मानिसहरु ब्लगमा यौनका बारेमा कुरा गर्न र पढ्न रुचाउँदा रहेछन् : प्रिज्मा घिमिरे

सामाजिक कार्यमा स्नातक अध्ययन गरिरहेकी प्रिज्मा घिमिरेलाई पढ्न, लेख्न अनि बादबिवाद तथा सार्वजनिक अन्तर्क्रिया गर्न खुबै मनपर्छ । लेख लेख्नुलाई आफ्नो गहिरो रुचिको बिषय मान्ने प्रिज्मा सामाजिक अभियन्ता पनि हुन् । सामाजिक कार्यका अलावा उनी ब्लग लेख्नमा पनि उत्तिकै सक्रिय छिन । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै प्रिज्मा घिमिरेलाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :

सोसल मिडियामा तपाई आफुलाई के भनेर चिनाउन चाहानु हुन्छ,बताइदिनुस न । 

मानिसहरु मलाई उत्साहि सामाजिक शिक्षक भनेर चिन्ने गर्छन । उग्र त हैन तर पनि केही हदसम्म म सामाजिक अभियन्ता पनि हुँ ।

तपाईले http://the-almostwriter.blogspot.com/  बाहेक अरु पनि ब्लग चलाउनु हुन्छ अनि लेख्न कसरी शुरु गर्नु भयो बताईदिनुस् न ।

यो बाहेक अरु ब्लग छैन । आफ्नो डायरीमा लेख्ने बानीबाट नै ब्लग लेख्न थालेकी हुँ  । म पेशागत लेखक पनि हैन र मेरो ठ्याक्कै कुनै लेखन शैली पनि छैन । मेरो ब्लगमा भने सबै प्रकारका कुरा हुन्छ ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा  प्राथमिकतामा पर्छन् र किन 

म सामाजिक कार्यको विद्यार्थी हुँ । त्यसैले मैले सामाजका आन्तरिक तथा बाह्य विषयमा नै लेख्ने गरेकी छु ।

अहिले महिला हिँसा विरुद्धको १६ दिने अभियान पनि चलिरहेको छ । महिला हिंसाको सवाललाई पनि समेटेर ब्लग लेख्नुभएको छ कि

मैले अहिलेसम्म महिला हिंसा विरुद्धमा भने लेखेकी त छैन तर चाँढै नै लेख्ने सोचमा छु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो ब्लगिङका लागि कति समय दिनुहुन्छ

ब्लगिङ मेरो रुचिको विषय हो । मैले ब्लग शुरु गर्नु भन्दा पहिले म कपिमा लेख्थें । मलाई लाग्छ मैले सन् २०११ देखि ब्लगिङ शुरु गरेको हुँ। अहिलेसम्म ब्लगिङ कै लागि भनेर समय छुट्याएको छैन ।  अनि कुनै कुराले मलाई लगातार लेख्न प्रेरित गरे पछि मात्र म लेख्न बस्छु ।

ब्लगिङ बाहेक तपाईको अर्को रुचीको बिषय चाँही के हो

मलाई स-साना विषयमा शिक्षा प्रदान गर्न मनपर्छ । अनि वादबिवाद र कविता पनि उत्तीकै मन पर्छ । खास गरेर जुनसुकै प्रकारका सार्वजनिक अन्तर्क्रियाका मञ्च मनपर्छ ।

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग

अवश्य सदुपयोग नै छ । ब्लगमा तपाई आफ्नो कुरा बाँड्न सक्नु हुन्छ अनि अरुका कुरा जान्न पनि पाउनुहुन्छ । 

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ

म प्रायः गरेर आफ्नै साथीहरुका ब्लग धेरै पढ्छु अनि केही चर्चित राजनितिक ब्लग पनि पढ्छु । तर पनि म कविता, आख्यान, सामाजिक राजनितिक बिषयमा लेखिएका ब्लगहरु पढ्न रुचाउँछु ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ । तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता

हो, आवश्यक छ । अनुशासन एकदमै महत्वपूर्ण कुरा पनि हो । कुनै लेखकको लेखन शैली पछ्याउनु नै त कुनै समस्या होईन जस्तो लाग्छ तर प्रतिलिपिको कुरा तथा बौद्धिक चोरीका सवालमा भने आचारसंहिता आवश्यक कुरा हो । 

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनुभएको छ

अहिलेका लेखकहरु शिक्षित र विषयगत अध्ययन गर्न रुचाउने र अध्ययन गर्ने छन् र उनीहरुले नियम पनि पालना गर्दछन् जस्तो लाग्छ । मैले त केही समस्या देखेको छैन कम्तिमा ब्लग मै भए पनि ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस न !

एक पटक, मैले  एघार कविता चुनौती लिएको थिएँ । जसमा प्रत्येक दिन कविता लेख्नुपर्थ्यो र यसै क्रममा एकदिन मैले यौनको बारे कविता लेखेर पोष्ट गरे । जुन कविताको मैले धेरै प्रतिक्रिया पाएको थिएँ । यसले गर्दा मैले के बुझें भने ब्लगमा मानिसहरु यौनका बारेमा कुरा गर्न र पढ्न रुचाउँदा रहेछन् र अहिले हाम्रो समाज यस विषयमा हामीले सोचे भन्दा खुल्ला भैसकेको रहेछ ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ

ब्लग गर्नेहरु प्रायः सबैले नेपालको अवस्थाको बारे लेखेका छन् । ब्लगरहरु समतामुलक समाजको वकालत गरिरहेका छन जस्तो मलाई लाग्छ ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त

अवश्य पनि यो नागरिक पत्रकारिता नै हो । ब्लग प्रत्येक साधारण नागरिकले स्वतन्त्रसंग आफ्ना कुरा राख्ने थलो हो ।

तपाई सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, नेपालमा सोसल मिडियाको प्रयोग कस्तो  भइरहेको पाउनुभएको छ

मेरो विचारमा ब्गगिङ बाहेक अन्य सोसल मिडियाका साइटहरु जस्तै फेसबुक र ट्वीटरको दुरुपयोग भएका छन् तर सबैमा यो कुरा लागु भने हुदैंन । ब्यक्तिपिच्छे यो फरक पर्छ । कसैले यसलाई सुचना आदानप्रदान गर्ने उपयुक्त थलो बनाएका छन् तर केहीले भने यसलाई केवल मनोरञ्जनको लागि मात्र प्रयोग गरिरहेका छन् ।

अन्त्यमा,

धन्यवाद ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on December 4, 2014 at 9:40am

बधाई छ हिमाजीलाई । ब्लग मार्फत आउँदा दिनहरुमा पनि यहाँका बिचारहरु पढ्न पाईयोस् । :) 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service