एउटा ई-सपना

By Binaya Guragain

आम्स्टर्डम सेन्ट्रल स्टेसनमा अन्तरदेशीय टिकट काउन्टर खोज्न १० मिनेट भौतारिनु पर्योम। लामो लाइनमा बसेर टिकट हात पार्दा अर्को १५ मिनेट खर्च भइसकेको थियो। सवा ६ बजेको ट्रेन चढेर साढे ८ बजेतिर ब्रसेल्स पुग्ने मेरो योजना थियो। द्रूत गतिको अन्तरदेशीय रेलसेवा ‘थालिज्’ को टिकट हात पर्दा साँझ साढे ६ बज्यो। ब्रसेल्समा एक दिनअगाडि पुग्नुभएका दाजु गोपाल गुरागाईंसँग फोन सम्पर्क भएन।


ब्रसेल्सबाट पत्रकार सन्तोष न्यौपानेले एकछिनअगाडि गरेका दुई मिस्ड्कल देखिए। फेरी सन्तोषजीको फोन आयो। वहाँले  होटलको ठेगाना दिनुभयो। ट्याक्सीले नठगोस् भनेर होला, सम्भावित ट्याक्सी भाडा पनि बताउनुभयो।


आम्स्टर्डममा त्यो साँझ निकै जाडो थियो। बाहिर सिमसिमे पानी पनि परिरहेको थियो। सेन्ट्रल स्टेसनमा कमिलासरी मान्छेको ताँती थियो। सिमसिम पानी र अचानक बढेको जाडोले गर्दा पनि होला, सबैजना हतारमा देखिन्थे।


स्टेसनमा उपलब्ध निस्शुल्क वाइफाई सदुपयोग गर्दै मैले काठमाडौंमा श्रीमती र छोरासँग छोटो कुराकानी गरेँ। दसैंको मुखमा उनीहरू पनि मजस्तै एक्लै थिए। फेसबुक र ट्विटरमा साथीभाइ तथा सहकर्मीका सन्देशहरू पढ्दै गर्दा थालिज्को ट्रेन अगाडि लमतन्न तेर्सियो। आफ्नो सिटमा बस्न पाएकै थिइनँ, मधुर नारीस्वर गुञ्जियो, ‘गुडिरहेको रेलमा इन्टरनेटको मज्जा लिनोस्, तपाईंको यात्रा सुखमय होस्।’


आम्स्टर्डम(ब्रसेल्स, सवा दुई घन्टाको रेल यात्रामा एक्लो थिएँ म त्यो रात। घर छोडेको डेढ महिना हुनै लागेको थियो। फूलपातीको अघिल्लो दिन थियो त्यो। मन नराम्ररी न्यास्रिएको थियो। नेदरल्याण्ड्समा डेढ महिनादेखिका साथीहरू सबैलाई छोडेर आएको थिएँ। त्यसैले मन गह्रौं थियो। तर, दाजु र भाइलाई ब्रसेल्समा भेट्न पाइने कुराले भने मनलाई रोमाञ्चित पनि बनाएको थियो। ब्रसेल्सबाट हामी तीन दाजुभाइको मुख्य गन्तव्य फ्रान्सको राजधानी पेरिस थियो। कस्तो होला पेरिसरु कला र फेसनको सहर। आइफल टावर, लुभ्र युजियम, मोनालिसा, पेरिस गेट, सेन नदी। पेरिसमा थाहा पाएका ठाउँहरूको काल्पनिक तस्बिर दिमागमा फन्फनी घु न थालेको केही दिन भएको थियो। वर्षौंदेखिको सपना पूरा हुन लागेको थियो। मनमा छाएको ब्रसेल्स र पेरिसको कल्पनाले उत्साहित बनाए पनि एक्लै यात्रा गर्नुपर्दाको नमज्जा उत्तिकै थियो। यस्तो अवस्थामा दुई सय ३० किलोमिटर प्रतिघन्टाको रफ्तारमा गुडिरहेको रेलमा निस्शुल्क इन्टरनेटको सुविधास बन्धी जानकारीले थोरै भए पनि राहत भने दिएको थियो।


नेदरल्यान्डस्को सानो सहर हिलभर्सम छोड्नुअघि मैले फेसबुक वालमा लेखेँ, ‘ब्रसेल्स कलिङ।’ त्यो स्टेटस पढेर सहकर्मी डोरोथीले सानफ्रान्सिस्कोबाट कमेन्ट गरिछन्, तिम्रो स्टेटसले मेरो बूढालाई ईष्र्या लाग्यो रे। ऊ भन्दैछ, बियर सोखिनका लागि ब्रसेल्स युरोपको राजधानी नै हो। डेढ महिनाको नेदरल्यान्डस् बसाइमा हेन्निक्यैनदेखि विभिन्न ब्रान्डका युरोपेली बियरको स्वाद चाखिसकेको मलाई उनको कमेन्टले ब्रसेल्सको बियर चा न उत्प्रेरितमात्र गरेन, अधैर्य नै बनाइसकेको थियो। मैले गुडिरहेको रेलबाटै कमेन्ट लेखेँ, ‘अवश्य, म त्यो मौका गुमाउन चाहन्नँ।’ एक्लो यात्रामा साथी भएको थियो इन्टरनेट।


