मेरो ब्लग मेरा ब्यक्तिगत भावना र समाजमा देखेका विभिन्न दृश्यहरुको शाब्दिक रुप हो-अनुषा न्यौपाने

विराटनगरकी अनुषा न्यौपाने, मोफसलमा बसेर ब्लगिङमा सक्रिय थोरै महिलामा पर्दछिन् । ब्लगिङ र सोसल मिडियामा आफूलाई 'हराईरहेकी परी' अर्थात lost angel भन्न रुचाउने उनी आफूलाई कसरी परिचित गराउन चाहनुहुन्छ भन्ने हाम्रो प्रश्नमा भन्छिन-'अलेली साहित्य र अलेली समाजसेवा मा रुची भएकी मान्छे।' हाल बिबिए सातौँ सेमेस्टरमा अध्ययन गर्दै गरेकी अनुषा विराटनगरमा 'युथ फर ब्लड'मा आवद्द छिन र पेशाको हिसाबले आफूलाई पुर्णकालिन विद्यार्थी भन्न रुचाउँछिन् । Lost Angel का नामबाट ब्लगिङ तथा माईक्रो ब्लगिङ दुबैमा सक्रिय उनै अनुषा मेरोरिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली प्रस्तुत भएकी छिन् । प्रस्तुत छ उनीसंगको कुराकानी :

तपाईको खास नाम अनुषा न्यौपाने तर ब्लगमा चाँही आफूलाई Lost Angel भनेर चिनाउन खोज्नुभएको छ । यही नाम नै किन?

प्रत्येक मानिसको जीवन जीउने उद्देश्य छुट्टाछुट्टै हुन्छ, म पनि मेरो जीवनको बास्तविक उद्देश्य के हो त्यसैको खोजीमा छु अनि आफैमा हराएको पाउँछु । जब म हराउँछु तब मात्र मनका भावनाहरु आउँछन शब्द र अक्षर बनेर । तेसैले नाम पनि lost angel राखेकी हुँ ।

सोसल मिडियामा आफूलाई कसरी चिनाउन चाहनुहुन्छएउटा ब्लगरका रुपमा या अरु केही?

म एउटा साधारण इन्टरनेट प्रयोगकर्ता, इन्टरनेटको दुनियाँमा नयाँ खोज गर्ने क्रममा भेटिएको ब्लगको दुनियाँ मन परेर सुरु गरेकी हुँ ।

आफ्नो ब्लगको बारेमा थोरै शब्दचित्र प्रस्तुत गरिदिनुस् न ।

मेरो ब्लग मुलत: मेरा ब्यक्तिगत भावनाहरु, समाजमा देखेका विभिन्न दृश्यहरुको एउटा शाब्दिक रुप हो । 

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो?

प्लस टु सकिएपछी अर्थात सन् २०१० देखि मैले इन्टरनेट प्रयोग गर्न थालेँ अनि त्यतिबेलादेखि ब्लग सुरु गरेको हो ।  

ब्लगिङ किन गर्नुहुन्छ?

आफ्ना मनमा लागेका कुरा व्यक्त गर्न ।

कस्ता बिषयबस्तु तपाईंको ब्लगमा प्राथमिकतामा पर्छन् र किन ?

मलाइ कुनै एक बिषयबस्तुसंग एकोहोरो लगाव छैन । त्यसैले जे मनमा लाग्छ त्यही लेख्छु ।

तपाईंको ब्लगमा साहित्यका कुराहरु धेरै रहेछन् । किन साहित्यलाइ नै मुख्य बिषयबस्तु बनाउनुभयो?

साहित्यिक छन् र ? मलाइ त त्यस्तो लाग्दैन त ! मेरो सानैदेखिको एक किसिमको रुची नै भन्नुपर्छ यस्ता लेख रचनाहरु ।

साहित्यका ब्लगहरु धेरै नै पाइन्छन तर धेरैजसो साहित्यिक ब्लगहरु गुणस्तरिय साहित्य भन्दापनि आफ्नै कथाहरु र आत्मरतिमा रमाउने गरी लेखिएकामनको बह पोख्न कै लागि लेखिएका हुन्छन भनेर सामाजिक संजालमा आलोचना पनि हुन्छ सर्जकको । किन होला?

अरु कसैको मनका भावनालाइ साहित्य हो भनेर बुझ्नु नै गलत हुन्छ जस्तो लाग्छ । ब्लगमा एक किसिमको स्वतन्त्रता पाइन्छ, आफ्नो मनमा जे लाग्छ त्यही लेख्ने हो ब्लगमा । आलोचित हुनु सामान्य कुरा हो । यदि अरुको मनको भावना पढ्न मन लाग्दैन भने त्यस्ता ब्लग नपढे हुन्छ नि ! इन्टरनेटको फराकिलो दुनियाँमा सबै खाले ब्लग पाईन्छन् नि ।

यसबाहेक तपाँइको अर्को रुचीको बिषय चाँही केहो ब्लगिङ गर्नका लागि?

समाजमा रहेका नकारात्मक वा सकारात्मक कुराहरु, जसले मेरो मन छुन्छ त्यसैमा ब्लग गर्न मन लाग्छ ।

सबै मानिसको मनमा कुनै न कुनै भाव तरंगित भैरहेको हुन्छ तर लेख्नका लागि शब्द भेटिँदैनन् । मनछुने अभिव्यक्तिका लागि भाषा बलियो हुनैपर्छ भने लेखाइपनि शिर्जनशिल (Creative Writing) हुनैपर्छ भनिन्छ । शिर्जनशिल लेखाइ कसरी आउँछ?

