ब्यवसायिक ब्लगिङ गर्नेले कुनै एउटा क्षेत्रमा मात्र ब्लगिङ गरे सफल भइन्छ-मुकेश चापागाई

अध्यात्म र ध्यानमा खास रुची राख्ने मुकेश चापागाई पेशाले कम्प्युटर इन्जिनियर हुन । हाल Magento Ecommerce Programmer को रुपमा कार्यरत मुकेशको घर भने भद्रपुर, झापामा पर्छ । सोसल मिडियामा सक्रिय मुकेशको पेशागत रुची भने web development, programming, blogging र social media नै हो । मुकेशले Programming र Technology सम्बन्धी कुराहरु http://blog.chapagain.com.np बाट र आध्यात्मिक कुराहरु http://spiritualsatya.com बाट ब्लगिङ गर्छन । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपटक हामीले बिश्व ब्लगर्स दिवसको  समेत सन्दर्भ पारेर उनै मुकेश चापागाईलाइ प्रस्तुत गरेका छौँ । प्रस्तुत छ प्रकाश लामिछानेले गरेको कुराकानी :

सुरुमा विश्व ब्लगर दिवसकै सन्दर्भ र महत्वबाट कुरा सुरु गरौँ न । यस बारेमा केही बताइदिनुस न । यो किन र कसरी सुरुभयो?

मलाई जानकारी भए अनुसार May 2, 2010 देखी फिलिपिन्समा रहेको Cebu Bloggers Society ले विश्व ब्लगर डे मनाउन सुरु गरेको हो। ब्लगिङ भनेको आफुले जानेको, बुझेको, लागेको, भोगेको कुरा राख्ने एउटा शशक्त माध्यम हो। विश्व अहिले सानो घर भईसक्यो। तपाईंले लेखेको ब्लग एकछिनमा विश्वको कुना-कुनामा पुग्नसक्छ। ब्लगिङले अहिले सामाजिक क्रान्तिमा पनि महत्वपूर्ण योगदान दिरहेको छ। जो कसैले पनि ब्लगिङको माध्यमबाट समाजमा आफ्नो छाप छोड्न सक्छन। ब्लगिङका बारेमा जनचेतना अभिबृद्दि गर्न र ब्लगरहरु बिच अनुभव तथा जानकारी साटासाट गर्न पनि ब्लगर डेले महत्व राख्दछ।

हामी कहाँ ब्लगरहरु धेरै नभएर पो हो कि अँझैँ यसको औचित्य बुझाउन सकिएको छैन, हो?

हामी कहाँ ब्लगरहरु धेरै छन् अहिले त। तपाईंहरुले नै कति धेरै ब्लगरहरुलाई 'साताका ब्लगर'का रुपमा फिचर गरी सक्नु भएको छ। सबै नेपालीले ब्लगिङ गर्नुपर्छ भन्ने पनि छैन नि ! जस्लाई इच्छा हुन्छ, उस्ले गर्छ। ब्लगिङ कसरी गर्ने र धेरै मानिसहरु माझ आफ्नो ब्लग कसरी पुर्‍याउने भन्ने कुराको ज्ञान भयो भने धेरैलाई ब्लगिङ प्रति रुची बढ्छ जस्तो लाग्छ। पाठकहरुको मुल्याङ्कन र प्रतिकृयाले ब्लगिङ गर्न थप धेरै हौसला मिल्छ।

अब यहाँको ब्लगतिर लागौँ, ब्लग लेखन कहिलेदेखि शुरू गर्नुभयो?

२००६ देखी सुरु गरेको हो। Bachelors पढ्दा खेरिको अन्तिम बर्ष तिरबाट सुरु गरेको हो। त्यतिखेर नेपालमा खासै धेरै ब्लगहरु थिएनन। http://blog.com.np हेर्थेँ, राम्रो लाग्थ्यो। सुरुमा मलाइ मलाई ब्लगिङ भनेको के हो, किन गरिन्छ, यसको फाईदाहरु के के छन भनेर केही थाहा थिएन। थाहा दिने पनि कोही थिएनन् पनि। सुरुमा wordpress.com मा ब्लग गर्थे। पछी .NP domain register गरेपछी त्यसमा ब्लग गर्न थाले। ब्लगिङ सुरुगरेदेखि नै आफुले जानेका technology का कुराहरु नै लेख्दै आएको छु मैले। रमाइलो रमाइलो मै सुरु गरियो ब्लगिङ।

