सोसल मिडिया मानिसलाइ उसकै रोजाई अनुरुपको ज्ञान दिने माध्यम बनेको छ-सरोज कोइराला

इलेक्ट्रोनिक तथा कम्युनिकेशन इन्जिनियर सरोज कोइराला आफुलाइ सामान्य नेपाली नागरिक भन्न रुचाउँछन् । पेशागत परिचयका अलावा उनी गीत-संगीतका पारखी एव‌ं सुचना प्रविधिमा धेरै रुची राख्ने ब्यक्तिका रुपमा समेत आफ्ना साथीमाझ परिचित छन् । सोसल मिडियामा समेत उत्तिकै सक्रिय सरोजका बारेमा सोधिखोजी गर्दा हामीले उनका तीनवटा त ब्लग नै फेला पार्यौँ । यस अर्थमा पनि भन्न सकिन्छ कि सरोज सोसल मिडियामा धेरै नै रमाउने गर्दछन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यस साता हामीले उनै सरोजलाइ प्रस्तुत गरेका छौँ । प्रस्तुत छ सरोजसंग प्रकाश लामिछानेले गरेको कुराकानी :

ब्लग लेखन कहिलेदेखि शुरू गर्नुभयो?

मैले ब्लग लेख्न सन् २०१० को सुरु तिरबाट सुरु गरेको हुँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ?

मेरो गीत संगीत र सूचना-प्रविधिमा रुची भएका कारण र नेपाली सांगीतिक क्षेत्रलाई थोरै भएपनि केहि गरौँ भन्ने सोच पहिलेदेखि नै भएकाले यसकै प्रवर्द्धनका लागी ब्लगिङको सुरुवात गरेको हुँ ।

ब्लगमा खासगरी कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ?

मेरो रुची नै गीतसंगीत र सूचना-प्रविधिमा बढी भएकाले यिनै विधामा लेख्नेगर्छु र कहिलेकाहीँ आफुलाई मन छुने खालको केहि भेटियो भने त्यो पनि सेयर गर्ने गर्छु ।

तपाइ त बिशुद्द एउटा इन्जिनियर, सोसल मिडियामा आफुलाइ कसरी चिनाउन चाहनुहुन्छ ब्लगरका रुपमा या इन्जिनियरका रुपमा?

अवस्य पनि इन्जिनियरको रुपमा । ब्लगरका रुपमा पनि पहिचान बन्यो भने त सुनमा सुगन्ध नै हुने भयो नि ।

तपाइँका तीनवटा ब्लग फेला पारेँ मैले, एउटा ब्लगस्पटमा जुन अलि पुरानो हो कि झैँ लाग्यो, अर्को संगीत संसार जुन संगीतको सेरोफेरो सहितको र अर्को सरोज डटकम जुन प्रविधि र सिनेमाको रिभ्युहरु भएको । फरक फरक कुराहरु एउटै ब्लगमा नअटाउने भएर कि किन?

मैले सुरुवात चाँहि http://sarozmusicworld.blogspot.com/ गरेको हुँ र त्यसैलाई निरन्तरता दिने क्रममा संगीतसंसारको जन्म भयो जसमा बिशुद्द नेपाली सांगीतिक क्षेत्रमा भएका गतिविधिलाई समेट्ने प्रयास जारी छ । अर्कोतर्फ मेरो सूचना-प्रविधिमा र मनोरञ्जन क्षेत्रमा पनि बिशेष रुची भएकोले http://saroose.com मा यस विषय लाई समेट्ने जमर्को गरेको छु ।

ब्लगमा आफ्ना कुरा लेख्नुका अलावा अरु सोसल नेटवर्किङ साइटमा हुने कस्ता कुराहरुले तपाइलाइ तान्नेगर्छ, खासगरी ट्विटर फेसबुकमा हुने बहसका बारेमा भन्दा ।

मलाई जुनसुकै विधामा पनि विज्ञान सापेक्ष तर्कपूर्ण र निस्पक्ष धारणा द्वारा प्रवाहित दर्शनले ध्यानाकर्षण गर्ने गर्छ । तर हिजोआज बेफजुल कुराहरुले धेरै स्थान पाएको देख्दा सामाजिक संजालको महत्व घट्दै जाने  होकी जस्तो लाग्छ ।

एउटा ब्लगरका नाताले तपाइले नेपाली ब्लग क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

