सनसनीपूर्ण शिर्षक दिदैँ ब्लग सस्तो लोकप्रियताका लागि पनि प्रयोग भएका छन् : सौगात गौतम

राजनिती शास्त्रमा स्नाकोत्तर सौगात गौतम एक गैरसरकारी संस्थामा कार्यरत छन् । सन् २०१० देखी रोट्रयाक क्लबमा आबद्ध सौगात नेतृत्व विकास प्रशिक्षक पनि हुन् । क्रिकेट र फुटबल खेल्न रुचि राख्ने सौगातलाई ब्लग लेखनमा पनि उत्तिकै रुचि छ  । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै सौगात गौतमसँग कुराकनी गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :   

आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ ?

युवाहरुको सानो प्रयास र सहभागिताले समाजमा सकारात्मक परिर्वतन ल्याउन सकिन्छ भन्ने कुरामा विश्वास गर्ने साधारण नेपाली युवा भनेर चिनाउन चाहान्छु ।

ब्लगिङ किन र कसरी ब्लग शुरु गर्नुभयो ?

हामीले आफ्नै वेबसाइट बनाउन सक्छौ भन्ने मैले कतै सुने र ब्लगस्पटमा ब्लग बनाए तर म खासै सक्रिय ब्लगर भने थिईन । म विभिन्न सामाजिक सञ्जालहरु मार्फत सामाजिक तथा राजनैतिक सवालमा आफ्ना विचारहरु  ब्यक्त गर्थे । पछि साथिहरुले ब्लग लेख्न सुझाव दिए पछि म ब्लग मै सक्रिय हुन थाले । अहिले भने  मैले वर्डप्रेस मार्फत आफ्ना कुराहरु ब्यक्त गर्न थालेको छु । 

केका लागि ब्लगिङ गर्नुहुन्छ ? ब्लगिङका लागि विषयवस्तु कसरी छान्नुहुन्छ ?

म खास गरि समयसापेक्ष सामाजिक र राजनितीक विषयमा लेख्ने गर्छु । तर ठ्याक्कै यही विषयवस्तु भन्ने चाहिँ छैन । जुन कुरामा लेख्न सक्छु र लेख्नु पर्छ भन्ने लाग्छ, लेख्ने गर्छु ।

तपाईले https://gautamsaugat.wordpress.com/  बाहेक अरु पनि चलाउनुहुन्छ ? 

केही साथिहरु मिलेर  भ्वाईस ईन क्राईसिस नामक ब्लग चलाउने योजनामा छौँ । जसमा अहिलेको राजनितिक अवस्थाले गर्दा नेपालीहरुले अहिले सामना गर्नु परिरहेको संकट बारेका कुराहरु हुनेछन् ।

तपाई त  विभिन्न संस्थामा पनि आबद्ध हुनुहुन्छ, निकै ब्यस्त रहनुहुन्छ होला, कसरी समय मिलाउनुहुन्छ ब्लगिङलाई ?

ब्लग कै लागि भनेर समय चाहिँ छुट्याउदिन । फुर्सदको समयमा मात्र लेख्ने गर्छु ।

अनि ब्लगिङ गर्न कत्तिको सजिलो छ  त ? 

कम्प्यूटरको साधारण प्रयोग गर्न जान्ने जस्ले नि ब्लग चलाउन सक्छ । 

तपाईको  ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनुहुन्छ ?

मेरो ब्लग पढ्ने साथिहरुले रचनात्मक सुझाव दिदैँ अझै लेख्न हौसला दिनुहुन्छ ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन?

मलाई भ्रमण, स्वयंसेवा तथा अनुसन्धानमा रुचि छ ।

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ?

रुचि कै विषय समेट्ने कोशिश गरेको छु ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका क‘नै रमाइला घटना वा प्रसंग भए बताइ दिनुहोस न ।

अहिलेसम्म त त्यस्तो कुनै घटना भएको छैन् ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

हो, ब्लगिङ नागरिक पत्रकारिता हो । यसमा प्रत्येक साधारण मानिसले आफ्ना विचार ब्यक्त गर्न पाउँछन् । यद्यपी सनसनीपूर्ण शिर्षक दिदैँ ब्लग सस्तो लोकप्रियताका लागि पनि प्रयोग भने भएका छन् ।

अन्त्यमा,

धन्यवाद !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service