धेरै जसो सोधिने प्रश्नहरु (FAQs)

१. मेरोरिपोर्ट भनेको के हो ?

मेरोरिपोर्ट  दुइ शब्द "मेरो" र "रिपोर्ट" बाट बनेको हो जसको अर्थ आफ्नै रिपोर्ट भन्ने बुझिन्छ । यो नागरिक पत्रकार र ब्लग्गर्सहरुलाई एकै ठाउँमा ल्याउने थलो हो । यो लाखौँ प्रयोगकर्ता बीच समाचार, बिचार र दृस्टिकोण आदान प्रदान गर्ने स्थल हो ।


२. मेरोरिपोर्टमा क-कसले योगदान दिन सक्छन ?

सामान्य नागरिक, विद्यार्थी, व्यवसायी, प्राबिधिक, अप्राबिधिक पेशाकर्मी, सञ्चारकर्मी, पत्रकार र ब्लगर्सहरु जसले पनि मेरोरिपोर्टमा योगदान दिन सक्छन ।


३. मेरोरिपोर्टमा के गर्न सकिन्छ

मेरोरिपोर्टमा सदस्य भइसकेपछि तपाईले त्यहाँभित्र आफ्नो छुट्टै पाना (Profile Page) पाउनु हुनेछ, जहाँ तपाईले:

  • कुनै पनि बिषयका समाचार, रिपोर्ट, लेख ब्लगको रुपमा पोष्ट गर्न,
  • कुनै विषयमा छलफल शुरु गर्न,
  • फोटो, भिडियोहरु अपलोड गर्न,
  • साथीहरूसँग अनलाइन च्याट गर्न,
  • अरुका सामग्रीहरूमा प्रतिक्रिया दिन तथा छलफलमा भाग लिन,
  • आफ्नो समुदायमा हुन लागेको गतिबिधि प्रचार गर्न,
  • आफ्नो कुनै ब्लग भए त्यसबाट फिड (RSS Feed) लिन पनि सक्नुहुन्छ
  • फेसबुक र ट्वीटरमा जस्तै मेरो रिपोर्टमा आफ्नो Status Update गर्न
  • र उक्त स्टाटसलाइ तत्कालै तपाईको फेसबुक र ट्वीटरमा पनि लिंक Share गर्न सक्नुहुन्छ ।

यो बाहेक मेरो रिपोर्टमा नागरिक पत्रकारको रुपमा थाहा पाउनुपर्ने उपयोगी सामग्रीहरु पनि राखिएका छन् । अध्ययनका लागि ती सामग्रीहरु उपयोग गर्न पनि सकिनेछ ।


४. मेरोरिपोर्टको सामग्री कसले निर्धारण गर्ने ?

तपाईंहरुले  । तपाईंहरुले जे लेख्नुहुन्छ त्यो नै मेरोरिपोर्टमा "मेरोरिपोर्ट" भएर आउँछ । तपाईंहरु आफ्नो समाचार, बिचार प्रस्तुत गर्न स्वतन्त्र हुनुहुन्छ । कुनै पनि सामाग्री प्रस्तुत गर्नु भन्दा पहिले  "प्रयोगको शर्त" हेर्न नबिर्सिनु होला ।

 

५. मेरोरिपोर्ट कसले सन्चालन गरेको छ?

मेरोरिपोर्ट इक्वेल एक्सेस संस्थाले सन्चालन गरेको छ । इक्वेल एक्सेस सन्चारको माध्यमबाट बिकास गर्ने संस्था हो । हामीसँग अर्को भगिनी अनलाईन समुदाय "मिडियामन्च" पनि छ जुन नेपालका सन्चारकर्मीहरुको साझा अनलाईन सामाजिक सन्जाल हो । 


६. मलाई कुनै सामाग्री प्रस्तुत गर्न मन नभएमा म अरु के गर्न सक्छु ?

यदी तपाईंलाई कुनै सामग्री प्रस्तुत गर्न मन नभएमा तपाईं समाचार,लेखहरुको समालोचना गर्न सक्नुहुन्छ । यस बाहेक तपाईं नयाँ साथी बनाउन सक्नुहुन्छ । तपाईंलाई अनुचित लागेका सामाग्री र टिप्पणीको बारेमा रिपोर्ट गर्न सक्नुहुन्छ ।  


७. के मैले प्रस्तुत गरेको सामाग्री वा टिप्पणी परिमार्जित गरिन्छ ?

तपाईंको समाचार,लेख र टिप्पणी परिमार्जित गरिदैन । यदि त्यस्तो सामाग्रीहरु जुन हाम्रो शर्त बिरुद्द छ भने त्यो प्रकाशित हुँदैन र प्रयोगकर्ता सधैको लागी हटाइन्छ ।


८. यो साइटको लागी स्तरिय भाषा के हो ?

नेपाली । तर तपाइँले अँग्रेजीमा पनि लेख्न सक्नुहुन्छ ।


९.  मेरोरिपोर्टमा कसरी सम्पर्क  गर्न सकिन्छ ?

  • पैसा नलाग्ने फोन नम्बर १६६००१००४५६ मा फोन गरेर कुनै पनि समाचार वा जानकारी आफ्नै आवाजमा रेकर्ड गराउन सकिन्छ । तपाईको रेकर्ड सुनेर त्यसलाई मेरो रिपोर्टमा राखिन्छ ।
  • पैसा नलाग्ने ७१७१ मा पठाइएका एसएमएस सन्देशहरु पनि मेरोरिपोर्टमा राखिनेछ ।

थप जिज्ञाशाको समाधानका लागि cj@meroreport.net मा इमेल गर्न वा तलको ठेगानामा सम्पर्क गर्न सकिन्छः

इक्वेल एक्सेस, नेपाल

पोस्ट बोक्स्: ११८

झम्सिखेल, ललितपुर

नेपाल

फोन:

९७७-१-५०१३५०९

http://meroreport.net

 

FAQ - English Version

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service