नेपाली ब्लगहरू भावनात्मक साहित्यहरूमा बढि केन्द्रित छन्-निराजन शिरीष

निराजन शिरीष अर्थात निराजन थापा समाजको तल्लो तहसम्म सूचना प्रवाह हुनुपर्दछ भन्ने मान्यता राख्ने एक युवा हुन् । रत्नेचौर, म्याग्दीका स्थार्इ बासिन्दा निराजन, हाल फिनल्यान्डको राजधानी हेलसिन्कीमा अध्ययनरत छन् । त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक तह उतीर्ण गरेका उनले हालः फिनल्याण्डबाट सामाजिक सेवामा स्नातक तह अध्ययन गर्दैछन् । सोसल मिडियाका थलोहरु फेसबुक, ट्विटर र ब्लगिङ सबैमा उत्तिकै सक्रिय निराजन, 'शिरीष' आफ्नो साहित्यिक परिचय भएको बताउँछन् । परिचयका लागि किन साहित्यिक नाम नै खोज्नुभो भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्-'विशेषतः नेपाली समाजमा ब्याप्त जातीय विभेदलार्इ न्यूनिकरण गर्न केहि योगदान पुर्‍याउन सकियोस् र आफूलार्इ आफ्नो थर वा कुलमा मात्र सिमित नराखी सम्पूर्ण जातजातिको हितका लागि पहलकदमी लिन सकियोस् भनेर नै मैले यो फरक परिचय रोजेको हुँ ।' मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै निराजन थापा उर्फ निराजन शिरीषलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, एउटा ब्लगरका रुपमा या अरु केही?

सामाजिक सञ्जालहरू मार्फत समसामयिक विषयवस्तुहरू माथि आफ्नो फरक तर सापेक्ष टिप्पणी मार्फत आफ्नो सञ्जालमा रहेका अन्य श्रृजनशिल ब्यक्तित्वहरूसम्म आफ्ना बुझार्इहरू सम्प्रेषण गर्न एवं समाज परिवर्तनका लागि ठोस कार्ययोजनाहरू प्रस्ताव गरी त्यसबाट समाजका अन्य पछाडी पारिएका, सिमान्तकृत नागरिकहरूलार्इ लाभ प्रदान गराउन सक्रिय युवा ।

आफ्नो ब्लगको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न । यो कस्तो ब्लग हो?

यो नितान्त निजी ब्लग हो । यसमा म कुनै पनि ठोस घटना वा प्रवृतीप्रति आफ्ना विचार प्रस्तुत गर्न साथै आफ्ना निजी भोगार्इहरू प्रस्तुत गर्दछु र पछिल्लो समय आफ्नो अर्को साहित्यिक ब्लगका पोष्टहरू पनि सापेक्ष बुझार्इ http://thapanirajan.com मा नै एकिकृत गरेको छु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

बि.सं. २०६५ को अन्त्यतिरबाट ।

ब्लगिङ किन गर्नुहुन्छ?

अघि भनेजस्तै म ब्लगिङ कुनै पनि ठोस घटना वा प्रवृतीमाथि आफ्नो सापेक्ष टिप्पणी/ बुझार्इ मेरा प्रिय ब्लगप्रेमी मित्रहरूका समक्ष प्रस्तुत गर्न ब्लगिङ गर्दछु ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन ?

राजनैतिक घटनाक्रम, सामाजिक कुसंस्कार, कुप्रवृती र आफ्नै निजी भोगार्इहरू ।

तपाईंको ब्लगमा साहित्यिक कुराहरु अनि भावनात्मक कुराहरु बढी रहेछन् समसामयिक टिप्पणी, बिचार र वास्तविक भोगाईहरु भन्दा पनि । किन साहित्यिक कुरालाई लिएर ब्लग गर्न थाल्नुभएको?

त्यस्तो छ जस्तो मलार्इ लाग्दैन । सायद पछिल्लो पटक मैले मेरो साहित्यिक ब्लगका पोष्टहरूलार्इ यसमा एकिकृत गरेकाले त्यस्तो हुन गएको हो ।

ब्लगहरु धेरै नै पाइन्छन तर धेरैजसो ब्लगहरु साहित्यिक या बढी भावनात्मक र कल्पनामा हराएका कुराहरुमै सिमित हुन्छन् । यहाँ त समुन्द्रपारी हुनुहुन्छ । डायस्पोराका वास्तविक भोगाईहरु साट्नुभएको भए अरुलाई सिकाई हुने थिए होला नि ! किन यसबारे ब्लगिङ नगर्नुभएको भनेर मैले सोध्न मिल्छ?

डायस्पोराका वास्तविक भोगार्इहरूका बारेमा भिडियो ब्लगिङ पोष्ट पनि राखेको छु यस ब्लगमा । डायस्पोराका थुप्रै अनुभवहरू मैले ब्लग मार्फत बाँडेको छु । खासमा, डायस्पोराका अनुभवहरूलार्इ छुट्टै लेभल नदिर्इ निजी कुनो अन्तर्गत राखेकाले यहाँलार्इ त्यस्तो महशुस हुन गएको हो कि!

अहिले लेखिरहेका बिषयहरु बाहेक अर्को रुचीको बिषय चाँही केहो यहाँको, ब्लगिङ गर्नका लागि?

