ब्लगिङ सृजनशिल कुराहरु ब्यक्त गर्ने एउटा राम्रो थलो हो : विशेष संगत

विशेष संगतले बजार ब्यवस्थापनमा स्नाकोत्तर गरेका छन् । विशेष देशका हरेक क्षेत्रमा बजार ब्यवस्थाको संभावना खोज्ने गर्छन् । संगितका पारखी विशेषलाई विभिन्न ठाँउको यात्रा गर्न खुबै मन पर्छ । विशेषलाई मानिसहरुसँग कुरा गर्न उनीहरुका ईतिहास,जीवन,समस्या,आशा तथा अपेक्षाका बारे कुरा सुन्न र ति कुरालाई ब्लगमा लेख्न रुचाउँछन् । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै विशेष संगतसँग कुराकानी गरेकाछाै । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 

सोसल मिडियामा आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ ? 

आफ्नै छुट्टै विचार भएको र देशको बारे चिन्तित युवा भनेर चिनाउन चाहान्छु ।

ब्लगिङ नै किन अनि कसरी शुरु गर्नुभयो ब्लगिङ ?

ब्लग मेरो जिज्ञासाको प्रतिफल हो भन्दा पनि खासै फरक नपर्ला । यसलाई खासमा त म अनलाइन जर्नल बनाउन चाहान्थे ।  ब्लगिङ शुरु गरेपछि मैले बुझे कि यो त आफ्नो विचार, कथा र अनुभवहरु शेयर गर्ने एउटा राम्रो थलो हो । साथै ब्लगबाट नै हामीले जनचेतनाका कुराहरु पनि गर्न सक्छाै । 

ब्लगबारे कँहा सुन्नुभयो या कसैले तपाईलाई ब्लगबारे बतायो या आफै कतैबाट थाहा पाउनुभयो ?

मैले ब्लगको बारे फिल्मबाट थाहा पाएको हुँ । अहिले फिल्मको नाम चाहिँ बिर्से तर त्यसमा एउटा पात्रले ब्लग गर्ने गर्थ्यो, जुन निकै रोचक कुरा थियो मेरो लागि । पछि मैले गुगल गरेर ब्लगबारे धेरै कुरा थाहा पाए र ब्लगिङ गर्न शुरु पनि गरे ।

केका लागि ब्लगिङ गर्नुहुन्छ ? ब्लगिङका लागि विषयवस्तु कसरी छान्नुहुन्छ ?

विशेषत म मेरो विचार तथा अनुभवका कुरा नै लेखिरहेको हुन्छु । जब म कतै यात्रा गर्छु त्यो बेला म यात्रामा भेटिएका मानिसहरुसँग कुराकानी गर्छु,उनीहरुका कुरा सुन्छु । उनीहरुका कथा अनि विचार निकै राम्रा हुन्छन् । ति मध्ये प्रेरणादायिक कथाहरु म मेरो ब्लग मार्फत शेयर गर्छु । अनि देशको तत्कालिन अवस्थाबारे पनि लेख्छु ।

तपाईले http://bisesh07.blogspot.com/?m=1 बाहेक अरु पनि चलाउनु हुन्छ ?

अरु ब्लग छैन ।

तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?

मेरो लेखन शैली, लेखको लम्बाई तथा गहिराईको बारे धेरै राम्रा सुझावहरु पाएको छु । ति सुझावहरुले मलाई लेख्न प्रेरणा र उत्साह प्रदान गर्ने गर्छन् । अनि त्यस्ता सुझावले कसैले निकै ध्यान दिएर आफ्नो ब्लग पढीरहेको छ भन्ने पनि थाहा  हुन्छ र विषयवस्तुप्रति जिम्मेवार पनि भईन्छ ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन ?

मलाई संगित सुन्न र गाउन मनपर्छ अनि घुम्न पनि उत्तिकै मनपर्छ ।

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ  ?

मैले मेरो रुचि कै विषयलाई मेरो ब्लगमा समाबेश गरेको छु । मलाई घुम्न मनपर्छ र मैले घुम्दा पाएका कुराहरु नै ब्लगमा राखेको छु भने संगितको बारे पनि लेखेको छु ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

सुनाईहाल्ने गरिको त्यस्तो कुनै प्रसंग छैन ।

केहीले ब्लगिङलाई नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

मेरो विचारमा ब्लगिङ सृजनशिल कुराहरु ब्यक्त गर्ने एउटा राम्रो थलो हो ।

अन्त्यमा,

धन्यवाद !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service