केका लागि ब्लगिङ गर्नुहुन्छ?
आफुले जानेका बुझेका कुरा share गर्न मन लाग्छ। प्राय: आफुले काम गर्दा आउने programming problems हरुको solution लेख्नेगर्छु जसले गर्दा पछी आफुलाई पनि reference होस् अनी अरुलाई पनि सहयोग मिलोस् र programming तथा computer technology को बारेमा पनि लेख्छु । दुइवटा ब्लग भएकोले अर्को ब्लगमा चाँही आध्यात्मिक सन्देशहरु राख्ने गरेको छु। म ओशोबाट एकदम प्रभावित छु।

तपाइ त बिशुद्द एउटा इन्जिनियर, सोसल मिडियामा आफुलाइ कसरी चिनाउन चाहनुहुन्छ ब्लगरका रुपमा या वेब डेभ्लपरका रुपमा या इन्जिनियरका रुपमा?
म आफुलाई Computer Technology मा रुची भएको मान्छेका रुपमा चिनाउन चाहन्छु।

प्रविधिका कुराहरु बारे ब्लगिङ गर्दै आउनुभएको छ, नेपालको ब्लगिङ क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

नेपालमा अहिले धेरै ब्लग र ब्लगरहरु छन। ब्लगिङको प्रयोग बढी रहेको छ। प्रयोग बढ्नु भनेको ब्लगिङको महत्व पनि बढेको हो जस्तो लाग्छ। सामाजिक संजालहरु, जस्तै twitterfacebook ले पनि ब्लगरहरुलाई उत्साह र उमङ्ग प्रदान गरेका छन । अहिले twitter र facebook मार्फत सजिलैसँग धेरै मानिसहरुलाई आफ्नो ब्लग रचना share गर्न मिलिरहेको छ, अरुमाझ सजिलै पुर्‍याउन मिलिरहेको छ। अनी संजालमा पुगेको त्यो रचना प्रति आएको मान्छेहरुको प्रतिकृयाले ब्लगरहरुलाई थप हौसला मिल्छ जस्तो लाग्छ। नेपाली भाषामा लेखिएका ब्लगहरु अहिले धेरै भेटाएको छु। नेपालमा ब्लगको बढ्दो संख्या देखेर धेरै खुशी लाग्छ।

तपाईसँग आफ्नो ब्लगसंग जोडिएको वा सोसल नेटवर्किङ साइटमा कुराकानी गर्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ?

त्यस्तो त केही छैन। तर सामाजिक संजाल, बिशेषगरी twitter मा हुने गफहरु धेरै मन पर्छ। Twitter मा मान्छेहरुले कलात्मक ढंगले ख्यालठट्टाको पारामा आफुलाई चित्त नबुझेको कुरा लेखेको मलाइ धेरै मन पर्नेमा पर्छ।

हामी बिश्व ब्लगर डे को सन्दर्भमा समेत छौँ, नेपालमा ब्यावसायिक ब्लगिङको अवस्था देख्नुभएको छ?

नेपालमा ब्यवसायिक ब्लगिङ कसैले सुरु गरिसकेको चाँही जानकारी भएन मलाई तर त्यो गर्न नसकिने भने होइन। त्यसको लागि धैर्यताको एकदम आवश्यकता पर्छ। ब्लगिङबाट सुरुमै पैसा कमाउन सकिदैन। महिनौ लाग्नसक्छ राम्रो पैसा कमाउन। तर हार नमानी निरन्तर गुणस्तरिय लेख रचना लेख्दै जाने हो भने अवश्य सफल भइन्छ। ब्यबसायिक ब्लगिङ सजिलो काम चाँही होइन। भारतका हर्ष अग्रवाल एक ब्यावसायिक ब्लगर हुन। उनको ब्लगिङ यात्राबाट पनि यो बारेमा धेरै ज्ञान लिन सकिन्छ।

तपाँइले जसरी आफूलाइ Web Developer, Programmer, भनेर चिनाइरहनुभएको छ, यो पेशाको बजार कत्तिको छ नेपालमा? अर्थात मानिसहरु अब आफ्नो ब्लगलाइ नयाँ लुक्स दिनुपर्छ, यसलाइ नयाँ पहिचानका साथ ल्याउनुपर्छ भन्ने भैसके?