यो क्षेत्र निकै फराकिलो हुदै गैरहेको छ । सूचना प्रविधिले राम्रो गति लिएको अवस्थामा हरेक व्यक्तिलाई आफ्ना मनमा लागेका धारणाहरु निस्फिक्री भएर पोख्न एउटा राम्रो आधार भएको छ । विषयगत र बिबिधताका हिसाबले धेरै राम्रा नेपाली ब्लगहरु छन् तर हरेक कुराको लोकप्रियता तथा सकारात्मकताका साथसाथै नकारात्मक पक्ष पनि जोडिएर आउने गर्छ । हरेक ब्लगर्सले नकारात्मक पक्षलाई हटाउदै ब्लगको विकासका लागि ध्यान दिनु र यसको ethics को पालना गर्नु जरुरी छ जस्तो लाग्छ ।

तपाईसँग आफ्नो ब्लगसंग जोडिएको वा सोसल नेटवर्किङ साइटमा कुराकानी गर्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ?

धेरै छन् बिशेष गरी आर्टिस्टहरुसंग फेसबुक मार्फत गरिएका रमाइला भलाकुसारी । एउटा प्रसंग जोड्न मन लाग्यो मलाई, भारतीय गायक लक्की अली नेपाल आउने निकै हल्ला भैराखेको थियो तर अधिकारिक जानकारी कहिँ नभेटिएपछि उनीलाई नै सिधै मेल गरे र त्यसको प्रतियुत्तरमा उनले तुरुन्तै आफु आउने पक्का भएको जवाफ पठाए र के कस्तो प्रतिकिया छ मेरो प्रोग्रामको बारेमा नेपालमा भनेर फिडब्याक पनि मागे । २-३ पटक प्रतिक्रियाको बारेमा मेल गरिराखे त्यो पल सम्झिदा अझैपनि निकै रमाइलो लाग्छ |

एउटा इन्जिनियरले भन्दा ब्लगरका नाताले सोसल मिडिया मार्फत आफुले कुन कुरामा योगदान गरेको छु जस्तो लाग्छ?

नेपाली सांगीतिक क्षेत्रको प्रवर्द्धनका लागि धेरै नसके पनि केहि हदसम्म योगदान पुर्याएको छु जस्तो लाग्छ |

मानिसहरु अचेल सामाजिक संजालमा हुने बहसमा निकै सहभागी भैरहेका हुन्छन, के कुराले सामाजिक संजालसम्म तानेको होला मानिसहरुलाइ?

बहसमा सहभागिता जनाउनु राम्रो कुरा हो तर हरेक विषयको वास्तविकता बुझ्नुभन्दा पनि क्षेणिक मनोरञ्जनका लागि विषयबस्तुलाई अनावश्यक रुपमा बढी उचालिएको जस्तो लाग्छ, बहसहरु हेर्दाचाँही ।

सोसल मिडियामा भइरहेका बहसले नयाँ के गरिरहेको जस्तो लाग्छ यहाँलाइ?

सोसल मिडियामा अहिले सबैथोक छ । समाजमा घटेका घटना बारे जान्न बुझ्न भोलीपल्टको पत्रिका वा अरु समाचार दिने स‌ंचारमाध्यम कुरिरहनुपर्ने अवस्था छैन | फेरी जब कुनै घटनाको रहस्योद्घाटन हुन्छ, विभिन्न माध्यमबाट तुरुन्तै पुष्टि पनि हुन्छ र त्यो पूर्ण विश्वसनिय पनि बन्दै आएको छ । यसले सबैको ज्ञानको दायरा फराकिलो त पारेको छ नै, समाजमा आफुले जानेको कुरो सटिक रुपमा राख्ने र अरुका उस्तै ज्ञानगुनका कुरा सिक्ने बुझ्ने परिधि पनि फराकिलो हुँदै जाने रहेछ । यसैबाट अनेक बिधामा उत्कृष्ट युवाहरुका आवाज एक-अर्कामा बुलन्द बनाउन धेरै नै मद्दत पुग्ने रहेछ | हरेक बस्तुस्थितिमा रम्ने मानिसलाइ उसकै रोजाई अनुरुपको असंख्य ज्ञान दिनसक्ने अचुक माध्यम बनेको छ सोसल मिडिया |

सोसल मिडिया मार्फत सामाजिक अभियानहरुमा पनि निरन्तर सहभागी भैरहनुभएको छ । अभियान नै किन?

आत्मसन्तुष्टिका लागि । धेरै नसके पनि आफुले जति सकिन्छ त्यो अनुसारको सहयोग (for needy ones) गर्न पाउँदा खुशी लाग्छ र यस कार्यका लागि म जस्ता अरु धेरै साथीहरुलाई TFCNepal ले एउटा राम्रो प्ल्याटफर्म तयार पारिदिएको  छ ।

फेरी ब्लगतिरै फर्किउँ, तपाइको सबैभन्दा धेरै हेरिएको ब्लगपोष्ट कुन हो?

