ब्लगको माध्यमबाट कुनै कुराको विश्लेषण गर्नु भनेको युवाका लागि सकारात्मक कुरा हो : विकास भण्डारी

कास्कीका विकास भण्डारी वातावरण विज्ञानका विद्यार्थी हुन् । कला दर्शन र विज्ञान उनका रुचिका क्षेत्र हुन् । विकासले आफ्नो ब्लगमा रुचिको विषयलाई पनि समेटिरहेका छन् । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा आज हामीले उनै बिकास भण्डारीसँग कुराकानी गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 

आफुलाई सोसल मिडियामा के भनेर चिनाउन चाहानुहुन्छ बताइदिनुस न ।

म  वातावरण बिज्ञानको बिद्यार्थी भएको नाताले आफुलाइ सोसल मिडियामा  वातावरणको जानकार र सामाजिक चिन्तकको रुपमा चिनाउन रुचाउँछु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो र कसरी सुरु गर्नुभयो

म स्नातक प्रथम वर्षमा अध्ययन गर्दै गर्दा देखि नै ब्लग चलाउन थालेको हुँ । कलेजबाट फिल्ड  जादाँ  त्यहाँ सिकेको र मलाई  लेख्न मन  लागेको कुरा लेख्ने इच्छा लाग्यो  र त्यो बेला लगभग अहिले भन्दा चार वर्ष पहिले  मैले ब्लगको एकाउन्ट खोले । त्यहि समयदेखि मैले ब्लग चलाएको हो ।

कस्ता विषयवस्तु तपाईको रोजाईमा पर्छन

मलाई बिशेष गरि जीवन दर्शन, प्रकृति र सामाजिक विषयवस्तुको बारेमा बढी अध्ययन गर्न मन लाग्छ  र रुचि छ । त्यसैले म त्यहि विषयहरुलाई नै प्राथमिकतामा राख्छु ।

केका लागि ब्लगिङ गर्नुहुन्छ ?

म खासमा ब्लगिङ कुनै पनि बिषयमा मेरो मनमा खेलेका कुराहरुलाई व्यक्त गर्न गर्छु । यहि नै भन्ने निश्चित हुदैँन । आफुलाई सहज र ठिक लाग्ने जुनै बिषय पनि लेख्छु ।

तपाईले  http://bikashbhandarionline.blogspot.com/ बाहेक अरु पनि चलाउनु हुन्छ  

त्यो बाहेक म www.environmentalstuffs.blogspot.com पनि चलाउँछु तर त्यो  त्यति अपडेट गर्न पाएको छैन ।

ब्लगिङलाई निरन्तरता दिन कत्तिको सजिलो छ त

समय त दिनु पर्छ तर गार्हो भने हुदैन फेरी मुडको कुरा पनि हुन्छ सबै कुरा मिल्यो भने निरन्तरता दिन सजिलो नै छ

तपाई सोसल मिडियामा पनि उत्तिकै हुनुहुन्छ । नेपालमा सोसल मिडियाको प्रयोग कस्तो  भइरहेको पाउनुभएको छ

सोसियल मिडियाको प्रयोग नेपालमा सकारात्मक नै छ र मानिसहरु यसको फाइदा पनि लिईरहेका छन्

अरुका ब्लग कत्तिको पढ्नु हुन्छ प्राय पढ्ने ब्लगहरुरु कुन कुन हुन विशेष गरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन्

अरूको ब्लग पनि कहिलेकाहीँ पढ्छु । मलाई मेरो रुचिको विषयवस्तु समेटिएको ब्लग भए पढ्छु कुनै संस्थाको चाख लाग्दो रिसर्च ब्लगहरु पढ्न मन लाग्छ

आफ्ना कुरा ब्यक्त गर्न अहिले युवाहरुले ब्लगिङ्गप्रति आर्कषित भई रहेका छन, नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग अनि कस्तो देख्नु हुन्छ ब्लगिङ्गको भविष्य

आफ्नो कुराहरु ब्लगबाट ब्यक्त गर्न सक्नु  र ब्लगको माध्यमबाट कुनै कुराको विश्लेषण गर्नु भनेको युवाका लागि सकारात्मक कुरा हो । हरेक मानिसको कुनै पनि  बिषयलाइ हेर्ने र बुझ्ने  आ आफ्नो बिचार हुन्छ र त्यसलाई  ब्लग मार्फत बाहिर ल्यायो भने नयाँ उपाय र ज्ञान हासिल हुन सक्छ । अनि दुरुपयोग पनि भएको छ तर अहिले त्यता तर्फ ध्यान केन्द्रित नगरी ब्लगहरुको उचित प्रयोगले यस भविष्य कसरी राम्रो अनि ब्लग र ब्लगरहरुलाई हेर्ने दृष्टिकोणमा पनि सकारात्मक परिवर्तन आउन सक्छ भन्ने तिर नै गर्दा राम्रो हुन्छ ।

मानिसहरु ब्लगिङ गर्न रहर त धेरै नै गर्छन, तर निरन्तरता दिन सक्दैनन्, तपाईको विचारमा ब्लगलाइ समय दिन गाह्रो भएरै हो या अरु कुनै कारणले होला

यसै भन्न सकिन्न । ब्लगरको सोचाई र परिस्थितीमा भर पर्छ ।

हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो

सबै सोसिअल मिडियाहरु फरक नै छ्न । तर प्रयोगकर्तालाई कुन चलाउन सहज हुन्छ भन्ने मात्रै हो । मलाई त  यि सामाजिक सञ्जालहरुको आ आफ्नो विशेषता अनुसार सबै उत्कृष्ट छन् जस्तो लाग्छ ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ

ब्लगरहरु आ आफ्नो सोच अनुसार ब्लग लेख्छन् । नेपाली ब्लगरहरुले विशेषगरी राष्ट्रको माया र भावनाहरु कै बारे धेरै लेखेको ब्लग भेटेको छु ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ, तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता

कुनै पनि सामाजिक सञ्जालका लागी निती नियम त पक्कै पनि आवश्यक छ । सबै व्यक्तिको प्रकृती एउटै हुँदैन । सामाजिक सञ्जालको विकृती हटाउन पनि आचारसंहिताको आवश्यक छ । तर ब्लगहरुको गुणस्तरलाई पनि ध्यानमा राखेर ब्लगहरु जाँच गरेर मात्र संहिताको कार्यान्वयन गरिनुपर्छ ।

केहीले ब्लगिङला नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त

अहिले ब्लगहरु मात्र नभएर अनलाईन पोर्टलहरु धेरै छन् । तर ब्लागिङलाई नागरिक पत्रकारिता पनि भन्न सकिन्छ । यदी कुनै व्यक्ती बिशेषको बिचार राम्रो र सकारात्मक छ भने उस्ले ब्लग मार्फत धेरै कुराहरु भनिरहेको हुन्छ र त्यस्ले कुनै पनि क्षेत्रको बारेमा योगदान दिन सक्ने समर्थ्य राख्छ ।

अन्त्यमा,  

धन्यबाद !

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Prakash Lamichhane on August 12, 2015 at 3:08pm

बधाई छ साताका ब्लगरलाई । :)

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service