ब्लगलाई स्वतन्त्र रुपमा आफ्ना विचार राख्न प्रयोग गर्न सकिन्छ : सन्तोष दहित

हेकुली,दाङका सन्तोष दहितलाई समाजसेवामा निकै रुचि छ । उनी पेशाले पत्रकार हुन्। अहिले एम.ए दोस्रो वर्षमा अध्ययनरत छन् । सन्तोष पत्रकारिताकासँग सम्बन्धित बिभिन्न संघसंस्थामा आबद्ध छन्।  थारु पत्रकार संघको मध्ययपश्चिम,नेपाल पत्रकार महासंघ दाङ शाखा नेपाल पर्यटन पत्रकार समुहलौवअग्रसान साप्ताहिकराप्ती समाचार दैनिकथारुवान डटकम तथा थारु कल्याणकारिणी सभा र फेवावासन संस्थासँग आवद्ध छन् ।

पत्रकारिताका बाहेक सन्तोष ब्लग लेखनमा समेत सक्रिय छन्। उनले भर्खरैमात्र ब्लगिङ शुरु गरेका हुन्।मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै सन्तोष दहितलाई प्रस्तुत गरेका छौ। प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :

सन्तोष दहितलाई  सोसल मिडियामा के भनेर चिनाउन चाहानुहुन्छॽ बताइदिनुस न ।

सन्तोष दहितलाई सोसल मिडियामा सामान्य पत्रकार तथा सामाजिक अभियन्ता र अधिकारकर्मी भनेर चिनाउन चाहन्छु । 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो 

वि.सं. २०७२ जेठ १४ गते देखि ब्लग चलाउन सुरु गरे । इक्वेल इक्सेस नेपालले जनजाति पत्रकारहरुको लागि सुर्खेतमा ५ दिने तालिमको आयोजना गरेको थियो । त्यहिक्रममा सोही संस्थाका कार्यक्रम निर्देशक विनय गुरागाईँले केहि प्राविधिक कुराहरु सिकाउनु भयो । त्यहाँ सिकिएका कुरालाई व्यवहारमा ल्याउनका लागि अहिले निरन्तर ब्लगिङ गरिहेको छु ।  

के का लागि ब्लगिङ गर्नुहुन्छ  कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन 

विशेषतः म थारु समुदायको पहिचन झल्काउनको लागि ब्लगिङ गर्छु । विश्वका सवै समुदायलाई थारु समुदायको ऐतिहासिक संस्कृति तथा रहनसहन,  भाषाकलाको बारेमा ब्लगिङ मार्फत जानकारी गराउनु चाहन्छु । मेरो रोजाई भनेको कुनै पनि नयाँ तथा पुराना विषयवस्तुको अनुसन्धान गरि नयाँ तथ्य बाहिर ल्याउनु हो ।

तपाईले  http://santoshdang.blogspot.com/ बाहेक अरु पनि चलाउनु हुन्छ 

यो भन्दा बाहेक अरु ब्लग छैन ।

अनि ब्लगिङलाई निरन्तरता दिन कत्तिको सजिलो छ त 

ब्लगिङलाई निरन्तरता दिने भनेको इन्टरनेटसमय सान्दर्भिक विषयवस्तु र पैसा हो । यिमध्ये कुनै एक चिजको कमी भयो भने पनि ब्लगिङलाई निरन्तरता दिन गाह्रो हुन्छ । अनि पैसा चाहिँ यस अर्थमा कि इन्टरनेट चलाउनलाई पैसा बिना सम्भव छैन ।

तपाई सोसल मिडियामा पनि हुनुहुन्छ । नेपालमा सोसल मिडियाको प्रयोग कस्तो भइरहेको पाउनुभएको छ 

यसको सकारात्मक तथा नकारात्मक दुवै तरिकाले प्रयोग भएको देख्छु ।

अरुका ब्लग कत्तिको पढ्नु हुन्छ  विशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् 

