आचार संहिता केवल मस्यौदा नबनोस् ! : महेश दत्त पन्त

महेश दत्त पन्तको स्थायी घर अमरैया, कञ्चनपुर हो । किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग, स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत छन्  उनी । महेशलाई मनमा लागेका कुराहरू शब्दमा उतार्न एवम् एकान्त प्राकृतिक बातावरणमा रमाउन खुबै मनपर्छ । कम बोल्ने बानीलाई आफ्नो कमजोरी ठान्ने महेश लेखनमा भने सक्रिय छन् । लेखिएमा कुरालाई संरक्षित गर्न आफुले भर्खरै मात्र ब्लग खोलेको उनी बताउँछन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै महेश दत्त पन्तलाई प्रस्तुत गरेका छौ। प्रस्तुत छ उनीसँग गरिएके कुराकानी :

आफुलाई सोसल मिडियामा के भनेर चिनाउन चाहानुहुन्छ? बताइदिनुस न।

सोसल मिडिया बास्तवमा मेरो लागी शब्द सिक्ने प्रयोगशाला झैं बनेको छ । त्यसैले आफुलाई यसको शिक्षार्थीका रुपमा चिनाउन मन पर्छ ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो ?

ब्लगको बारेमा त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको विद्यार्थी बनेपछि मात्रै थाहा पाएको हुँ । मैले ब्लग चलाउन थालेको धेरै भएको छैन ।  ३ महिना अघि मात्रै सहपाठी मित्र शिशिर पराजुलीको सहयोगमा खोलेको थिएँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ ?

मेरो रुचि अनुरुप नै आफ्ना मनमा लागेका शब्दहरु कोर्न एवम् संरक्षित गर्न ब्लगिङ गर्ने गरेको छु। ब्लगिङ गर्दा आफ्ना शब्दहरु संरक्षित भएको महशुस हुन्छ। मेरो ब्लगमा रहेका प्राय: लेख रचना आफ्नै जीवनका भोगाइहरु र समाजलाई हेर्ने आफ्नै दृष्टिकोणमा आधारित हुन्छन् ।

तपाईले http://imahapagal.blogspot.com/ बाहेक अरु पनि चलाउनुहुन्छ

मैले चलाउने ब्लग यहि मात्र हो। ब्लगिङ गर्न खासै असहज छैन तर के कस्ता रचना एवम् लेखलाई ब्लगमा समावेश गर्ने भन्ने बिषयमा असहजता महशुस हुन्छ ।

तपाईको  ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनुहुन्छ ?

ब्लगिङ गरेको धेरै भएको छैन त्यसैले पनि हुनसक्छ पाठकहरुको प्रतिक्रिया धेरै पाएको छैन । जे जति पनि पाउँछु सकारात्मक र मेरो लेखन कार्यमा हौसला प्रदान गर्ने खालकै हुन्छन ।

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङप्रति आर्कषित भई रहेका छन, नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग ? अनि कस्तो देख्नुहुन्छ ब्लगिङको भविष्य ?

हामीजस्ता युवाहरुमा लेखन संस्कृतिको बिकाश हुनु एकदमै सकारात्मक कुरा हो। आफ्ना बिचार र भोगाईहरुलाई यसरी ब्लगमार्फत सबैसामु पुर्‍याउँदा ती शब्दहरु पाठकका लागी प्रेरणा र चेतनाको संबाहकको रुपमा स्थापित हुनसक्छन् कि भन्ने मेरो बुझाई हो । यसको सदुपयोग गर्न सके भविष्य नहुने त कुरै भएन नि ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

जहाँ सकारात्मक कुरा हुन्छन् त्यहाँ नकारात्मक कुरा नहोलान् भन्न सकिदैन किनकी मानव सभ्यता संगसंगै यी दुबै कुरा एक-अर्काको परिपुरकका रुपमा आएका पाइन्छन् । ब्लगमा नकारात्मकता नफैलियोस् भन्ने प्रयोजनले आचारसंहिता बनाउन सके राम्रो । तर त्यस्तो आचारसंहिता केवल मस्यौदा नबनोस् ।

नेपाली ब्लगरले आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ ?

मैले प्राय: पढ्ने ब्लगहरुमा आचारसंहिता उल्लंघन भएको पाएको छैन तर कुन आधारमा आचारसंहिता उल्लंघन भएको मान्ने कुराले पनि असर पारेको हुनसक्छ ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

हो भन्दा नि फरक नपर्ला ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन ?

ब्लगिङ बाहेक फेसबुक, टुइटरमा अपडेट भइरहनु मेरो रुचिको बिषय हो र प्राय:यिनिहरुबाटै नयाँ लेख, रचना एवम् समाचार पढिरहेको हुन्छु । यसका साथै एकान्तमा बसेर सदाबहार हिन्दी गित-संगित सुन्ने,नाटकघरपुगेर नाटक हेर्ने, प्राकृतिक सुन्दरतामा रमाउनेजस्ता रुचि पनि राख्दछु ।

अन्त्यमा,

आफ्ना कुराहरु राख्ने अवसर दिनुभएकोमा मेरोरिपोर्टलाई धेरै धेरै धन्यवाद । बहुभाषिक, बहुसांस्कृतिक नेपाली समाजमा लुकेर बसेका प्रतिभाहरुलाई नेपाली साहित्यको मुलधारमा ल्याउन मेरोरिपोर्टले महत्त्वपूर्ण भुमिका खेल्न सकोस् भन्ने कामना गर्दछु ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Mahesh Pant on September 17, 2015 at 6:45pm
धन्यवाद मेरोरिपोर्ट टिमलाई; मेरा शब्दहरुलाई एउटा अर्थ दिने बाटो देखाइदिनु भएको मा!!
Comment by Prakash Lamichhane on September 17, 2015 at 12:04pm

बधाई छ धेरै धेरै । :) 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service