धेरैले ब्लग पढिसकेपछि कसलाई सम्झेर लेखेको भनि प्रश्न गर्नुहुन्छ: उज्वल ढुंगाना

उज्वल ढुंगानाको स्थाई घर सर्लाही हो । उनी ब्यवस्थापनका विद्यार्थी हुन्। फिल्म र साहित्य बिशेष रुचि राख्ने उज्वल आफुलाई सोसल मिडियामा सक्रिय अनि साधारण मानिस भन्न रुचाँउछन् । उनी ब्लग लेखनमा पनि सक्रिय छन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै उज्वल ढुंगानालाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :

आफुलाई सोसल मिडियामा कसरी चिनाउन चाहानुहुन्छ ?

एउटा सामान्य नागरिक जो आफु वरपरको समाजको हरेक क्षेत्रका बारेमा केही जान्न चाहने वा आफुले थाहा पाएको कुरा भन्ने सोसल मिडिया प्रयोगकर्ता ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो ?

डेढ बर्षजति भयो होला ।अरुको ब्लग देखेर रहर लाग्यो । फुटकर रुपमा  लेख्ने आफ्ना रचनाहरुलाई थन्क्याउने डब्बा भेटाएँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ?

फुर्सदको सदुपयोगकै लागि प्रयोग गर्ने गर्छु । बिषयवस्तु यही नै भन्ने त छैन तर बिशेष रुची साहित्यमा भएको हुनाले आफुले कनिकुथी लेखी टोपलेका कुराहरुलाई नै बिषयवस्तु बनाउँछु ।

तपाईले https://dhunganaujjwal.wordpress.com/  बाहेक अरु पनि चलाउनु हुन्छ कि?

यही एउटा मात्र हो ।

ब्लगिङ गर्न कत्तिको सजिलो छ त ?

गाह्रो र सजिलो त ब्लगको बिशेषता हेरेर फरक होला । मेरो लागि चैँ ब्लगिङ गर्नु निकै गाह्रो काम हो ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनुहुन्छ ?

सबैले माया गर्दिनुहुन्छ । हौस्याउनुहुन्छ । त्यसमै रमाइलो लाग्छ । लेख्ने उत्साह बढ्छ ।

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङप्रति आर्कषित भईरहेका छन, नेपाली ब्लगिङको प्रयोगलाई कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग ?

पछिल्लो समयमा ब्लगिङ निकै फस्टाएको छ । यसलाई सकारात्मक रुपमा लिन्छु । अहिलेको समय भनेकै अभिब्यक्तिको हो जस्तो लाग्छ । एउटा कोठामा बसेर आफ्नो विचार अरुलाई पढाउनु वा अरुको विचार आफुले पढ्नु नै अबको विकास हो ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ। तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

छैन, सबै मान्छे आफैमा सहि हुन्छन् । तैँले गलत गर्दैछस् वा तँ गलत होस्, भनेर कसैले औँला उठाउनु भनेको अर्काको उपस्थिति स्विकार गर्न नसक्नु हो । यो प्रविधिको युग हो ।  त्यसैले ब्लगिङ आफैमा स्वतन्त्र हुनुपर्छ । तर यसको अर्थ यो हैन कि जे मन लाग्यो त्यो पोष्ट गर्नुस् ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइदिनुहोस न !

खास्सै त्यस्तो घटना त केही छैन । तैपनि धेरैजनाले ब्लग पढिसकेपछि त्यहाँ भएका सामाग्रीलाई लिएर कसलाई सम्झेर लेखेको वा को हो जस्ता टाइपका प्रश्न धेरै गर्नुहुन्छ ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

प्रत्येक नागरिक आफैँमा संचारको श्रोत हो । त्यस्ता कैयौँ ब्लगहरु हामीले हेर्न पाइरहेका छौ जुन आफैमा संचारका साधन जस्ता छन् । जसले नागरिक पत्रकारिताको प्रत्याभुति पनि गराइरहेको छ ।

अन्त्यमा,

मेरो रिपोर्टले नेपाली ब्लगरहरुलाई एउटा ठाउँ दिएको छ । जसले गर्दा ब्लगरहरुलाई आउने दिनमा अघी बढ्न झन् ठुलो उत्प्रेरणा मिलेको छ ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on October 7, 2015 at 1:07pm

बधाई छ उज्वल साताका ब्लगर भएकोमा । :) 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service