नियम आफैमा तानाशाह कुरा हो तर नियम नभए अराजकता फैलिन्छ : कोशिस ओझा

पढ्न, लेख्न र घुम्न मनपराउने थुम्की-८, कास्कीका कोशिस ओझा यति बेला स्नातक तह तेस्रो वर्षको परिक्षाफलको प्रतिक्षामा छन् । रुचिहरु समय, बाध्यता र बुझाईमा भर पर्ने बताउने कोशिसको रुचि भने समाजसेवा गर्ने रहेको छ । रुचिका बिषयलाई बिस्तारै ब्लगमा समेट्दै जाने कोशिसमा रहेका उनै कोशिस ओझालाई  मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 

कोशिस ओझालाई सोसल मिडियामा के भनेर चिन्ने ? बताइदिनुस न ।

एउटा सामान्य धरातलबाट उठेर न्याय र सकारात्मक पक्ष लिन खोज्ने सामान्य नेपाली ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी शुरु गर्नुभयो ?

केही महिना मात्र भयो । व्यवस्थापनको विद्यार्थी खासै साहित्य नआउने तर मनका कुरा लेख्न अनि हरेक बिषयमा आफ्नो दृष्टिकोण राख्ने माध्यम खोज्दै जाँदा फेसबुक,ट्विटर हुदैं ब्लग चलाउन थालेको हुँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ ? कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन ?

मेरो दृष्टिकोण बिचार, सृजना सबै जनाले पढुन् भन्ने आशयले ब्लगिङ गर्छु । समसामयिक राजनिती, साहित्य सृजना आदि मेरो रोजाइमा पर्छन् ।

तपाईले  http://ojhakoshis.blogspot.com/  बाहेक अरु पनि चलाउनु हुन्छ ?  अनि ब्लगिङ गर्न कत्तिको सजिलो छ त ?

यो एउटा मात्र हो । सजिलो गाह्रो कुरा आफुमा भर पर्ने कुरा हो । एउटालाई सजिलो लागेको अर्कोलाई असजिलो लाग्न सक्छ । ब्लग राम्रो बनाउन म अझै सिक्दै छु ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?

शायद म नयाँ भएर वा थोरै लेखेको कारणले होला ब्लग मा खासै प्रतिक्रिया आएको छैन यद्यपि फेसबुक,ट्वीटरमा धेरै माया,सद्भाव र सल्लाह पाएको छु । 

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

नयाँ नै भएकोले होला अहिले नै खासै त्यस्तो केही प्रसंग छैन । 

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङप्रति आर्कषित भई रहेका छन, नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ, सदुपयोग या दुरुपयोग ? अनि कस्तो देख्नु हुन्छ ब्लगिङको भविष्य ?

भविष्य प्रयोगकर्तामा भर पर्ने कुरा हो । यो भन्दा राम्रो अर्को विकल्प भए प्रयोगकर्ता त्यस तर्फ जान सक्छन् । भविष्य आँकलन गर्न म सक्दिन यद्यपि सामाजिक संजालको भविष्य उज्ज्वल छ। दुनियाँ नजिक भन्दा नजिक हुन चाहिरहेको छ । यो युग सामाजिक संजाल को युग पनि हो । यो मानिसहरुको दैनिक बन्न पुगेको छ । हरेक कुराका राम्रा नराम्रा पक्षहरू हुन्छन् । हामीले राम्रा कुराहरू मात्र अनुशरण गर्नुपर्छ ।अरुको तुलनामा ब्लगको धेरै सदुपयोग देख्छु ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरा पनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

नियम आफैमा तानाशाह कुरा हो तर नियम नभए अराजकता फैलिन्छ । त्यसकारण केही आचारसंहिता भएको राम्रो हो । तर सृजनाको कुनै सिमा हुदैन भन्ने यथार्थ भुल्नु हुदैन ।

नेपाली ब्लगरले आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ ? मुलधारका सञ्चार माध्यमले सोसल मिडियालाई कसरी प्रयोग गरेको पाउनु भएको छ ?

ब्लगरले चाहिँ खासै नराम्रो गरेजस्तो लाग्दैन । केही अपवाद जहाँ पनि हुन्छन् । सामाजिक संजाललाई मुलधार र मोसफल दुबै मिडियाले पनि आफू अनुकूल प्रयोग गरेका छन् । बिपरित बिचार राख्नेलाई वेबास्ता गर्छन् । यहाँ राम्रो हैन हाम्रोलाई प्राथमिकता दिईन्छ जस्तो लाग्छ तर सबै त्यस्ता छैनन् ।

केहीले ब्लगिङलाइ नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

सबैभन्दा पहिला नागरिक पत्रकारिता भनेको के हो ? बुझ्न जरुरी छ । कर्णालीको किसानको कथा यस भित्र पर्छ कि पर्दैन रु यसको ब्लगमा पहुँच छ कि छैन रु बुझ्न जरुरी छ। केही शहरिया र बिदेशमा बस्ने सिमीत नेपालीको पहुँचमा मात्र हुनाले यो नागरिक पत्रकारिता हो जस्तो लाग्दैन ।यद्यपि केही हदसम्म जनध्वनि चाहिँ आएको छ ।

अन्त्यमा,

धेरै धेरै धन्यवाद !

 

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on January 30, 2015 at 11:57am

Congratulations Kosis... :))

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service