अलि मन छुने र खोजि विषयवस्तुहरु अपडेट भएको थाहा पाएपछि केहि ब्लगहरु पढ्ने गर्छु । कसैको ब्लग मेरो इमेलमा आउने पनि गर्छ यदि त्यो आयो भने खोलेर हेर्ने गर्छु । इन्टरनेटमा बसेको बेला प्राय:जसो सवैको हेर्ने गर्छु ।

नेपालमा ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग  अनि कस्तो देख्नु हुन्छ ब्लगिङको भविष्यॽ

ब्लगिङ सोसल मिडिया हो जसलाई आफुलाई चाहिएको बेला पनि प्रयोग गर्न सकिन्छ र स्वतन्त्र रुपमा आफ्ना विचार राख्न पाईने भएकाले पनि यसतर्फ युवाहरु आकर्षित हुनु स्वभावीक हो । ब्लगिङलाई केहिले सदुपयोग पनि गरिरहेका छन् भने केहिले दुरुपयोग पनि गरिरहेकाछन् । तरयसलाई दुरुपयोग भन्दा पनि सदुपयोग अर्थात राम्रोसंग प्रयोग गर्न सक्ने हो भने धेरै फाइदा लिन पनि सकिन्छ ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छनतर निरन्तरता दिन सक्दैनन्तपाईको विचारमा ब्लगलाई समय दिन गाह्रो भएरै हो या अरु कुनै कारणले होला 

पहिलो कुरा त ब्लगिङ भनेको के हो त्यसको बारेमा जानकारीकको अभावले नै हो निरन्तरता दिन नसकिएको । अर्को कुरा विषयवस्तु तथा ईन्टरनेटको सहज पहुँज नहुनाले पनि निरन्तरता दिन गाह्रो छ । 

हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लगट्वीटर र फेसबुकमा के फरक पाउनुभयो 

ब्लगट्विटर र फेसबुक यी तीनै सोसल मिडियाका आ आफ्नै विशेषता छन् । ब्लगमा विचारसंस्मरण राख्न सकिन्छ यो एउटा वेवसाइट जस्तै हो त्यस्तै ट्विटरबाट छोटो र छिटो सुचना लिनदिन सकिन्छ भने फेसबुकमा च्याट गर्न तथा स्टाटस राख्न तथा नयाँ साथि बनाउन र पुराना भेट्न सकिन्छ ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ 

मैले त धेरै पाएको छु । जस्तैमहिला विभेदकाजातिय विभेदका विषयवस्तुहरुलाई धेरै उठान गरेको पाएको छु ।

तपाईको ब्लगमा आफ्नो ठाँउको स्थानिय सँस्कृतिका कुराहरु धेरै रहेछन्कसरी यि विषयवस्तुहरु संकलन गर्नु हुन्छ 

होमेरो ब्लगमा खास गरि थारु समुदायका संस्कृतिका कुराहरु धेरै छन् । मैले  यहि उद्देश्यले नै ब्लग खोलेको हुँ । मेरो चाहाना भनेको ब्लग मार्फत विशेषगरि थारु समुदायको भाषाकलासँस्कृति र उनिहरुको रहनसहनलाई संसारका सवै समुदायलाई चिनाउनु पनि हो । त्यसैले साताको एक दिन थारु गाउँमा पस्ने गर्छु । त्यहाँ गएर थारु अगुवातथा बुद्धिजीवीहरुसँग सोधपुछ तथा प्रत्यक्ष सहभागि र विषयबस्तुको अनुसन्धानगरि संकलन गर्ने गर्छु ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छतपाईंलाई के लाग्छजरुरी छ ब्लगरका लागी आचारसंहिता 

अति आवश्यक छ । किनकी सोसल मिडियामा सकारात्मक भन्दापनि बढि नकारात्मक कुराहरु पनि आउने गरेका छन् ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छके ब्लगिङ नागरिक पत्रकारिता नै हो त 

मेरो विचारमा नागरिक पत्रकारिता नै हो जस्तो लाग्छ ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service