आफुले लेख्न पाउँदैमा कसैलाई समस्यामा पार्ने हिसाबले लेख्न कहाँ जायज छ र ? : मधुर राज शर्मा

क्रिकेट खेल्न अनि हेर्न मनपराउने मधुर राज शर्मालाई घुम्न, गित सुन्न अनि साथिहरुसँग गफ गर्न मनपर्छ । फिल्म हेर्न पनि उत्तिकै रुचाउने मधुर आफुलाई बलिउड अभिनेत्री दिपिका पादुकोणका धेरै ठुलो प्रशंसक भन्न । ट्वीटरको प्रेरणबाट ब्लगिङ शुरु गरेको बताउने मधुर आफ्ना रुचिका विषयलाई बिस्तारै ब्लगमा समेट्दै जाने सोचमा छन् । होटल म्यानेजमेण्ट पढ्न विदेश जाने तयारीमा रहेका मधुर ब्लग लेखनमा पनि उत्तिकै सक्रिय छन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै मधुर राज शर्मालाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी 

मधुर राज शर्मालाई सोसल मिडियामा के भनेर चिन्ने ? बताइदिनुस न ।

आफ्ना अभिभावकले माया गरेर राखिदिएको हुनाले होला आफ्नै नाम "मधुर" प्यारो लाग्छ । तर रमाइलोको लागी ट्वीटरमा नामको पछिल्तिर "अनविवाहित" जोडेकाले "मधुर अनविवाहित" भनेर चिनिन्छु ।

ब्लगिङ गर्न कहिलेदेखि थाल्नुभयो  ?

मैले ब्लागिङ गर्न शुरु गरेको भर्खरै हो, ५-६ महिना भयो ।

केका लागि ब्लगिङ गर्नुहुन्छ ?कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन  ?

वास्तविकतालाई शब्दमा पोख्नका लागी ब्लगिङ गर्छु । आफु वरिपरिका घटना, तीनका कथा-व्यथाहरु नै मेरा रोजाइमा पर्छन् ।

तपाईले  https://madhurr.wordpress.com/   बाहेक अरु पनि चलाउनु हुन्छ ? अनि ब्लगिङ गर्न कत्तिको सजिलो छ त?

अरु कुनै ब्लग छैनन् । ब्लगिङ गाह्रो छैन तर सजिलो पनि छैन । शब्द चयनमा होश गर्नुपर्छ, तत्कालिन बिषयको जानकारी नभई लेखे पाठकको मन जित्न गाह्रो छ । 

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?

पढ्नेले राम्रो छ नै भन्छन्, साँच्चै हो या मन राख्नका लागी त्यो भने थाहा भएन ।

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङप्रति आर्कषित भई रहेका छन, नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग  ?

ब्लगिङले साहित्यको मोह घट्न नदिएर होला, सदुपयोग नै भएको पाउँछु ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

जरुरी छ । आफुले लेख्न पाउँदैमा कसैलाई समस्यामा पार्ने हिसाबले लेख्न कहाँ जायज छ र ?

नेपाली ब्लगरले आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ ?

अहिलेसम्म पढेको ब्लगमा त पालना भएकै पाएको छु ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

कथा "अपरिचित" पढेर एक जना दार्इले वास्तविक जिवनसँग जोड्दै "केटाहरु दिनभर चियापसलामा बसेर केटी जिस्काउँछन् अनि बेलुका घर आएर नारी सम्बन्धि कथा लेख्छन् ।" भनेर पेच हानेका थिए ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

ब्लगिङ र पत्रकारिता कुनै पनि हिसाबले उस्तै पाउँदिन म ।

अन्त्यमा,

मेरो रिपोर्टले  मेरो ब्लगलाई आफ्नो मानेर कदर गरिदिएकोमा  आभारी छु ।

 

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Amuna Chapagain on January 21, 2015 at 2:49pm

Congratulations Madhur !

© 2017   Created by Equal Access for the Civil Society: Mutual Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service