यसपालीको महाबिपत्तिमा फेसबुक र ट्विटर नै सबैभन्दा भरपर्दो सुचनाको माध्यम बने-सुमन लुँईटेल

नयाँ ठाउँ घुमेर त्यस ठाँउका बारे लेख्न मन पराउने सुमन लुँईटेल पूर्वी पहाडी जिल्ला ओखलढुंगाको बलखुमा जन्मिएका हुन् । पत्रकारिता तथा आमसंचारमा स्नातकोतर गरेका सुमन अहिले नेपाल ल क्याम्पसमा एलएलबी तेश्रो वर्षको परिक्षाको तयारीमा छन् ।

फोटोग्राफीमा पनि विशेष रुची राख्ने सुमन विगत ५ वर्षदेखि युथ भिजन मिडिया सर्भिसेज प्रा.लि.मा कार्यकारी निर्माताका रुपमा कार्यरत छन् । यसका अलवा सुमन ओरियन्ट कलेजमा प्लस टु र स्नातकलाई पत्रकारिता विषय समेत अध्यापन गराउँछन् ।

घुमफिर, फोटोग्राफी तथा अध्यापनका अलावा सुमन ब्लग लेखनमा समेत उत्तिकै सक्रिय छन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै सुमनसँग कुराकानी गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :

आफूलाई सोसल मिडियामा कसरी चिनाउन चाहनुहुन्छ? 

म एउटा समान्य नेपाली नागरिक हुँ । जो धेरै नेपाली युवाहरु जस्तै आफूलाई मन लागेका कुरा व्यक्त गर्न बढि भन्दा बढि सोसल मिडियाको प्रगोग गर्छु । सूचनाको प्राप्ति र सम्प्रेषणका लागि सोसल मिडिया प्रयोग गर्ने आमसंचारको विद्यार्थी भन्न रुचाउँछु म । 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो?

नेपालमा सोसल मिडिया प्रयोगमा आउन थालेको प्रारम्भिक चरण देखि नै म यसको प्रयोगकर्ता हुँ । मैले ब्लगिङ गर्न थालेको ०६२/६३ को जनआन्दोलनको समय देखि हो । त्यो समयमा म www.nepaleyes.com नामक अनलाईनमा रिपोर्टिङ गर्थे । तर आफूले देखेका र भेटेका सबै सूचना र तस्विरहरु त्यो अनलाईनमा प्रयोगमा आउँदैनथ्यो । त्यसैले मैले त्यहिबेला www.ganatantra.cjb.net भन्ने ब्लग चलाएको थिए । पछि त्यो ब्लग कतैबाट ह्याक भयो । त्यसपछि मैले आफनै नाममा sumanluitel.blogspot.com  खोले र ब्लग चलाउँदै आएको छु । यो ब्लग शुरु गरेको ६ बर्ष जति भयो ।

केका लागि ब्लगिङ गर्नुहुन्छ?

म रिपोर्टिङको सिलसिलामा विभिन्न ठाउँमा पुगिरहेको हुन्छु । धेरै मान्छेहरुसँग भेटघाट भईरहन्छ । ति सबै विषय समाचारका रुपमा मैले काम गर्ने मिडियाबाट बाहिर जाँदैनन । त्यस्ता विषयलाई मैले ब्लगमा राख्ने गरेको छु । विषयवस्तुका हिसाबले मेरो ब्लगमा यहि नै भन्ने फोकस चै छैन । कतिपय अनलाईनहरुमा आएका राम्रा विषयलाई साभार गरेर पनि राख्छु । खासगरी यात्रा संस्मरण र  अनुभवहरु मेरो ब्लगमा धेरै छन् ।

तपाँईको हालको ब्लग http://www.sumanluitel.blogspot.com/ मात्रै कि यस बाहेक अरु पनि चलाउनुहुन्छ?

मैले वल्र्ड प्रेस डट कम मा पनि एउटा ब्लग शुरु गरेको थिएँ । तर त्यसलाई मैले निरन्तरता दिन सकिन । त्यसैले अहिले http://www.sumanluitel.blogspot.com/ मात्रै संचालन गरिरहेको छु ।

खासमा मैले ब्लगकै लागि भनेर निश्चित समय छुट्टयाउँदिन । फुर्सदमा भएको बेला, मुड चलेको समयमा जहिले पनि ब्लग लेख्छु । अपडेट गर्छु । त्यसैले ब्लगिङलाई निरन्तरता दिन त्यत्ति गाह्रो वा असजिलो लाग्दैन ।

तपाई सोसल मिडियामा पनि उत्तिकै हुनुहुन्छ। नेपालमा सोसल मिडियाको प्रयोग कस्तो  भइरहेको पाउनुभएको छ?

नेपालमा अहिले धेरै मानिसहरुमा सोसल मिडियाको पहुँच पुगेको छ । यो एकदमै राम्रो र सकारात्मक कुरा हो । तर कतिपय अवस्थामा यसको गलत प्रयोग भइरहेको देखिन्छ । विभत्स दृष्यहरु, कतिपय व्यक्तिहरुको गोपनियता हनन हुने कुराहरु आइरहेका हुन्छन् । यो गलत छ । तर सूचना सम्प्रेषणका लागि सोसल मिडियाले सबै नागरिकलाई पहुँच दिएको छ । यो सहि छ ।

यसपालीको महाविपत्ति कै सन्दर्भमा हामी कुराकानी गर्दैछौँ, यसपालीको विपदका बखत सोसल मिडियाको भुमिका कस्तो पाउनुभयो?