यस्तो कुरो खासै मलाइ थाहा भएन । बैज्ञानिकहरुले अनुसन्धान गरेर पत्ता लगाउलान नि ! तर आफ्नो मनमा लागेको कुराहरु व्यक्त गर्ने थलो हो ब्लग, चाहे साहित्यिक होस् या नहोस् ।

तपाइले नेपाली ब्लग र सोसल मिडियाको क्षेत्रलाइ कसरी नियाल्नुभएको छ?

नेपाली ब्लगहरु दिनदिनै बढिरहेका छन् । सबै खाले ब्लगहरु बढ्दो क्रममा छन् । सोसल मिडियाको कारणले गर्दा अहिले आफुलाई मनमा लागेका कुराहरु लेख्न, पढ्न, सेयर गर्न सजिलो भएको छ । अहिलेको जमानामा डायरीमा सिमित हुनुपर्दैन कुनै साहित्यिक कृतिले । सोसल मिडियामा हालेर सेयर गरे पुग्छ ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ

फेसबुक र ट्विटरमा सेयर भएका ब्लगहरु पढ्ने गरेको छु तर नियमित पाठक कुनै ब्लगको पनि छैन । त्यसैले नाम पनि थाहा हुँदैन । सेयर गरेका कुराहरु पढ्यो, हेर्‍यो, मनपरे कमेन्ट या सेयर गर्‍यो, नपरे तेत्तिकै छोड्यो ।

विशेषगरी कस्ता विषयवस्तु समेटिएका ब्लग तपाईँका रोजाइमा पर्छन् ?

मलाइ साहित्य र समसामयिक बिषयबस्तु समेटिएका ब्लगहरु मन पर्छन ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छतपाईंलाई के लाग्छजरुरी छ ब्लगरका लागी आचारसंहिता ?

हामी सामाजिक प्राणी हौँ । ब्लग पनि एउटा सामाजिक दुनियाँ हो । त्यसैले आचारसंहिता जरुरी छ जस्तो लाग्छ ।
अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनु भएको छ?

अरुको ब्लगमा आचार संहिता पालना भएकै जस्तो लाग्छ । कसैकसैले नगर्नुहोला, त्यो भिन्न कुरा हो ।

ब्लग लेखन वा ब्लगमा समेटिएका सामग्रीसँग जोडिएका कुनै रमाइला घटना वा प्रसंग भए बताइ दिनुस् न ।

एउटा कथा छ मेरो ब्लगमा, A love story भन्ने । त्यो कथा मैले फेसबुकमा पनि सेयर गरेकी थिएँ । अनि एकजना दाइले त्यो पढेपछि कमेन्टमा inspired by chetan bhagat's revolution 2020 लेख्नुभएको थियो जबकी मैले त्यो किताब पढेकै थिइन । अनि त्यसपछी मैले त्यो किताब किनेर पढेँ । धेरैचोटी पढेँ तर पत्ता लगाउन सकिन । कसरी inspired भएछु त्यहाँबाट भनेर ऐलेसम्म पनि inspired reason पत्ता लागाउन सकेकी छैन । मैले आफै किनेर पढेको त्यो पहिलो पुस्तक पनि भयो ।
तपाइ सोसल मिडियामा पनि उत्तिकै सक्रिय हुनुहुन्छहामीकहाँ प्रयोगमा आइरहेका सोसल मिडियाका थलोहरुब्लगट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?

फेसबुक पारिवारिक थलो, ट्विटर बहस गर्ने मेलो अनि ब्लग चाँही मनमा लागेको कुरा पोख्ने उत्तम उपाय ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनुभएको छ?

ब्लगहरु मुलत: आफ्नो व्यक्तिगत कुरा पोख्ने माध्यम भएतापनि सामाजिक हितका लागि लेखिएका ब्लगहरु थुप्रै छन् । 

तपाईँको सबैभन्दा बढी रुचाइएको ब्लग कुन हो

मेरो सबैभन्दा रुचाइएको ब्लगपोस्ट चाँही पत्र बाबालाई भन्ने हो ।
ब्लगिङ गरेर के यो पाएँ वा यो गुमाएँ भन्ने केही छ?

खै केहि गुमाए जस्तो लाग्दैन । पाउन चाँही धेरै कुरा पाएकी छु । २-४ जना सामु परिचित हुने मौका दिएको छ ब्लगले । त्यसैगरी आफ्ना मनमा लागेका कुराहरु व्यक्त गर्ने ठाँउ अनि साथी हरु कमाएकी छु । ब्लगिङ गरेपछि अरु मेरा सहपाठी भन्दा भिन्दै भएको अनुभव गरेकी छु । अरु मानिसले मलाइ हेर्ने नजरमा फरक पाएको अनुभव गरेकी छु ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छके ब्लगिङ नागरिक पत्रकारिता नै हो त?

ब्लगिङले समाजमा लुकेर बसेका विभिन्न पक्षलाइ उजागर गर्ने गर्दछ त्यसैले यसलाई नागरिक पत्रकारिता भन्दा फरक नपर्ला ।

अन्त्यमा,

यो प्लेटफर्म उपलब्ध गराउनु भएकोमा मेरोरिपोर्ट प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by अल्टर कान्छो’ on January 28, 2014 at 4:17pm

बधाई छ हराएकी परीलाई ।

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service