ब्लग निजी र व्यक्तिगत सोच र विचारलाई सार्वजनिक गर्ने एउटा माध्यम हो : सुनिल साह

लहानका सुनिल साहलाई युवाहरुका लागि युवासँगै मिलेर काम गर्नमा विशेष रुचि छ ।सुनिलले आशा र खुशि सिद्धान्त (Hope and Happy Theory) नामक फेसबुक पेज मार्फत सकारात्मक सोच अभिवृद्धि अभियान समेत सञ्चालन गरिरहेका छन् । समाज र युवाका लागि उपयोगि सूचना आफु सम्म आईपुग्ने बित्तिकै सोसल मिडिया मार्फत युवाहरुसम्म पुर्याउन सक्रिय सुनिल समग्र जन उत्थान केन्द्रसँग समेत आबद्ध छन् । चार महिना अघि मात्र ब्लग लेखनमा लागेका उनी निरन्तर ब्लगिङ गरिहेका छन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै सुनिल साहसँग कुरा गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 

सुनिल साहलाई  सोसल मिडियामा के भनेर चिनाउन चाहानुहुन्छ ? बताइदिनुस न ।

 म आफुलाई सामाजिक अभियन्ता भनेर चिनाउन चाहन्छु ।

 ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी  सुरु गर्नुभयो ?

 मलाई ब्लगिङ गर्न आउदैनथ्यो । एक्वेल एक्सिसद्धारा लहानमा यसै वर्ष फेरवरी महिनामा आयोजना गरिएको तालिममा सहभागि भए पश्चात नै मैले आफनो ब्लग बनाएर नियमित रुपमा अपटेड गर्दै आएको छु ।

 केका लागि ब्लगिङ गर्नुहुन्छ ? कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन ?

आफुले लेखेका लेख तथा रचनाहरु राख्न नै ब्लगिङ गर्छु भन्दा नि हुन्छ । मेरो रोजाईको विषय भने  समाजसँग जोडिएका विषयवस्तु जस्तै सामाजिक, आर्थिक, तथा स्थानीय विकासका सवालहरु हुन् ।

 तपाईले http://samagranepal.blogspot.com/ बाहेक अरु पनि चलाउनु हुन्छ रु  अनि ब्लगिङलाई निरन्तरता दिन कत्तिको सजिलो छ  त ?

 छैन, यो मात्र मैले खोलेको पहिलो र अन्तिम ब्लग हो । सहज इन्टरनेटको पहच नहुँदा निरन्तरता दिन समस्या भने हुन्छ ।

 तपाई सोसल मिडियामा पनि उत्तिकै हुनुहुन्छ । नेपालमा सोसल मिडियाको प्रयोग कस्तो  भइरहेको पाउनुभएको छ ?

राम्रो पनि छ र केही असामाजिक क्रियाकलापहरु समेत सोसल मिडियाबाट भइरहेको मैले पाएको छु । जस्तै फेक आइडी वनाएर गलत सुचना सम्प्रेषण गर्ने, गोपनियताका कुरा सार्वजनिक गरिदिने र सबैभन्दा वढि राजनैतिक दलका व्यक्तित्वहरुको चारित्रिक हत्या हुने गरि स्टाटस, कार्टुन फोटोहरु अपलोड गर्ने कार्यले सोसल मिडियाको प्रभावकारीतामा प्रश्न खडा गरिरहेको अवस्था छ । तापनि यसको सकारात्मक प्रभाव निकै बलियो छ । हालै मात्र नेपालमा आएको महाविनाशकारी महाभुकम्पको अवधिमा भौतिक, मानवीय सहायता संकलन गर्न र समाजलाई क्रियाशील बनाउन फेसवुक, ट्वीटर, भाइवर लगायत सोसल मिडियाले खेलेको भुमिका निकै सरहानीय रहेको हामी सबैले अनुभव गरेकै हुनु पर्छ ।

अरुका ब्लग कत्तिको पढ्नु हुन्छ रुविशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् ?

राजनैतिक नेतृत्व वर्ग र सामाजिक अभियन्ता साथै साहित्यकारहरुको ब्लग अध्ययन गर्ने गर्छु । जसबाट वँहाहरुको व्यक्तिगत विचार र दृष्टिकोण बुझन सहज हुन्छ । मोहन मैनाली सरको ब्लग म प्रायः पढछु ।

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङको आर्कषित भई रहेका छन, नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग रु अनि कस्तो देख्नु हुन्छ  ब्लगिङको भविष्य ?

खासगरी फेसबुकमै मात्र युवाहरु रमाई रहेका बेला नेपाली युवाहरुका लागि ब्लगिङ नयाँ र नौलो विषय हो ।  तर धेरै मात्रामा सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरुले ब्लगिङ्ग गरिरहेको मैले पाएको छु । विदेशमा रहेका नेपाली युवाहरुले धेरै ब्लगिङ गर्ने गरेको मेरो अनुभव छ । इन्टरनेटको सहज पहुँचसंगै ब्लगको  प्रयोगमा वृद्धि हुनेमा म आशावादी छु ।

मोफसल तिरबाट अझै पनि ब्लगहरु उल्लेख्य मात्रामा आउन सकेका छैनन्, तपाईको विचारमा किन यस्तो भएको होला ?

इन्टरनेटको सहज पहुँच नहुनु, इन्टरनेट र सोसल मिडियालाई मनोरंजनका साधनको रुपमा मात्र प्रयोग हुनुले नै मोफसलको उपस्थिति न्यून भएको हो जस्तो लाग्छ ।

हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?

यी सबैको आ–आफ्नो भुमिका र विशेषताहरु रहेका छन् । सबैको प्रयोग सबै ठाँउमा नहुन पनि सक्छ । खासगरि छोटो प्रतिकृयाका लागि ट्वीटर, आफुले गरेको काम वा देखेको घटनालाई सार्वजनिक गर्न फेसवुक र लेख तथा रचना अनि निजी विचार अभिव्यक्त गर्न ब्लगको प्रयोग गरिएको मैले पाएको छु ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ ?

खासै त पाएको छैन तर पनि साहित्य सृजना गर्नेहरुको ब्लग चाहि सामाजिक चिन्तनका साथ लेखिएको पाएको छु । 

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

ब्लग  निजी र व्यक्तिगत सोच र विचारलाई सार्वजनिक गर्ने एउटा माध्यम हो  यो पत्रकारिता होइन तर पनि भविष्यमा आउन सक्ने जटिलतालाई मध्यनजर गर्दै एउटा आचारसंहिता बनाउँदा राम्रो नै होला ।

 ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस् न ?

 मैले आफनो व्लगमा लहान नगरको अवस्था र संम्भावनाका बारेमा एउटा लेख राखेको थिए । उक्त लेखलाई लहान नगरपालिका कार्यालय र स्थानीयले निकै रुचाएका थिए ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

नागरिक पत्रकारिता भन्दा पनि सामाजिक पत्रकारिता भन्दा कसो होला रु किनकी पत्रकारिता पनि नागरिकले नै गरिरहेको हुन्छ, तसर्थ म चाहिँ ब्लगिङलाई सामाजिक पत्रकारिता भनि भन्न रुचाउँछु ।

अनि ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन ?

म समाज रुपान्तरणका लागि व्यक्तिगत सोचमा, व्यवहारमा र दृष्किोणमा परिर्वतनका लागि समुदायमा अभियान संचालन गर्नमा मेरो रुचि रहेको छ ।

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ ?

विस्तारै समेटदै लगिरहेको छु । अझ धेरै काम गर्न बाँकी छ ।

अन्त्यमा, 

धन्यवाद !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service