यो क्रम बिस्तारै बढी रहेको छ। wordpress.comblogspot.com का ब्लगरहरुले आफ्नै domain मा ब्लग transfer गरिरहेका छन। त्यो धेरै राम्रो संकेत हो। ब्लगिङसँग सरोकार राख्ने अरु धेरै technical कुराहरु हुन्छन। त्यो सबैलाई जानकारी हुन्छ भन्ने छैन। लुक्सको कुरा गर्दा नेपालका प्रमुख न्युज मिडियाहरुले भर्खरै आफ्नो वेबसाईटको लूक्स फेरेका छन। अहिले धेरै राम्रा देखिएको छन ति वेबसाईटहरु। नामै लिने हो भने गत साता र यो सातामात्रै लुक्स फेरेका http://nagariknews.comhttp://ujyaaloonline.com लाइ समेत लिन सकिन्छ । 

मानिसहरु अचेल सामाजिक संजालमा हुने बहसमा निकै सहभागी भैरहेका हुन्छन, किन यस्तो भएको होला, भर्चुअल संचारमा सयर गर्दा आनन्द आउने हुनाले या आफ्ना कुराहरु अरुमाझ पुर्याउन न्यु मिडियाले हरेक ब्यक्तिलाइ अलग अलग प्लेटफर्म दिएका हुनाले?

दुबै सहि हो।

सोसल मिडियामा भइरहेका बहसले नयाँ के गरिरहेको जस्तो लाग्छ यहाँलाइ?

ब्यक्तिको ज्ञानलाई फराकिलो परेको छ र आफ्ना बिचारहरु राख्ने एउटा प्लेटफर्म दिएको छ। भन्नेहरु त चिया पसलमा हुने गफलाइ बिस्थापित गरेको छ पनि भन्छन् तर यो कुरालाइ चाँही म मान्दिन।

तपाइको सबैभन्दा धेरै हेरिएको ब्लगपोष्ट कुन हो?

सवैभन्दा धेरै हेरिएको मेरो ब्लग Magento: How to get attribute name and value? भन्ने हो । जुन 73,173 views भएको रहेछ । साथै मेरो ब्लगको सबै भन्दा तल footer मा Most Viewed section छ। त्यसमा अहिलेसम्म धेरै हेरिएका ब्लग आर्टिकलहरु छन।

ब्लग लेखेर मात्रै भएन, त्यसले पाठकको ध्यान तान्न पनि उत्तिकै जरुरी छ । कस्ता ब्लगले पाठकको ध्यान धेरै तान्छ होला?

त्यो पाठकमा भरपर्ने कुरा हो। कसैलाई साहित्य मनपर्ला, कसैलाई खेलकुद मनपर्ला, कसैलाई सामाजिक/राजनितिक मनपर्ला, कसैलाई बिज्ञान प्रविधि मनपर्ला। यदी ब्यवसायिक ब्लगिङ गर्ने हो भने कुनै एउटा क्षेत्र रोजेर त्यसका बारेमा मात्र ब्लगिङ गर्‍योभने सफल भइन्छ।

नेपालमा टेक्नोब्लगहरु अत्यन्तै न्युन भेटिन्छन किन यस्तो होला प्रविधि प्रति मान्छेको बुझाइ कम भएर या यस्तो ब्लग लेख्नेहरु नै कम भएर?

प्रविधि बुझ्ने मान्छेहरुको कमी छैन नेपालमा। ब्लगिङ गर्ने इच्छा र जाँगरको कमीले गर्दा यो संख्या कम भएको हो जस्तो लाग्छ। मैले यतिका बर्ष ब्लगिङ गरेर अनुभव गरेको कुरा: ब्लगिङ सुरु गर्न केही गाह्रो छैन। ब्लगिङलाई निरन्तरता दिन चाँही एकदमै गाह्रो हुन्छ।

तपाइ आफुचाँही अरुको ब्लग कत्तिको हेर्नुहुन्छ? केही ब्लगको नाम लिनुपर्दा?

म दैनिक रुपमा Technology सम्बन्धित ब्लग पढ्ने गर्छु। बिशेषगरी http://techcrunch.com को आर्टिकलहरु राम्रो र विस्तृत हुन्छन। पपुलर टेक ब्लगहरुको aggregator वेबसाईट छ एउटा: http://techmeme.com भन्ने। त्यसमा सबै recent popular tech न्युजहरु हुन्छन। त्यो वेबसाईट सधैं हेर्छु। त्यस्तै http://mysansar.com, http://aakarpost.com, http://sabdachittra.blogspot.com, http://nirmal.com.np, http://blog.nirmal.com.np हरु मैले निरन्तर हेर्ने ब्लगहरु हुन। यस बाहेक Programming सम्बन्धी अर्को एकदमै चलेको ब्लग छ: http://roshanbh.com.np, Linux र OpenSource सम्बन्धी http://linuxcandy.com लगायतका ब्लगहरु हेरिरहन्छु। यस बाहेक अरु धेरै नेपाली ब्लगहरु पनि छन्। नेपाली ब्लग र ब्लगरहरुको संख्या बढेको देखेर ज्यादै खुशी लाग्छ।

यति कुरा गरिसकेपछि तपाइको विचारमा सामाजिक संजाल के हो? वा यसको महत्व?