नेपालमा पनि अहिले केही बस सेवा प्रदायकले काठमाडौं(पोखरा, पोखरा(चितवन(काठमाडौं चल्ने बसमा इन्टरनेट सेवा दिन थालेका छन्। गुणस्तरीय सेवा नभए पनि त्यस्तो प्रयासलाई सम्मान गर्नुपर्छ। त्यो रात मैले गुडिरहेको रेलभित्रबाटै ट्विट गरेँ, ‘नेपालमा पनि रेल सेवा होस्, रेलभित्र फास्ट इन्टरनेट होस्, संसारसँग जोडिएरै, अद्यावधिक सूचनाहरू ग्रहण गर्दै, बाँड्दै, आफ्नाहरूसँग च्याट गर्दै यात्रा गर्न पाइयोस्, यस्तो दिन आओस् जहाँ टाढा भएर पनि सँगै भएको अनुभूति गर्न पाइयोस्।’ मेरो कल्पना पूरा हुन वर्षौं लाग्न सक्छ भन्ने मलाई राम्ररी थाहा थियो। तर, आँखा खोलेर देखिएको सपना पूरा हुनसक्छ।


सूचनाप्रविधिको तीव्र विकास र विस्तारले पनि मजस्तै दिउँसै सपना देख्नेहरूलाई सजिलो बनाएको छ। हरेक मान्छेका हातमा मोबाइल फोन होस्। जिन्दगीलाई प्रविधिले सजिलो बनाइदेओस्। नेपालीले आर्थिक उन्नति र प्रगतिका लागि इन्टरनेट, अत्याधुनिक प्रविधि र उपकरण प्रयोग गर्न पाऊन्। रोजगारका लागि विदेशी भूमिमा पसिना बगाउने श्रमिकले श्रम बेच्नका लागि भर्चुअल दुनियाँलाई रोजून्।


म नेदरल्यान्डस्बाट बेल्जियम पुगेको थिएँ। भोलिपल्ट ब्रसेल्सबाट पेरिस हिँड्ने बेलामा मोबाइल सिमकार्ड रिचार्ज गर्न छुटेछ। दाजु र मेरो दुवै मोबाइलमा अन्तरदेशीय कलका लागि न्यूनतम शुल्क पनि थिएन। सानो गल्तीले गर्दा ब्रसेल्सबाट पेरिस जाने एउटा ट्रेन छुटिहाल्यो। अब हामी पेरिस पुग्न एक घन्टा ढिलो हुने पक्का थियो। पत्रकार दाजु दधिराम सापकोटा हामीलाई लिन पेरिस मेट्रो स्टेसनमा आइसक्नुभएको थियो। ढिलो हुने भो भनेर अब कसरी खबर गर्नेरु समाधान निस्कियो, गुडिरहेको रेलबाटै ईमेल पठाउने।


सहज किसिमले ईमेल पठाइसकेपछि हामी तीनजनाले फेरि मस्तिष्क मन्थन गर्यौ , ‘हाम्रो देशमा कहिले यस्तो होलारु’ बिहान साढे १० बजेतिर हामी पेरिसमा उत्रियौं। दुई दिन पेरिस घुमेर फर्किंदा पनि तीव्र रफ्तारको रेलमा निस्शुल्क इन्टरनेटको सेवा लिँदै पेरिसबाट आम्स्टर्डम पुग्दा रातको ११ बजेको थियो। हिल्भर्समनजिकै बुसुमको होटल बास्टियन पुग्दा केही साथी मलाई पर्खिरहेका थिए। म कति बेला पेरिसबाट हिँडे, कति बेला आ स्टर्डम पुगेँजस्ता जानकारी उनीहरूसँग थियो। गुडिरहेको रेलभित्र उपलब्ध इन्टरनेट सुविधाले नै मलाई उनीहरूसँग सेकेन्डसेकेन्डमा जोडिरहेको थियो।


होटलमा पुगेर निदाउने बेलास म पनि आँखा खोलेर म भने सपना देखिरहेको थिएँ, ‘मेरो देशमा पनि यस्तो दिन आउनेछ, अवश्य आउनेछ। मात्र ढिलोचाँडोको कुरा हो।’

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service