यसपालीको महाविपत्तिमा सोसल मिडियाले निकै राम्रो भूमिका निर्वाह गर्‍यो। विभिन्न दूर्गम बस्तीमा भएको क्षति, राहत तथा उद्धारका कामको बारेमा तत्कालै सूचनाहरु आइरहेको थियो ।

सोसल मिडियामा पनि धेरै विविधता छन् । विपदका बेला सबैभन्दा भरपर्दो सुचनाको माध्यम कुन भयो तपाईको बिचारमा?

फेसबुक, ट्वीटर र विभिन्न अनलाईन समाचार माध्यमहरुले यो विपदको बेला सूचना सम्प्रेषणमा अगाडी देखिए । तर पनि खासगरी यसपालीको महाबिपत्तिमा फेसबुक र ट्विटर नै सबैभन्दा बढि भरपर्दो सुचनाको माध्यम बने जस्तो लाग्छ ।

यस माहाविपका विषयवस्तुहरुलाई आफ्नो ब्लगमा कत्तिको समेट्नुभयो?

मैले यो समयमा एउटा ब्लग मात्रै लेखे । त्यस बाहेक समय अभावका कारणले गर्दा मैले धेरै सामग्रि ब्लगमा राख्न सकेको छैन ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ?
म अरु साथीहरुको ब्लग पनि हेर्छु । नियमित रुपमा मैले हेर्ने ब्लगमा आकार पोष्ट, कलियुगका कुरा हुन । यी बाहेक पनि सूचना र प्रविधिसँग सम्बन्धित अन्य ब्लगहरु पनि हेर्छु ।

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङ्गप्रति आर्कषित भईरहेका छन, नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग?
पछिल्लो समयमा धेरै नेपाली युवाहरु ब्लगिङ्प्रति आर्कषित भई रहेका छन, यो अवश्य पनि सरकात्मक कुरा हो । सबै मानिसहरुको मिडियामा पहुँच नहुन सक्छ । यस्तो अवस्थामा ब्लगको माध्यमबाट आफूलाई लागेका कुरा बाहिर ल्याउन यो एकदमै राम्रो प्लेटफर्म बनिरहेको छ । तर पनि ब्लगिङको सदुपयोग मात्रै भएको छ भन्ने चैँ होइन । कतिपय अवस्थामा यसको दूरुपयोग पनि भइरहेको छ । यो गलत छ । नत्र भने सूचना सामग्री सम्प्रेषण गर्न र आफना कुराहरु राख्न ब्लग निकै उपयोगी छ । ब्लगको भविष्य मैले राम्रै देख्छु ।

हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो?

कुनै पनि विषयमा केहि लामो लेख लेख्नुपर्‍यो र धेरै फोटोहरु पोष्ट गर्नु पर्‍यो भने ब्लग र फेसबुकका वाल उपयुक्त छन् । अब ट्विटरमा अक्षरको सिमा छ जसले गर्दा धेरै लामो लेख्न सकिन्न ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ?

कहिलेकाहिँ ब्लगमा सामाजिक हितका विषयमा पनि कतिपय कुराहरु आउने गरेका छन् तर अधिकांश ब्लगहरु व्यक्तिगत कुराहरुमा बढि केन्द्रित देखिन्छन् ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ । तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

अहिले पनि कतिपय ब्लगहरुले सामाजिक मूल्य र मान्यता विपरितका सामग्रीहरु दिने, सूचनाहरु पुष्टि नगरिकन बाहिर ल्याउने गरिरहेका छन् । यस्तो बेलामा ब्लगिङलाई मर्यादित बनाउन आचारसंहिता एकदमै जरुरी छ । 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

करिव ३ वर्ष अगाडी म एउटा साथीको विवाहमा भाग लिन स्वयम्भुस्थित पार्टी प्यालेसमा गएको थिए । एकजना अपरिचित ब्यक्ति मेरो छेउमा आएर तपाईको ब्लग म पढ्छु भन्दै मलाई ब्लगबाट चिनेको बताए । यो मेरो लागि बिल्कुलै नयाँ अनुभव थियो । अहिले ती व्यक्तिसँग मेरो फेसबुकमा साथी पनि छन् । बेला बेलामा कुराकानी पनि भइरहन्छ । 

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

मलाई चाहिँ त्यस्तो लाग्दैन । पत्रकारिता र ब्लगिङ विशुद्ध फरक विषय हुन् । दुबै कुरा संचारमाध्यमबाटै आउने भए पनि पत्रकारिता र ब्लगमा विषयवस्तुको गहनता, जिम्मेवारीपन, पुष्टयाँई जस्ता विषयहरु भिन्न छन् । ब्लगिङलाई नागरिक पत्रकारिता भन्दा पनि ब्लगिङकै रुपमा राख्दा राम्रो होला जस्तो लाग्छ ।

अन्त्यमा,

धन्यवाद

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on June 18, 2015 at 10:37am

Congratulations Suman jee ! 

Comment by Amuna Chapagain on June 18, 2015 at 10:31am

Congratulations ! 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service