प्रविधि सम्बन्धि कुराहरुको अध्ययन अनुसन्धान नै मेरो रुची हो-अशेष श्रेष्ठ

गत फेब्रुअरी २०१३ मा सुरथ गिरीले एउटा ब्लग लेखेका थिए नेपालका सर्वाधिक चर्चित टपटेन ब्लगहरु भनेर । उनको लेखमा उल्लेख भएको टपटेनको क्रमबद्द सुचीलाई आधिकारिक मान्ने हो भने माईसंसारएक्सनेपालीपछि टप तेश्रो ब्लगमा पर्छ अशेषको ब्लग अर्थात http://www.ashesh.com.np/। पेशाले वेव डेभ्लपर र घर तनहुँ जिल्लाको दुलेगौँडा-७ मा पर्छ अशेष श्रेष्ठको । आफूलाई फ्रिलान्सर वेव डेभ्लपर भन्न रुचाउने अशेष केही समयअघि पढाईको लागि बाहिर गएका भएपनि अहिले नेपालमै बसेर काम गर्दैछन् । सुचना प्रविधिमा स्नातकोत्तर उनको बिशेषता भनेको हामीलाई दैनिक जीवनमा काम लागिरहने वेब एप्लिकेशनको निर्माण गर्नु पनि हो । नेपाली क्यालेन्डर होस् या डेट कन्भर्टर या नेपाली यूनिकोड नै किन नहोस् उनले त्यस्ता थुप्रै एप्लिकेशनको निर्माण पनि गरेका छन् । अशेषको ब्लग नेपाली वेवसाईटमाझ १९३ औँ र पुरा विश्वभरमा ३३३,३१६ औँ नम्बरमा समेत रहेको उनी टप थ्रीमा रहँदा उल्लेख गरिएको तथ्याङ्कमा समेत लेखिएको छ । मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा हामीले यसपाली उनै अशेष श्रेष्ठलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ उनीसंगको कुराकानी :

 

तपाइ त विशुद्द एउटा वेब डेभ्लपरसोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छ, ब्लगरका रुपमा या अरु केही?

म आफूलाई ब्लगर र वेब डेभ्लपरकै रुपमा चिनाउन चाहन्छु ।

तपाँइको ब्लग http://www.ashesh.com.np/ मात्रै कि अरु पनि छन

मैले ब्लगिङ www.ashesh.com.np बाट नै सुरु गरेको हुँ तर अहिले ३० भन्दा धेरै वेवसाईटहरुमा पनि अतिथिका रुपमा ब्लगहरु पोष्ट गरिरहन्छु । फेरी अहिले www.appslova.com भन्ने ब्लग सुरु गरेको छु । यो खासगरी एण्ड्रोईड मोवाईल चलाउनेहरुका लागि हो । खासमा यो application सम्बन्धि ब्लग हो ।

यहाँको ब्लगिङको रुचीको बिषय के हो? 

रुचीको बिषयका बारेमा भन्नुपर्दा प्रविधि सम्बन्धि कुराहरुको अध्ययन अनुसन्धान नै मेरो रुची हो ।

आफ्नो ब्लगको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ?

पूर्णरुपमा टेक्नोब्लग ।

ब्लग लेखन कहिलेदेखि शुरू गर्नुभयो?

मैले सन् २००६ को मध्यतिरबाट ब्लगिङ सुरु गरेको हुँ ।

केका लागि ब्लगिङ गर्नुहुन्छ?

सुचनाहरु आदान प्रदान गर्नका लागि नै हो मैले ब्लगिङ सुरु गरेको ।

ब्लगमा खासगरी कस्ता कुराहरू लेख्नु रुचाउनुहुन्छ?
खासगरी प्रविधि सम्बन्धि कुराहरु नै राख्न रुचाउँछु म मेरो ब्लगमा ।

आफ्नो ब्लगमा सुचना प्रविधिका कुराहरु धेरै लेख्ने गरेपनि अरु सोसल नेटवर्किङ साइटहरुमा तपाइ कस्ता बिषयमा बहस गर्न रुचाउनुहुन्छ?

त्यही नै हो Tech सम्बन्धी कुराहरु । बिश्वमा भित्रिएका प्रविधि तथा नेपाल र नेपाली प्रविधिका कुराहरु सबै बारेमा लेख्न, पोष्ट गर्न रुचाउँछु ।  

यहाँको ट्विटरको बायो अनुसार अहिले यहाँ लण्डनमा बस्नुहुन्छ, नेपाली ब्लगिङ र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

अध्ययनका लागि लण्डनमा थिएँ तर अहिले नेपाल फर्किईसकेको छु । म अहिले तनहुँस्थित घरमै छु । रह्यो कुरा नेपालको ब्लगिङ र सोसल मिडियाको अन्यत्र जस्तै नेपालमा पनि ब्लग तथा सोसल मिडिया मार्फत सुचना आदान प्रदानकै काम भइरहेको छ जसका कारण नै सोसल मिडिया शशक्त भईरहेको छ ।

तपाईसँग आफ्नो ब्लगसंग जोडिएको वा सोसल नेटवर्किङ साइटमा कुराकानी गर्दाको त्यस्तो कुनै रमाइलो वा सम्झनलायक अनुभव छ?

