अरुको स्वतन्त्रतामा हानी नपुगोस् भन्ने हेक्का राख्न आचारसंहिता जरुरी हुन्छ : प्रमिशा केसी

चिकित्साशास्त्रको अध्ययनका लागि बंगलादेश जाने तयारीमा रहेकी प्रमिशा केसी फुटबल हेर्न मन पराउँछिन । उनी इंगलिश प्रिमियर लिग क्लब चेल्सीकी समर्थक हुन् । सानो र मध्यमवर्गीय परिवारमा हुर्किएकी प्रमिशा देखावटी कुरामा पटक्कै विश्वास राख्दिनन् तर आफु र आफुले रोजेको साहित्यिक क्षेत्रमा भने निकै बिश्वास राख्छिन । साहित्यीक क्षेत्रमा नै चिनिने चाहना राख्ने प्रमिशा ब्लग लेखनमा पनि उत्तिकै सक्रिय छिन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै प्रमिशा केसीलाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी

सोसल मिडियामा आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ?

आफ्नै नाम पृथक लागेकाले प्रमिशा भनेर नै चिनिन्छु र चिनाउन चाहन्छु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो?

साथीहरुको ब्लग पढेर धेरै अघि ब्लग बनाए पनि ब्लगिङ्ग गर्न जानेकी थिइन । आफ्नै कापीका पानामा कोरेको एक कवितालाई अरुसम्म पुर्याउन सन् २०१४ को अक्टोवरमा पहिलो पटक ब्लगलाई माध्यम बनाएँ । सुझाव र प्रोत्साहनले अरु कथा, कविता पनि थप्दै गएँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छॽ कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन?

सधैँ आफ्नै वरीपरी घटिरहेका घटनाहरुलाई सरल भाषामा फरक दृष्टिकोणले पात्रको कथा बनाएर प्रस्तुत गर्ने प्रयास गर्छु । कथा कवितामा समाजका, टिनएजर्सका, नारीका कथा लेख्न रुचाउँछु ।

तपाईले http://pkc17.blogspot.com/ बाहेक अरु पनि चलाउनुहुहन्छ?अनि ब्लगिङ गर्न कत्तिको सजिलो छ त?

शुरुवात देखि नै यही नचिनेको मान्छे नामको ब्लग चलाउँदै आएकी छु । कथाकविता दुबै लेख्ने गर्दछु । ब्लगिङ गर्न सजिलो भने छैन । विभिन्न रुचिका, पृष्ठभूमिका पाठक र साथसाथै आफ्नो पनि चित्त बुझाउनु पर्ने हुन्छ ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनुहुन्छ ?

सुझाव, आलोचना, प्रशंसा र प्रोत्साहन मिश्रित प्रतिक्रिया पाउँछु । यिनै प्रतिक्रियालाई आत्मसात गरि लेखिरहन्छु ।

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरु ब्लगिङप्रति आर्कषित भईरहेका छन । नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग ?

ब्लगिङ नहुँदो हो त सायद कापीका अन्तिम पानामा, डायरीमा कैद भएर बस्ने कति मनका कुरा अरुसम्म पुग्ने थिएनन् । सामाजिक सञ्जालसँगै बाँच्न सिकेका हामी युवालाई ब्लग एक थलो बनेको छ । दुरुपयोग नभएका नहोलान् तर म यसको सदुपयोग नै भइरहेको देख्छु ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ । तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

ब्लगरले आफ्नो विचार पोख्ने स्वतन्त्रता जरुरी छ । तर पनि अरुको स्वतन्त्रतामा हानी नपुगोस् भन्ने हेक्का राख्न आचारसंहिता जरुरी हुन्छ ।

नेपाली ब्लगरले आचारसंहिता कत्तिको पालना भएको पाउनुभएको छ ?

मैले पढेका ब्लगमा आचारसंहिताको उल्ङ्घन पाएकी छैन ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुहोस न ।

कथा अबोर्सन ब्लगमा मेरो पहिलो र धेरैले मन पराएको कथा थियो । त्यसका लागि गर्भावस्था परिक्षक साधनको भाउ बुझ्न मेडिकल स्टोर-स्टोर चहारेर हिँडेकी थिएँ । पछि धेरैले ल हामीलाई आफ्नो बेलामा आपत परे प्रमिशाको कथा काम लाग्ने भयो । भन्दै ठट्टा गरे ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

पत्रकारिता भन्दा ब्लगिङ भिन्न हुन्छ । यो स्वच्छन्द हुन्छ । यी दुईलाई दाँज्न सकिन्छ जस्तो लाग्दैन ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन ?

साहित्यमा रुचि हुनाले नै ब्लगिङ गर्न थालेकी हुँ । त्यो बाहेक भने गीत सुन्न, गाउन, फुटबल हेर्न, खेल्नको साथसाथै नयाँ र पुराना ठाउँ फुर्सदमा एक्लै घुम्न रुचाउँछु ।

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ ?

हालसम्म भने आफ्ना रुचीलाई ब्लगमा उतार्न सकेकी छैन । तर कुनै दिन एक फुटबलप्रेमी महिलाको रुपमा कथामा मनका कुरा पोख्ने धोको छ ।

अन्त्यमा,

अर्थ थाहा नभएको आफ्नो नाम प्रमिशा लाई आफ्नै अर्थ दिन अग्रसर छु । यसैमा अर्को खुड्किला साताको ब्लगर को संज्ञा दिनुभएकोमा मेरो रिपोर्टकोलाई हृदयदेखि धन्यवाद । 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on January 15, 2015 at 3:21pm

बधाई छ प्रमिशालाई । :)) 

Comment by Amuna Chapagain on January 14, 2015 at 2:26pm

Congratulations Pramisha !!

Comment by MeroReport on January 14, 2015 at 2:00pm

Congratulations Pramisha Ji !

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service