पाकिस्तानी गायकको हालसालै नेपालमा भएको सांगीतिक कार्यक्रमको बारेमा लेखिएको ब्लगपोस्ट सबै भन्दा धेरै रुचाइएको थियो यसका साथै नेपाली गीतका कलर ट्युन्स धेरै मात्रामा खोजी हुने गर्दछ ।

ब्लग लेखेर मात्रै भएन, त्यसले पाठकको ध्यान तान्न पनि उत्तिकै जरुरी छ । कस्ता ब्लगले पाठकको ध्यान धेरै तान्छ होला?

यस्तो उस्तो भन्दा पनि विषयबस्तु राम्रो र समय सान्दर्भिक भयो भने पाठकको ध्यान धेरै तान्न सकिन्छ जस्तो मलाई लाग्छ |

नेपालमा टेक्नोब्लगहरु अत्यन्तै न्युन भेटिन्छन किन यस्तो होला?

हो र? खै मलाई त त्यस्तो लाग्दैन | मैले धेरै नेपाली टेक ब्लग हेरेको र पढेको पनि छु । नामै लिनुपर्दा dacharya.blogspot.com, TechSansar, AakarTech, enepal.net.np, Nepalit लगायत रहेका छन् ।

तपाइ आफुचाँही अरुको ब्लग कत्तिको हेर्नुहुन्छ

मैले अरु धेरै ब्लगहरु नियमित रुपमा हेर्ने र पढ्ने गरेको छु र कैयौँ ब्लगबाट धेरै कुराहरु सिकेको पनि छु । मैले प्राय भिजिट गर्ने ब्लगहरुमा – someshverma.com, clicksurface.com, jawknock.com, aakarpost.com, ekendraonline.comnepalivoices.com लगायत छन् ।

यति कुरा गरिसकेपछि, तपाइको विचारमा सामाजिक संजाल के हो? 

सामाजिक संजाल, आफुलाई मनमा लागेका कुराहरु निर्वाध रुपमा अभिव्यक्त गर्ने थलो हो, यसलाई प्रयोगकर्ताले आफ्नो ढङ्गले जसरी पनि प्रयोग गर्न सक्छन् ।

अनि सामाजिक संजालको खास महत्व चाँहि के नि?

महत्व त तपाइ-हामीले यसको प्रयोग कसरी गर्छौँ त्यसमा भर पर्छ ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

आफुले देखेका, सुनेका, भोगेका र मनमा लागेका कुराहरु निर्धक रुपमा पोख्न पाइने हुनाले मलाई पनि ब्लगिङ नागरिक पत्रकारिता नै हो जस्तो लाग्छ ।

ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि चाहिन्छ भन्ने बहस पनि छ एकातिर, तपाइलाइ के लाग्छ, के यो जरूरी छ?

एक तर्फबाट हेर्ने हो भने आचारसंहिता बनाउँदैमा मर्यादित हुन्छ जस्तो त लाग्दैन, यसमा सायद कोहि सहमत हुनुहोला भने कोहि असहमत । तर यसको सही प्रयोग भने हुनु जरुरी हुन्छ । यदी तपाइलाई आफुले गरेको कार्य प्रति कार्यबोध छ भने आचारसंहिता नै चाहिन्छ भन्ने केही जरुरी छैन | अर्को तर्फबाट हेर्ने हो भने आचारसंहिताले ब्लगरलाई जिम्मेवार, संवेदनशिल र सतर्क बनाउने काम पनि गर्दछ । यो पूर्ण रुपमा ब्लगर्समा भरपर्ने कुरा हो |

अन्त्यमा,

मेरोरिपोर्टलाइ उत्तरोत्तर प्रगतिको कामना, नागरिकलाई सुसुचित बनाउने अभियानका साथ सुरु गरिएको यस कार्यले सधै निरन्तरता पाओस !!!

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Saroj Koirala on February 22, 2013 at 9:36pm

Thanks guys..... 

Comment by Ekendra on February 15, 2013 at 5:04am

ल बधाई छ सर लाई

Comment by Pagal Basti on February 14, 2013 at 7:49pm

सरोज ब्रोलाई बधाइ

Comment by JawKnockRaazaa on February 14, 2013 at 2:56pm

Congratulations bro!!

Comment by Amuna Chapagain on February 14, 2013 at 12:07pm

Congratulations !!!!!!

Comment by pawan neupane on February 14, 2013 at 9:25am

congratulation Saroj ji:)

Comment by Ananta Koirala on February 13, 2013 at 8:51pm

Congratulations !! Best wishes for further success :)

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service