आफुले छान्ने गरेको विषयवस्तु मिल्छ भने ब्लगिङ गर्न गाह्रो छैन: घृतकौशिक

आफूलाई घृतकौशिक भनेर चिनाउन चाहने अजित खनालको स्थाई घर पुर्वी पहाडी जिल्ला इलाम हो । उनले सबै सामाजिक सञ्जालहरुमा एउटै नामले चिन्न सजिलो होस भनेर फरक नाम राखेका हुन् । पेशाले व्यापारी हुन् उनी विज्ञानका विद्यार्थी पनि हुन् । साहित्यमा विशेष रुचि भएका उनी ब्लग लेखनमा निकै सक्रिय छन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै घृतकौशिकसँग कुराकानी गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 

आफुलाई के भनेर चिनाउन चाहनुहुन्छ ?

एक साधारण पेशाकर्मी, जो पेशाको धर्म निभाएर साहित्यलाई माया गर्छ ।

ब्लगिङ किन र कसरी ब्लग शुरु गर्नुभयो ?

आजसम्म नेपाली साहित्यमा राम्राहरुको भन्दा हाम्राहरुको बाहुल्य छ । आफ्ना रचनाहरु बजार सम्म पुर्‍याउन नसकेर ब्लगलाई रचनाहरु थन्काउनका लागि एउटा डिजिटल डायरीको रुपमा मात्र सुरु गरेको हुँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ ? 

सामान्यतया घरपरिवार, समाज र साथीहरुको घुलमिलबाट सिकेका, समाज देश र राजनिती देखेर मनमा लागेका खुल्दुलीलाई सरल शब्दमा पोख्नका लागि ब्लगिङ गर्ने गरेको छु ।

तपाईले http://sulubung2.blogspot.com/ बाहेक अरु पनि चलाउनु हुन्छ ?

यही मात्र हो ।

ब्लगिङ गर्न कत्तिको सजिलो छ त ?

ब्लगिङ सजिलो वा अप्ठ्यारो भन्दा पनि ब्लगिङको विषयवस्तुमा भर पर्छ । आफ्नो लेखाईको स्तर र आफुले छान्ने गरेको विषयवस्तु मिल्छ भने ब्लगिङ गर्न गाह्रो छ जस्तो लाग्दैन।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?

पढ्ने सबैले प्रतिक्रिया त दिनुहुन्न । प्रतिक्रिया दिनेले राम्रो छ भन्नुहुन्छ । कतिपय पाठकले अलि साहित्यिक छ, बुझ्नै गाह्रो हुन्छ,अलि सरल भाषामा लेख्नु पर्‍यो भन्नुहुन्छ । जे होस् राम्रो प्रतिक्रिया दिनुहुन्छ । खुसी लाग्छ ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन ?

ब्लगिङ बाहेकको रुचि भनेको नयाँ नयाँ ठाँउमा घुम्न मनपर्छ । कहिलेकाँही फोटोहरु खिच्न पनि मन पराउँछु । विशेष गरी प्राकृतिक कुराहरुसँग नजिक हुन चाहन्छु । मलाई प्राकृतिक सौन्दर्यले एकदमै आर्कषण गर्छ ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताई दिनुहोस न  !

त्यस्तो खासै रमाईलो या विर्सनै नसकिने प्रसंग त छैन तर पनि धेरैले मेरा रचनाहरुलाई मेरो आफ्नो जीवनसँग जोडेर हेर्नुहुन्छ र भेटेको बेला भन्नुहुन्छ, तपाई नै हो र? रमाइलो लाग्छ त्यो चैँ ।

केहीले ब्लगिङलाई नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

आफुलाई मनमा लागेको कुराहरु सहज रुपमा भन्ने माध्यम भएकोले ब्लगिङलाई नागरिक पत्रकारिता भन्दा फरक नपर्ला ।

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ ? 

अधिका‌ंश आफ्ना रुचिका विषयवस्तुलाई नै मैले ब्लगिङमा समावेश गर्ने गरेको छु ।

अन्त्यमा,

धन्यवाद ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service