई खुला दिलले स्वागत गर्नुस् ।
  • तपाईं जति नियमित रुपमा लेख्नुहुन्छ, त्यति नै नियमित पाठक बन्नेछन् । पन्ध्र दिन वा एक महिनामा टप्कने व्यक्तिलाई अरुले त्यति ध्यान नदिन सक्दछन् ।
  • लेख्दै रहनुस् । कुनै लेख वा ब्लगपोष्टमा पाठक भएनन् वा प्रतिक्रिया आएनन् भनेर हतोत्साहित नहुनुस् । मेरोरिपोर्टका नियमित पाठक छन् र लेख्दै जाँदा तपाईंले तिनीहरुको मन जित्नुहुनेछ ।
  • आफ्ना पाठक बढाउनको लागि तपाइँले पनि महत्वपुर्ण भूमीका खेल्न सक्नुहुन्छ । त्यसको लागि आफ्नो पोष्टलाइ फेसबुक वा ट्वीटरमा Share गर्नुस् । वा तपाइंको पोष्टलाइ मेरोरिपोर्टको  फेसबुक र ट्वीटर अकाउन्टबाट पनि Share गरिने भएकोले हामीलाइ ट्वीटर वा फेसबुकमा पनि Follow गर्नुस् । ट्वीटरमा Follow गर्नको लागि @meroreport र  फेसबुकमा Follow गर्नको लागि http://www.facebook.com/meroreport मा गएर Like गर्नुस् । यी अकाउन्टबाट Share भएका लिङ्कहरुलाइ ट्वीटरमा Retweet र फेसबुकमा Share गर्नुस् । यसले गर्दा तपाइंको पोष्टका पाठकसंख्या धेरै गुणा बढ्ने सम्भावना रहन्छ ।
  • पाठकहरु बढाउने थप उपाय वा मेरोरिपोर्टमा ब्लगिङ गर्दा ध्यान दिनुपर्ने अन्य उपयोगी जानकारी छन् भने यही लेखको कमेन्टमा गएर थप्न सक्नुहुन्छ । तपाइंको ज्ञानले सबैलाइ लाभान्वित गर्नेछ ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Kranti Darai on January 3, 2012 at 11:18am

Super like .. and thank you .

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service