ब्लग भनेको आफ्ना कुरा स्वतन्त्र रुपमा राख्ने थलो हो-सुवर्ण तण्डुकार

ओलिभ मिडियामा एनिमेटर र ई-लर्निङ डेभलोपरको रुपमा कार्यरत सुवर्ण तण्डुकार, बास्केटबल कोच पनि हुन् । सुवर्णलाई डिजे गर्न पनि असाध्यै मन पर्छ भने उनी स्वतन्त्र फोटोग्राफर पनि हुन् । उनी सामाजिक अभियान्ता पनि हुन् । ब्लगलाई आफ्ना भोगाई ब्यक्त गर्ने माध्यम मान्ने तण्डुकार सोसल मिडियाका साथ साथै ब्लग लेखनमा पनि सक्रिय छन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा हामीले उनै सुवर्ण तण्डुकारलाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँगको कुराकानी :  

सुवर्ण तण्डुकारलाई के भनेर चिन्ने अलिकति आफ्नो बारे बताइदिनुस न । 

त्यस्तो विशेष केही छैन । मलाई सुवर्ण तण्डुकार नै भनेर चिनेको मनपर्छ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ?

सोसियल मिडियामा पनि आफ्नै नाम सुवर्ण तण्डुकारले नै चिनिन चाहान्छु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो ?

मैले सन् २०१२ ग्लोबल प्लेटफर्ममा तालिम लिएपछि ब्लगिङ गर्न शुरु गरेको हुँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ?ब्लगिङका लागि समय कसरी मिलाउनु हुन्छ ?

म प्राय:जसो परम्परागत र साँस्किृतिक विश्वासहरु, सामाजिक विभेदहरुमा जनचेतना होस भनेर ब्लग लेख्ने गर्छु । 

म ब्लगकै लागि भनेर समय दिएर लेख्ने भने गर्दिन । म बोल्न सहि विषय हो भन्ने भए पछि मात्र लेख्ने गर्छु । लेख्दा भने कार्यलयको काम सकिए पछि मेरो सहज वातावरण भयो भने लेख्ने गर्छु ।

आफ्नो ब्लगमा के कुराहरु राख्न बढी रुचाउनु हुन्छ ?

म समाजमा भईरहेका परम्परागत विश्वासहरुका विरुद्धमा अल्लि ब्यंगात्मक लेख लेख्छु । अनि यस्तै कुरा नै राख्न रुचाउँछु । जसलाई पढेर मानिसहरुले केही बुझुन् भलै आ-आफ्नै तरीकामा किन नहोस ।

तपाँइले चलाउने ब्लगहरु कुनकुन हुन ? http://subarnatandukar.blogspot.com/ बाहेक अरु पनि छन् ?

अहँ छैन । यो नै एक मात्र हो ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तर ब्लग गरिरहन त गाह्रो छ नि है !

हो, निरन्तरता दिन त गाह्रो नै छ अझ पाठकले रुचाउने र आकर्षित हुने बिषयहरु पत्ता लगाउन नि उत्तिकै गाह्रो छ ।

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग ?

मेरो लागि त सकारात्मक नै छ । ब्लगमा म मेरो भोगाइृका हरेक कुरा लेख्न सक्छु ।

ब्लगिङ बाहेक तपाँइको अर्को रुचीको बिषय चाँही के हो ?

फोटोग्राफी मेरो अर्को रुचिको विषय हो ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ ?

अरुका ब्लग एकदमै कम पढ्छु । मलाई केही सन्देश भएका लेख र ब्लग पढ्न मन पर्छ ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ?

धेरै हद सम्म सामाजिक हितमै छन । कम से कम मैले पढ्ने गरेका ब्लगहरु चै सामाजिक हितमै देखेको छु ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

ब्लग भनेको आफ्ना कुरा स्वतन्त्र रुपमा राख्ने थलो हो । त्यसैले कुनै पनि कुराले त्यसलाई बाँध्नु हुदैँन जस्तो लाग्छ । तर ब्लगरहरु आफैले स्व-अनुशासन भने पालना गरेको राम्रो हो ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

मैले केही समय अगाडी केही साथिहरुको अनुभवलाई समेटेर 'हन्टेड सिटी काठमाडौं' भनेर ब्लग गरेको थिए । पछि त्यो ब्लगमा आइसके पछि मैले धेरै प्रतिक्रिया पाएँ र थाहा पाएँ कि त्यो त अरु युवाको पनि अनुभुति रैछ ।

तपाइ सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरु ब्लग, ट्विटर र फेसबुकमा के फरक पाउनुभयो ?

अरु सोसल मिडियाहरुमा अल्लि भिडभाड छ । त्यसमा पनि फेसबुक साथीभाई तथा आफन्तहरुसँग कुरा गर्ने माध्यम बनेको छ भने ट्विटर छिटो सुचना पाउने माध्यम । तर ब्लगका भने पाठक पनि अल्ली कम भएकाले उनीहरु बिच पुग्न भने सकिन्छ ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

आम नागरिकले आफ्नो परिवेश, ठाँउ र अनुभुति अनुसारले नै ब्लग लेख्ने भएकाले केहीहदसम्म मान्न सकिन्छ ।

अन्त्यमा,

धन्यवाद ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Amuna Chapagain on October 16, 2014 at 5:14pm

Congratulations Subarna !!! 

Comment by Prakash Lamichhane on October 16, 2014 at 4:59pm

Congratulations !!!! 

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service