सामाजीक संजाल सबैभन्दा पहिलो मिडिया हो : गणेश पाैडेल

ईलामका गणेश पाैडेल  हाल दक्षिणा कोरियामा छन् । स्नातकसम्मको अध्ययन पुरा गरेका गणेशलाई साहित्यिक लेख रचना पढ्न खुबै रुचि छ । गीतसंगीत सुन्न अनि लेख्न रुचाउँने गणेश ब्लग लेखनमा पनि सक्रिय छन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै गणेश पाैडेलसँग कुराकनी गरेका छाै । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 

सोसल मिडियामा आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ ?

सामाजिक संजालमा आफुलाई यो नै हुँ भन्ने गरि चिनाउन त आजसम्म केहि गरिसकेको छैन ।

ब्लगिङ नै किन भनिन्छ ?

यो जमाना सुचना र प्रबिधीको हो । ईन्टरनेटको विकाससँगै हर घर हर मान्छेमा आफ्नो पहुँच पुर्याउने आधुनिक साधनको रूपमा म ब्लगिङलाई लिन्छु । ब्लगिङमा आफ्नोपन हुन्छ । मनमा लागेका कुरा कुनै छेकबार बिना नै लेख्न पाईन्छ ।

ब्लगबारे कँहा सुन्नुभयो या कसैले तपाईलाई ब्लगबारे बतायो या आफै कतैबाट थाहा पाउनुभयो ?

दाईबाट मैले ब्लग भनेको के हो जानेको थिएँ तर सबै कुरा भने गुगल गरेर जानेको हुँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ ?

म शब्दहरूसँग रमाउने मान्छे । त्यसैले मेरा मन भित्रका भावनारूपी शब्दहरू पोख्नको लागी ब्लगिङ गर्छु ।

ब्लगिङका लागि विषयवस्तु कसरी छान्नुहुन्छ ?

विषयवस्तुका सबालमा भने साहित्य नै हुन्छन् । मलाई बिषेश मानव संवेदनाले छुन्छ । सम्योगान्त भन्दा बियोगान्त धेरै लेख्छु ।

तपाईले अकबरे खुर्सानी बाहेक अरु पनि चलाउनु हुन्छ ?

करिब २ ३ वर्ष अघी यौटा साहित्यिक र अर्को समाचार तथा सुचना मूलक ब्लग गरी अन्य दुई ब्लग पनि चलाउँथे तर ति दुई ब्लगलाई समय दिन सकिन र छोडे । अहिले चैं यहि एउटा मात्र चलाउँछु ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?

मेरो ब्लग पढेर ब्लगमै प्रतिक्रिया दिनेहरूको संख्या त न्युन छ । ब्लगका अलावा मेरो ब्लग रचनाका बारेमा प्रतिक्रियाहरू सामाजिक संजाल फेसबुक टुईटरमा धेरै दिनुहुन्छ । र ति प्रतिक्रियाहरु सकारात्मक र नकारात्मक दुबै खाले छन् ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन् ?

मेरा रुचिहरु पुस्तकहरू पढ्ने, घुमघाम, ख्याल-ठट्टा गर्न मनपराउँछु ।

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ ?

अँ‍‍‍‍‍‍‍ म मेरो रूचिकै बिषयहरूलाई आधार बनाएर ब्लगमा शब्दहरू सिर्जिन्छु ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताई दिनुहोस न ।

त्यस्तो बिषेश केही छैन ।

केहीले ब्लगिङलाई नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

त्यस्तै लाग्छ सामाजीक संजाल सबैभन्दा पहिलो मिडिया हो ।

अन्त्यमा,

धन्यबाद !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service