ब्लगर आचारसंहिता आवश्यक कुरा हो:प्रभाष घिमिरे

शिल्पी थियटरको लेखा शाखामा कार्यरत झापाका प्रभाष घिमिरे अहिले बि. बि. एस तेस्रो वर्षका विद्यार्थी हुन् । शिल्पी थियटरका केही प्रस्तुतिहरुमा अभिनय समेत गरिसकेका घिमिरे आफुलाई सिकारु ब्लगर भन्न रुचाउँछन् । पेशाले लेखा क्षेत्रमा रहेपनि रुचिको क्षेत्र भने साहित्य भएको बताउँछन् उनी । लेखा र अभिनयका अलवा उनी सोसल मिडियाब्लग लेखनमा पनि उत्तिकै सक्रिय छन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा हामीले उनै प्रभाष घिमिरेलाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँग गरीएको कुराकानी :

प्रभाष घिमिरेलाई के भनेर चिन्ने ? 

अहिलेलाई व्यवसायिक विद्यार्थी र साहित्यिक जीवन र सामाजिक सेवामा काम गर्न ईच्छुक भनेर भन्दा हुन्छ ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ?

साहित्यमा रुचि राख्ने तथा अध्ययन गर्न रुचाउँने मानिस भनेर चिनाउँदा मलाई खुसी लाग्छ ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो?

ठ्याक्कै समय चाहीँ थाहा छैन तर डेढ वर्ष हुनलाग्यो । लेख्ने प्रयास गर्दै गर्दाको कविताहरु कहाँ राख्ने भनेर सोच्दा मान्छेहरुले ब्लगमा आफ्नो विचार, लेख, कथा, निबन्ध, कविता राख्छन् भन्ने थाहा पाए पछि यो शुरु गरेको हुँ ।

के का लागि ब्लगिङ गर्नुहुन्छ ?

आफ्ना कुरा, विचार, मनमा लागेका कुराहरु अरुलाई सुनाउनका लागी ब्लगिङ गर्छु ।

आफ्नो ब्लगमा के कुराहरु राख्न बढी रुचाउनु हुन्छ ?  

कविता र संस्मरणहरु राख्न मनपर्छ ।

तपाँइले चलाउने ब्लग  http://pravaskokuna.blogspot.in मात्रै  कि यस बाहेक अरु पनि छन् ?

यो मात्रै हो ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तर ब्लग गरिरहन त गाह्रो छ नि हैन ?

गाह्रो चाहीँ रैछ तर अहिलेसम्म मैले चाहिँ निरन्तर गरिरहेको छु ।

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग ?

ब्लगिङको क्षेत्रमा म नयाँ हुँ अझ भनौ सिकारु हुँ । यस सम्बन्धी मलाई त्यति धेरै थाहा छैन । त्यसैले सदुपयोग नै भन्नुपर्छ ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ ?   

पढ्छु । कुन-कुन भन्ने चाँही छैन । तर प्राय: म जीवन दर्शनसँग सम्बन्धित छन् भने पढ्छु । समाज परिवर्तनसँग सम्बन्धित विचारको ब्लग पढ्न बढी रुचि लाग्छ ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ ?  

मैले पढ्ने गरेका प्राय ब्लग सामाजिक हित मै भएको पाएको छु ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ । तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

ब्लगर आचारसंहिता आवश्यक कुरा हो ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनुभएको छ ?

अहिलेसम्म त्यस्तो आचारसंहिता उल्लंघन भएको भन्ने थाहा पाएको छैन ।

तपाँइ सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?

फरक र समानता दुबै छ । सबैको आ-आफ्नो विशेषता छ । ट्वीटर र ब्लग अली विकसित ठाउँमा चलाउँछन जस्तो मलाई लाग्छ किनभने ग्रामीण भेगमा यी दुवै कुरा धेरैलाई थाहा छैन । फेसबुक भने अहिले शहर तथा ग्रामिण दुबै क्षेत्रमा प्रचलित भैसक्यो । अनि फेसबुक साथिभाई तथा आफन्तको जमघट गर्ने थलो जस्तो भएको छ ।

ब्लगिङलाई केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

हो, ब्लगिङलाई नागरिक पत्रकारिता भन्न सकिन्छ किनकी आफ्नो ठाँउको सुचना दिन जसले नि पाउँछ नि अनि ब्लग पनि सुचना आदानप्रदान गर्ने थलो भएको छ । 

अन्त्यमा,

धन्यवाद ।  

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Amuna Chapagain on November 12, 2014 at 4:47pm

बधाई छ प्रभाष । 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service