यूवापिंढी रचनात्मक छलफलमा भन्दा छाडा संस्कृति र सोचमा उद्यत देखिन्छ: राज रजक

आफुलाई सामाजिक रुपान्तरणका लागि सक्रिय एक अभियानकर्मी भन्न रुचाउछँन् राज रजक । मानवअधिकर तथा दिगो र समतामुलक विकास कार्यमा आफ्नो ज्ञान, सीप र उर्जा लगाईरहेका रजक ब्लगिङ बाहेक आफ्ना विचारहरु मुलधारका पत्रपत्रिकामार्फत पनि व्यक्त गर्ने गर्छन् । नेपाली सामाजिक बनौटलाई ऐतिहासिक रुपमा विश्लेषण गरि जैविक ज्ञान निर्माणमा विशेष रुचि राख्ने रजक ब्लगिङमा पनि सक्रिय छन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै राज रजकलाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :  

तपाई आफुलाई सोसल मिडियामा के भनेर चिनाउन चाहानुहुन्छ ?

मैले अफूलाई सामाजिक सवालहरु, सिमान्तकृत समुदायको मुद्धाहरुलाई बाहिर ल्याउने अभियानकर्ताको रुपमा चिनाउन चाहन्छु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो कसरी सुरु गर्नुभयो ?

म मेरो लेख, रचना, विचार, दृष्टिकोण बाँकी संसारको अगाडी राख्न चाहन्थे । यसका लागि चाहिने प्रविधिक ज्ञान र सिपको खोजीमा अगाडी बढे तर पर्याप्त प्रविधिक सहयोग पाईन् । पछि आफै प्रयास गर्दै सिके अहिले आफना विचार, लेख रचना प्रकाशन गर्न सकेको छु ।

के का लागि ब्लगिङ गर्नुहुन्छ रु कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन ?

म समाजशास्त्रको विद्यार्थी भएको नाताले सामाजिक सवाल, जातव्यवस्था, दलितअधिकार, मधेश—मधेशीको सवाल आदि विषयमा लेख्न रुचाउँछु ।

तपाईले http://rajrajak123.blogspot.com/   बाहेक अरु पनि ब्लग चलाउनुहुन्छ ?  अनि ब्लगिङ गर्न कत्तिको सजिलो   ?

यो मात्र चलाउँछु । मलाई त ब्लगिङ गर्न सजिलै लाग्छ ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनुहुन्छ

पाठकको प्रतिक्रिया त्यति आएको छैन् यसको कारण मेरो ब्लगको बारेमा त्यती थाहा छैन् । अर्को कुरा म सामाजिक विषयमा लेख्ने भएको हुनाले र समाजिक विषयमा चिन्ता चासो आजको यूवाहरुमा कम भएको हुनाले पनि हुनसक्छ ।

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङप्रति आर्कषित भई रहेका छन, नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ ?

मेरो विचारमा यूवाहरु समाजिक संजालमा धेरै आर्कषित भईरहेका छन् । तर घरको शिक्षा र विद्यालयको शिक्षाले समाजिक रुपमान्तरण, परिवर्तन, राजनीतिक विचार, सोच, समाजमा स्थापित परम्परावादी सोचलाई सकारात्मक रुपमा चुनौति दिने खालको छैन् । राजनीतिक रुपान्तरण भयो तर सामाजिक र साँस्कृतिक रुपान्तरण त्यती भएन र हुने खालको चिन्ता चासो पनि देखिदैन् त्यसले गर्दा यसको सदुपयोग हुन सकेको छैन् ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी ब्लगरका लागी आचारसंहिता ?

मेरो विचारमा हामी लोकतन्त्रमा विश्वास गर्छौ । लोकतान्त्रिक मुल्य मान्यता, विचारको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता आदिमा विश्वास गर्ने भएको हुनाले विचारलाई निषेध गर्ने खालको कुनै कदम चाल्नुहुदैन् ।

नेपाली ब्लगरले आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको ?

सामाजिक संजालमा जुन स्तरको नकारात्मक विचार र सोच देखिन्छ त्यसले के देखाउछ भन्ने नेपाली समाजको यूवा पिंढी अति नै संकिर्ण, विविधता र फरक विचारलाई आत्मसाथको त कुरै छोडौ सुन्न पनि मनपराउदँैन । वैचारिक र परिपक्क छलफलमा भाग लिनु भन्दा छाडा संस्कृति र सोच देखाउनमा उद्यत देखिन्छ ।

केहीले ब्लगिङलाई नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो ?

मेरो विचारमा अहिलै त्यो भन्ने अवस्था आएको छैन् । नागरिक पत्रकारिताको मुल विषयवस्तु नागरिकसँग जोडिएर आउनु पर्छ । नागरिकको हक अधिकार र कर्तब्य राज्यसँग जोडिएर पैरबी गर्नुपर्छ ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन ?

म युवाहरुको क्षमता विकास, ज्ञान निर्माण, मानव अधिकारमुखी विकास पद्धती, पुस्तक अध्ययन र सामाजिक विषयमा बहस गर्न मन पराउँछु ।

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको ?

सकभर प्रयास गर्छु । त्यही भएर विगत केहि समयदेखि म नियमित ब्लग पोष्ट गरिरहेको छु ।

अन्त्यमा,

धन्यवाद !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service