ब्लगरको लागी आचारसंहिता जरुरी छैन :अनिशा भट्टराई

सप्तरीको राजविराजकी अनिशा भट्टराई अहिले त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्र विषयमा स्नाकोत्तर गर्दैछिन । फुर्सदको समय उपन्यास पढ्न र साथीहरुसँग बिताउन मन पराउने अनिशा म्यूजिक आर्ट सोसाइटीमा कार्यरत छिन् । संस्कृति र जनजीवन बारे नयाँ नयाँ कुरा सिक्न मनपराउने अनिशाले केही वृत्तचित्रमा स्कृप्ट पनि लेखिसकेकी छिन । स्कृप्ट लेखन तथा पढाईका अलावा अनिशा ब्लग लेखनमा पनि उत्तिकै सक्रिय छिन् ।  मेरो रिपोर्टको साप्ताहिक स्तम्भ साताका ब्लगरमा यसपाली हामीले उनै अनिशा भट्टराईलाई प्रस्तुत गरेका छौ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी : 

अनिशा भट्टराईलाई के भनेर चिन्ने बताइदिनुस न ।

अनिशा भट्टराई एक महत्वकांक्षी केटी हो । जसलाई चुनौती र साहासिक कार्य गर्न मनपर्छ भने म जिज्ञासु र सहयोगी पनि छु ।

ब्लगिङ गर्न कहिलेलेखि थाल्नुभयो ?

मैले  ब्लगिङ गर्न २०१० देखी शुरु गरेकी हुँ ।

के का लागि ब्लगिङ गर्नुहुन्छ? ब्लगिङ गर्न कस्ता कस्ता चुनौतिहरु छन् ?

मलाई मेरा विचार र अनुभवहरु बाढँन मन पर्छ त्यसैले पनि ब्लगिङ गर्छु । अनि मेरो लागि सबैभन्दा चुनौती भनेको समय ब्यवस्थापन गर्नु हो । शान्तसँग सोचेर लेख्ने समय नै हुदैँन । र लोडसेडिङ र सुस्त ईन्टरनेट पनि चुनौति कै विषय हो  नेपालका ब्लगरको लागि ।

आफ्नो ब्लगमा के कुराहरु राख्न बढी रुचाउनुहुन्छ ?

मलाई सामाजिक विषयमा मेरो अनुभवहरु लेख्न मनपर्छ ।

http://aneeshaz.blogspot.com/ बाहेक अरु पनि छन् ?

यो मात्र हो अरु छैन ।

अनि नेपाली ब्लगिङको प्रयोगलाइ कसरी हेरिरहनुभएको छ सदुपयोग या दुरुपयोग ?

मैले त सकारात्मक नै पाएको छु । मैले केही नेपाली  लेखकका ब्लगहरु हेर्ने गरेको छु तिनीहरु रमाईला र  उपयोगी छन् ।

अरुका ब्लग कत्तिको पढ्नुहुन्छ ? 

मैले फुर्सद पाएको बेला ब्लगहरु हेर्ने गर्छु । विशेष गरी सामाजिकसाँस्कृतिक र समसामायिक विषयमा लेखिएमा ब्लगहरु मेरो रोजाईमा पर्छन । lexlimbu.com, The Global and The Local,  My Own Space  मैले प्रायः हेर्ने ब्लगहरु हुन् ।

नेपाली ब्लगहरु सामाजिक हितमा लेखिएका कत्तिको पाउनु भएको छ? 

नेपाली ब्लगरहरु धेरै जसो त सामाजिक विषयमा नै केन्द्रित भएको पाएको छु । अनि यसको प्रयोग राम्रो र नराम्रो आधा आधा जस्तो नै छ ।

ब्लगिङ वा ब्लगरका लागी आचारसंहिताको आवश्यकताको कुरापनि उठिरहेको हुन्छ । तपाईंलाई के लाग्छ, जरुरी छ ब्लगरका लागी आचारसंहिता ?

मेरो बिचारमा ब्लगरको लागी आचारसंहिता जरुरी छैन । यद्दपि, एउटा आचारसंहिता हुनु पनि कुनै नराम्रो कुरा होईन । यसले उनिहरुलाई  ब्लगमा के लेख्ने,के नलेख्ने निर्देशन दिन्छ । यसले ब्लगरलाइ अँझै नैतिक बनाउँछ ।

अरुका ब्लगहरु हेर्दा आचारसंहिता कत्तिको पालना भएको पाउनुभएको छ ?

धेरैले पालना गरेको नै देखेकी छु । कसैले पालना नगरेको देखे भने मैले त सल्लाह पनि दिने गरेको छु ।

तपाई सोसल मिडियामा पनि सक्रिय हुनुहुन्छ, हामीकहाँ प्रयोगमा आइरहेका सोसलमिडियाका थलोहरु ब्लग, ट्वीटर र फेसबुकमा के फरक पाउनुभयो ?

फेसबुक धेरै त फोटो शेयर गर्ने थलो भएको छ ।  मेरो लागि भने साथीभार्इ र आफन्तहरुका जीवन कस्तो भैरहेछ, नयाँ कुरा के भईरहेछ भनेर जान्ने थलो भएको छ फेसबुक । ब्लगले भने तपाईलाई लेखकीय स्वतन्त्रता दिन्छ । आफ्नो रुचि अनुसारको विषयमा तपाई स्वतन्त्र रुपमा आफ्ना कुरा ब्लग मार्फत राख्न सक्नु हुन्छ ।

ब्लगिङलाइ केहीले नागरिक पत्रकारिता पनि भन्ने गरेको पाइन्छ, के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?

हो, केही हदसम्म त नागरिक पत्रकारिता भन्न सकिन्छ । तर ब्लगमा त धेरै आफ्नो ब्यक्तिगत विचार, अनुभवहरु नै राखिन्छ ।

अन्त्यमा,

धन्यवाद ।

Comment

You need to be a member of MeroReport to add comments!

Join MeroReport

Comment by Amuna Chapagain on January 2, 2015 at 12:12pm

Congratulations Anisha !!

Comment by Prakash Lamichhane on January 2, 2015 at 10:23am

Congratulations Anisha ji. 

© 2017   Created by Equal Access for the Civil Society: Media Accountability Project (CS:MAP) implemented by FHI 360 with the funding support from United States Agency for International Development (USAID). The contents of this website are the sole responsibility of CS:MAP and do not necessarily reflect the views of USAID or the United States Government.   Powered by

Badges  |  Report an Issue  |  Terms of Service