ब्लगमा स्वतन्त्रसँग आफ्ना कुरा राख्न पाईन्छ :प्रसित घिमिरे

बिराटनगरका प्रसित घिमिरे चार्टर एकाउन्टका विद्यार्थि हुन् । प्रसितलाई सिसाकलमले चित्र कोर्न खुबै मन पर्छ । उपन्यास पढ्न रुचाउँने प्रसित ब्लग लेखनमा पनि सक्रिय छन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै प्रसित घिमिरेसँग कुराकानी गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :

सोसल मिडियामा आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ ?

म एकदमै रमाईलो र साधारण ब्यक्ति हुँ । साथै असल साथि पनि हुँ ।

ब्लगिङ किन ?

मेरो लेखक वा पत्रकार बन्ने सपना थियो । मैले केही लेख पनि प्रकाशित गरेको छु । त्यसैले पनि मैले ब्लगिङ शुरु गरेको हो ।

केका लागि ब्लगिङ गर्नुहुन्छ ?

 ट्वीटरमा १४० शब्दमा सिसमत हुनुपर्छ भने फेसबुकमा सबैले आफ्नो कुरा बुझ्छन् नै भन्ने हुदैन । ब्लगमा भने स्वतन्त्रसँग आफ्ना कुरा राख्न पाईन्छ त्यसैले पनि म ब्लगिङ गर्छु ।

ब्लगिङका लागि विषयवस्तु कसरी छान्नुहुन्छ ?

ठ्याक्कै यहि विषय भन्ने हुदैन । दिमागमा जे आउँछ त्यसैको बारे लेख्ने गर्छु ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनुहुन्छ ?

मेरो साथिहरुले ब्लग लेखिरहन निकै उत्साह दिनुहुन्छ साथै अझै राम्रो लेख्न समालोचनात्मक सुझाव दिनुहुन्छ ।

तपाईले http://prasitg.blogspot.com/  बाहेक अरु पनि ब्लगहरु चलाउनुहुन्छ कि? 

यो मात्रै हो ।

अनि ब्लगिङ गर्न कत्तिको सजिलो छ  त ?

सोचे जति सजिलो छैन । सान्र्दर्भिक विषयवस्तु हुनुपर्यो अनि उत्तिकै राम्रो लेखन शैलि पनि ।

तपाईका चाहिँ ब्लगिङ बाहेक अरु रुचिका विषयहरु के के हुन?

मलाई  चित्र कोर्न, गित सुन्न, उपन्यास पढ्न र फुटबल हेर्न र खेल्न मनपर्छ ।

आफ्ना ती रुचिका विषयहरुलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ?

मेरो मुख्य रुचि नै लेख्नु हो र म ब्लगिङको दुनियाँमा एकदमै नयाँ छु ।  त्यसैले भविष्यमा मेरो रुचिका विषयलाई पनि समेट्दै जानेछु ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस न ।

अहिलेसम्म त्यस्तो कुनै घटना भएको छैन ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

मेरो विचारमा  यो पत्रकारिता हैन ।  तर झट्ट हेर्दा भने यो रिपोर्टिङ हो कि झै भने लाग्छ ।

अन्त्यमा,

धन्यवाद !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service