सन २००६ तिरको कुरा हो, ब्लगिङ सुरु गर्दाताका मलाई वेवसाईट वा सुचना प्रविधिको बारेमा खासै राम्रो जानकारी थिएन । आफै अनुमान लगाउँदै बस्थेँ । साथीहरुसंग कुरा गर्दा हामीले लेखेको आर्टिकल वा ईमेल कहाँ गएर बस्छ भनेर सोधे भने मैले आकाशको हावामा बस्छ होला भन्ठान्थेँ । अहिले सम्झिन्छु-रमाईलो लाग्छ ।

मानिसहरु अचेल सामाजिक संजालमा हुने बहसमा निकै सहभागी भैरहेका हुन्छन, किन यसरी भर्चुअल संचारमा मानिसहरु रमाउँदैछन् होला?

मेरो बिचारमा सामाजिक संजाल जस्तो सस्तो, सजिलो या सुलभ प्लेटफर्म अरु कमै होलान् । त्यसैले सुचना आदानप्रदानका निम्ति यो सबैभन्दा उपयुक्त माध्यम हुनाले नै होला ।

सोसल मिडियामा भइरहेका बहसले नयाँ के गरिरहेको जस्तो लाग्छ यहाँलाइ

मलाई लाग्छ-यहाँ छोटो समयमा धेरै भन्दा धेरै ज्ञान लिन सकिन्छ ।

तपाइको सबैभन्दा धेरै हेरिएको ब्लगपोष्ट कुन हो?

यो नै त भनेर अहिले थाहा पाउन सकिन तर धेरै हेरिएकाहरु मध्येको कुरा गर्नुपर्दा www.appslova.com का Android fix का पोष्टहरु अनि वेब एप्लिकेशनहरुमा चाँही www.nepali-calendar.com, www.ashesh.com.np/nepali-calendar/, www.ashesh.com.np/nepali-unicode.phpwww.ashesh.com.np/nepali-date-converter.php, www.ashesh.com.np/nepali-time.php, यीनै हुन जस्तो लाग्छ ।

ब्लग बनाएर वा लेखेर मात्रै भएन, त्यसले पाठक अथवा भिजिटरको ध्यान तान्न पनि उत्तिकै जरुरी छ । कस्ता ब्लगले पाठकको ध्यान धेरै तान्छ होला?

समस्या समाधानमुखी ब्लगपोष्टहरुले धेरै भिजिटर बढाउँछ ।

नेपाल लक्षित टेक्नोब्लगहरु अत्यन्तै न्युन भेटिन्छन किन यस्तो होला प्रविधि प्रति मान्छेको बुझाइ कम भएर या यस्तो ब्लग लेख्नेहरु नै कम भएर?

पहिलो कुरा त ईन्टरनेटको बिस्तार भने अनुसार नभएर ईन्टरनेट चाहिने सबैखाले कम्युनिकेशनमा आम उपभोक्ताको पहुँच नहुनाले होला अनि अर्को चाँही Tech Product कम मात्रामा प्रयोग हुनाले पनि होला ।

तपाँईको ब्लगको मुख्य भिजिटरहरु को हुन्?

Web Application का लागि नेपाल बाहिर बस्ने नेपालीहरु र ब्लगका लागि प्रविधि सम्बन्धि समस्यामा परेकाहरु नै हुन् ।

तपाइ आफुचाँही अरुको ब्लग कत्तिको हेर्नुहुन्छ

हेर्छु, cnet, The next web, 9to5mac, MacRumors लगायतका ।

सामाजिक संजालको खास महत्व के?

सस्तो र सुलभ रुपमा सुचनाको आदानप्रदान नै यसको सबैभन्दा ठूलो पक्ष हो जुन एकदमै महत्वपुर्ण पनि छ ।

तपाइको विचारमा सामाजिक संजाल के हो

सुचना र समाचार आदानप्रदान गर्ने थलो, बिचारहरु अभिब्यक्त मञ्च र विज्ञापनको माध्यम यी तिनवटै कुराहरुको संगम नै सामाजिक संजाल हो ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

नागरिक पत्रकारिताको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।  

ब्लगिङ्लाइ ब्यवस्थित र मर्यादित बनाउन आचारसंहिता (Code of Conduct) पनि चाहिन्छ भन्ने बहस पनि छ एकातिर, तपाइलाइ के लाग्छ, के यो जरूरी छ?

प्रयोगकर्ताहरुको गोप्यता र सुरक्षा (privacy & security of Users) का लागि पनि जरुरी छ ।  

अन्त्यमा,

आफूले जानेका केही कुराहरु यसरी अभिव्यक्त गर्ने मौका दिनुभएकोमा धन्यवाद । राम्रो नेपालका निम्ति आआफ्नो क्षेत्रबाट सबैले पहल थालौँ । धन्यवाद ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service