मानिस अभिब्यक्त हुन लालायित हुन्छन : राजु बराल

भर्खरै मात्र ब्लगिङ शुरु गरेका राजु बरालको अनुसन्धानमा निकै रुचि छ । राजु त्रिभुवन बिश्वविद्यालय अन्तर्गत अंग्रेजी केन्द्रीय विभागमा उपप्राध्यापक हुन् । उनी विभिन्न पत्रपत्रिकामा बिचार, समालोचना तथा समिक्षाहरु पनि लेख्ने गर्छन् । अनुसन्धानात्मक लेखहरु प्रकाशित गर्ने जरनल डिस्कभरी डाइनामिक्स को मुख्य सम्पादक राजु ब्लग लेखनमा समेत सक्रिय छन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै राजु बरालसँग कुराकानी गरेको छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :  

आफुलाई सोसल मिडियामा के भनेर चिनाउन चाहानुहुन्छ

स्वतन्त्र लेखक, विचारक र बिश्लेषक भनेर चिनाउन चाहान्छु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो

ब्लग दुनियाँमा म नयाँ ब्लगर हुँ । एक महिना जति अघि मेरा अंग्रेजी विभाग कीर्तिपुरका एक बिद्यार्थीको सल्लाह र उनकै सहयोगमा ब्लग बनाएको हुँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन

आफ्ना लेख रचनाहरुलाई एकै ठाउँमा हेर्न पढ्न सजिलो होस भनेर ब्लगिङ गर्छु । प्रायः गरि मेरा अखबारमा प्रकाशित लेख, रचना, फिचरहरु म व्लगमा राख्छु । एउटा त मैंले गरेको अनुसन्धानको साराशंलाई पनि ब्लगमा राखेको छु ।

तपाईले http://rajubaral.blogspot.com/ बाहेक अरु पनि चलाउनु हुन्छ   अनि ब्लगिङ गर्न कत्तिको सजिलो छ  त

एउटा यहि मात्र हो । मलाई त ब्लगिङ गर्न त्यति गाह्रो लागेको छैन ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनु हुन्छ

राम्रै प्रतिकृया आईरहेको छ । सायद मेरा ब्लगमा प्रेषित कतिपय कुराहरु मेरा विद्यार्थीलाई काम लाग्ने भएर पनि होला ।

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङ्गप्रति आर्कषित भई रहेका छन, नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग

मानिस अभिब्यक्त हुन लालायित हुन्छन र हुनु पनि पर्छ । चाहिँदा नचाहिँदा कुरा ब्लगिङ गर्नचाहि भएन, नत्र भने ब्लगिङले हानी गर्दैन ।

कस्तो देख्नु हुन्छ ब्लगिङ्गको भविष्य

जेको पनि सदुपयोग भए भविष्य राम्रै हुन्छ , ब्लगिङ सायद अपबाद नहोला ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता

ब्लगिङ पत्रकारिता मात्र होइन, विचार अभिव्यक्त गर्ने थलो पनि हो । मात्र यति हो यसको दुरुपयोग हुन दिन चाहिँ भएन ।

नेपाली ब्लगरले आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ

सायद धेरै ब्लगरलाई आचारसंहिता बारे थाहै छैन होला ।

मुलधारका सञ्चार माध्यमले सोसल मिडियालाई कसरी प्रयोग गरेको पाउनु भएको छ आचारसंहिता पालानाप्रति उनीहरुको धारण कस्तो पाउनु भएको छ

मुलधारका संचारमाध्यमहरु आचारसंहिता पालन गर्नुपर्छ भन्दै पनि गर्छन तर बेलाबेला यसको पालनामा चुकेका पनि देखिन्छन् ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

म कविता पनि लेख्छु भन्ने थाहा नहुनेले पनि ब्लगमा मेरा कविता पढेर आश्चर्यभाव प्रकट गरिरहेका छन् आजकल  । अनि पहिले काठमाडौं पोष्टमा Vehicle Vernacular शीर्षकमा प्रकाशित लेखलाई पढेका पाठकहरु कुनै दिन गाडीको पछाडि कुनै नयाँ लेखेको देखे भने मलाई बेलुका सुनाउँछन् ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त

नागरिक पत्रकारिता र त्यो भन्दा पनि माथि ।

अन्त्यमा,

धन्यवाद ! 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service