यसको ठोस जवाफ मसँग उपलब्ध छैन । तर म यति चाँहि भन्न चाहन्छु कि म ब्लग मार्फत मेरा पाठकहरूसँग अन्तरसंलाप गर्न चाहन्छु । फलतः म ब्लगिङका केहि अपवादलार्इ छाडेर नियमित पनि छु ।

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

उत्साहजनक छ । धेरै प्रतिभाहरू पर्दा बाहिर आर्इरहनुभएको छ ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ ?

नियमित जसो हेर्दछु । आकार पोष्ट, माइसंसार, मझेरी साहित्य लगायत थुप्रै ब्लगहरू छन् ।

नेपाली ब्लगरहरुले उठाउन छुटाएको कुनै सवाल देख्नुभएको छ?

सायद खेलकुदका विषयहरूमा ब्लगिङ कम भएको छ कि ?

रोजाईका हिसाबले विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्?

साहित्य, राजनैतिक टिप्पणी, केहि प्राविधिक ज्ञान हुने यस्तै नै छन् मेरा रोजार्इमा पर्ने ब्लगहरू ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता?

एउटा निश्चित मापदण्ड चाँहि बन्नुपर्ने हो ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?

के लार्इ आचारसंहिता मान्नु? जबसम्म बुँदागत रूपमा सूचना तथा सञ्चार मन्त्रालय मार्फत ब्लगिङका लागि निश्चित मापदण्ड तयार भएर आउँदैन तबसम्म आचारसंहिताको पालना भएको वा नभएको भन्ने विषय नै तर्कसंगत हुँदैन कि भन्नेमा मेरो आशंका छ ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।

त्यस्ता केहि अनुभव छन् । एकपटक मैले विश्वकै सबैभन्दा ठूलो फूलको बगैंचा हल्यान्डको कुकेनहोफको भ्रमण अनुभव बारे ब्लगिङ गरेको थिएँ । जुन कुरो हल्यान्डमा बसिरहेका मेरा एक मित्रले मेरो ब्लग पढेर थाहा पाउनुभएछ । पछि, रिसाउँदै उहाँले मलार्इ इमेल लेख्नुभएको थियो कि अब यहाँ सुटुक्कै हामी भएको ठाउँसम्म आइपुग्नु हुन्छ र पत्तो नदिर्इ फेरि फर्कनुहुन्छ । राजनैतिक नेताहरूको भ्रमणजस्तो हुन थालेछ मेरो साथीको भ्रमण पनि । फरक यत्ति छ-उनीहरूको भ्रमणका बारेमा म खबरपत्रिकाहरूको अनलाइन संस्करण पढेर जानकारी पाउँदछु यहाँको चाँहि ब्लग पढेर थाहा पाउँदैछु । :p

साथै कहिले काही केहि प्रवृत्तिगत विषयहरू माथि ब्लगिङ गर्दा तत्‍ब्यवहार भएका मानिसहरूको घुर्काइ पनि देखेको छु । केहिले त्यो टिप्पणी मार्फत कुटनीतिक जवाफ दिन्छन् केहि बोल्दैन, लेख्दैन परन्तु घुर्काइको महशुस चाँहि गराउँछन् ।

तपाइ सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु: ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?

ब्लग वा ट्वीटर भन्दा फेसबुकलार्इ म सबभन्दा उत्कृष्ट सामाजिक सञ्जालका रूपमा लिन्छु । पछिल्ला समय फेसबुक मार्फत मेरा थुप्रै साथीहरूले सामाजिक कल्याणका अभियानहरू सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । साथै माइक्रो ब्लगिङका लागि पनि फेसबुकले राम्रो मञ्च प्रदान गरेको छ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ?

एकदम कम । यहाँले सुरूमा उठाए जस्तै नेपाली ब्लगहरू एकदम बढी भावनात्मक साहित्यहरूमा बढि केन्द्रित छन् ।

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो?

सापेक्ष बुझार्इ । हाल म क्रियाशिल रहेको ब्लग सापेक्ष बुझार्इ मात्र हो । यद्दपी, पछिल्लो दुर्इ महिनामा मैले एउटा पनि पोष्ट राखेको छैन । http://thapanirajan.com यसको लिङ्क हो ।

ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ ?

धेरै पाएँ । थोरै केहि गुमाएँ । पाठकहरू पाएको छु, केहि खराव प्रवृत्तिको पृष्ठपोषण गर्ने आफन्तहरू गुमाएको छु । तर जे गुमाएको छु त्योभन्दा सयौ गुणा ज्यादा प्राप्त गरेको छु ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

एक हिसाबले म यस बिचारसँग सहमति राख्दछु । अपितु, ब्लगिङ नागरिक पत्रकारिता नै हैन । नागरिक पत्रकारिता एउटा कोरा कल्पना मात्र हो । त्यस्तो कुनै पत्रकारिता नै छैन, जसलार्इ हामी नागरिक पत्रकारिता भनौँ । कम्तिमा म चाँहि नागरिक पत्रकारिताको अवधारणामा पूर्ण सहमत नै छैन ।

अन्त्यमा,
केहि सिमित पाठकहरूबीच सिमित ब्लगहरूलार्इ अझ अरू फराकिलो सञ्जालमा पुर्‍याउन मद्दत गर्ने यहाँको अभियानको म हृदयदेखि नै सम्मान गर्दछु । र, यसको सफलताको लागि शुभकामना ब्यक्त गर्दछु । धन्यवाद ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service