ब्लगले मेरो पुरानो डायरीलाई विस्थापित गरीदियो : बिना भट्टराई

बिना भट्टराई बौद्धिक अपांगततको क्षेत्रमा कार्यरत छिन् । बिनाले अंग्रेजी साहित्य र समाजशास्त्रमा स्नाकोत्तर गरेकी छन् । कामको शिलसिलामा विभिन्न ठाँउ डुल्दा आफुलाई राम्रो लागेको कुरा मोबाइलको क्यामराले कैद गर्ने उनको बानि छ । मेरो रिर्पोटको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै बिना भट्टराईसँग कुराकानी गरेकाछौ  । प्रस्तुत छ उनीसँग गरिएको कुराकनी :

सोसल मिडियामा आफुलाई के भनेर चिनाउन चाहानुहुन्छ ?

सामान्य केटि । देश र जगतको चिन्ता मनमा भएपनि रुचि हाँस्यरसले भरिएको कुराहरुमा छ ।

ब्लगिङ कसरी शुरु गर्नुभयो  ?

पुरानो डायरी दिदीहरुको हातमा परेछ अनि कविता पढ्नुभएछ र ब्लग बनाएर पोष्ट गर भन्नुभयो । त्यसपछि ब्लगिङ शुरु गरे ।

अनि ब्लगिङ नै किन ?

आफ्नो रचनाहरु जस्तो होस् सबैले पढुन् प्रतिक्रिया दिउन् भन्ने सबैलाई लाग्छ । सुधार गर्ने अझै राम्रो लेख्ने हौसला मिल्छ भन्ने सोचेर ब्लगिङ गर्न थाले । ब्लगले मेरो पुरानो डायरीलाई विस्थापित गरीदियो ।

केका लागि ब्लगिङ गर्नुहुन्छ अनि ब्लगिङका लागि विषयवस्तु कसरी छान्नुहुन्छ ?

मनमा भएका कुराहरुलाई शब्दमा पोख्न पाउँदा आन्नद आउँछ । मलाई प्रेम र विछोडका कुराहरुले मन छुन्छ र त्यसैका बारे धेरै लेख्छु । कहिलेकाहीँ आफुलाई रमाईलो लागेका घटनाहरुलाई अलिकति फूलबुट्टा भरेर सानो-सानो टुक्राहरु लेख्न मनपर्छ । यसका साथै हामी ४ जना दिदीबहिनी र दुई जना दाजुभाई मिलेर हरेक हप्ता एउटै विषयमा कविता लेखेर आ-आफ्नो ब्लगमा पोष्ट गर्ने पनि गर्थ्यौ ।

तपाईले http://binizbuzz.blogspot.com/   बाहेक अरु पनि चलाउनु हुन्छ ?

अरु छैन यही एउटा मात्र हो ।

ब्लगिङ गर्न कत्तिको सजिलो छ ?

शुरुवात गर्न सजिलो तर निरन्तरता दिन धेरै गाह्रो काम हो ।

धेरै लामो समय देखी नयाँ ब्लग गर्नु भएको रहेनछ कार्य ब्यस्तताले नै हो या मन छुने बिषयवस्तु नभेटेर या अन्य केही कारणले ?

कार्य ब्यस्तता एउटा प्रमुख कारण हो । लेख्ने,पढ्ने बानी पनि छुट्यो । भविष्यको चिन्ताले साँघुरिएको मनमा श्रृजनशिलता नअटाउँदो रहेछ ।

तपाईको ब्लग हेरेर पाठकले कस्तो प्रतिक्रिया दिनु हुन्छ ?

रुन्चे कवि भन्नुहुन्छ । प्रेम र विछोडका कुरा धेरै लेख्ने भएकोले होला ।

ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन ?

चित्र कोर्न मनपर्छ । उनीको धागोले विभिन्न कुरा बुन्न मनपर्छ ।

अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कत्तिको समाबेश गर्नु भएको छ  ?

सबै रुचिहरु ब्लगमा समावेश गर्न सक्ने खालका हुन्न् । तर ब्लगमा समावेश भएका सबै विषय मेरा रुचिका हुन् ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनहोस न ।

समुहमा एउटै विषयमा कविता लेख्ने क्रममा एकचोटि ऋचा दिदीले कथा लेखेर पोष्ट गर्नुभयो । त्यसपछि छानेका तिन वटा विषय त्यही एउटा कथाले टार्नुभयो । दिदीको त्यो कथा कतै न कतै हामीले छानेको विषयसँग मिलिहाल्थ्यो ।

केहीले ब्लगिङला नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

कुनै लेखकहरु सुन्दर लेख्नुहुन्छ, तर पाठक सामु ल्याउने माध्यम पाउनुभएको हुन्न । ब्लगले त्यस्ता रचनालाई बाहिर ल्याउने राम्रो स्थानको काम गर्ने हुँदा केही अवस्थामा ब्लगिङलाई नागरिक पत्रकारिता भन्न मिल्छ ।

अन्त्यमा,

धन्यवाद !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Kamal Paudyal on May 3, 2017 at 5:00pm

शुभकामना 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service