सुचना र अनुभवहरुको आदान प्रदान। मन मिल्ने मानिसहरु सँगको चिनापर्ची।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

ब्लगिङसँग पत्रकारिता शब्द नजोडेको नै राम्रो। यसले विवाद र अन्यौल मात्र ल्याउने काम गर्छ। ब्लगिङ आफ्नो ठाउँमा छ। पत्रकारिता आफ्नो ठाउँमा छ। नागरिक पत्रकारिता भन्ने हो भने त्यो पनि आफ्नो ठाउँमा छ। मेरो बिचारमा यि तीन कुराहरु भिन्नाभिन्नै हुन।

ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता पनि चाहिन्छ भन्ने बहस पनि छ एकातिर, तपाइलाइ के लाग्छ, के यो जरूरी छ?

ब्लगिङ प्राय: ब्यक्तिगत रुपमा चलाइन्छ। सबैले आचारसंहिता अक्षरस: पालना गर्छन् भन्ने लाग्दैन। तैपनि एउटा त्यस्तो आचारसंहिता भए राम्रै होला। बरु ईन्टरनेटको दुनियाँमा एउटा राम्रो कुरा के छ भने, कसैले गलत कुरा ब्लगिङ गरिरहेको छ भने त्यसको जानकारी त्यो ब्लग होस्ट गर्ने कम्पनीलाई खबर गरेर बन्द गराउन सकिन्छ।

अन्त्यमा,

नागरिक पत्रकारिता र ब्लगिङको क्षेत्रमा मेरोरिपोर्टले गरेको काम सह्रानिय छ। तपाईंहरुको उत्तरोउत्तर प्रगतीको कामना गर्दछु। मलाई आफ्नो बिचारहरु राख्न दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Dr. Surya B. Parajuli on May 6, 2013 at 9:20pm

Comment by Dr. Surya B. Parajuli on May 6, 2013 at 9:16pm
Comment by Lava Kafle on May 3, 2013 at 5:49pm

wowowowow

Comment by Mukesh Chapagain on May 1, 2013 at 8:36pm

धन्यबाद :)

Comment by Amuna Chapagain on May 1, 2013 at 5:32pm

Congratulations broda !! :)

Comment by Nirmal Gyanwali on May 1, 2013 at 5:20pm

Congratulations bro! Keep Rocking!!!

Comment by Biut Raz Thapa on May 1, 2013 at 5:10pm

US bata visits target garna .NP domain ramro huncha ra ??  dumping all my old domains and starting off again with a WP theme i am designing. Biut Raj Thapa blog ma. Mukesh dai ko blog dherai choti google ma pani bheteko chu. Great job !!   

Comment by Purushottam Subedi on May 1, 2013 at 5:02pm

बधाई दिन चाहन्छु | अध्यात्म तिर जोडिएको उहाँको युवा सोंच पनि राख्दा राम्रो हुनथ्यो अझ 

Comment by Pagal Basti on May 1, 2013 at 5:01pm

मुकेस सरलाई बधाइ

Comment by Indra Dhoj Kshetri on May 1, 2013 at 4:15pm

बधाई छ मुकेशजीलाई । ब्लग मात्र होइन कुराकानी पनि रोचक रहेछ।

Comment by Krishna Guragain on May 1, 2013 at 1:59pm

Congratulations Mukesh ji, thank you for mentioning UjyaaloOnline here :)

Comment by एसवी गौतम on May 1, 2013 at 11:44am

ब्लगिङ गर्न गाह्रो छैन निरन्तरता दिन चै एकदमै गाह्रो हुन्छ, यो कुरासगँ म एकदमै सहमत छु । अन्र्तवार्ता राम्रो लाग्यो ।  "व्लगर अफ दिन विक" वन्नुभएकोमा वधाई ।

Comment by Aakar Anil on May 1, 2013 at 11:35am

Congratulations bro. Got to know more about you. :)

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service